Home » » Muktak Madhurima (2069-10-25/07-02-2013) - Download

Muktak Madhurima (2069-10-25/07-02-2013) - Download

NepaliTalim | 9:30:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
 
 
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-10-25/07-02-2013)
 
आज मिति 2069 माघ 25 गते तदनुसार 07-02-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।                
Listen and Download

Download : Click Here to Download
Listen all Previous Episodes


Thank you
२०६९-१०-२५ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................

01-अजान श्रेष्ठ (अभागी )
त्यही डल्लीको प्रेममा फसेँ म त ।।
उस्कै चन्चले योवनमा झरेँ म त ।।
सोह्र वर्षे कम्मर जवानी कुरा ।।
को नसालु आंखामा परेँ म त ।।
-अजान श्रेष्ठ (अभागी )
कुवाकोट कान्छीबजार स्याङजा
हाल india

02-Chhabilal Subedi मुक्तक
समाजमा ठुला हुन्छन कोहि।
हेपेर खुट्टाले खुन्छन कोही।
एता नी मेरो उता पनी मेरो।
गफैले आकाश छुन्छन कोहि।..
Hal bhojpur nepal.


03-Jaya Bhabuk
बाहीर ठीक्क पारे पनी भीत्री धेरै जाली हुदारैछन!
मायॉ गास्दै िहडे पनी यहॉ धेरै खाली हुदारैछन!
बगैचामा फूल एउटा भए पनी साथी,
त्यसमा रमाउने यहॉ धेरै माली हुदारैछन!!!!
-जयराम िव. क. (जयॉ भॉवुक )
धधवार 7बर्िदया हाल मलेिसया जोहोर...


04-Baral Suryamani
जाउ तिमी अन्तै जाउ, म त दोबाटो मै कुरी बस्छु तिमी आउने आशमा सँधै।
खाउ कसम अरुसँगै खाउ, म त दोबाटो मै कुरी बस्छु तिमी आउने आशमा सँधै।।
मेरो बारी उजाडिने तिम्रो बारी हरियाली मेरो जीबन जल्दा यहाँ तिम्लाई त्यहाँ खुशियाली ,
लाउ माया उतै लाउ, म त दोबाटोमै कुरी बस्छु तिमी आउने आशमा सँधै।।


05-Prem Dhami मुक्तक
खुसी हुँदा तिमीसँगै रमाउँन म आउँला ।
दुख पर्दा तिम्रै हात समाउन म आउँला।।
भन्छ्यौ भने बसाँई सार मेरै मनको मझेँरिमा
तिम्रै दिलमा सधै डेरा जमाउन म आउँला।।।।
Prem dhami
dahabagar 6 bajhang
haal- kathmandu


06-Causal Ciran
अचानोमा शिर राखीदिएको छु।।
र हातमा तक्दिर राखीदिएको छु।।
भन काट्छ्यौ कि टुक्र्याउँछ्यौ मलाई?
अगाडी सारा शरीर राखीदिएको छु।।
#कौशल किरण


07-Bishnu K Gautam
गाउँमा डोका डाला बुन्ने शहर पसेछन
गोठभरी बाख्रा थुन्ने शहर पसेछन
देशका खबर टेलिभिजनमा हेर्ने भन्दै
गाउँमा रेडियो सुन्ने शहर पसेछन
Bishnu Gautam
Malma-4,Baglung
Now:Butwal


08-Indu Rijal
मलाई पनि सगरमाथा चुम्न मन लाग्यो
पर्यटक झै देश बिदेश घुम्न मन लाग्यो
मान्छे भनि सानि सानि बिचार मात्रै अलि ठुलो
अरुलेझै माया जाल बुन्न मन लाग्यो
-ईन्दु रिजाल
भरतपुर 11 चितवन


09-Raju Poudel
सिंगो यो धर्तिको माटो एउटै हैन र
तिमि हिडने म हिडने बाटो एउटै हैन र
बाचुनजेल तेरो मेरो भनि घमणड गरेपनि
मर्दा पोल्ने बासको त्यो भाटो एउटै हैन र
-Raju poudel
Rudrapur Rupandehi
Doha Qatar

10-Rajib Rimal मुक्तक:
उसलाई लोग्ने मरेको खवर जनाउँथ्यो ।
चुरा फोथ्र्यो,सिँउदो भरि पानी खनाउँथ्यो ।
उसको कुनै रङ्गिनता नस्विकार्ने यो समाजले,
मिल्ने भए रगत पनि सेतो बनाउँथ्यो
नाम : राजीव रिमाल
-ठेगाना : कटुवा चौपारी २ पर्वत
हाल : पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस,लामाचौर पोखरा


11-Bishwo Prakash Pokharel
तिम्रो मेरो आँखा जुध्दा डराएथेँ फुच्ची
यो मनले तिमीलाई मन पराएथेँ फुच्ची
रमाउदा तिमीसँग अनायासै एकछिन्
कल्पनाको संसारमै हराएथेँ फुच्ची
-Name: Bishwo Prakash pokharel
From: Parsa, Chitwan


12-Bikalpa Babu 
तिमी बिना शुन्य लाग्यो, शहर आजभोली
कसो गरी कटाउ अब, प्रहर आजभोली
कठीन भयो बाँच्न पनि, सोचे मर्छु भनि
तिमी सँगै पराइ बन्यो, जहर आजभोली
-bikalpa babu
geetanagar 1


13-Rai Kumar
अचेल दिनदिनै स्याल्हारु लुट्छन नेपालमा/
जूठो खाई बसेका कुकुरहरु चुप्छन नेपालमा /
छोड्छ्न स्यालहरुले जब, सहर र बस्तीलाई
अनि गल्लिगल्लिका कुकुरहरु भुक्छन नेपालमा/
-सौ कुमार राई"kumar"
सोलुखुम्बु जुभिंग 2
हाल साउदी रियाध

14-दिपक काराखेती मुक्तक
बाल्यकाल देखी भिजेको नाता तोड्न, भन्दिन
दुईआत्म मिली रचेको साथ फोड्न, भन्दिन //
रोहेर नयन जतिनै धोएनी धैर्यमा, बस्नुनी
आपत बिपात सहेर बसे है छोड्न, भन्दिन //
-दीपक काराखेती
धुवाकोट गोर्खा
हाल:-अबु-धबी(UAE)


15-तिलक निष्कर्ष
रत्ननगर ७,चितवन
आज तिम्रो याद आयो,आफैमा हराउन पुगेछु
मनै मनले तिमीलाई आफ्नै गराउन पुगेछु
म अनि तिमि मिठो अतित आँखामा घुम्छ
सम्झी त्यहि पल सपनीमा कराउन पुगेछु ........

16-Bibek Dulal मुक्तक
त्यसो त यहा हामि भित्र नै कोहि न कोहि भोगी छ
त्यसो त यहा हाम्रो समाज नि अलि अति नै ढोगी छ
नेता अस्वस्थ छन् भन्ने कुरा म मान्दै मान्दिन हजूर
त्यसो त यहा हामि कहा हाम्रो देश सिकिस्त रोगी छ .
-अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक , झापा
हाल :अबुधाबी ,यु ए इ .


17-साहित्यप्रेमी कपिल लामिछाने
हिमालको शुन्दर काँखामा छ मेरो नेपाल!!
बुद्दका ति निश्चल आँखामा छ मेरो नेपाल!
प्रकुतिको अनुपम बगैचाको वरिपरि,,
गुन्जने बाजा ब्यञ्जन भाकामा छ मेरो नेपाल!!
कपिल लामिछाने
दाङ् तुल्सीपुर
हाल कतार बाट


18-Ram Sharan Shrestha
विर्सिनेलाई सम्झिएर बस्नु हुँदैन ।।
यादहरु आसु बनि खस्नु हुँदैन ।।
दुखिरहन्छ घाउ कोट्याइरह्यो भने
पिडादायी संसारभित्र पस्नु हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


19-Shanti Adhikari मुक्तक
घर भित्रका अपराधि गन्ने गर अब।
बाबा आमा जो भएनी भन्ने गर अब ।।
जन्म दाता पनि यहा काल बन्दा रैछन्।
तिनैलाई हाल्ने खाल्डो खन्ने गर अब ।
-शान्ति अधिकारी
बाँके २०६९


20-शेर्पीनी कान्छी muktak .....
कहा गै पाउछु होला माया जाच्ने कसी
कहा किन्न पाउछु होला भाग्गे लेख्ने मसि
देखाउन मिल्ने भए मन भित्रको मायाहरू
कसो गरि जुटाउ मैले माया प्रेमका दसी
sherpini kanchhi .... israel


21-निस्चल प्रेमी कान्छा
फोनै फोनमा अन्धो प्रेम गरेपछी बर्बाद भए ।
गुल्मी छोडी स्याङ्जातीर झरेपछी बर्बाद भए ।।
भन्ने मलाई लागीराख्थ्यो स्याङ्जाली जाली हुन्छन
बल्ल तल्ल रिडीखोला तरेपछी बर्बाद भए ।।
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बइ भारत


22-अर्जुन विवश गाउँले मुक्तक
छाती माथि मेरै तस्विर सजाकिछु भन्छे ।
हेर्दै त्यही तस्विर्मा लजाकिछु भन्छे ।
किन कुन्नी आजभोली उमङ्ग छ मन ,
एेना अघी राखी मलाई दजाकिछु भन्छे ।
-Dhaneshwor poudel
Dang Deaukhury
Now - Kuwait


23-Badri Adhikari
बास तिम्रो दिलभित्र बस्न पाए हुन्थ्यो।
च्याप्प च्याप्दै अँगालोमा कस्न पाए हुन्थ्यो।।
चियो चर्चो समाजले गर्न थाल्यो हाम्रो।
जुन सँगै अँधेरिमा पस्न पाए हुन्थ्यो।।
बद्री अधिकारी,नुवाकोट तारुका

24-Krishna Gautam
खोज्न गार्हो रहेछ खुसी चारै तिर धाएपनी
निभाउन गार्हो रहेछ नाता चोखो मुनाले लाए पनि
जोडी त साएद माथीवाटै वनेर आउदो रहेछ
पाउन गार्हो रहेछ कसैलाई सच्चा दिलले चाहे पनि
-कृण्ण प्र गौतम
हाल दोहा कतार वाट


25-Arpan Chhetri
भैंसी जस्तॊ जिउ तिम्रॊ उल्लुकॊ जस्तॊ आंखा
कति सार्हॊ फॊहॊरी लुगा घुमीरा'छन् माखा
दुधले धॊए नि काहां हुन्थ्यॊ भैंसी गॊरॊ
आदत तिम्रॊ नछुट्ने भॊ बरु लाग पाखा
-अर्पण छेत्री
दमक,झापा
हाल-जॊहॊरबारु मलेशिया

26-श्रीकान्त कहेराज़
पद ओगड्छौ तर काम गर्न सक्दैनौ
जनताको लागि दुइ कदम सर्न सक्दैनौ
काल लाइ पनि तिम्ले घुस खुवायौ कि ?
किन नेता तिमि हरु मर्न सक्दैनौ ?????
कृष्णमन्दिर चोक


27-Mohan Bihani मुक्तक
********************
म नेपाल फर्कने दिनहरु गन्दै पो छौ रे,
तिमि छिट्टै आमा बन्दै पो छौ रे
म अरब आको दुइ बर्ष भै सक्यो त सानु,
बच्चाको बाउ मलाई नै भन्दै पो छौ रे ?
****************************
म त छक्क परे बा- ***** मोहन बिहानी
भक्तिपुर-सात सर्लाही

28-Ashish Danai मुक्तक [२०६९-१०-२०]
देश कती रित्तेको छ गोजीहेर्दा थाहा हुन्छ
ढुङ्गा माटो जताततै खोजीहेर्दा थाहा हुन्छ ।
कुर्षीमा बसेर देशको बिकास हुन्न हजुर
जनताको घर गई सोधीहेर्दा थाहा हुन्छ ।।
-आशिष दनाई
गाउसहर-2 दनाईगाउँ लमजुङ
हाल - पोखरा बिश्वबिध्यालय मा बि ई ईलेक्ट्रिकल अध्यनरत
www.muktakmadhurima.tk

29-Sparsa Tinaufm
हेर्नोस देशलाई जोगी वनाउन सुरु गरेको छ सरकार ।
आफ्नो पुर्ख्यौली जात जनाउन सुरु गरेको छ सरकार ।
सत्ता ढलेपछी के होला म सोंचीरहेछु उसको हालत,
नढल्दै डुङ्डुङी गनाउन सुरु गरेको छ सरकार ।।
-अशोक गौतम क्षितिज
तिनाउ 98.2 एफ एम
वुटवल, रुपन्देही


30-Nabaraj Bhujel
याद आए सम्झनामा आँसु नझार्नु
समिपबाट टाढा भएनि माया नमार्नू
प्रतिछ्याको फल सधै मिठो नै हुन्छ
आउदैन प्रदेशी भनी माया अन्तै नसार्नू
नबराज भुजेल
सासापुर-३, सर्लाही
हाल दोहा कतार

31-तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना~दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार
आशिष देऊ देश सिंगार्न चाहान्छु ।
यहाँ कुर्सिको खेल बिगार्न चाहान्छु ॥
को हो रक्षक?को हो भक्षक ?चिन्नुछ ।
शुद्धिकरणले प्रयोगले थिगार्न चाहान्छु ॥

32-Pawan Gharti Magar Bibash एक मुक्तक
चञ्चल मन हुँदो रैछ कोही दिलमा बसेपछि।
उस्तै गाह्रो एक्लै बाँच्न पिरतीमा फसेपछि।
नौनी जस्तै थिईन् उनी आगो जस्तै म भए की?
मीठो भूल हुँदै रैछ अङ्गालोमा कसेपछि।
पवन घर्ति मगरहाडहाडे गुल्मी हालः यू ए इ


33-Artimus Siru
बिना कारण तप्की दिन्छन् आँशुका दानाहरु !
क्षितिज पारी हराई रहे जिन्दगीका पानाहरु !!
सुख आउछ भन्ने आशमा दु:ख भित्र रुमलिंदै !
गुञ्जिरहे मनमा मधुर पिरतीका गानाहरु !!
सुमित्रा अधिकारी
गोरखा


34-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
तिम्रो दिलमा ठाउँ छ कि छैन
मायाको सुन्दर गाउँ छ कि छैन
भन्छन माया नै ठुलो संसारमा
मेरो मायाको भाउ छ कि छैन ?
makwanpur hetauda..now doha qatar



35-Surya Chemjong
जे-जे हुन भई सक्यो रोएर के हुन्छ?
हृदयको कालो दाग !धोएर के हुन्छ?
टुटे पछि विश्वास र नाता भन्ने कुरा
तामा र तुलसी अब छोएर के हुन्छ?


36-Lalu Gm
तिमी सँगै जिबन जिउने आस थियो।
धोका दियौ घिटी-घिटी श्वास थियो।।
सोचे याद दिलैबाट निकाली दिउकी भनि,
सकेन अभागी दिल तिम्रै पास थियो।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया

37-Jyoti Khatiwada Anischit
विवशताले गर्दा केही दिन हराएँ साथि
अनायासै मुक्तक मधुरिमाको यादमा कराएँ साथी
खै के मोहनी लगायौ मुक्तकानुरागी तिमीले
छोडी हजार कार्यक्रम तिमीलाई मन पराएँ साथी
-ज्योति अनिश्चित
त्रिचन्द्र कलेज ।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger