साहित्य सिर्जना ( स्रस्टा बिसेस )_069-10-27

NepaliTalim | 12:32:00 PM | 0 comments
कार्यक्रम :- साहित्य सिर्जना ( स्रस्टा बिसेस )
रेडियो    :- सामुदायिक रेडियो बुद्ध आवाज ८९ बिन्दु ६ मेगाहर्ज
                बाणगंगा ८ बैरीया कपिलबस्तु |
अतिथि :- सुबिन भट्टराई (लेखक उपन्यासकार)
प्रस्तोता :- कमल पौडेल "शब्द शखा "
समय    :- बिबिसी नेपाली सेवा पछि
बार       :- प्रत्यक सनिबार



Download : Click Here to Download
यो श्रृंखलामा प्रसारण भएको मेरो गजल
प्रेम दिवसमा प्रेमै प्रेम जोडिएला मन कतै ।।
चकनाचुर कति सपना तोडिएला मन कतै ।।

पाउलान कतिले नयाँ साथी नयाँ जिवन
टुक्रिएला कतै मुटु, मोडिएला मन कतै ।।

कलिलो कोपिलमा मल जल गर्नुपर्छ
झुक्किएर जरै सित, गोडिएला मन कतै ।।

कति होला प्रणयमा, रम्दै आनान्दमा मस्त
कतै आँसु धरधरी फोडिएला मन कतै ।।

कतै मायाँ मात्र मायाँ कतै घृणा मात्र घृणा
प्रेम आड भरोसामा ओडिएला मन कतै ।।

प्रेम प्रतिक रातो गुलाफ सँगै विशेष उपहार
लिँदै दिँदै मन साट्दा जोडिएला मन कतै ।।

नहोस् विछोड कसैको,गाह्रो बाँच्न एक्लै एक्लै
होसगर्नु मन दुख्ला चुँडिएला मन कतै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
आउँदै गरेको प्रणय दिवसको सबै प्रेम जोडिहरुलाई धेरै धेरै शुभकामना ब्यक्त गर्दछु ।
>राम शरण श्रेष्ठ

बहकिने मन (2069-10-29/11-02-2013) प्रेम दिवस विशेष-Download

NepaliTalim | 11:40:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2069-10-29/11-02-2013)
Time : 9.15pm Every Monday

Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161

Facebook : Bahakine Man
FM: CIN Network



आजको श्रृंखलामा प्रेम दिवस विशेष प्रस्तुति रहनेछ ।
आज मिति 2069 माघ 29 तदनुसार 11-02-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 62  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।      
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes:

Episode:59 (यो साँझ यो सुबाश-12-02-2013) प्रेम दिवस विशेष श्रृंखला

NepaliTalim | 10:37:00 AM | 0 comments
VALENTINE'S DAY SPECIAL
EPISODE 59 -YO SANJH YO SUBASH
(12-02-2013/2069-11-01)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page
Phone :  9808826116


(आजको श्रृंखला प्रेम दिवस विशेष रहनेछ ।) 
आज मिति 2069 साल फाल्गनु महिनाको 01 गते तदनुसार  12-02-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  59 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । आजको श्रृंखला प्रेम दिव विशेष रहनेछ र रासिको आधारमा प्रेम सम्बन्धको चर्चा लगायतका प्रणय दिव विशेष गजलहरु प्रस्तुत गरिनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  ।

Listen and Download 


Download : Click Here to Download Episode 59
आज सम्मका पुराना श्रृंखलाहरु सुन्नुहोस


यो श्रृंखलामा प्रसारण भएको मेरो गजल
प्रेम दिवसमा प्रेमै प्रेम जोडिएला मन कतै ।।
चकनाचुर कति सपना तोडिएला मन कतै ।।

पाउलान कतिले नयाँ साथी नयाँ जिवन
टुक्रिएला कतै मुटु, मोडिएला मन कतै ।।

कलिलो कोपिलमा मल जल गर्नुपर्छ
झुक्किएर जरै सित, गोडिएला मन कतै ।।

कति होला प्रणयमा, रम्दै आनान्दमा मस्त
कतै आँसु धरधरी फोडिएला मन कतै ।।

कतै मायाँ मात्र मायाँ कतै घृणा मात्र घृणा
प्रेम आड भरोसामा ओडिएला मन कतै ।।

प्रेम प्रतिक रातो गुलाफ सँगै विशेष उपहार
लिँदै दिँदै मन साट्दा जोडिएला मन कतै ।।

नहोस् विछोड कसैको,गाह्रो बाँच्न एक्लै एक्लै
होसगर्नु मन दुख्ला चुँडिएला मन कतै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
आउँदै गरेको प्रणय दिवसको सबै प्रेम जोडिहरुलाई धेरै धेरै शुभकामना ब्यक्त गर्दछु ।
> राम शरण श्रेष्ठ


गजल संसार - 26 : (11-02-2013/2069-10-29) - Download

NepaliTalim | 5:00:00 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको  साहित्यिक कार्यक्रम : गजल संसार Date: (11-02-2013/2069-10-29)
Host : Shanti Pakhrin

Source : Website

 
आज  मिति 2069 माघ 29 तदनुसार 11-Feb-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 26 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download  

Download: Click Here to Download Episode 26
यो श्रृंखलामा बाचन भएको मेरो गजल
अधुरै रह्यो... रहर आफ्नो त ।।
अभागी रैछ खप्पर आफ्नो त ।।

जस्को नाउँमा जिन्दगी अर्पिएँ
उसैले भत्कायो घर आफ्नो त ।।

सगरमाथा नै बन्यो चोटहरुको
जिन्दगी बन्यो बगर आफ्नो त ।।

चुँडियो सम्बन्ध जोड्नै सकिन्न
टुङ्गीयो यता सफर आफ्नो त ।।

कसरी बाँच्नु लौ बाँकी जिन्दगी
छुट्यो पिरति भर्खर आफ्नो त ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/ 

नेपाली फिल्म- दासढुङ्गा

NepaliTalim | 1:02:00 PM | 0 comments










नमस्कार साथीहरु,

युटुबमा भेटिएको यौटा नेपाली फिल्म जुन तत्कालिन नेकपा एमालेका महान नेताहरु कमरेड मदन भण्डारी र जिवराज आस्रितको घटनाहरुसँग केहि जोडिएको भनिएको छ त्यहि फिल्म लिएर आएको छु ।

भाग एक



भाग दुई

Source : Youtube.com

Thank you

साहित्य सिर्जना - 21 : (09-02-2013/2069-10-27)-Download

NepaliTalim | 12:29:00 PM | 0 comments
EPISODE : 21
Date : (09-02-2013/2069-10-27)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz 

प्रस्तोता : सुरज थापा मगर 
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook
Page   Email : radiomalmala@gmail.com  
 
साथीहरु नमस्कार । 
आज मिति 2069 माघ 27 गते तदनुसार 09-02-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 21 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।    
Listen And Download

Download : Click Here to Download Episode 21

Thank you

मुक्तक सरोबर (08-02-2013/2069-10-26) - Download

NepaliTalim | 11:14:00 AM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर
Date : (08-02-2013/2069-10-26)
रेडियो : देबदह 106.6 मेगाहर्ज
 

समय: शुक्रबार बेलुकी 9:20 देखी 

प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar

 
आज मिति 2069 माघ 26 तदनुसार 08-02-2013शनिवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने

Listen and Download


Download : Click Here to Download

Thank you

गजल- यसपाली त मेरो गुलाफ... (प्रेम दिवस विशेष)

NepaliTalim | 2:26:00 PM | 0 comments
यसपालीत मेरो गुलाफ पक्कै लिन्छ होला ।।
हातमा छ रातो गुलाफ कस्लाइ दिन्छ होला ।।

धड्कन बन्द झैं हुन्छ उस्को सामु पुग्दा
यति धेरै किन मन आँतिन्छ होला ।।

सोचिराछु जम्मै कुरा पोखी पत्र लेखुँ
अनि पो मलाई उस्ले बल्ल चिन्छ होला ।।

देखेकै दिन देखी मन पराउन थालेँ
जे जे पर्ला अव प्रस्ताव राखिन्छ होला ।।

मेरो मायाँ चोखो छ स्विकार हुन्छ हुन्न
उस्लाई पनि मायाँ गर्ने चाहिन्छ होला ।।

सबै भन्दा मिल्ने साथी भैसकेको छु म
उसै सँग सुख दुख बाँडिन्छ होला ।।

छिनो फानो पक्कै हुन्छ प्रेम दिवसमा
हैरान छु म पाईन्छ कि गुमाईन्छ होला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

कमल प्रसाद ज्ञावलीको आत्मकथा "कर्म" - Download

NepaliTalim | 11:32:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "कर्म" (KARMA)
लेखक : कमल प्र.ज्ञावली
विधा : आत्मकथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०६९ मंसिर ८ गते तदनुसार ८ नोभेम्बर २०१२
शुक्रबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । कमल प्रसाद ज्ञावलीको आत्मपरक आत्मकथा "कर्म" श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।
KARMA BY KAMAL PRASAD GYAWALI
LISTEN AND DOWNLOAD
Episode 1 - (23-11-2012/08-08-2069)
Download : Click Here 1                  
Episode 2 - (30-11-2012/15-08-2069)
                 
Download : Click Here 2                    
Episode 3 - (07-12-2012/22-08-2069)
             
Download : Click Here 3                  
Episode 4 - (14-12-2012/29-08-2069)
         
Download : Click Here 4              
Episode 5 - (21-12-2012/06-09-2069) 
       
Download : Click Here 5          
Episode 6 - (28-12-2012/13-09-2069)
       
Download : Click Here 6          
Episode 7 - (04-01-2013/20-09-2069)
     
Download : Click Here 7        
Episode 8 - (11-01-2013/27-09-2069)
     
Download : Click Here 8      
Episode 9 - (18-01-2013/05-10-2069)
                                               Download : Click Here 9
आज कर्मको अन्तिम श्रृंखला लिएर आएका छौ । आज पहिलो खण्डमा आत्मकथा कर्मको बाँकि भाग र दोस्रो खण्डमा आत्मकथाका लेखक कमल प्रसाद ज्ञावली सँगको कुराकानी रहनेछ ।      
Episode 10- (25-01-2013/12-10-2069)  
                             Download: Click Here to Download 10 -Last 
माथि राखिएको डाउनलोड सहि भएपनि प्लेयर नमिलेको हुँदै सबैको लागि एउटै ठाउँमा राखेको छु ।

Thankyou

Muktak Madhurima (2069-10-25/07-02-2013) - Download

NepaliTalim | 9:30:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
 
 
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-10-25/07-02-2013)
 
आज मिति 2069 माघ 25 गते तदनुसार 07-02-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।                
Listen and Download

Download : Click Here to Download
Listen all Previous Episodes


Thank you
२०६९-१०-२५ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................

01-अजान श्रेष्ठ (अभागी )
त्यही डल्लीको प्रेममा फसेँ म त ।।
उस्कै चन्चले योवनमा झरेँ म त ।।
सोह्र वर्षे कम्मर जवानी कुरा ।।
को नसालु आंखामा परेँ म त ।।
-अजान श्रेष्ठ (अभागी )
कुवाकोट कान्छीबजार स्याङजा
हाल india

02-Chhabilal Subedi मुक्तक
समाजमा ठुला हुन्छन कोहि।
हेपेर खुट्टाले खुन्छन कोही।
एता नी मेरो उता पनी मेरो।
गफैले आकाश छुन्छन कोहि।..
Hal bhojpur nepal.


03-Jaya Bhabuk
बाहीर ठीक्क पारे पनी भीत्री धेरै जाली हुदारैछन!
मायॉ गास्दै िहडे पनी यहॉ धेरै खाली हुदारैछन!
बगैचामा फूल एउटा भए पनी साथी,
त्यसमा रमाउने यहॉ धेरै माली हुदारैछन!!!!
-जयराम िव. क. (जयॉ भॉवुक )
धधवार 7बर्िदया हाल मलेिसया जोहोर...


04-Baral Suryamani
जाउ तिमी अन्तै जाउ, म त दोबाटो मै कुरी बस्छु तिमी आउने आशमा सँधै।
खाउ कसम अरुसँगै खाउ, म त दोबाटो मै कुरी बस्छु तिमी आउने आशमा सँधै।।
मेरो बारी उजाडिने तिम्रो बारी हरियाली मेरो जीबन जल्दा यहाँ तिम्लाई त्यहाँ खुशियाली ,
लाउ माया उतै लाउ, म त दोबाटोमै कुरी बस्छु तिमी आउने आशमा सँधै।।


05-Prem Dhami मुक्तक
खुसी हुँदा तिमीसँगै रमाउँन म आउँला ।
दुख पर्दा तिम्रै हात समाउन म आउँला।।
भन्छ्यौ भने बसाँई सार मेरै मनको मझेँरिमा
तिम्रै दिलमा सधै डेरा जमाउन म आउँला।।।।
Prem dhami
dahabagar 6 bajhang
haal- kathmandu


06-Causal Ciran
अचानोमा शिर राखीदिएको छु।।
र हातमा तक्दिर राखीदिएको छु।।
भन काट्छ्यौ कि टुक्र्याउँछ्यौ मलाई?
अगाडी सारा शरीर राखीदिएको छु।।
#कौशल किरण


07-Bishnu K Gautam
गाउँमा डोका डाला बुन्ने शहर पसेछन
गोठभरी बाख्रा थुन्ने शहर पसेछन
देशका खबर टेलिभिजनमा हेर्ने भन्दै
गाउँमा रेडियो सुन्ने शहर पसेछन
Bishnu Gautam
Malma-4,Baglung
Now:Butwal


08-Indu Rijal
मलाई पनि सगरमाथा चुम्न मन लाग्यो
पर्यटक झै देश बिदेश घुम्न मन लाग्यो
मान्छे भनि सानि सानि बिचार मात्रै अलि ठुलो
अरुलेझै माया जाल बुन्न मन लाग्यो
-ईन्दु रिजाल
भरतपुर 11 चितवन


09-Raju Poudel
सिंगो यो धर्तिको माटो एउटै हैन र
तिमि हिडने म हिडने बाटो एउटै हैन र
बाचुनजेल तेरो मेरो भनि घमणड गरेपनि
मर्दा पोल्ने बासको त्यो भाटो एउटै हैन र
-Raju poudel
Rudrapur Rupandehi
Doha Qatar

10-Rajib Rimal मुक्तक:
उसलाई लोग्ने मरेको खवर जनाउँथ्यो ।
चुरा फोथ्र्यो,सिँउदो भरि पानी खनाउँथ्यो ।
उसको कुनै रङ्गिनता नस्विकार्ने यो समाजले,
मिल्ने भए रगत पनि सेतो बनाउँथ्यो
नाम : राजीव रिमाल
-ठेगाना : कटुवा चौपारी २ पर्वत
हाल : पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस,लामाचौर पोखरा


11-Bishwo Prakash Pokharel
तिम्रो मेरो आँखा जुध्दा डराएथेँ फुच्ची
यो मनले तिमीलाई मन पराएथेँ फुच्ची
रमाउदा तिमीसँग अनायासै एकछिन्
कल्पनाको संसारमै हराएथेँ फुच्ची
-Name: Bishwo Prakash pokharel
From: Parsa, Chitwan


12-Bikalpa Babu 
तिमी बिना शुन्य लाग्यो, शहर आजभोली
कसो गरी कटाउ अब, प्रहर आजभोली
कठीन भयो बाँच्न पनि, सोचे मर्छु भनि
तिमी सँगै पराइ बन्यो, जहर आजभोली
-bikalpa babu
geetanagar 1


13-Rai Kumar
अचेल दिनदिनै स्याल्हारु लुट्छन नेपालमा/
जूठो खाई बसेका कुकुरहरु चुप्छन नेपालमा /
छोड्छ्न स्यालहरुले जब, सहर र बस्तीलाई
अनि गल्लिगल्लिका कुकुरहरु भुक्छन नेपालमा/
-सौ कुमार राई"kumar"
सोलुखुम्बु जुभिंग 2
हाल साउदी रियाध

14-दिपक काराखेती मुक्तक
बाल्यकाल देखी भिजेको नाता तोड्न, भन्दिन
दुईआत्म मिली रचेको साथ फोड्न, भन्दिन //
रोहेर नयन जतिनै धोएनी धैर्यमा, बस्नुनी
आपत बिपात सहेर बसे है छोड्न, भन्दिन //
-दीपक काराखेती
धुवाकोट गोर्खा
हाल:-अबु-धबी(UAE)


15-तिलक निष्कर्ष
रत्ननगर ७,चितवन
आज तिम्रो याद आयो,आफैमा हराउन पुगेछु
मनै मनले तिमीलाई आफ्नै गराउन पुगेछु
म अनि तिमि मिठो अतित आँखामा घुम्छ
सम्झी त्यहि पल सपनीमा कराउन पुगेछु ........

16-Bibek Dulal मुक्तक
त्यसो त यहा हामि भित्र नै कोहि न कोहि भोगी छ
त्यसो त यहा हाम्रो समाज नि अलि अति नै ढोगी छ
नेता अस्वस्थ छन् भन्ने कुरा म मान्दै मान्दिन हजूर
त्यसो त यहा हामि कहा हाम्रो देश सिकिस्त रोगी छ .
-अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक , झापा
हाल :अबुधाबी ,यु ए इ .


17-साहित्यप्रेमी कपिल लामिछाने
हिमालको शुन्दर काँखामा छ मेरो नेपाल!!
बुद्दका ति निश्चल आँखामा छ मेरो नेपाल!
प्रकुतिको अनुपम बगैचाको वरिपरि,,
गुन्जने बाजा ब्यञ्जन भाकामा छ मेरो नेपाल!!
कपिल लामिछाने
दाङ् तुल्सीपुर
हाल कतार बाट


18-Ram Sharan Shrestha
विर्सिनेलाई सम्झिएर बस्नु हुँदैन ।।
यादहरु आसु बनि खस्नु हुँदैन ।।
दुखिरहन्छ घाउ कोट्याइरह्यो भने
पिडादायी संसारभित्र पस्नु हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


19-Shanti Adhikari मुक्तक
घर भित्रका अपराधि गन्ने गर अब।
बाबा आमा जो भएनी भन्ने गर अब ।।
जन्म दाता पनि यहा काल बन्दा रैछन्।
तिनैलाई हाल्ने खाल्डो खन्ने गर अब ।
-शान्ति अधिकारी
बाँके २०६९


20-शेर्पीनी कान्छी muktak .....
कहा गै पाउछु होला माया जाच्ने कसी
कहा किन्न पाउछु होला भाग्गे लेख्ने मसि
देखाउन मिल्ने भए मन भित्रको मायाहरू
कसो गरि जुटाउ मैले माया प्रेमका दसी
sherpini kanchhi .... israel


21-निस्चल प्रेमी कान्छा
फोनै फोनमा अन्धो प्रेम गरेपछी बर्बाद भए ।
गुल्मी छोडी स्याङ्जातीर झरेपछी बर्बाद भए ।।
भन्ने मलाई लागीराख्थ्यो स्याङ्जाली जाली हुन्छन
बल्ल तल्ल रिडीखोला तरेपछी बर्बाद भए ।।
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बइ भारत


22-अर्जुन विवश गाउँले मुक्तक
छाती माथि मेरै तस्विर सजाकिछु भन्छे ।
हेर्दै त्यही तस्विर्मा लजाकिछु भन्छे ।
किन कुन्नी आजभोली उमङ्ग छ मन ,
एेना अघी राखी मलाई दजाकिछु भन्छे ।
-Dhaneshwor poudel
Dang Deaukhury
Now - Kuwait


23-Badri Adhikari
बास तिम्रो दिलभित्र बस्न पाए हुन्थ्यो।
च्याप्प च्याप्दै अँगालोमा कस्न पाए हुन्थ्यो।।
चियो चर्चो समाजले गर्न थाल्यो हाम्रो।
जुन सँगै अँधेरिमा पस्न पाए हुन्थ्यो।।
बद्री अधिकारी,नुवाकोट तारुका

24-Krishna Gautam
खोज्न गार्हो रहेछ खुसी चारै तिर धाएपनी
निभाउन गार्हो रहेछ नाता चोखो मुनाले लाए पनि
जोडी त साएद माथीवाटै वनेर आउदो रहेछ
पाउन गार्हो रहेछ कसैलाई सच्चा दिलले चाहे पनि
-कृण्ण प्र गौतम
हाल दोहा कतार वाट


25-Arpan Chhetri
भैंसी जस्तॊ जिउ तिम्रॊ उल्लुकॊ जस्तॊ आंखा
कति सार्हॊ फॊहॊरी लुगा घुमीरा'छन् माखा
दुधले धॊए नि काहां हुन्थ्यॊ भैंसी गॊरॊ
आदत तिम्रॊ नछुट्ने भॊ बरु लाग पाखा
-अर्पण छेत्री
दमक,झापा
हाल-जॊहॊरबारु मलेशिया

26-श्रीकान्त कहेराज़
पद ओगड्छौ तर काम गर्न सक्दैनौ
जनताको लागि दुइ कदम सर्न सक्दैनौ
काल लाइ पनि तिम्ले घुस खुवायौ कि ?
किन नेता तिमि हरु मर्न सक्दैनौ ?????
कृष्णमन्दिर चोक


27-Mohan Bihani मुक्तक
********************
म नेपाल फर्कने दिनहरु गन्दै पो छौ रे,
तिमि छिट्टै आमा बन्दै पो छौ रे
म अरब आको दुइ बर्ष भै सक्यो त सानु,
बच्चाको बाउ मलाई नै भन्दै पो छौ रे ?
****************************
म त छक्क परे बा- ***** मोहन बिहानी
भक्तिपुर-सात सर्लाही

28-Ashish Danai मुक्तक [२०६९-१०-२०]
देश कती रित्तेको छ गोजीहेर्दा थाहा हुन्छ
ढुङ्गा माटो जताततै खोजीहेर्दा थाहा हुन्छ ।
कुर्षीमा बसेर देशको बिकास हुन्न हजुर
जनताको घर गई सोधीहेर्दा थाहा हुन्छ ।।
-आशिष दनाई
गाउसहर-2 दनाईगाउँ लमजुङ
हाल - पोखरा बिश्वबिध्यालय मा बि ई ईलेक्ट्रिकल अध्यनरत
www.muktakmadhurima.tk

29-Sparsa Tinaufm
हेर्नोस देशलाई जोगी वनाउन सुरु गरेको छ सरकार ।
आफ्नो पुर्ख्यौली जात जनाउन सुरु गरेको छ सरकार ।
सत्ता ढलेपछी के होला म सोंचीरहेछु उसको हालत,
नढल्दै डुङ्डुङी गनाउन सुरु गरेको छ सरकार ।।
-अशोक गौतम क्षितिज
तिनाउ 98.2 एफ एम
वुटवल, रुपन्देही


30-Nabaraj Bhujel
याद आए सम्झनामा आँसु नझार्नु
समिपबाट टाढा भएनि माया नमार्नू
प्रतिछ्याको फल सधै मिठो नै हुन्छ
आउदैन प्रदेशी भनी माया अन्तै नसार्नू
नबराज भुजेल
सासापुर-३, सर्लाही
हाल दोहा कतार

31-तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना~दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार
आशिष देऊ देश सिंगार्न चाहान्छु ।
यहाँ कुर्सिको खेल बिगार्न चाहान्छु ॥
को हो रक्षक?को हो भक्षक ?चिन्नुछ ।
शुद्धिकरणले प्रयोगले थिगार्न चाहान्छु ॥

32-Pawan Gharti Magar Bibash एक मुक्तक
चञ्चल मन हुँदो रैछ कोही दिलमा बसेपछि।
उस्तै गाह्रो एक्लै बाँच्न पिरतीमा फसेपछि।
नौनी जस्तै थिईन् उनी आगो जस्तै म भए की?
मीठो भूल हुँदै रैछ अङ्गालोमा कसेपछि।
पवन घर्ति मगरहाडहाडे गुल्मी हालः यू ए इ


33-Artimus Siru
बिना कारण तप्की दिन्छन् आँशुका दानाहरु !
क्षितिज पारी हराई रहे जिन्दगीका पानाहरु !!
सुख आउछ भन्ने आशमा दु:ख भित्र रुमलिंदै !
गुञ्जिरहे मनमा मधुर पिरतीका गानाहरु !!
सुमित्रा अधिकारी
गोरखा


34-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
तिम्रो दिलमा ठाउँ छ कि छैन
मायाको सुन्दर गाउँ छ कि छैन
भन्छन माया नै ठुलो संसारमा
मेरो मायाको भाउ छ कि छैन ?
makwanpur hetauda..now doha qatar



35-Surya Chemjong
जे-जे हुन भई सक्यो रोएर के हुन्छ?
हृदयको कालो दाग !धोएर के हुन्छ?
टुटे पछि विश्वास र नाता भन्ने कुरा
तामा र तुलसी अब छोएर के हुन्छ?


36-Lalu Gm
तिमी सँगै जिबन जिउने आस थियो।
धोका दियौ घिटी-घिटी श्वास थियो।।
सोचे याद दिलैबाट निकाली दिउकी भनि,
सकेन अभागी दिल तिम्रै पास थियो।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया

37-Jyoti Khatiwada Anischit
विवशताले गर्दा केही दिन हराएँ साथि
अनायासै मुक्तक मधुरिमाको यादमा कराएँ साथी
खै के मोहनी लगायौ मुक्तकानुरागी तिमीले
छोडी हजार कार्यक्रम तिमीलाई मन पराएँ साथी
-ज्योति अनिश्चित
त्रिचन्द्र कलेज ।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger