Home » , » गजल - दिलायो गुलाबले (प्रेम दिवस विशेष) -रोहित राना

गजल - दिलायो गुलाबले (प्रेम दिवस विशेष) -रोहित राना

NepaliTalim | 1:07:00 PM | 0 comments
कतिलाई सुन्दर जीवन दिलायो गुलाबले
टूक्रियका धेरै दिलहरू मिलायो गुलाबले

धुजा-धुजा हुन्छन् मन चाहेको नपाऊँदा
फाटेका धेरैका मनहरू सिलायो गुलाबले

हुरी-तूफानले पनि नहल्लिएका मनहरूलाइ
अचानक एक-पलभर'मै हिलायो गुलाबले
हिराले हिरा काटे झैं मुटुले मुटु काटे पछि
कतिको सुन्दर प्रेम कथा बिलायो गुलाबले
मायामा चुस्की लाउने सबैको हुने चाहना
रोहितलाई भने विष-प्याला पिलायो गुलाबले
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger