आज मिति 2069 फगुन 14 तदनुसार 24-Feb-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 28 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ रेडियो हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौं ।
Listen And Download
Download : Click Here to Download Episode 28
Thank you
यो श्रृंखलामा बाचन भएको मेरो गजल
....................
प्रेमको सितार, बज्दैछ मनमा, नसाझै गरेर ।।
के गर्यौ यस्तो, प्रेमको शिक्षा, मुटुमै भरेर ।।
सुस्तरी आई, चोरेर लग्यौ, मुटुनै यसरी
गएछ पछि, पछ्याई तिम्लाई, मननै सरेर ।।
सक्दिन हाँस्न, नभए तिमी, नछोड नतोड
हलचल भयो, मनहरु यहाँ, केहोयो छरेर ।।
न भोक प्यास, न निद यहाँ, तिम्रैछ सम्झना
बैचैन हुन्छु , सम्झेर तिम्लाई ,मनलग्यौ हरेर ।।
भईयो रोगी, प्रेमको यस्तो, देउन औषधी
भैदिए टाढा, त्यागेर मलाई, जाउँला मरेर ।।
..............
रामशरण श्रेष्ठ "राम"
चिसापानी गा.वि.स.
वाड नं. ६,रामेछाप
12th October 2010,
करिब तिन वर्ष पहिलाको यो मेरो गजल सायद धेरै साथीहरुले पढ्न पाउनुभएको छैन होला । पहिला नेपाली गजल डटकममा पोष्ट गरेको थिएँ ।
Posted note: http://nepaligazal.com/gazal/nepali/8637201017.html
0 comments:
Post a Comment