गजलका थुँगाहरु भाग–२ (प्रणय दिवय विशेष) : Download

NepaliTalim | 6:15:00 PM | 1comments
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - 2
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : (2069-11-02/13-02-2012)

नमस्कार साथीहरु,
आज मिति 2069 फगुन 02 गते तदनुसासर मंगलबार तदनुसार 13-Feb-2013, हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 17 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ । आजको कार्यक्रम प्रेमदिवश २०१३ को पूर्व सन्ध्यामा प्रेममय गजलहरु पनि प्रस्तुत हुनेछन् ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेजगजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । यो श्रृंखला उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी अर्जुन पौडेललाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु ।
Listen and Download
Download : Click Here 2

Thank you

गजल- गजल- प्रणयमा मस्त सबै मान्छे रहुन शुभकामना (राम शरण श्रेष्ठ)

NepaliTalim | 3:25:00 PM | 0 comments
नबनेका जोडिहरु... अब बनुन शुभकामना ।।
प्रणयमा मस्त सबै मान्छे रहुन शुभकामना ।।

नजुरेका कति होलान्, जोडिहरु संसारमा
यसैपाली सबैलैनै प्राप्त गरुन शुभकामना ।।

वार्षौदेखी कति यहाँ इन्तजारमा रहेकाछन्
पर्खाइका पिडाहरु अब सकुन शुभकामना ।।

चाहेकै मान्छे सधै साथ रहोस यहि भन्छु
सुख दुख बाँडी चुँडी अघि बढुन शुभकामना ।।

अति मायाँ गर्ने जिवन साथी मिलोस सबैलाई
बाधाहरु चोखोप्रेमका सबै हटुन शुभकामना ।।

सबै तिर प्रेम दिवसले हर्षउल्लास फैलाएर
मनमन मिलाएर मात्र जाउन शुभकामना ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

13-Feb-2013
http://chisapaninepal.blogspot.com/
Note :
प्रणय दिवशको पूर्ण सन्यामा सम्पूर्ण प्रेम प्रति विस्वास राख्ने जोडिहरु, एकल मनहरु , प्रेमीहरु सबैलाई यो वर्षको प्रेमदिवस धुमधाम र हर्षउल्लसका साथ वितोस् बैको मनोकामना पूरा होस भन्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

गजल- मैले तिम्रो गजलको भाब बुझिन (कृष्ण अबिरल)

NepaliTalim | 3:07:00 PM | 0 comments
मैले तिम्रो गजलको भाब बुझिन
गजल प्रति तिम्रो लगाब बुझिन ॥

तिमि त साहित्य नरुचाउने मान्छे
त्यो तिम्रो गजलको किताब बुझिन ॥


आजभोलि उसैसंग देख्छु तिमिलाई
उस प्रतिको तिम्रो ,झुकाब बुझिन ॥


तिमि पनि मायाँमा परेको छौ र ?
हातमा त्यो रातो, गुलाब बुझिन ॥


एकैचोटिमै रित्यायौँ बोतल तिमिले
पानि हो कि त्यो, सराब बुझिन ॥

कृष्ण प्रसाद सिम्खडा
गीतानगर-४,देवनग र चितवन

शब्द शरोबर : (11-02-2013/29-10-2069) प्रेम दिवस विशेष- Download

NepaliTalim | 1:33:00 PM | 0 comments
SHABDA SHAROBAR
Host : Bimal Marmik
Time : Tuesday 9.15pm
Date : (11-02-2013/29-10-2069)
Fm: Radio Manaslu 103.9mhz

Email: shabda.sarobar@gmail.com
FB : ShabdaSharobar


नमस्कार साथीहरु
आज मिति 2069 माघ 29 तदनुसार 11-02-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । आज प्रेम दिवस विशेष गजलहरु लिएर आएका छौं । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download 

Thank you

गजल - दिलायो गुलाबले (प्रेम दिवस विशेष) -रोहित राना

NepaliTalim | 1:07:00 PM | 0 comments
कतिलाई सुन्दर जीवन दिलायो गुलाबले
टूक्रियका धेरै दिलहरू मिलायो गुलाबले

धुजा-धुजा हुन्छन् मन चाहेको नपाऊँदा
फाटेका धेरैका मनहरू सिलायो गुलाबले

हुरी-तूफानले पनि नहल्लिएका मनहरूलाइ
अचानक एक-पलभर'मै हिलायो गुलाबले
हिराले हिरा काटे झैं मुटुले मुटु काटे पछि
कतिको सुन्दर प्रेम कथा बिलायो गुलाबले
मायामा चुस्की लाउने सबैको हुने चाहना
रोहितलाई भने विष-प्याला पिलायो गुलाबले
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

गजल- संसारमा प्रेम दिवश .. (आरके थापा)

NepaliTalim | 9:49:00 AM | 0 comments
संसारमा प्रेम दिवश , चलेको छ प्रिय ।।
कता कता कोमल मुटु , जलेको छ प्रिय ।।

मुना मदन जस्तो हाम्रो , भयन खै भन्छौ ,
हाम्रो भाग्य लेख्नलाई या , छलेको छ प्रिय ।।

हर क्षेण हरेक दीन ,तिम्रै निम्ती सोच्छु ,
निराश भई यो हृदय , गलेको छ प्रिय ।।

प्रेम प्रतिक गुलाव त्यो ,बोक्या रैछौ फूल ,
मनमा आगो दन्कीयर , बलेको छ प्रिय ।।

मन बिशाउने दौतरी , छैन कतै भन्दा ,
मुर्छा परी आरके याहाँ , ढलेको छ प्रिय ।।

संसारमा प्रेम दिवश , चलेको छ प्रिय ।।
कता कता कोमल मुटु , जलेको छ प्रिय ।।
13/02/2013
आरके थापा , बोच -दोलखा
हाल साउदी , अरब
आरके थापा

गजल - अजम्बरी जवानी न तेरो न मेरो (नबिन नेपाल)

NepaliTalim | 9:40:00 AM | 0 comments
अजम्बरी जवानी न तेरो न मेरो
मरे पछी खरानी न तेरो न मेरो

तँ ठुलै जाती होलास पानी खान दे
बगेर जाने पानी न तेरो न मेरो

मेरो यो बाचा भयो आँखा दान गर्छु
खरानी हुने नानी न तेरो न मेरो

पसिना र माटो हो नि सुनको साटो
लासाको सुन खानी न तेरो न मेरो

आउँदा जस्तो जादा तेस्तै जाने हो
मरेर केहि लानी न तेरो न मेरो

ढोका खुल्छ तब जब सच्चा पुग्नेछ
बाटो स्वर्ग जाने न तेरो न मेरो

नबिन नेपाल
भक्तपुर

गजल शरोबर -(09-02-2013) सवाज जवाफ विशेष - Download

NepaliTalim | 4:52:00 PM | 0 comments
सवाज जवाफ विशेष श्रृङ्खला     
KALIKA FM PRESENTS 
GAZAL SHAROBAR
Date : (09-02-2013/2069-10-27)
FM : Kalika FM


आज मिति २०६९ माघ 27 गते बुधवार तदनुसार 09-Feb-2013 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ ।   बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ  भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । आज शनिबार पनि गजल सरोबर लिएर विजय राज उपस्थित हुनुभएको छ ।  आज सवाज जवाफ विशेष श्रृङ्खला प्रस्तुत हुनेछ र सवाज जवाफ विशेष श्रृङ्खलामा दोय गजलकार साथीहरु विजय राज र शुबु सवाल जवाफ प्रस्तुत गर्नुहुनेछ ।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download : Click Here to Download


चर्चित नेपाली फिल्म "लुट" LOOT - Watch

NepaliTalim | 3:43:00 PM | 0 comments














Source: http://www.youtube.com/
चर्चित नेपाली फिल्म लुट युटुबमा रहेछ । तपाईपनि हेर्नुहोला ।
Movie LOOT


DOWNLOAD : CLICK HERE TO DOWNLOAD

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु - Download

NepaliTalim | 3:03:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)

मिति : (08-02-2013/2069-10-26)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा

रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज मिति 2069 माघ 26 गते तदनुसार 08-Feb-2012 शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आज हामी गुरु प्र.मैनालीको नाशो कथा संग्रहबाट दुइवोटा कथाहरु सुन्ने छौं जसमा चिताको ज्वाला र छिमेकी कथा रहनेछन् । आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  । Stories from Nasho Story Book written by Guru Prasad Mainali.
Listen and Download 

Download : Click Here to Download 

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger