श्रृजनाका सुशेलीहरु - (2069-04-13/28-07-2012) - Download

NepaliTalim | 9:15:00 AM | 0 comments
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15 evening
Host :  Suresh Bidari
FB : Facebook Group
...............................................................
आज मिति 2069 श्रावण 13 गते (28th July 2012)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ ।  आजको कार्यक्रममा मुक्तकको बारेमा चर्चा र कृष्ण शाह यात्रीको तिनवोटा लघुकथा पनि बाचन हुनेछन् ।
यो अङ्क प्राबिधिक साथी रविन कार्कीले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .।
Listen and Download

Download : Click Here to Download

यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
घाम नउदाए के होला, त्यस्तो पनि सोच्दछु ।।
एकदिन नखाए के होला, त्यस्तो पनि सोच्दछु ।।

उम्लेर आउँछ रगत, भ्रष्ट नेताहरु देख्दा
आगो समाए के होला, त्यस्तो पनि सोच्दछु ।।

मायाँ मोहमै टिक्दछ, संसार सबै भनिन्छ
प्रेम हराए के होला, त्यस्तो पनि सोच्दछु ।।

देउताहरु नि सोच्दाहुन् , भक्तजनहरु देखेर
धर्म हटाए के होला, त्यस्तो पनि सोच्दछु ।।

बिधान मृत्युको निष्चित छ, मर्नैपर्छ सबैले
मृत्यु नआए के होला, त्यस्तो पनि सोच्दछु ।।

राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ६, रामेछाप ।

गजल शरोबर-Gazal Sarobar -25-07-2012 - Download

NepaliTalim | 4:45:00 PM | 0 comments
RADIO KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : 25-07-2012/ 2069-04-10
Day : Wednesday
FM : Kalika FM 
Host : Bijaya Raj











आज 2012-07-25-Wednesday, तपाईहरु सँग कालिका एफ एमबाट प्रसारण हुने गजल शरोबर लिएर आएको छु । आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download : Click Here to Download

Thank you

Muktak Madhurima - (2069-04-11/2012-07-26) - Download

NepaliTalim | 6:15:00 PM | 0 comments

Date: (2069-04-11/2012-07-26)  Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 श्रावण 11 गते तदनुसार 2012 July 28 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download 
Listen All Previous Episode

आज अर्थात (2069-04-11/2012-07-26) गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
 

सूचना - गजल प्रतियोगितामा सहभागी लाई भोट दिनुहोस्

NepaliTalim | 3:24:00 PM | 0 comments
Blog Author's Gazal
गजल प्रतियोगितामा सहभागी भएको मेरो यो गजल तपाईलाई पनि मन पर्यो भने यहाँ गएर लाईक गर्नुहोला  
Click Here to Vote :

=======================================================
यदि तपाईलाई साथी गौरब श्रेष्ठको गजल मन पर्छ भने भोट गर्नको लागि यहाँ गएर लाईक गर्नुहोला । 
Click Here to Vote : 

AND 
यदि अन्य सहभागीहरुलाई भोट दिन चाहानुहुन्छ भने यहाँ क्लिक गनुहोला 
Vote for Other Competitors : Click Here 

Face Book of Kanchha Kanchhi  : https://www.facebook.com/kanchakanchi11

Competitors list
Kancha Kanchi
हामीलाई अन्तिम गजल प्राप्त गजलकार हरुको नामवली। हामी तपाईंको गजल भोली फेशबुकमा प्रकाशित गर्ने छौ। तपाईंले प्राप्त गरेको भोट र निर्णयाक मन्डल को भोट गनेर हामीले दुई बिजेता हरु लाई AU$250 र AU $150 पुरसक्रित गर्ने छौ।
1. Aashish Danai
2. Aatma Kandel
3. Abhagi Kancha
4. Ansumalee
5. Archana Sharma
6. Ashok Kafle
7. Bhagwati Kandel
8. Bijay Pokhrel
9. Bikram Gyangmi Magar
10. Binod Ghimire
11. Chitra Pakhami
12. Devraj Lamichhane
13. Dhandev Nath
14. Dibya Giri
15. Dipesh Silwal
16. Ganga Rai
17. Ganga Dhar Adhikar
18. Gaurav Shrestha
19. Janaki Kandel
20. Jayaram Sunami
21. Jeetu Khadka Gaule
22. Jeewan Shrestha
23. Krishna Hari
24. Krishna Poudel
25. Kumar Sil
26. Laxmi Itihas
27. Mira Thapa
28. Mukesh Reule
29. Nabaraj Dhakal
30.. Nabin Punk
31. Neeraj Ghimire
32. Mohan Bihani
33. Nirmal Poudel
34. Norboo Lama
35. Prabha Pokhrel
36. Prabin Bhandari
37. Prakash Thapa
38. Raj Muskan
39. Rakesh Rajan Magar
40. Ram Sharan Shrestha
41. Ramu Bhattarai
42. Rohit Rana
43. Saroj Sapkota
44. Shyam Dahal
45. Shyam Thapa
46. Sijan Nayan Shrestha
47. Sudikshya Regmi
48. Sunil Sourya Manab
49. Suraj Timilsina
50. Tara Gaire
..........................
अब आउने गजलहरु मानिये हुने छैनन। :/

धन्यवाद र शुभकामना छ सबै गजलकार मित्र हरु लाई। :)) https://www.facebook.com/kancha.kanchi.16



BULBUL : EPISODE 152 -(2012-07-25) Download

NepaliTalim | 10:23:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
(LATE MEHADI HASAN SPECIAL )
BULBUL EPISODE - 152
(25-July-2012/ 2069-04-10)
FB : Facebook Page
(आज रात्रिगन्थन पत्र, गजल र सुमधुर हिन्दी गजल बिशेष  प्रस्तुति  रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 श्रावण महिनाको 10 गते बुधवार तदनुसार 25-July-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको Repeated Episode152 भाग  लिएर (BULBUL EPISODE - 152, 25-July- 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । 
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download :

Download : Click Here to Download 152
अहिलेसम्मका सबै श्रीङ्खलाहरु सुन्नुहोस् 

Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal

गजल- मायाँमा मायाँ थप्छु त गजल भैदिन्छ...

NepaliTalim | 6:45:00 PM | 1comments
मायाँमा मायाँ थप्छु त गजल भैदिन्छ ।।
उस्लाई सोच्दै बस्छु त गजल भैदिन्छ ।।

हतियारहुन् शब्दहरु, तिनैलाई मिलाएर
खेलाउन सक्छु .....त गजल भैदिन्छ ।।

सानै कुराले मलाई, भित्रसम्म छुँदाखेरी
भाबनामा बग्छु ....त गजल भैदिन्छ ।।

काँडाहरुले पनि अचेल, घोच्नै छोडिदिछन्
प्रहार बाट बच्छु ..त गजल भैदिन्छ ।।

उस्कै खुसिको लागि, जे–जे पनि मान्दै
आफै तल दब्छु ...त गजल भैदिन्छ ।।

सागर हो मायाँ, थोपा झिक्दैमा रित्तिँदैन
रित्तिएकालाई पढ्छु... त गजल भैदिन्छन् ।।

राम शरण श्रेष्ठ
चिसापानी–६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

हर काममा लफडा किन हुन्छ (राम शरण श्रेष्ठ)

NepaliTalim | 6:30:00 PM | 0 comments
हर काममा लफडा किन हुन्छ !!
मान्छे मान्छेमा झगडा किन हुन्छ !!

रफ्तार जति बढाए पनि आखिर
सधै समय तगडा किन हुन्छ !!

मान्छेको मन र मदिरा दाँज्दा
मान्छेकै मन कडा किन हुन्छ !!

थाहा छ रक्सिले भलो गर्दैन भन्ने
तर भट्टिमै अखडा किन हुन्छ !!

जब–जब केहि बदल्ने कुरा गर्दा
बाधा उहि परम्पारा किन हुन्छ !!
राम शरण श्रेष्ठ
चिसापानी 6 रामेछाप
http://chisapaninepal.blogspot.com/

न त तिम्रो आँशु झर्दा (गौरब श्रेष्ठ मनकुरा)

NepaliTalim | 5:16:00 PM | 0 comments
न त तिम्रो आँशु झर्दा, रुमाल बन्न सके
न त दिलमा ढुकढुकीको, चाल बन्न सके

सजाँय भो मेरो जीबन, बाँच्नै पर्दा खेरि
न त नजीक मेरो लागी, काल बन्न सके

कहाँ ठोकु नीधार म, छट्पटी छ छातीमा
न त भडास् शान्त पर्नै, छाल बन्न सके

लाचार भै हेरिरहे, बर्बादी म मेरो आफ्नै
न त तीम्रो सिउदो रंगाउने, साल बन्न सके

टुलुटुलु हेरे मात्र, आँखा अघि बबन्डर त्यो
न त घामपानी छेल्नै सक्ने, पाल बन्न सके

गौरब श्रेष्ठ मनकुरा
http://merogaurab.blogspot.com/

बहकिने मन (2069-04-08) - Download

NepaliTalim | 3:42:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
NEPALI MUKTAK SPECIAL PROGRAM
DATE : (2069-04-08/ 23-07-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
==============================
आज मिति २०६९ श्रावण 08  तदनुसार २०१२ जुलाई 23 गते सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन मार्फत देशका ३१ विभिन्न एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन ।
Listen and Download

Download : Click Here to Download

सामुदायिक सूचना नेटवर्क सि आई एन मार्फत देशका ३१ विभिन्न एफ एम स्टेशनहरुहरु बाट  रेडियोमा एकैसाथ

१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)सुनौलो एफ.एम.— पोखरा
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही

Thank you,

गजलका शेरहरु -(2069-04-08/23-07-2012) - Download

NepaliTalim | 3:17:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : (2069-04-08/23-07-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे 
अनलाईन सुन्न : http://www.radioekata.com.np 
 फेसबुक पेज  : https://www.facebook.com/gazalkasherharu

 
 
आदरणिय साथीहरु, आज मिति 2069 श्रावण महिनाको 08 तदनुसार मिति 2012-July-23 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ ।  कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेशिनै धेरै धेरै धन्यवाद । 
तपाईहरुलाई थाहै छ हामी गजल संरचनाको बारे जानकारी दिँदैछौ यहि क्रममा आज पदमुलक रदिफको बारेमा चर्चा हुनेछ । 
Note :
साउनको अन्तिम हप्तामा गजल सवाल जवाफ को श्रीङ्गला रहनेछ । यदि तपाईसँग सवाल गजल छ भने या हामीले प्रस्तुत गरेका सवाल गजलको जवाफ गजल छ भने हाम्रो फेसबुक पेज या पत्र मार्फत सहभागिता जनाउन सक्नुहुनेछ । आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।
Listen and Download 

Download : Click Here to Download
All Previous Episode


यो श्रीङ्खलामा बाचन भएको मेरो गजल ।  
यी घटनाका सुत्रधार को को होलान् ।।
म खोजीरहेछु गद्धार को को होलान् ।।

अरुको भाग लुछेर खाईरहेछ तिनीहरु
सोस्छु बास्तबिक हकदार को को होलान् ।।

आयो पछिबाट पिठ्युँमा हानेर गयो
ए कायरहरु हेर अचार को को होलान् ।।

साधुको भेषमा आज .... ढोड्गीहरु देखेँ
सोचिरहेछु भोली तिरस्कार को को होलान् ।।

लथालिङ्ग टुटुटुल.... हेर्नु पनि त भएन
गर्दैछु प्रयास हेरौं सुधार को को होलान् ।।
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप ।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger