गजलका शेरहरु ( 2069-11-29/12-03-2013) - Download

https://mohanbihani.blogspot.com/ | 2:55:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU 
HOST : LAXMI ITIHAS 
TIME : EVERY TUESDAY, 9.15PM 
DATE : -( 2069-11-29/12-03-2013)
कार्यक्रम : गजलका शेरहरु 
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी 
समय : मंगलबार बेलुका ९.१५बजे     
 अनलाईन सुन्न : Radio Ekata     
फेसबुक पेज  : Gazalka Sherharu

 आदरणिय साथीहरु, आज मिति 2069-11-29 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।
Listen and Download
  
Listen all Previous Episodes:

गजल संगम (2069-11-30/13-03-2013) - Download

NepaliTalim | 2:39:00 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-11-30/13-03-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
 
प्रस्तोता : आर पि पोख्रेल  समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam 
 

आज मिति 2069 फागुन महिनाको 30 गते तदनुसार 13-March-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you
यो श्रृंखलामा बाचन भएको मेरो गजल
केही फोटाहरुछन् जलाउनुपर्ने ।
केही यादहरुछन् मेटाउनुपर्ने ।

सबै पिडाहरु, लुकाएर मनभित्र,
देखावटी भएनी मुस्काउनुपर्ने ।

आगो लागेसी, प्यारको महलमा,
पर्दोरैछ आँसुले, निभाउनुपर्ने ।

पाठाएँ दाईजो, जम्मै खुसिहरु,
भएसी उ विनानै, रमाउनुपर्ने ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
११ मार्च २०१३

गजल संगम (2069-11-23/06-03-2013)- Download

NepaliTalim | 2:18:00 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति :  (2069-11-23/06-03-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
 
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam 
 

आज मिति 2069 फागुन महिनाको 23 गते तदनुसार 06-March-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you
यो श्रृंखलामा बाचन भएको मेरो गजलफर्केन, गएथ्यो, आउछु भनेर ।।
झन्झन् विगार्यो, बनाउछु भनेर ।।

तस्विर पनि, जलाई दिएछ
मेरो यादलाई, मेटाउँछु भनेर ।।

कलम छोडेर, तरवार बोकेछ
जनताको सत्ता, ल्याउँछु भनेर ।।

बाँच्ने उपाय, केहि नभएपछी
पिएछ जहर, अस्ताउँछु भनेर ।।

झुक्याए जनता, मागेर भोट
देशलाई माथि, उठाउँछु भनेर ।।

फेरी भुल, दोहोर्याई रहेछ
पूरानै भुल, सच्याउँछु भनेर ।।

अझैं पनि कोहि, पर्खिरहेछ
रिसाएकोलाई, फकाउँछु भनेर ।।

सधैनै कोसिस, "राम"ले गर्दैछ
लुकाई पिडा, मुस्काउँछु भनेर ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप । 

गजल- कोपिला बढेर .......फूल हुनु नौलो हैन

NepaliTalim | 2:15:00 PM | 0 comments
यो साँझ यो सुबासमा बाचन भएको यौटा गजल :
.....................................................
कोपिला   बढ्दै गई फूल हुनु नौलो हैन ।।
मान्छेबाट सानो तिनो भूल हुनु नौलो हैन ।।

फुलले नि दुखाउँछ, भूलले नि दुखाउँछ
बढ्दै जाँदा पिडाहरु, सूल हुनु नौलो हैन ।।

कोहि गरिब मर्दैछन् अनिकालले भोकभोकै
अमिरको घरमा खर्च, फजुल हुनु नौलो हैन ।।

कतै धोका प्रेममा, कतै खुसि खुसि यहाँ
पाउनु र गुमाउनुको, असूल हुनु नौलो हैन ।।

बगर हरु सोच्दाहुन्, किनारहरु सोच्दाहुन्
हामी लाई जोडिदिने, पुल हुनु नौलो हैन ।।
राम शरण श्रेष्ठ
चिसापानी, ६, रामेछाप

गजल - भेटी पुजारीको नाउँमा हुन्छ

NepaliTalim | 11:26:00 AM | 0 comments
श्रृजनाका लहरहरुको श्रृंखला १०४ मा बाचन भएको मेरो यौटा गजल
...........................................
भेटी पुजारीको नाउँमा हुन्छ ।।
मान्छेहरु आफ्नै दाउमा हुन्छ ।।

औकातको घमण्ड कति गर्छौ
इमानहरु यहाँ बिकाउमा हुन्छ ।।

आकास जमिन जतिनै फरक
समुद्र र सानो तलाउमा हुन्छ ।।

विदेशी चकलेट किसमिस भन्दा
शक्ति नेपालको स्याउमा हुन्छ ।।

गरिबको घरमा एकदाना नहुँदा
सामन्तकोचैं भरिभराउमा हुन्छ ।।

देखिने भन्दा पनि कयौगुना बढी
पिडाहरु नदेखिने घाउमा हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

गजल- चन्द्रमुखी मुहार ऊनको (रतन बहादुर वि.क )

NepaliTalim | 10:35:00 AM | 0 comments
चन्द्रमुखी मुहार ऊनको देखे जस्तो लाग्यो।
सपनीमा रैछ बाटो छेके जस्तो लग्यो।।

मिलेका तिं दन्त लहर,मुस्कुराउने बानी,
अप्सराले घरमै पाइला टेके जस्तो लग्यो।।

धेरै पछि देख्दा उनलाई,बेहोसिमै रैछु,
माया गरी बोल्दा उनि के के जस्तो लाग्यो।।

सिन्दुरको त्यो धर्सोले,माया के बाँडीन्थ्यो,
उनि बोल्दा मनको घाउ सेके जस्तो लाग्यो।।

चन्द्रमुखी मुहार ऊनको देखे जस्तो लाग्यो।
सपनीमा रैछ बाटो छेके जस्तो लग्यो।।
रतन बहादुर वि.क

गजल शरोबर (09-03-2013/2069-11-26) सवाज जवाफ विशेष श्रृङ्खला - Download

NepaliTalim | 9:56:00 AM | 0 comments
सवाज जवाफ विशेष श्रृङ्खला 
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :  (09-03-2013/2069-11-26)
FM : Kalika FM 


तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु ।   आज मिति २०६९ फागुन 26 गते शनिवार तदनुसार 09-March-2013 ,आज शनिबार पनि गजल सरोबर लिएर विजय राज उपस्थित हुनुभएको छ ।  आज सवाज जवाफ विशेष श्रृङ्खला प्रस्तुत हुनेछ र सवाज जवाफ विशेष श्रृङ्खलामा दोय गजलकार साथीहरु विजय राज र शुबु सवाल जवाफ प्रस्तुत गर्नुहुनेछ ।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download : Click Here to Download

Thank you

Muktak Madhurima (2069-12-01/14-03-2013) - Download

NepaliTalim | 9:27:00 AM | 0 comments
Muktak Madhurima  
Radio : Radio Chitwan 94.6mhz          
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-12-01/14-03-2013)

आज मिति 2069 चैत्र 01 गते तदनुसार 14-March-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes


Thank you
२०६९-१२ -०१ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ....................

01-Khadga G Magar
आफ़ै हारि तिमिलाई, जिताउने चाहना छ
मुटु रित्याई सारा खुशि, दिलाउने चाहना छ//
पराईको हात समाइ, नजानू है बिंति मेरो
जुनि जुनि तिम्रै साथ, बिताउने चाहना छ//
खड्ग जी मगर
उरहरी दांग

02-Amrit Jaishi
मैले पनि एउटा परि मन पराएको छु।
उनकै सामु भन्न मात्र डराएको छु।
खै उनलाई थाहा छ कि छैन ???
मैले त उनकै दिलमा डेरा सराएको छु।
-अमृत जैशी
बाजुरा कुल्देवमाण्डौ
हाल धनगढी कैलाली

03-Raju Poudel
सलाइ कोरि मुटु मेरो जलाउछ तिम्रो याद्ले
परेलिमा टिलपिल आशु तलाउछ तिम्रो यादले
जब तिमि जुन बनि जीवनमा उदाउछ्यौ
तब देखि धपक्कै मन बलाउछ तिम्रो याद्ले
-राजु पौडेल,
रूद्र्पुर रुपनदेहि,
दोहा कतार

04-Anuragi Binod Gaire
एक्ले बरमा घाँसको भारि बिसाउँदिहौ मेरि सानि॥
मेरै यादले परेलि त्यो चिसाउँदिहौ मेरि सानि॥
माया मार्यो मुगलानिले गाँउबेशिको भन्दै,
नपाउँदा मेरो खबर रिसाउँदिहौ मेरि सानि॥
अनुरागि बिनोद
पकवादि-2स्याङ्जा
हाल क्षितिजको देशबाट

05-Navaraj Bhatta **मुक्तक**
प्रदेसमा भारी बोकी रुदै बस्याछु ।।
बाध्यताले गर्दा एक्लो हुँदै बस्याछु ।।
याद आउछ दिन रात लाला,बाला हरूको।
सिरानिमा तस्बिर राखी छुदै बस्याछु ।।
नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ

06-Ashish Danai
मेरो लागी मर्ने गफै मात्र भो
मेरो सिउदो भर्ने गफै मात्र भो ।
एकदम मायाँ गर्छु भन्नुहुन्छ
मलाई मायाँ गर्ने गफै मात्र भो ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
रचना मिति - २०६९-११-१४
www.muktakmadhurima.tk

07-Bishnu K Gautam
तिम्रो गाउँमा त डोका बुन्दैनन् रे आजकल
आमाको पुकार कोहि सुन्दैनन् रे आजकल
दुइ चार बर्षअघि बास माग्दै हिड्नेहरु
भुलेर पनि त्यो बाटो चुन्दैनन् रे आजकल
बिष्णु गौतम
मल्म-४,बाग्लुङ
हाल:बुटवल

08-Karan Singh Sutar 'Bibasha'
~~~~~~~~~~मुक्तक~~~~~~~~
भित्र भित्रै कता-कता मुटु चल्छ अचेल
अनयाँसै यहाँ आफ्नै तस्वीर ढल्छ अचेल
के भो कुन्नी जिन्दगीमा थाहै पाइन मैले
यो तन र मन त्यसै-त्यसै जल्छ अचेल
-रचना मिती :-२०६९-११-२० गते धनगढी,कैलाली
गजलीयमन :- करन सिंह सुतार 'बिबश'
रस्ती बस्ती :- बिशालपुर ६ कोटिगाउँ एकान्तटोल बैतडी,
हाल :- धनगढी ५ हसनपुर कैलाली )

09-सनम गोले
अबरूद्द भएकाछन मेरा भावनाहरू।
एकपछि अर्कोगर्दै टुटेकाछन चाहनाहरू।
हुरिआई उढाई लग्यो कता कता खै ....?
मेरा विपनामा बुनेका सारा सपनाहरू।
-सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

10-सुमन श्रेष्ठ अभागी कान्छो कान्छीबजार स्याङजा
तिम्रो माया कागजको रंगिन चङगा जस्तो ।।
तिम्रो बाचा असारको भेल भन्दा सस्तो ।।
खोजी खोजी आउनेले पनी छोड्छन यहाँ ।।
जसलाई माया गरेँ उसैबाट घात यस्तो ।।

11-Bikalpa Babu
"नयनमा उनको चित्र स-जाएर जान्छ रात
मनका अनेक कुराले नै स-ताएर जान्छ रात
त प्यारमा परीस् भन्छ आफ्नै मनले पनि
अनि त्यसमा सहमति ज-नाएर जान्छ रात

12-Nabaraj Dhakal Nabodit
आखिर किन सँधै पराई बन्छस काठ्माण्डु ?
भन्दै गर तँ कति दोषी भन्छस काठ्माण्डु ?
माया के हो ?बिश्वास के हो ?भुलिस आफ़न्त
क़ैले सम्म यस्तै बौलाई रन्छस काठ्माण्डु ?
Morang ,nepal

13-निस्चल प्रेमी कान्छा
तिम्रो यादमा मन मुटु जलेरै आउछ ।
जवानीको आँदि तुफान चलेरै आउछ
बैसको भेल उर्लि आउदा समालेर खाख्छु
मन पोल्छ डाहा हुन्छ बलेरै आउछ
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत

14-कृष्ण अबिरल
मलाई आज मिठो क-हानि मा फसाईन उनले।
लोभ्याएर आफ्नो ज-वानि मा फसाईन उनले॥
अनेक आस देखाएर एउटा मिठो रात मागि।
स्वार्थ पुरा भयो बि-हानि मा फसाईन उनले॥
कृष्ण अबिरल
गितानगर-४,,देबनगर
चितवन....

15-Jaya Bhabuk
मँ तँ काली बेहाल मॉ छु अचेल /
ितम्रै मायॉ जाल मॉ छु अचेल/
सुतेको सुतेई हुन्छन यहॉ तँ,
साच्चै अिनश्छीत काल मॉ छु अचेल/
जयराम िव.क. {जयॉ भॉवुक}धधवार ७
बर्िदयाहाल मलेिसया जोहोर,,,,,,

16-श्रीकान्त बराल कहेराज़
केहि हुन्छ कि भन्ने आस गर्दा गर्दै
मन भित्रको निरासालाई नास गर्दा गर्दै
सकिन्छ यो धर्तिमा आफ्नो बस्ने पालो
कहिले यता कहिले उता बास गर्दा गर्दै
कृष्ण मन्दिर चोक

17-Rai Munkmen Ramesh मुक्तक
हो हजुर को ढाट्ने बानि काईदा लाग्यो
नहुने कुरो आट्ने बानि काईदा लाग्यो
मिल्यो सपनामा घ्यू हाँस्दै अझ झन
उठेर हात चाट्ने बानि काईदा लाग्यो
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद....

18-Shanti Adhikari मुक्तक
अन्जानमा साटेको मन मौका हेरी फिर्ता गर्छु ।
बन्दगिमा राखेको मन मौका हेरी फिर्ता गर्छु ।।
जाना जानी दु ख कस्ले बेसाउछ र हजुर ।
पिडा भित्र पाकेको मन मौका हेरी फिर्ता गर्छु ।।
-शान्ति अधिकारी
बाके

19-Saroj Dhital
उदाएका तारामा तिमी छौ..
यो संसार सारामा तिमी छौ..
मनमा, तनमा, मुटु अनि धड्कनमा..
कुवा पोखरी धारामा तिमी छौ..
-डाँछी 3 काठमाडौ

20-नरेश बि.क 'अनुरागि' "गजल"
अहिले सम्म दिन रोएरै बिताए
सिरानि आसुले धोएरै बिताए
भगबान पनि कता गए कता
डुङगाको मुर्ति छोयरै बिताए
नरेश बि.क"अनुरागि" बिनायक-2,अछाम
हाल-मुम्मई

21-Causal Ciran
जुन पाएको छु मैले र तारा पाएको छु।।
एक्लो रात कटाउने साहारा पाएको छु।।
टल्किन्छ्यौ हिरामोती जस्तै अँधेरिमा तिमी
साँच्चै? तिमीसँगै संसार सारा पाएको छु।।
-कौशल किरण

22-Komal Bhatta मुक्तक :-नयाँ नेपाल
******
असुरक्षा,अशान्ति र भ्रस्टाचार
आतङ्क,अपहरण र मारामार
कसरि भन्नु खोई?यो नयाँ नेपाल
सधैँभरि हत्या,लुट र बलात्कार
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
मार्च ११,२०१३

23-Devendra Pandeya
साँझपख एक्लै कालीको तीरमा नजानु
सुनाखरी देखेर राम्रो भीरमा नजानु
सुखदुख बाँडेर जिउनुपर्छ जिन्दगीमा
भोलीलाइ जिउनु हिजो सम्झी पीरमा नजानु
देवेन्द्र पाण्डेय
जोमसोम

24-Bibash Basant Kunwar
{मुक्तक}¤¤आउछु प्रिय¤¤
अजम्बरी मायालाई बोकेर आउछु प्रिय।
सारा पिडालाई रोकेर आउछु प्रिय॥
तिम्रो त्यो रसिलो अधर चुम्नलाई।
समय अनि सिमालाई तोकेर आउछु प्रिय॥
-बसन्त कुवँर विवश
सुर्यपूरा ५ शान्तिबजार
रूपन्देही
हाल
क्षितिज पारीको बिरानो बस्ति बाट

25-तिलक निस्कर्ष
स्वार्थ पाउन्नौ मैले लाको गुनहरु गन्दा पनि
तन मन सुम्पियर तिम्रै मात्र बन्दा पनि
आज मलाइ घर को न घाटको बनाउन खोज्यौ ,
तिम्रै आसपासमा हुन्छु सधै भरि भन्दा पनि
रत्ननगर ७

26-Mohan Bihani
उस्कै जीवनको फुल बनी फुल्देउ अब,
प्रत्येक पलहरु सङ्गै रम्दै झुल्देउ अब।
तिम्रो र मेरो सम्बन्ध अतित भैसकेछ,
बर्तमानमा खुशी हुदै मलाई भुल्देउ अब।
मोहन बिहानी
भक्तिपुर सात सर्लाही

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

नबिन नेपालका १० दमदार गजलहरु

NepaliTalim | 4:51:00 PM | 0 comments
नमस्कार साथीहरु, 
मेरा असल मित्र भक्तपुरका चर्चित गजलकार नविन नेपालका १० गजलहरु लिएर आएको छु । उहाँका हरेक गजलहरु दमदार र भावले भरिपुर्ण छन् । आशा छ तपाईहरुलाई पनि मन पर्नेछ ।

 
१.गजल
लागेको भराउ परेको हानिमा ।।
तेसैको नाम छ बिदेश लानिमा ।।

भन्थ्यो पिरले बाँच्ननै दिएन
नाम लेखाएछ बिदेश जानिमा।।

बाहिरै सुतेर बितायो जिबन
कमाइ ल्याइज भन्थिन सानिमा ।।

रुखमै फलेको टिपुँला भनेर
सोचेथ्यो जादैछु पैसाको खानिमा ।।

बेसिको खेतीनै खाएछ साहुले
यतिनै स्वार्थथ्यो ऋणको दानिमा ।।

पडेको बुझेको मानेको उस्लाई
फोहोर परेछ आँखाको नानिमा ।।

सुन्दर संसार रचुला भनेको
बगायो सपना नदिको पानीमा ।।
नबिन नेपाल
भक्तपुर

२.गजल  
जिबनको लीला टक्क रोकिन्छ ।
रोकिन्छ पाइला टक्क रोकिन्छ ।

माथिको आदेशमा अपरधिको
मुद्दाको दाखिला टक्क रोकिन्छ ।

झुत्रेले पाखुरा सुर्किन्छ जब
शहरे सुकिला टक्क रोकिन्छ ।

सुमधुर गजल बजे पछी त
रमिते रङिला टक्क रोकिन्छ ।

मात्र एउटालाई चलाउनुस त
बथान कमिला टक्क रोकिन्छ ।

हावा दिने म, मैलाई मार्छौ त ?
बन्चरो बसिला टक्क रोकिन्छ ।
नबिन नेपाल
भक्तपुर
  

३.गजल

देशमा समान हक हुनु पर्छ । ।
सबै रुपमा चमक हुनु पर्छ । ।

कानुनको तराजु ढल्किएको छ
बराबर नाप्ने ढक हुनु पर्छ । ।

उ तेतिबेला मात्र नेता हुनेछ
राष्ट्र प्रेमको छनक हुनु पर्छ । ।

बरोबर चेलीको अस्मिता लुटिन्छ
अधो गतिको सुचक हुनु पर्छ । ।

उ यस्तै बिसङ्गती बिरुद्ध लेख्छ
हो यस्तै अरु लेखक हुनु पर्छ । ।

तिमी सराब नपिउ भन्छेउ नि
गजल लेख्न मादक हुनु पर्छ । ।

यो गजलकार लेखिनै रहन्छ
सुझाब दिने पाठक हुनु पर्छ । ।
नबिन नेपाल
भक्तपुर

४. गजल
कती सरल जिबन थियो ।
हाँस्दै जिउने चलन थियो ।

आज देख्न सागरले छेक्छ
खेल्ने एउटै आँगन थियो ।

अचेल घर उजाड देख्छु
पोतन थियो लिपन थियो ।

बाचा गर्नेको बाटो हेर्दैछु
सँगै जिउने बचन थियो ।

अब यो चिनो लिएर जानु
जिउदो थिए जतन थियो ।
नबिन नेपाल
भक्तपुर
 

५. गजल
नक्कली रुपको नकाब निकाली
उस्ले छुट्टिएको निसाफ निकाली

सिन्दुरझै रातो गुराँस दिए मैले
खै कस्ले दिएको गुलाफ निकाली

खाली गिलासमा ममता मागेथे
जहर निकाली, सराब निकाली

फर्केर आउथ्यो लिनलाई मदन
मुनाझै नकुर्ने जवाफ निकाली

जलेको मनले पानी पानी माग्यो
सलाई निकाली, तेजाब निकाली

नबिन नेपाल
भक्तपुर
 

६. गजल

पुजा गर्थे मायालाई, पुजारी होस त म झै ।
खोसी लग्यो मायालाई, लाचारी होस त म झै ।

के आस गर्छौ मायाको, खाली खाली मन सँग
छैन बाँकी ढुकढुकी , भिखारी होस त म झै ।

मार्छु अनि बचिदिन्छ, फेरी मारिदिन्छु मन
हिन्स्रक होस त म झै, सिकारी होस त म झै ।

मायाको स्पर्ष पाँउछ, बगी जान्छ पापी खोला
छोडी जाने भुल्नु पर्छ, किनारी होस त म झै ।
नबिन नेपाल
भक्तपुर

७.गजल 
केहि हजारमै किनेर लागि
दिल बेकारमै किनेर लागि

पर्ख मंसिरमै लानुनी बरु
अँह! असारमै किनेर लागि

मुल्य बारबार तोकिन मैले
एक प्रहारमै किनेर लागि

अझै सोच्दैथिए के गरु दिल
कस्तो बिचारमै किनेर लागि

कहाँ पुराउछे डराएँ म त
हुँदा दोधारमै किनेर लागि
नबिन नेपाल
भक्तपुर
 

८. गजल 
गीता पुरानको निशाफ कस्तो कस्तो !
यो भागवानको निशाफ कस्तो कस्तो !

पालोमा लिदैन जो आउछ छोड्दैन
साझा चिहानको निशाफ कस्तो कस्तो !

निर्बलकै लागि बनाइयो कानुन
यो सम्बिधानको निशाफ कस्तो कस्तो !

यो बस्तिमा एक्लै त हिड्दैनन चेली
साझ बिहानको निशाफ कस्तो कस्तो !

त्याहा अनुहार हेरेर भाउ गरिन्छ
हरे दोकानको निशाफ कस्तो कस्तो !

जता छ गहिरो उतै जान्छ पहिरो
बाडी कटानको निशाफ कस्तो कस्तो !

जो हुन्छ होचो उस्कै मुखमा घोचो
चल्ती उखानको निशाफ कस्तो कस्तो !

पुजारी झुसेले महल बनाउछ
भेटी र दानको निशाफ कस्तो कस्तो !

'नबिन नेपाल'को सपना लिदैछ उ
न्याय श्रीमानको निशाफ कस्तो कस्तो !
नबिन नेपाल
भक्तपुर
 

९. गजल 
यताको हलचल, देखे रुन्छे होला ।
मेरा यि दलबल, देखे रुन्छे होला ।

बियोगमा लेखिएका मिठा रचना
मुटु छुने गजल, देखे रुन्छे होला ।

सङघर्स, दुखले बनाएको बसस्थान
आलिसान महल, देखे रुन्छे होला ।

निर्बल हुँदा छाडी गयौ हेरी बसेथे
आज भाको सबल, देखे रुन्छे होला ।

रुनुमात्र होईन रैछ हास्न जने बल्ल
सुखै सुखका पल, देखे रुन्छे होला ।

पहिलेझै खराब सँगत छैन अहिले
नबिनको छलफल, देखे रुन्छे होला ।
नबिन नेपाल
सुडाल ०८
भक्तपुर
 

१०. गजल 
मेरो घर बिथोल्न किन दियौ चिठी ?
रात भर पिरोल्न किन दियौ चिठी ?

भर्खरको घाउ, नसुक्दै को रगत
आलो मुटु गिजोल्न किन दियौ चिठी ?

आधा घाउ छातिको तेही वाणले दियो
अब छाती छिचोल्न किन दियौ चिठी ?

जहाँ जो सँग छु खुशी अति खुशी
दु:खीको बोली बोल्न किन दियौ चिठी ?

तिमी धनको म मनको मिल्छ कसरी ?
मन र धन तोल्न किन दियौ चिठी ?

'नबिन' धारको सम्बन्ध मिल्दै मिल्दैन
मायाको मुल्य मोल्न किन दियौ चिठी ?

नबिन नेपाल
भक्तपुर
 

 धन्यवाद ।

कोमल भट्टका १० गजलहरु पढ्नुहोस्

NepaliTalim | 4:30:00 PM | 0 comments
नमस्कार साथीहरु,
गजलकार कोमल भट्टका १० गजलहरु लिएर आएको छु कस्तो लाग्छ प्रतिकृया दिनुहोला ।

1) गजल एक
**************
भरोषा गरेथेँ ढल्यो आज फेरी
खरानी भएरै बल्यो आज फेरी

दियौ घात धोका कसम बिर्सनाले
विचारेर मष्तक गल्यो आज फेरी

उडाएर स्वप्ना अधिक शून्य पार्दै
मनैमा हुरी पो चल्यो आज फेरी

कपटले सबै चीज निखारेर लुट्दै
अधर्मी निठुरले छल्यो आज फेरी

विषाद धेर बढ्दा खुबै नम्र यो मन
दुखाएर"कोमल"जल्यो आज फेरी
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

2) गजल दुइ
सहिदहरूप्रति हार्दिक श्रद्धान्जली सहित:-
----------------------
तिरस्कार गरी नमारौं कहिल्यै सहिदका सपना
घुयेंत्रो हानी नझारौं कहिल्यै सहिदका सपना

स्वदेशको लागि बहाए रगत जीउ ज्यान अर्पेर
यता न उता नपारौं कहिल्यै सहिदका सपना

छाडेर गए हामीलाई खुसी समुज्वल भविष्य
कृतघ्न बनी नटारौँ कहिल्यै सहिदका सपना

स्वतन्त्रताको बिरुवा रोपी सुम्पेका फलाउन
रछ्यान माथी नसारौँ कहिल्यै सहिदका सपना

श्रद्धाको फूल चडाऊँ आज ससम्मान प्रेमले
हृदय बाट नतारौं कहिल्यै सहिदका सपना
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

3.गजल तिन
धरापमा परे झैँ भयो जिन्दगानी
********
धरापमा परे झैँ भयो जिन्दगानी
हरेक् पल् मरे झैँ भयो जिन्दगानी

शरदको चिसोले वनै शून्य पार्दै
पतिङ्गर झरे झैँ भयो जिन्दगानी

पलाएन हाँसो सुक्यो आश सारा
सबै थोक् हरे झैँ भयो जिन्दगानी

दु:खै दु:ख र पीडा सहित् उर्लिएको
समुन्द्रै तरे झैँ भयो जिन्दगानी

असल गर्छु भन्दा खराव आइलाग्ने
अधिक पाप् गरे झैँ भयो जिन्दगानी
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

4. गज़ल चार
कस्तो हुन्छ चोखो मायाँ गर्नेलाई नै थाहा हुन्छ
************
कस्तो हुन्छ चोखो मायाँ गर्नेलाई नै थाहा हुन्छ
कति दुख्छन चोटहरू पर्नेलाई नै थाहा हुन्छ

बाध्यता र विवसताका कथा व्यथा जति सबै
अभावमा सधैँ आँसु झर्नेलाई नै थाहा हुन्छ

सतहलाई नियालेर देखिंदैनन भित्री कुरा
जङ्घारको गहिराई तर्नेलाई नै थाहा हुन्छ

गाह्रो छ कि सजिलो छ विछोडमा जिउनु पर्दा
प्रत्येक पला तड्पिएर मर्नेलाई नै थाहा हुन्छ

कसले लुट्यो सुख,शान्ति,रमाइलो र हाँसो अनि
जिन्दगीका सारा खुसी हर्नेलाई नै थाहा हुन्छ
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

5) गज़ल पाँच
********
मिलाएर हातै गरौँ प्रेम साँचो
बिते बित्छ रातै गरौँ प्रेम साँचो

नजर क्यै झुकाई लजाएर घुम्टो
उघारेर बातै गरौँ प्रेम साँचो

पिई प्रीत धारा अधिक लट्ठ पर्दै
बढाएर मातै गरौँ प्रेम साँचो

उदाई बिहानी चरी चिर्र गर्दा
बनी फेरि तातै गरौँ प्रेम साँचो

अपूर्वै मिलनले मधुर जिन्दगीको
रची गीत खातै गरौँ प्रेम साँचो

दिवस प्रेमको यो बनोस दिव्य धारा
न होस् तुच्छ घातै गरौँ प्रेम साँचो
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

6) गज़ल छ
***********
छुटाएरै खुसी हाँसो,रुवायो आज तकदिरले
भिजाएरै झर्यो आँसु,धुवायो आज तकदिरले

सुनौला कल्पना गर्दै,फुलेथ्यो फूल झैं जीवन
खसालेरै भूमि माथि,कुवायो आज तकदिरले

सगर् छुन्छु भनी हिंड्दा,खपें आपतहरु सारा
थचारेरै पूरै लोप्पा खुवायो आज तकदिरले

न पाएँ शान्तिले बाँच्नै,न लियो ज्यान मारेर
घिसारेरै लगी रौरव, छुवायो आज तकदिरले

म को हूँ को थिएँ भन्ने,भयो ऐले कथा जस्तै
घचेटेरै भङ्गालोमा, डुवायो आज तकदिरले
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

7)  गज़ल सात
*********
अज्ञानी छौं ज्ञान दिनोस सरस्वती माता
विद्या बुद्धि दान दिनोस सरस्वती माता

कुभावना हटोस् सबको सन्मार्गमा लाग्दै
इज्जत अनि मान दिनोस सरस्वती माता

निरक्षरले पढ्न सकुन प्रेम बढाई मनको
फोहर मैला जान दिनोस सरस्वती माता

प्रतिभाको मूल फुटी ढाकोस समाजमा
प्रतिष्ठा र शान दिनोस सरस्वती माता

कर जोडी फूलको थुँगा अर्पण गरेँ आज
भक्ति भाव लान दिनोस सरस्वती माता
श्री पञ्चमी
४ फाल्गुन,२०६९
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

8)  गज़ल आठ
*******
जति चोट खपेर नि गंगाजी भै बह्यौ आमा
बाँचुन्जेलै अभाव र असन्तुष्टि सह्यौ आमा

रातोदिन डोको,नाम्लो,घाँस सँग प्रेम गाँस्दै
यिनैलाई आफ्ना दर्द सधैँ भरी कह्यौ आमा

सन्ततिलाई हुर्काउन दुखै दु:ख र पीडा झेल्यौ
जिन्दगीमा कयौँ दिन भोकै नाङ्गै रहयौ आमा

नखाइ नखाइ काम गर्दा निम्तियेर रोगहरू
शोक सुर्ता बढ्दै गए साह्रै जीर्ण भयौ आमा

ज्वलन र छटपटीले दुख्न थाल्यो प्यारो मुटु
टुहुरो नै बनाई हाल्यौ चट्टै छोडी गयौ आमा
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

9. गज़ल नौं
**********
स्वाभिमानी नेपाली म झुक्न सकिन
इमान्दारी बिकायेर चुक्न सकिन

सबै सँग मायाँ लाएँ भेद नराखी
निमुखालाई दपेटेर भुक्न सकिन

कुर्नु सम्म कुरें मैले स्वच्छ बिहानी
आधा उमेर बितेपछि ढुक्न सकिन

डाँडा काटी कहाँ कहाँ पुग्नु परे नि
पारदर्शी मात्रै बनेँ लुक्न सकिन

आफ्नो श्रम बेचेको छु सधैं बिदेशमा
धान्नै पर्यो जीवन यो सुक्न सकिन

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

10) गज़ल दश
****
संसारमा सबै भन्दा,देश आफ्नै प्यारो
मीठो लाग्ने भाषा अनि,भेष आफ्नै प्यारो

लगाएनी बिदेशका,चिल्ला चिप्ला लुगा
चोखा हातले बनाएको,खेस आफ्नै प्यारो

रङ्गाएर खैरा,सेता, राता, नीला भन्दा
प्रकृतिले देको कालो,केश आफ्नै प्यारो

डाँडा काँडा उकाली र ओरालीमा झर्दा
सधैँ भरी लागे पनि,ठेस आफ्नै प्यारो

परचक्री रीति रिवाज प्रक्रियालाई देख्दा
जहाँ सुकै पुगे पनि पेश आफ्नै प्यारो
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger