Home » » Muktak Madhurima (2069-11-03/14-02-2013) - Download

Muktak Madhurima (2069-11-03/14-02-2013) - Download

NepaliTalim | 9:47:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
   
 
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-11-03/14-02-2013)
 
(Valentine's Day Special)
आज मिति 2069 फागुन 0 गते तदनुसार 14-02-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।                  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes

२०६९-११-०३ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
चित्र फकामी मगर को प्रेम पत्र सुरुवातमा समेटिने छ .....
01-Ram Sharan Shrestha
सम्पर्क विच्छेद तिमीले गर्यौ ।।
मान्छेमा विभेद तिमीले गर्यौ ।।
मान्छे सबै एकै हुन के भनेथेँ
खण्डन र खेद तिमीले गर्यौ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
www.muktakmadhurima.blogspot.com


02-Khadga G Magar
हासो खुसि मेरो लागि, पराइ बनिसके
तमसुक्मा लेखिदेको, भर्पाइ बनिसके//
पल्भर नि चाइएन भो, अब क्षणिक खुशि
दुःखै दुःखका पाटाहरु, स्थाइ बनिसके //
खड्ग जी.एम.
उरहरि दांग
हाल कतार

03-नाम~ तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना~दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार
हिउँद काट्न रुई हुनुपर्छ ।
जीवन काट्न दुई हुनुपर्छ ॥
काठ्ठिन्छ मुटु जाडो भएपछि ।
ज्यान तात्न फुई हुनुपर्छ

04-Prem Dhami
प्रेममा ठगियो प्रेम दशामा छ अचेल।
दिन रात पिउँछ र नशामा छ अचेल।।
बैगुनीले दिएको,चोटले मुटु दुखे पछि
रुदै हिन्छ आँशुको बरखामा छ अचेल।।।।
प्रेम धामी
दहबगर छ बझाङ
हालःकपन,काठमाण्डौ

05-साहित्यप्रेमी कपिल लामिछाने
मलाइ चिठी केर्दै छिन रे बसी तुल्सीपुरमा !!
मेरै बाटो हेर्दै छिन रे बसी तुल्सीपुरमा !!
कहिले आउछ मेरो मनको राजा भन्दै,,
बुट्टे रुमालमामाया बेर्दै छिन रे बसी तुल्सीपुरमा !!
<कपिल लामिछाने> {दाङ्, तुल्सीपुर} हाल दोहा, कतार बाट...!!!

06-Jaya Bhabuk
हत्या िहँसा शोषणले िसमा नाग्दै छ आज भोली!
िपडीत वर्ग िचच्याउदै राहॉत माग्दै छ आज भोली!
केही बुझ्न सकीएन यो देश को कानुन,
दोसी कैदी छुटी जेलबाट फेरी त्यतै लाग्दै छ आज भोली!
-जयराम िव. क. {जयॉ भॉवुक }
धधवार 7 बर्िदया हाल मलेिसया जोहोर...

07-Raag Gazmer Raz
जलाउनु तिम्रो कला, म तयार छु
सताउनु तिम्रो कला, म तयार छु
तिम्रा आँशु बाहेक कमजोरी के मेरो?
बगाउनु तिम्रो कला, म तयार छु

08-Amrit Jaisi
मेरो झुपडीमा उनलाई बास कहाँ छ र
माया पो छ म सँग खाने गासँ कहाँ छ र
सस्नु खाएरै आन्नद लिइरहने म
सन्तुष्ट भए यसैमा म सँग दुःखको रास कहाँ छ र।।
-अमृत जैशी
कुल्देवमाण्डौ 3 थुमा
बाजुरा,हाल धनगढी कैलाली

09-Nabin Nepal
उडे पनि त आकासमा छाया धर्तिमा ।
किन पो लाग्ने होला धेरै माया धर्तिमा ।
सिमा मिच्ने दक्षिणी छिमेकी खबर्दार
नबिनको जन्म भैसक्यो दाया धर्तिमा
-नबिन नेपाल
सुडाल - ०८
भक्तपुर

10-निस्चल प्रेमी कान्छा
तिमी बाट धोका आज खाएर म बाचेकोछु
बिरहका गित आज गाएर म बाचेकोछु
प्रदेशीन बाध्यभाको तिम्ले साथ छोड्नाले हो
जिवनभर अदृय चोट पाएर म बाचेकोछु
-निस्चल प्रेमी कान्छा
मायाँले ठगीएको बस्ती गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बइ भारत

11-तिलक निष्कर्ष
माया गर्ने हरुको लागि आयको छ प्रेम दिबस
खुसि छर्ने हरुको लागि आयको छ प्रेम दिबस
आफुलाई त कौवालाई बेल हर्ष न बिस्मात झैँ ,
प्रेममा पर्ने हरुको लागि आयको छ प्रेम दिबस
रत्ननगर ७

12-Bishnu K Gautam
रुप हेरेर प्रेम प्रश्ताव राख्छन नामर्द
मध्य रातमा भेट्नलाइ डाक्छन नामर्द
वा क्या राम्रि भन्छन,देख्दा टाढाबाट
नजिक परे उसैसँग भाग्छन नामर्द
बिष्णु गौतम
मल्म-४,बाग्लुङ
हाल: बुटवल


13-Bibash Boulaha
आँशुको नुनिलो सर्बत चुपचाप पिउनको लागी
फाटेर झुत्रिएको खुशी फेरी सिउनको लागी
पलपल बल्झिने घाउको पिँडा सहेरै पनि
बाँचि रहेको छ मान्छे, केवल जिउनको लागी
विवश बौलाहा
झापा

14-Raju Poudel
तिमि संगै हास्न अनि रून पाए हुनथ्यो
आफ्नो सम्झि तिमिलाइ छुन पाए हुनथ्यो
आकासमा अनगिनति ताराहरु भएपनि
प्रकास दिने त्यहि एउटा जुन पाए हुनथ्यो
-Raju poudel
Rudrapur rupandehi
Doha Qatar

गीत >मेरो धड्कन तिमि मेरो प्राण तिमि मेरो यो जिबनकै चाहना तिमि ......
स्वरुपराज आचार्य र कल्पना गौतमको आवाजमा ............

15-Rai Munkmen Ramesh मुक्तक
हुनु भयो हजुर नसोचे कै भयो
देखिएको सपना पलमै उडि गयो
नानाभाति बाँचा गरि एक्लै खोला तरि
मायाको छलमा पर्दा सप्ना अधुरो रयो
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद..

16-Baral Suryamani
किन आउँछ प्रेम दिबस मेरो मुटु चर्काउन।
भूकम्पको धक्का जस्तो पुरै शरिर थर्काउन।।
खाटा बसिसकेको घाउ पल् पल् कोट्याएर। रुवाएर
आँखाहरु झरि झैँ आँशु दर्काउन।।

17-Aindra Bikram Nisthuri
धेरै भेते दुनियाँ म गोही आसुँ झर्नेहारु
बिबस्थलाई दोसी बनाइ वास्तविकता टर्नेहारु
जुनी तिम्रै हो नि भनि झुटो कसम खाई
बगालीमा छुरा वोकी मुखले ठीक्क पर्ने हरु
आ ईन्द्र बिक्रम निस्ठुरीSee Translation

18-Shanti Adhikari मुक्तक
आफु सगै जल्ने माया किन लायौ त नी ।
भित्र भित्रै गल्ने माया किन लायौ त नी ।
बेहास त थिएनौ नि होस हुँदा हुदै ।
मनलाई छल्ने माया किन लायौ त नी ।
-शान्ति अधिकारी
बाँके

19-Bibek Dulal मुक्तक
चुलो चौका आगनमा तिनले गर्छन् सारा काम
मठ मन्दिर किर्तनमा तिनले जप्छन् हरे राम
एउटा यस्तो ठाउ छैन जहाँ तिनको पहुच नहोस्
तर किन हुन्छ नारीमाथि हत्या हिँसा तथानाम .
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक , झापा
हाल : अबुधाबी ,यू ए इ .

20-Dalbir Singh Baraili 'Ghayal'
कोपिलामै फुल्यौ र त धेरै टाढा भयौ
फुलेपछी भुल्यौ र त धेरै टाढा भयौ
न त आज फूल भयौ न यादमा रह्यौ
सडकमै खुल्यौ र त धेरै टाढा भयौ
-दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

21-Bikalpa Babu spiceal for valentine day
बसन्तको फुलमा जस्तो, सुबास हुनुपर्छ प्रेममा
एउटा लाइ पिडा भए, अर्को रुनुपर्छ प्रेममा
परिभाषा प्रेमको मैले, जस्तो दिएपनि यहाँ
..मायालुको नजरले, मनमा छुनु पर्छ प्रेममा
bikalpa babu
gitanagar 1 chitwan

22-Artimus Siru
भरिएर सम्झनाले टोलाई रहें नयन !
झस्किएर चाहनाले टोलाई रहें नयन !!
सिस्नु पानी लगाको झैं पोलिदिन्छ छाती !
बहकिएर भावनाले टोलाई रहें नयन !!
सुमित्रा अधिकारी
गोरखा

23-श्रीकान्त कहेराज़
प्रेमका साथ् ग्याशको मूल्य अझ बढाउनु प्रेम दिवसमा
राजनीतिका नाममा भाइ भाइ लडाउनु प्रेम दिवसमा
के नै दिन सक्थियौ र सरकार जनतालाई महंगी बाहेक,
पुगेको छैन अझै, महंगीको बलो,ठडाउनु प्रेम दिवसमा
कृष्णमन्दिर चोक , रत्ननगर ,चितवन

24-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
नहुनेको प्रस्ताब् आउने,आस हुन्छ प्रेम दिवसमा
हुनेहरुको केके--केके,खास हुन्छ प्रेम दिवसमा
एक अर्काको समिप्यमा रमाउदै जोडी प्रेमीहरु
दुइ धड्कनको एउटै,सास हुन्छ प्रेम दिवसमा
churiyamai-9 hetauda makwanpur, hal- doha qatar

25-Arpan Chhetri
झ्याल बाटै सुसेलेर बॊलायौ र आए
छत् माथी जुन हेर्दै टॊलायौ र आए
सुरुमा त मनै थिएन खै के भयॊ आज
दुई मुटुलाई एकै ठाउमा घॊलायौ र आए
-अर्पण छेत्री
दमक,झापा
हाल जॊहॊरबारु, मलेशिया

26-Kamal Tag Dhakal
Kathmandu
साउनको झरि जस्तै छौ
साँच्चै तिमि परि जस्तै छौ
मजाक नसम्झ बास्तविकता नै हो
सानी सानी नानि चरि जस्तै छौ।

27-अन्जान श्रेष्ठ अभागी ~~~प्रेम दिवस मुक्तक~~~
रातो गुलाफ लिएर आउने छिन उनी ।।
प्रेमले भरिएको साथ पाउने छिन उनी ।।
भगवानलाई साँची राखी गोडा टेक्न ।।
लगाइ प्रेम प्रस्ताव गराउने छिन उनी ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा
हाल India

28-Suman Adhikari
माघमहिना गएपनी मेरी अझै बाकि होलिन !
मै भेट्टन आउछु भनि लेकबेशी धाकि होलिन !
खै कसरी भन्थिन भन्नपनी गारो मनका कुरा....
मैलेनै मनका कुरा भनोस भनी इसारा लाकी होलीन !
-SUMAN adhikari "sajan"
Bhimnager 4 chitwan.

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger