Home » » शब्द शरोबर : (02-02-2013/22-10-2069) - Download

शब्द शरोबर : (02-02-2013/22-10-2069) - Download

NepaliTalim | 11:17:00 AM | 1comments
SHABDA SHAROBAR
Host : Bimal Marmik
Time : Tuesday 9.15pm
Date : (02-02-2013/22-10-2069)
Fm: Radio Manaslu 103.9mhz
Email: shabda.sarobar@gmail.com
FB : ShabdaSharobar


  नमस्कार साथीहरु




आज मिति 2069 माघ 22 तदनुसार 04-02-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ ।आज शहिद दिवस विशेष गजलहरु लिएर आएका छौं । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Thank you

यो श्रृखलामा बाचन भएको मेरो गजल
तिमीले हतार नगर्नु ।।
कतै सुरसार नगर्नु ।।

म आउँनेछु फर्केर
अन्त घरबार नगर्नु ।।

विदेशिनु बाध्यता हो
आँखा अस्रुधार नगर्नु ।।

मन मिलिसकेको छ
छुट्ने विचार नगर्नु ।।

प्रस्ताब आउन सक्छ
अरुको स्विकार नगर्नु ।।

मुटु धड्कनमा हुनेछु 
पराई ब्यवहार नगर्नु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

यो भागमा बाचन भएको मेरो मुक्तक

कुर्सिमा अन्धाहरु पर्छन् ।।
भ्रममा जानताहरु पर्छन् ।।

आँखा बन्द छ राजनीतिको
छेकिदिने पर्दाहरु पर्छन् ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

 
Share this article :

1 comments:

navapaluwa.blogspot.com said...

अत्यन्तै स्नेह पूर्वक मेरो गज़ल प्रसारण गरिदिनु भएकोमा प्रिय शब्द शरोबर,प्रस्तोता विमल मार्मिक लगायत सबै प्राबिधिक मित्रहरु प्रति हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger