Home » » Episode:59 (यो साँझ यो सुबाश-12-02-2013) प्रेम दिवस विशेष श्रृंखला

Episode:59 (यो साँझ यो सुबाश-12-02-2013) प्रेम दिवस विशेष श्रृंखला

NepaliTalim | 10:37:00 AM | 0 comments
VALENTINE'S DAY SPECIAL
EPISODE 59 -YO SANJH YO SUBASH
(12-02-2013/2069-11-01)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page
Phone :  9808826116


(आजको श्रृंखला प्रेम दिवस विशेष रहनेछ ।) 
आज मिति 2069 साल फाल्गनु महिनाको 01 गते तदनुसार  12-02-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  59 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । आजको श्रृंखला प्रेम दिव विशेष रहनेछ र रासिको आधारमा प्रेम सम्बन्धको चर्चा लगायतका प्रणय दिव विशेष गजलहरु प्रस्तुत गरिनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  ।

Listen and Download 


Download : Click Here to Download Episode 59
आज सम्मका पुराना श्रृंखलाहरु सुन्नुहोस


यो श्रृंखलामा प्रसारण भएको मेरो गजल
प्रेम दिवसमा प्रेमै प्रेम जोडिएला मन कतै ।।
चकनाचुर कति सपना तोडिएला मन कतै ।।

पाउलान कतिले नयाँ साथी नयाँ जिवन
टुक्रिएला कतै मुटु, मोडिएला मन कतै ।।

कलिलो कोपिलमा मल जल गर्नुपर्छ
झुक्किएर जरै सित, गोडिएला मन कतै ।।

कति होला प्रणयमा, रम्दै आनान्दमा मस्त
कतै आँसु धरधरी फोडिएला मन कतै ।।

कतै मायाँ मात्र मायाँ कतै घृणा मात्र घृणा
प्रेम आड भरोसामा ओडिएला मन कतै ।।

प्रेम प्रतिक रातो गुलाफ सँगै विशेष उपहार
लिँदै दिँदै मन साट्दा जोडिएला मन कतै ।।

नहोस् विछोड कसैको,गाह्रो बाँच्न एक्लै एक्लै
होसगर्नु मन दुख्ला चुँडिएला मन कतै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
आउँदै गरेको प्रणय दिवसको सबै प्रेम जोडिहरुलाई धेरै धेरै शुभकामना ब्यक्त गर्दछु ।
> राम शरण श्रेष्ठ


Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger