साहित्य सिर्जना - 21 : (09-02-2013/2069-10-27)-Download
NepaliTalim | 12:29:00 PM | 0
comments
EPISODE : 21
Date : (09-02-2013/2069-10-27)
कार्यक्रम : “साहित्य सिर्जना
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook
Page Email : radiomalmala@gmail.com
Date : (09-02-2013/2069-10-27)
कार्यक्रम : “साहित्य सिर्जना
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook
Page Email : radiomalmala@gmail.com
साथीहरु नमस्कार ।
आज मिति 2069 माघ 27 गते तदनुसार 09-02-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 21 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen And Download
Listen And Download
Download : Click Here to Download Episode 21
Thank you
मुक्तक सरोबर (08-02-2013/2069-10-26) - Download
NepaliTalim | 11:14:00 AM | 0
comments

कार्यक्रम : मुक्तक सरोबर
Date : (08-02-2013/2069-10-26)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
आज मिति 2069 माघ 26 तदनुसार 08-02-2013शनिवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने ।
FB Page : Muktak Sarobar
आज मिति 2069 माघ 26 तदनुसार 08-02-2013शनिवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने ।
Listen and Download
Download : Click Here to Download
Thank you
गजल- यसपाली त मेरो गुलाफ... (प्रेम दिवस विशेष)
NepaliTalim | 2:26:00 PM | 0
comments
यसपालीत मेरो गुलाफ पक्कै लिन्छ होला ।।
हातमा छ रातो गुलाफ कस्लाइ दिन्छ होला ।।
धड्कन बन्द झैं हुन्छ उस्को सामु पुग्दा
यति धेरै किन मन आँतिन्छ होला ।।
सोचिराछु जम्मै कुरा पोखी पत्र लेखुँ
अनि पो मलाई उस्ले बल्ल चिन्छ होला ।।
देखेकै दिन देखी मन पराउन थालेँ
जे जे पर्ला अव प्रस्ताव राखिन्छ होला ।।
मेरो मायाँ चोखो छ स्विकार हुन्छ हुन्न
उस्लाई पनि मायाँ गर्ने चाहिन्छ होला ।।
सबै भन्दा मिल्ने साथी भैसकेको छु म
उसै सँग सुख दुख बाँडिन्छ होला ।।
छिनो फानो पक्कै हुन्छ प्रेम दिवसमा
हैरान छु म पाईन्छ कि गुमाईन्छ होला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
हातमा छ रातो गुलाफ कस्लाइ दिन्छ होला ।।
धड्कन बन्द झैं हुन्छ उस्को सामु पुग्दा
यति धेरै किन मन आँतिन्छ होला ।।
सोचिराछु जम्मै कुरा पोखी पत्र लेखुँ
अनि पो मलाई उस्ले बल्ल चिन्छ होला ।।
देखेकै दिन देखी मन पराउन थालेँ
जे जे पर्ला अव प्रस्ताव राखिन्छ होला ।।
मेरो मायाँ चोखो छ स्विकार हुन्छ हुन्न
उस्लाई पनि मायाँ गर्ने चाहिन्छ होला ।।
सबै भन्दा मिल्ने साथी भैसकेको छु म
उसै सँग सुख दुख बाँडिन्छ होला ।।
छिनो फानो पक्कै हुन्छ प्रेम दिवसमा
हैरान छु म पाईन्छ कि गुमाईन्छ होला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
कमल प्रसाद ज्ञावलीको आत्मकथा "कर्म" - Download
NepaliTalim | 11:32:00 AM | 0
comments
कृति : "कर्म" (KARMA)
लेखक : कमल प्र.ज्ञावली
विधा : आत्मकथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
लेखक : कमल प्र.ज्ञावली
विधा : आत्मकथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति २०६९ मंसिर ८ गते तदनुसार ८ नोभेम्बर २०१२ शुक्रबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । कमल प्रसाद ज्ञावलीको आत्मपरक आत्मकथा "कर्म" श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।
KARMA BY KAMAL PRASAD GYAWALI
LISTEN AND DOWNLOAD
Episode 1 - (23-11-2012/08-08-2069)आज मिति २०६९ मंसिर ८ गते तदनुसार ८ नोभेम्बर २०१२ शुक्रबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । कमल प्रसाद ज्ञावलीको आत्मपरक आत्मकथा "कर्म" श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।
KARMA BY KAMAL PRASAD GYAWALI
LISTEN AND DOWNLOAD
Episode 2 - (30-11-2012/15-08-2069)
आज कर्मको अन्तिम श्रृंखला लिएर आएका छौ । आज पहिलो खण्डमा आत्मकथा कर्मको बाँकि भाग र दोस्रो खण्डमा आत्मकथाका लेखक कमल प्रसाद ज्ञावली सँगको कुराकानी रहनेछ ।
Episode 10- (25-01-2013/12-10-2069)
माथि राखिएको डाउनलोड सहि भएपनि प्लेयर नमिलेको हुँदै सबैको लागि एउटै ठाउँमा राखेको छु ।
Thankyou
Muktak Madhurima (2069-10-25/07-02-2013) - Download
NepaliTalim | 9:30:00 AM | 0
comments

Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-10-25/07-02-2013)
आज मिति 2069 माघ 25 गते तदनुसार 07-02-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download
Listen and Download
Download : Click Here to Download
Listen all Previous Episodes
Thank you
२०६९-१०-२५ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-अजान श्रेष्ठ (अभागी )
त्यही डल्लीको प्रेममा फसेँ म त ।।
उस्कै चन्चले योवनमा झरेँ म त ।।
सोह्र वर्षे कम्मर जवानी कुरा ।।
को नसालु आंखामा परेँ म त ।।
-अजान श्रेष्ठ (अभागी )
कुवाकोट कान्छीबजार स्याङजा
हाल india
02-Chhabilal Subedi मुक्तक
समाजमा ठुला हुन्छन कोहि।
हेपेर खुट्टाले खुन्छन कोही।
एता नी मेरो उता पनी मेरो।
गफैले आकाश छुन्छन कोहि।..
Hal bhojpur nepal.
03-Jaya Bhabuk
बाहीर ठीक्क पारे पनी भीत्री धेरै जाली हुदारैछन!
मायॉ गास्दै िहडे पनी यहॉ धेरै खाली हुदारैछन!
बगैचामा फूल एउटा भए पनी साथी,
त्यसमा रमाउने यहॉ धेरै माली हुदारैछन!!!!
-जयराम िव. क. (जयॉ भॉवुक )
धधवार 7बर्िदया हाल मलेिसया जोहोर...
04-Baral Suryamani
जाउ तिमी अन्तै जाउ, म त दोबाटो मै कुरी बस्छु तिमी आउने आशमा सँधै।
खाउ कसम अरुसँगै खाउ, म त दोबाटो मै कुरी बस्छु तिमी आउने आशमा सँधै।।
मेरो बारी उजाडिने तिम्रो बारी हरियाली मेरो जीबन जल्दा यहाँ तिम्लाई त्यहाँ खुशियाली ,
लाउ माया उतै लाउ, म त दोबाटोमै कुरी बस्छु तिमी आउने आशमा सँधै।।
05-Prem Dhami मुक्तक
खुसी हुँदा तिमीसँगै रमाउँन म आउँला ।
दुख पर्दा तिम्रै हात समाउन म आउँला।।
भन्छ्यौ भने बसाँई सार मेरै मनको मझेँरिमा
तिम्रै दिलमा सधै डेरा जमाउन म आउँला।।।।
Prem dhami
dahabagar 6 bajhang
haal- kathmandu
06-Causal Ciran
अचानोमा शिर राखीदिएको छु।।
र हातमा तक्दिर राखीदिएको छु।।
भन काट्छ्यौ कि टुक्र्याउँछ्यौ मलाई?
अगाडी सारा शरीर राखीदिएको छु।।
#कौशल किरण
07-Bishnu K Gautam
गाउँमा डोका डाला बुन्ने शहर पसेछन
गोठभरी बाख्रा थुन्ने शहर पसेछन
देशका खबर टेलिभिजनमा हेर्ने भन्दै
गाउँमा रेडियो सुन्ने शहर पसेछन
Bishnu Gautam
Malma-4,Baglung
Now:Butwal
08-Indu Rijal
मलाई पनि सगरमाथा चुम्न मन लाग्यो
पर्यटक झै देश बिदेश घुम्न मन लाग्यो
मान्छे भनि सानि सानि बिचार मात्रै अलि ठुलो
अरुलेझै माया जाल बुन्न मन लाग्यो
-ईन्दु रिजाल
भरतपुर 11 चितवन
09-Raju Poudel
सिंगो यो धर्तिको माटो एउटै हैन र
तिमि हिडने म हिडने बाटो एउटै हैन र
बाचुनजेल तेरो मेरो भनि घमणड गरेपनि
मर्दा पोल्ने बासको त्यो भाटो एउटै हैन र
-Raju poudel
Rudrapur Rupandehi
Doha Qatar
10-Rajib Rimal मुक्तक:
उसलाई लोग्ने मरेको खवर जनाउँथ्यो ।
चुरा फोथ्र्यो,सिँउदो भरि पानी खनाउँथ्यो ।
उसको कुनै रङ्गिनता नस्विकार्ने यो समाजले,
मिल्ने भए रगत पनि सेतो बनाउँथ्यो
नाम : राजीव रिमाल
-ठेगाना : कटुवा चौपारी २ पर्वत
हाल : पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस,लामाचौर पोखरा
11-Bishwo Prakash Pokharel
तिम्रो मेरो आँखा जुध्दा डराएथेँ फुच्ची
यो मनले तिमीलाई मन पराएथेँ फुच्ची
रमाउदा तिमीसँग अनायासै एकछिन्
कल्पनाको संसारमै हराएथेँ फुच्ची
-Name: Bishwo Prakash pokharel
From: Parsa, Chitwan
12-Bikalpa Babu
तिमी बिना शुन्य लाग्यो, शहर आजभोली
कसो गरी कटाउ अब, प्रहर आजभोली
कठीन भयो बाँच्न पनि, सोचे मर्छु भनि
तिमी सँगै पराइ बन्यो, जहर आजभोली
-bikalpa babu
geetanagar 1
13-Rai Kumar
अचेल दिनदिनै स्याल्हारु लुट्छन नेपालमा/
जूठो खाई बसेका कुकुरहरु चुप्छन नेपालमा /
छोड्छ्न स्यालहरुले जब, सहर र बस्तीलाई
अनि गल्लिगल्लिका कुकुरहरु भुक्छन नेपालमा/
-सौ कुमार राई"kumar"
सोलुखुम्बु जुभिंग 2
हाल साउदी रियाध
14-दिपक काराखेती मुक्तक
बाल्यकाल देखी भिजेको नाता तोड्न, भन्दिन
दुईआत्म मिली रचेको साथ फोड्न, भन्दिन //
रोहेर नयन जतिनै धोएनी धैर्यमा, बस्नुनी
आपत बिपात सहेर बसे है छोड्न, भन्दिन //
-दीपक काराखेती
धुवाकोट गोर्खा
हाल:-अबु-धबी(UAE)
15-तिलक निष्कर्ष
रत्ननगर ७,चितवन
आज तिम्रो याद आयो,आफैमा हराउन पुगेछु
मनै मनले तिमीलाई आफ्नै गराउन पुगेछु
म अनि तिमि मिठो अतित आँखामा घुम्छ
सम्झी त्यहि पल सपनीमा कराउन पुगेछु ........
16-Bibek Dulal मुक्तक
त्यसो त यहा हामि भित्र नै कोहि न कोहि भोगी छ
त्यसो त यहा हाम्रो समाज नि अलि अति नै ढोगी छ
नेता अस्वस्थ छन् भन्ने कुरा म मान्दै मान्दिन हजूर
त्यसो त यहा हामि कहा हाम्रो देश सिकिस्त रोगी छ .
-अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक , झापा
हाल :अबुधाबी ,यु ए इ .
17-साहित्यप्रेमी कपिल लामिछाने
हिमालको शुन्दर काँखामा छ मेरो नेपाल!!
बुद्दका ति निश्चल आँखामा छ मेरो नेपाल!
प्रकुतिको अनुपम बगैचाको वरिपरि,,
गुन्जने बाजा ब्यञ्जन भाकामा छ मेरो नेपाल!!
कपिल लामिछाने
दाङ् तुल्सीपुर
हाल कतार बाट
18-Ram Sharan Shrestha
विर्सिनेलाई सम्झिएर बस्नु हुँदैन ।।
यादहरु आसु बनि खस्नु हुँदैन ।।
दुखिरहन्छ घाउ कोट्याइरह्यो भने
पिडादायी संसारभित्र पस्नु हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
19-Shanti Adhikari मुक्तक
घर भित्रका अपराधि गन्ने गर अब।
बाबा आमा जो भएनी भन्ने गर अब ।।
जन्म दाता पनि यहा काल बन्दा रैछन्।
तिनैलाई हाल्ने खाल्डो खन्ने गर अब ।
-शान्ति अधिकारी
बाँके २०६९
20-शेर्पीनी कान्छी muktak .....
कहा गै पाउछु होला माया जाच्ने कसी
कहा किन्न पाउछु होला भाग्गे लेख्ने मसि
देखाउन मिल्ने भए मन भित्रको मायाहरू
कसो गरि जुटाउ मैले माया प्रेमका दसी
sherpini kanchhi .... israel
21-निस्चल प्रेमी कान्छा
फोनै फोनमा अन्धो प्रेम गरेपछी बर्बाद भए ।
गुल्मी छोडी स्याङ्जातीर झरेपछी बर्बाद भए ।।
भन्ने मलाई लागीराख्थ्यो स्याङ्जाली जाली हुन्छन
बल्ल तल्ल रिडीखोला तरेपछी बर्बाद भए ।।
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बइ भारत
22-अर्जुन विवश गाउँले मुक्तक
छाती माथि मेरै तस्विर सजाकिछु भन्छे ।
हेर्दै त्यही तस्विर्मा लजाकिछु भन्छे ।
किन कुन्नी आजभोली उमङ्ग छ मन ,
एेना अघी राखी मलाई दजाकिछु भन्छे ।
-Dhaneshwor poudel
Dang Deaukhury
Now - Kuwait
23-Badri Adhikari
बास तिम्रो दिलभित्र बस्न पाए हुन्थ्यो।
च्याप्प च्याप्दै अँगालोमा कस्न पाए हुन्थ्यो।।
चियो चर्चो समाजले गर्न थाल्यो हाम्रो।
जुन सँगै अँधेरिमा पस्न पाए हुन्थ्यो।।
बद्री अधिकारी,नुवाकोट तारुका
24-Krishna Gautam
खोज्न गार्हो रहेछ खुसी चारै तिर धाएपनी
निभाउन गार्हो रहेछ नाता चोखो मुनाले लाए पनि
जोडी त साएद माथीवाटै वनेर आउदो रहेछ
पाउन गार्हो रहेछ कसैलाई सच्चा दिलले चाहे पनि
-कृण्ण प्र गौतम
हाल दोहा कतार वाट
25-Arpan Chhetri
भैंसी जस्तॊ जिउ तिम्रॊ उल्लुकॊ जस्तॊ आंखा
कति सार्हॊ फॊहॊरी लुगा घुमीरा'छन् माखा
दुधले धॊए नि काहां हुन्थ्यॊ भैंसी गॊरॊ
आदत तिम्रॊ नछुट्ने भॊ बरु लाग पाखा
-अर्पण छेत्री
दमक,झापा
हाल-जॊहॊरबारु मलेशिया
26-श्रीकान्त कहेराज़
पद ओगड्छौ तर काम गर्न सक्दैनौ
जनताको लागि दुइ कदम सर्न सक्दैनौ
काल लाइ पनि तिम्ले घुस खुवायौ कि ?
किन नेता तिमि हरु मर्न सक्दैनौ ?????
कृष्णमन्दिर चोक
27-Mohan Bihani मुक्तक
********************
म नेपाल फर्कने दिनहरु गन्दै पो छौ रे,
तिमि छिट्टै आमा बन्दै पो छौ रे
म अरब आको दुइ बर्ष भै सक्यो त सानु,
बच्चाको बाउ मलाई नै भन्दै पो छौ रे ?
****************************
म त छक्क परे बा- ***** मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
28-Ashish Danai मुक्तक [२०६९-१०-२०]
देश कती रित्तेको छ गोजीहेर्दा थाहा हुन्छ
ढुङ्गा माटो जताततै खोजीहेर्दा थाहा हुन्छ ।
कुर्षीमा बसेर देशको बिकास हुन्न हजुर
जनताको घर गई सोधीहेर्दा थाहा हुन्छ ।।
-आशिष दनाई
गाउसहर-2 दनाईगाउँ लमजुङ
हाल - पोखरा बिश्वबिध्यालय मा बि ई ईलेक्ट्रिकल अध्यनरत
www.muktakmadhurima.tk
29-Sparsa Tinaufm
हेर्नोस देशलाई जोगी वनाउन सुरु गरेको छ सरकार ।
आफ्नो पुर्ख्यौली जात जनाउन सुरु गरेको छ सरकार ।
सत्ता ढलेपछी के होला म सोंचीरहेछु उसको हालत,
नढल्दै डुङ्डुङी गनाउन सुरु गरेको छ सरकार ।।
-अशोक गौतम क्षितिज
तिनाउ 98.2 एफ एम
वुटवल, रुपन्देही
30-Nabaraj Bhujel
याद आए सम्झनामा आँसु नझार्नु
समिपबाट टाढा भएनि माया नमार्नू
प्रतिछ्याको फल सधै मिठो नै हुन्छ
आउदैन प्रदेशी भनी माया अन्तै नसार्नू
नबराज भुजेल
सासापुर-३, सर्लाही
हाल दोहा कतार
31-तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना~दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार
आशिष देऊ देश सिंगार्न चाहान्छु ।
यहाँ कुर्सिको खेल बिगार्न चाहान्छु ॥
को हो रक्षक?को हो भक्षक ?चिन्नुछ ।
शुद्धिकरणले प्रयोगले थिगार्न चाहान्छु ॥
32-Pawan Gharti Magar Bibash एक मुक्तक
चञ्चल मन हुँदो रैछ कोही दिलमा बसेपछि।
उस्तै गाह्रो एक्लै बाँच्न पिरतीमा फसेपछि।
नौनी जस्तै थिईन् उनी आगो जस्तै म भए की?
मीठो भूल हुँदै रैछ अङ्गालोमा कसेपछि।
पवन घर्ति मगरहाडहाडे गुल्मी हालः यू ए इ
33-Artimus Siru
बिना कारण तप्की दिन्छन् आँशुका दानाहरु !
क्षितिज पारी हराई रहे जिन्दगीका पानाहरु !!
सुख आउछ भन्ने आशमा दु:ख भित्र रुमलिंदै !
गुञ्जिरहे मनमा मधुर पिरतीका गानाहरु !!
सुमित्रा अधिकारी
गोरखा
34-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
तिम्रो दिलमा ठाउँ छ कि छैन
मायाको सुन्दर गाउँ छ कि छैन
भन्छन माया नै ठुलो संसारमा
मेरो मायाको भाउ छ कि छैन ?
makwanpur hetauda..now doha qatar
35-Surya Chemjong
जे-जे हुन भई सक्यो रोएर के हुन्छ?
हृदयको कालो दाग !धोएर के हुन्छ?
टुटे पछि विश्वास र नाता भन्ने कुरा
तामा र तुलसी अब छोएर के हुन्छ?
36-Lalu Gm
तिमी सँगै जिबन जिउने आस थियो।
धोका दियौ घिटी-घिटी श्वास थियो।।
सोचे याद दिलैबाट निकाली दिउकी भनि,
सकेन अभागी दिल तिम्रै पास थियो।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया
37-Jyoti Khatiwada Anischit
विवशताले गर्दा केही दिन हराएँ साथि
अनायासै मुक्तक मधुरिमाको यादमा कराएँ साथी
खै के मोहनी लगायौ मुक्तकानुरागी तिमीले
छोडी हजार कार्यक्रम तिमीलाई मन पराएँ साथी
-ज्योति अनिश्चित
त्रिचन्द्र कलेज ।
गजल- अधुरै रह्यो... रहर आफ्नो त (आफ्नै आवाजमा लयबद्ध)
NepaliTalim | 4:03:00 PM | 0
comments
साथिहरु आफ्नै यौटा गजल लिएर आएको छु जुन गजल लाई लयबद्ध गरिसकेको छु कुनै दिन अवस्य हारमोनियममा गाइएको यो गजल सुनाउँछु अहिलेलाई आफ्नै स्वरमा यसरि प्रस्तुत गर्दैछु ।।
अधुरै रह्यो... रहर आफ्नो त ।।
अभागी रैछ खप्पर आफ्नो त ।।
जस्को नाउँमा जिन्दगी अर्पिएँ
उसैले भत्कायो घर आफ्नो त ।।
सगरमाथा नै बन्यो चोटहरुको
जिन्दगी बन्यो बगर आफ्नो त ।।
चुँडियो सम्बन्ध जोड्नै सकिन्न
टुङ्गीयो यता सफर आफ्नो त ।।
कसरी बाँच्नु लौ बाँकी जिन्दगी
छुट्यो पिरति भर्खर आफ्नो त ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/
आफ्नै आवाजमा लयबद्धअधुरै रह्यो... रहर आफ्नो त ।।
अभागी रैछ खप्पर आफ्नो त ।।
जस्को नाउँमा जिन्दगी अर्पिएँ
उसैले भत्कायो घर आफ्नो त ।।
सगरमाथा नै बन्यो चोटहरुको
जिन्दगी बन्यो बगर आफ्नो त ।।
चुँडियो सम्बन्ध जोड्नै सकिन्न
टुङ्गीयो यता सफर आफ्नो त ।।
कसरी बाँच्नु लौ बाँकी जिन्दगी
छुट्यो पिरति भर्खर आफ्नो त ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/
BULBUL 180 : (06-02-2013/2069-10-24) सि.पि. गौतमसँगको अन्तर्वाता - Download
NepaliTalim | 10:21:00 AM | 0
comments

BULBUL EPISODE - 180
Host : Achyut Ghimire
Date :(06-02-2013/2069-10-24)
FB : Facebook Page
(आजको बुलबुलमा गजलकार सि.पि. गौतमका सुमधुर अन्तर्वाता विशेष रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ माघ 24 गते तदनुसार 06-FEB-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 180) लिएर उपस्थित हुनुभएको छ । आजको बुलबुलमा गजलकार सि.पि. गौतम (चन्द्र पकाश गौतम) सँगका सुमधुर अन्तर्वाता विशेष रहनेछ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
आज मिति २०६९ माघ 24 गते तदनुसार 06-FEB-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 180) लिएर उपस्थित हुनुभएको छ । आजको बुलबुलमा गजलकार सि.पि. गौतम (चन्द्र पकाश गौतम) सँगका सुमधुर अन्तर्वाता विशेष रहनेछ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download
Download : Click Here to Download 180
आजसम्मको बुलबुलका सबै श्रृंखलाहरु सुन्नुहोस्
Thank you
मुक्तक सरोबर (06-02-2013/2069-10-24) - Download
NepaliTalim | 9:52:00 AM | 0
comments

कार्यक्रम : मुक्तक सरोबर
Date : (06-02-2013/2069-10-24)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
आज मिति 2069 माघ 24 तदनुसार 06-02-2013 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने ।
FB Page : Muktak Sarobar
आज मिति 2069 माघ 24 तदनुसार 06-02-2013 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने ।
Listen and Download
Download : Click Here to Download
Thank you
मेरा १० मुक्तकहरु (राम शरण श्रेष्ठ)
NepaliTalim | 5:29:00 PM | 0
comments
नमस्कार साथीहरु, म राम शरण श्रेष्ठ ब्लग एडमिन । आफ्ना केहि मुक्तकहरु तपाईहरु सामु लिएर आएको छु ।
1. मुक्तक
सम्पर्क विच्छेद तिमीले गर्यौ ।।
मान्छेमा विभेद तिमीले गर्यौ ।।
मान्छे सबै एकै हुन के भनेथेँ
खण्डन र खेद तिमीले गर्यौ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
2. मुक्तक
आफ्नै देशमा बेचिन्छ मान्छे ।।
पहाड मधेसमा बेचिन्छ मान्छे ।।
बाँच्नको लागि मजबुरिमा परि
एकै निमेसमा बेचिन्छ मान्छे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
3. मुक्तक
प्रतिक्षा जारी वषैंदेखी ।।
तिमीछौ पारी वषैंदेखी ।।
एक दिन मिलन हुनेछ
बसेँ स्विकारी वषैंदेखी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
4. मुक्तक
कोहि चट्टान फोरीरहेछन् ।।
कोहि भने देश चोरिरहेछन् ।।
खै कसरि होला विभेदअन्त्य
उहि घटना दोहोरिरहेछन् ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
5. मुक्तक
दिएको बोली बचन फेरिन्छ ।।
समय अनुसार चलन फेरिन्छ ।।
मंन्दिर मलाई जानै मन लाग्दैन
कहिलेहो नास्तिक मन फेरिन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
6. मुक्तक
तिम्रो प्रस्ताव म मान्दै मान्दिँन ।।
प्रेमका कुरा म जान्दै जान्दिँन ।।
कर नगर आफै हुन्छ मायाँ
साथी हौ अरु ठान्दै ठान्दिँन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
7. मुक्तक
तिमी सँग ठट्टा गर्ने आदत परेको छ ।।
आजभोली पैलाभन्दा जमघट बढेको छ ।।
अलिकति तिमी पनि श्रृगार गरि आउनु
नजरमै डुबिरहने सिलसिला चलेको छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
8. मुक्तक
जिन्दगीको मैदानमा असल त्यहि हुन्छ ।।
खटिरन्छ डटिरन्छ सफल त्यहि हुन्छ ।।
मौका आउँछ पर्खदैन सदुपयो गर्नुपर्छ
समयलाई बुझ्ने अब्बल त्यहि हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
9. मुक्तक
विर्सिनेलाई सम्झिएर बस्नु हुँदैन ।।
यादहरु आसु बनि खस्नु हुँदैन ।।
दुखिरहन्छ घाउ कोट्याइरह्यो भने
पिडादायी संसारभित्र पस्नु हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
10. मुक्तक
हिमाल झुकेको देखिँन ।।
हावा रुकेको देखिँन ।।
दबाब सहनु कति म
मृत्यु चुकेको देखिँन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
All copyright Reserved with Writer
1. मुक्तक
सम्पर्क विच्छेद तिमीले गर्यौ ।।
मान्छेमा विभेद तिमीले गर्यौ ।।
मान्छे सबै एकै हुन के भनेथेँ
खण्डन र खेद तिमीले गर्यौ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
2. मुक्तक
आफ्नै देशमा बेचिन्छ मान्छे ।।
पहाड मधेसमा बेचिन्छ मान्छे ।।
बाँच्नको लागि मजबुरिमा परि
एकै निमेसमा बेचिन्छ मान्छे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
3. मुक्तक
प्रतिक्षा जारी वषैंदेखी ।।
तिमीछौ पारी वषैंदेखी ।।
एक दिन मिलन हुनेछ
बसेँ स्विकारी वषैंदेखी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
4. मुक्तक
कोहि चट्टान फोरीरहेछन् ।।
कोहि भने देश चोरिरहेछन् ।।
खै कसरि होला विभेदअन्त्य
उहि घटना दोहोरिरहेछन् ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
5. मुक्तक
दिएको बोली बचन फेरिन्छ ।।
समय अनुसार चलन फेरिन्छ ।।
मंन्दिर मलाई जानै मन लाग्दैन
कहिलेहो नास्तिक मन फेरिन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
6. मुक्तक
तिम्रो प्रस्ताव म मान्दै मान्दिँन ।।
प्रेमका कुरा म जान्दै जान्दिँन ।।
कर नगर आफै हुन्छ मायाँ
साथी हौ अरु ठान्दै ठान्दिँन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
7. मुक्तक
तिमी सँग ठट्टा गर्ने आदत परेको छ ।।
आजभोली पैलाभन्दा जमघट बढेको छ ।।
अलिकति तिमी पनि श्रृगार गरि आउनु
नजरमै डुबिरहने सिलसिला चलेको छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
8. मुक्तक
जिन्दगीको मैदानमा असल त्यहि हुन्छ ।।
खटिरन्छ डटिरन्छ सफल त्यहि हुन्छ ।।
मौका आउँछ पर्खदैन सदुपयो गर्नुपर्छ
समयलाई बुझ्ने अब्बल त्यहि हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
9. मुक्तक
विर्सिनेलाई सम्झिएर बस्नु हुँदैन ।।
यादहरु आसु बनि खस्नु हुँदैन ।।
दुखिरहन्छ घाउ कोट्याइरह्यो भने
पिडादायी संसारभित्र पस्नु हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
10. मुक्तक
हिमाल झुकेको देखिँन ।।
हावा रुकेको देखिँन ।।
दबाब सहनु कति म
मृत्यु चुकेको देखिँन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
All copyright Reserved with Writer
Subscribe to:
Posts (Atom)