गजलको कार्यक्रम बुलबुल BULBUL (15-02-2023/2079-11-03) गजलकार शेखर बस्नेत सँगकाे अन्तर्वाता विशेष : Listen and Download

Ram | 1:43:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
Nepali Ghazal Program Bulbul   
गजलको कार्यक्रम बुलबुल 
Host : Achyut Ghimire Bulbul   
Date  : (15-02-2023/2079-11-03) 

Interview with Shekhar Basnet at Bulbul
गजलकार शेखर बस्नेत सँगकाे अन्तर्वाता विशेष 

गजलको कार्यक्रम बुलबुल 

नमस्कार,
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2079 फाल्गुन 03 गते तदनुसार 
15th February 2023 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला  लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Thank you 

प्रेम दिवश विशेष - साहित्यकार सरुभक्तका ४६ प्रेमिल मुक्तक (Valentine's Day Special Muktak by Saru Bhakta)

NepaliTalim | 12:40:00 PM | 0 comments















१) मुक्तक-सरुभक्त
प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख
प्रेमभन्दा मूल्यवान केही अरु हुँदैन ठानिराख
सभ्यताको आकाशभरि कति घाम उदाए, जून उदाए
प्रेमको इतिहास चोखो लेखिनुपर्छ मानिराख ।

-२) मुक्तक-सरुभक्त
बदनाम नगर प्रेमलाई प्रेम महान् र अनन्त हुन्छ
धर्तीभरि आकाशभरि सहृदयताको जालो बुन्छ
मान्छेहरू भन्छन् दुनियाँ, स्वार्थमा कति डुबेको छ
तर प्रेम गर्ने मनले सधैँ उत्सर्गलाई मात्र चुन्छ  ।

-३) मुक्तक-सरुभक्त
नसोध मलाई कि म तिमीलाई कति माया गर्छु
हृदयको फाँट-गरामा अमूल्य कति सपना छर्छु
जान्नेहरू भन्छन्, प्रेम एक सुन्दर प्रेरणा हो
प्रत्येक क्षण म जीवनका कति जँघार-सागर तर्छु ।

-४) मुक्तक-सरुभक्त
बासनाको खेल खेल्नेहरू प्रेमको अर्थ बुझ्न सक्दैनन्
उच्चता अनि महानता के हुन्, मनमा कतै सुझन सक्दैनन्
मौसम बदलिएझैँ गरी प्रेम पात्र बदली हिँडेपछि
बिहानीको चोखो शीत परी ती प्रेमले रुझन् सक्दैनन् ।

-५) मुक्तक-सरुभक्त

प्रेम कस्तो हुन्छ, एउटा नमर्ने गीतझैँ
दिनरात साथ नछोडने मनको प्रिय मितझैँ
हृदयको धड्कनलाई सोधे बुझिन्छ प्रेम
हारेर पनि जितिने एउटा महान जितझैँ ।

-६) मुक्तक -सरुभक्त
प्रत्येक क्षण मुटुको ढुकढुकीमा तिमी आए जस्तो लाग्छ
सत्य भन्छु प्रत्येक सासमा तिमी छाएजस्तो लाग्छ
प्रेम गरेर मैले जीवनमा जे गुमाए पनि
बेहिसाब-बेहिसाब मैले आफैंलाई पाएजस्तो लाग्छ ।

-७) मुक्तक -सरुभक्त
प्रेम गरेर केही मागूँ, म भिखारी बन्न चाहन्न
सत्य भन्छु, म जीवनलाई यति तुच्छ भन्न चाहन्न
समर्पणको जीवनमा समर्पण नै गर्न देऊ है
विश्वासलाई चोट पारी आफ्नै दिल खन्न चाहन्न ।

-८) मुक्तक-सरुभक्त
तिमीलाई माया गर्दा सर्वस्व सबै लुटाइदिन्छु
खुसीका जम्मै अवसरहरू एक-एक गरी छुटाइदिन्छु
तिमी भन मात्र जीवनका कति शिखर चढछ्यौं
तिम्रा लागि मनभित्र असंख्य मन जुटाइदिन्छु ।

-९) मुक्तक-सरुभक्त
प्रेममा घात हुँदैन, कहिल्यै प्रतिघात हुँदैन
ठूलो सानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन
ए ! नसाले बेहोस बनी प्रेमका कुरा गर्नेहरू !
म सत्य भन्छु, प्रेममा प्रभात हुन्छ कहिल्यै रात हुँदैन ।

-१०) मुक्तक-सरुभक्त
प्रेम पवित्र हुन्छ, हिमाली मूलको पानीझैँ
चरित्रले बेदाग मानौँ  सुनकेशरी रानीझैँ
शब्दकोशबाट बुझिन्न, आफैंबाट बुझी हेर
प्रेम तिमीलाई लाग्नेछ, हृदयको अक्षय खानीझैँ ।

-११) मुक्तक-सरुभक्त
प्रेम अनायास हुन्छ, गर्छु भनेर गर्न सकिन्न
मनभित्र विशाल सागर भर्छु भनेर भर्न सकिन्न
ए ! नक्कली प्रेमको कुरा गरी आफैलाई भुलाउनेहरू !
विनाआस्था कसैका लागि मर्छु भनेर मर्न सकिन्न ।

-१२) मुक्तक-सरुभक्त
प्रेमको नाम लिई फोहोरी खेल खेल्ने नगर
घामलाई सानो सम्झी हत्केलाले छेल्ने नगर
जीवनको घुम्तीभित्र सलाई नजिक देखे पनि
तिमी आफ्नो मनभित्र बासनाको रोटी बेल्ने नगर ।

-१३) मुक्तक-सरुभक्त
तिमीलाई नदेख्दा यस्तो लाग्छ, प्रत्येक क्षण देखेझैँ
मनको अनन्त पानीभरि प्रेमपत्र सधैँ लेखेझैँ
झरीका बादलहरू कति आए अनि कति गए
हिमालझैँ ठडिई मनका विषादहरू सबै छेकेझैँ ।

-१४) मुक्तक-सरुभक्त
प्रेम तपस्या हो स्वः परीक्षामा बस्नु पर्छ
कमजोरीहरू आए भने हृदय जम्मै कस्नुपर्छ
घृणाको यो दुनियामा प्रेम गर्छु भनी ठान्छौं भने
अरुका लागि हाँसीहाँसी नर्कमा पनि पस्नुपर्छ ।

-१५) मुक्तक-सरुभक्त
प्रेमीहरू प्रेम गरी अजम्मरी पीडा सहिरहन्छन्
ढुङ्गामाटो कणकणमा आत्मा बनी रहिरहन्छन्
चाहे दुनियाँले मानोस वा मान्न इन्कार गरोस्
प्रेमीहरू नबोलिकनै चरित्रले केही कहिरहन्छन् ।

-१६) मुक्तक-सरुभक्त
यस्तो दिन आओस यहाँ, मायैमायाको बास होस्
रिस, द्वेष र घृणाहरू सबै सबैको नाश होस्
मानवताको अंश भै म यस्तो सपना देखिरहेछु
मेरो सुन्दर धर्ती भोलि स्वर्गभन्दा पनि खास होस् ।

-१७) मुक्तक-सरुभक्त
जब मनमा प्रेम आउँछ, विषालु कुनै वाण दाग्दैन
बसेपछि मनमा त्यसले सौभाग्यको सीमा नाघ्दैन
जिन्दगीको प्रत्येक मोड ढुक्ढुकीहरूले भन्छन् यहाँ
प्रेम यस्तो बहार हो जुन आइ फेरि कतै भाग्दैन ।

-१८) मुक्तक-सरुभक्त
बुझ्नु मान्छे राम्रो गरी हृदयमा प्रेमको राज छ
मधुर धुन बजिराख्ने एउटा यस्तो साज छ
जिन्दगीको मुल्य खोज्दै बाहिर किन भौंतारिनु
प्रेम भए आफै भित्र दिव्य-अनमोल ताज छ ।

-१९) मुक्तक-सरुभक्त
प्रेम नसा होइन प्रत्येक क्षण पिइरहन्छु
मनमा लागे हजार चोट प्रत्येक क्षण सिइरहन्छु
जिन्दगीको तपस्यामा दिव्य वर पाएपछि
मृत्युञ्जली भएर म प्रत्येक क्षण जिइरहन्छु ।

-२०) मुक्तक-सरुभक्त
प्रेम पवित्र पागलपन हो, म सद्देहरूलाई भन्दै हिँड्छु
तिनका नजरमा सायद कसिङ्गरजस्तो बन्दै हिँड्छु
समय साक्षी छ, प्रेमको नाममा बदनामीहरू कति हुन्छन्
तर मनले नहारी धर्तीमा असंख्य आशा गन्दै हिँड्छु ।

-२१) मुक्तक-सरुभक्त
अर्ती-उपदेशहरू सुनेर मनमा प्रेम पलाउँदैन
समय आउँछ, समय जान्छ, कसैलाई छलाउँदैन
प्रेमपथमा लाग्ने भए समर्पणको बाटो चुन
हृदयलाई पत्थर पारे कुनै बाली फलाउँदैन ।

-२२) मुक्तक-सरुभक्त
जब प्रेम हुन्छ, मनको मनसित साइनो जोडिन्छ
जीउमा भए बन्धन कति, एक-एक गरी छोडिन्छ
ए ! रूपको बजारमा आफैलाई बेची हिँडनेहरू !
प्रेममा सक्रान्ति भै जीवनको बाटो मोडिन्छ ।

-२३) मुक्तक-सरुभक्त
विश्वविजेताहरू धर्ती लुट्न सक्छन्, माया लुट्न सक्दैनन्
अरुका अधिकारहरू घुत्न सक्छन्, माया घुत्न सकदैनन्
उन्मादले ग्रस्त भै जति विशाल सेना खडा गरे पनि
मायालाई पराजित गर्न मायालु मनभित्र जुट्न सक्दैनन् ।

-२४) मुक्तक-सरुभक्त
प्रेम अन्धो हुन्छ, प्रेम नगर्नेहरू भनिरहन्छन्
प्रेमको इतिहासका अध्येताझैं बनिरहन्छन्
म कसरी सम्झाऊँ प्रेम आफैंमा एक दृष्टि हो
तर हरे ! अबुझहरू अँध्यारोका दीप गनिरहन्छन् ।

-२५) मुक्तक-सरुभक्त
जहाँ प्रेम हुन्छ त्यहाँ धोका र छलछाम हुँदैन
प्रेमभन्दा पवित्र यहाँ कतै कुनै तीर्थधाम हुँदैन
जिन्दगीको प्रत्येक सासमा आफैंसँग सोधिहेर
प्रेममा व्यर्थ अहंको पनि कुनै राम हुँदैन ।

-२६) मुक्तक-सरुभक्त
प्रेम सिर्जना हो, विध्वंसको बाटो लाग्ने नगर
चुनौतीहरू आए भने आफैंदेखि भाग्ने नगर
घामछायाँ जिन्दगीका रङ्गहरू यस्तै हुन्छन्
युद्ध सम्झी प्रेमलाई तोपगोला दाग्ने नगर ।

-२७) मुक्तक-सरुभक्त
प्रेमको युद्ध अन्त होइन, आफैंभित्र लडिन्छन्
हृदयको कुरुक्षेत्रमा विजयझन्डा ठडिन्छन्
इतिहासमा जति भए पनि कथित प्रेमका युद्धहरू
महान् प्रेम त यहाँ महान् छातिहरूमै अडिन्छन् ।

-२९) मुक्तक-सरुभक्त
कहिलेकाहीं प्रेममा हृदय ठनक्क भाँचिन्छ
दुर्भाग्यको चोट परी अधमरो भइ बाँचिन्छ
समयको चक्र यहाँ जति उल्टो घुमे पनि
आस्थाभरिको जीवनमा पवित्रता मात्रै साँचिन्छ ।

-३०) मुक्तक-सरुभक्त
ताजमहल नै चाहन्छौं भने हरेक क्षण ताजमहल बनाइरहन्छु
हृदयभरि सिङगमरमर होइन मायैमाया खन्याइरहन्छु
के दुनियाँका आश्चर्यहरूमा आश्चर्य मानिरहन्छौं तिमी
म अनादिदेखि अनन्त मायामा आफ्नो उपस्थिति जनाइरहन्छु ।

-३१) मुक्तक-सरुभक्त
अजम्मरी पीडा भए, अजम्मरी मनले पिइदिनु
खिइनुको हद कहाँ हुन्छ, त्यसलाई नाघी खिइदिनु
प्रेम गर्दा जीवनमा जति निर्दयी प्रहार परे पनि
तिमी हरेक प्रहारमा आँशुको फूल भैदिनु ।

-३२) मुक्तक-सरुभक्त
थोरैले साँचो माया गर्छन धेरैले माया गरेझैँ गर्छन्
नपाएसम्म एक अर्कालाई हुरुक्क भै मरेझैँ गर्छन्
राम्रैसित चिन्न सकिन्छ नक्कली माया लाउनेहरू
बसन्त पूरै हराए फतक्क भै झरेझै गर्छन् ।

-३३) मुक्तक-सरुभक्त

प्रेमका लागि भनी धर्तीमा अब नबगाऊ रगतका धाराहरू
साँचेर युगौंदेखिका अहङ्ककार अनि विश्वविजयी पाराहरू
बन्दुक, तोप र तरवारहरूको मन जित्न नसकिने भए
मानवताको आकाशमा कहाँ चम्कन्थे साँचो प्रेमका ताराहरू ?

-३४) मुक्तक-सरुभक्त
बोलीले के याद गरुँ, धड्कनले याद गर्छु हुन्न र ?
नसानसामा तातो रगतले मायाको घर बुन्न र ?
समयलाई साक्षी राखे, समय आफै बदली जान्छ
मनमा माया भए कतै, मायाले माया छुन्न र ?

-३५) मुक्तक-सरुभक्त
घृणा छ यो दुनियाँमा धेरै प्रेमको दुनियाँ बसाइरहूँ
कठोर छ यो दुनियाँ धेरै कोमलता केही पसाइरहूँ
ढुकढुकीको अर्थ आफ्नै ढुकढुकीलाई सोधे हुन्छ
प्रेमोत्सव मानी जिन्दगीलाई सिर्जनामा रसाइरहूँ ।

-३६) मुक्तक-सरुभक्त
जिन्दगीको हरेक क्षण प्रेमोत्सव बाँचिदिन्छु
अरुले होइन मायाले नै जिन्दगी यो जाँचिदिन्छु
म मरे पनि मेरो माया कहिल्लै मर्ने छैन
माटो अनि खरानीमै तिम्रो याद साँचिदिन्छु ।

-३७) मुक्तक-सरुभक्त
प्रेम प्रेम हो उमेरको कुनै रहर होइन
प्रेम प्रेम हो स्वाष्टिष्ट कुनै जहर होइन
प्रेमलाई वर्जित फल मान्ने अज्ञानीहरू हो !
प्रेम प्रेम हो अभिशापको कुनै कहर होइन ।

-३८) मुक्तक-सरुभक्त
म कसरी भनूँ माया कि मेरो नाम दिलमा टाँसिदिऊ
दया गरेर भए पनि केही बेर बेमनले हाँसिदिऊ
माया माया हो सर्तबाजीको कुनै खेल होइन
त्यसैले भोग्छु तर भन्दिनँ कि मलाई हरेक क्षण फाँसी देऊ ।

-३९) मुक्तक-सरुभक्त

प्रेम कति गहिरो हुन्छ, नापेर नाप्न सकिँदैन
प्रेममाथि अरु केही खापेर खाप्न सकिँदैन
कसरी भनूँ म कि प्रेमको अनुभूति कस्तो हुन्छ ?
प्रेमलाई शब्दहरूमा पूरै छापेर छाप्न सकिँदैन ।

-४०) मुक्तक-सरुभक्त

प्रेमपथका यात्रीहरू हरघडी प्रेम चिताइरहन्छन्
उछ्वासविना जिन्दगीमा हरघडी प्रेम जिताइहरन्छन्
सपनाहरू जति विपना बन्न सके पनि, नसके पनि
प्रेमपथका यात्रीहरू हरघडी प्रेममै बिताइरहन्छन् ।

-४१) मुक्तक-सरुभक्त

स्वार्थको बजारमा हेर, स्वार्थको तानातान छ
नबुझेर होइन, सबै कुरा जानाजान छ
हृदयका तरेलीहरूमा प्रेमका मूल नफुटेर
मान्छेको बस्तीमा आजभोलि सर्वत्र हानाहान छ ।

-४२) मुक्तक-सरुभक्त
प्रेमको घाउ लाग्यो भने अप्रेमहरूले भर्ने नगर
दुर्भाग्यको खोलालाई नसकी-नसकी कहिल्यै तर्ने नगर
प्रेम-प्रेम हो, मनको कुनै कमजोरी होइन
त्यसैले बाँच्न छोडी जिन्दगीमा छिनछिनमा मर्ने नगर ।

-४३) मुक्तक-सरुभक्त

खुसीहरू मात्र हुँदैनन् मायामा असङख्य उछवासहरू हुन्छन्
हजार जन्मभन्दा लामो मायामा असङख्य निश्वासहरू हुन्छन्
कोमल तर चट्टान जस्तो मायालु हृदयलाई सोध
कि तिनका ढुकढुकीहरूमा मायाका असंख्य विश्वासहरू हुन्छन् ।

-४४) मुक्तक-सरुभक्त
आस्था हराएर कहिल्लै पनि बिहानी खुल्न सक्दिनँ म
समयको क्षणिक बजारमा बेहोसीसाथ घुल्न सक्दिनँ म
विशाल दुनियाँमा तिमीबाट जति टाढा भैगए पनि
आफूलाई भुल्न सक्छु तर तिमीलाई भुल्न सक्दिनँ म ।

-४५) मुक्तक-सरुभक्त
प्रेमीहरू प्रेम गर्छन्, कर्तव्यबाट भाग्दैनन्
हृदयमा जलन भै मलहम केही माग्दैनन
जिन्दगीमा अप्रिय बोझहरू जति खेप्नुपरे पनि
प्रेमीहरू प्रेमास्थाका मर्यादा कहिल्यै नाघ्दैनन् ।

-४६) मुक्तक-सरुभक्त
मान्छेहरू हृदयमा अनन्त सपना सजाइराख्नु
कठोर यो धर्तीभरि अस्तित्व आफ्नो कजाइराख्नु
उज्यालो र अँध्यारोको यो महान सृष्टि यात्रामा
जीवनभर प्रेमको अजम्मरी धुन बजाइराख्नु ।
सरुभक्त
साभारः प्रेम यात्रा 

प्रेम दिवशकाे सबैलाइ शुभकामना !



खिजिदिम्बा ओखलढुंगाका गजलकार शेखर बस्नेतज्यूको दमदार गजल -निशूल्क पाए अनि अलकत्रा पान गरे..

Ram | 12:15:00 PM | 0 comments



मतदाले पनि सबथोक जानाजान गरे ।
निशूल्क पाए अनि अलकत्रा पान गरे ।
.............
ज्यूँदाहरुले देशमा केही गर्छन् भनेर
ठाउँठाउँमा मरेकाहरुले मतदान गरे । 
...........
जनमत लगेर रुखमा झुन्ड्याउनेहरुले
समाजसेवा गर्छु भनेर जमान गरे । 
.........
मान्छेले बाँदरलाई अमुल्य भोट दिए
त्यसपछी बाँदरले कुर्सी तानातान गरे ।
.........
शेखरले ज–जस्लाई गर्घन काटेर दियो
तिनीहरु सबैले मासुको दोकान गरे ।
शेखर बस्नेत
खिजिदिम्बा ओखलढुंगा, नेपाल । 
(सर्बाधिकार लेखकमा निहित)

अनलाइनमा काम गरि कमाउने मौका - नेपाली अनलाइन कमाई गर्न सकिने वेबसाइट आयो (Earn Money without Investment in Nepal)

Ram | 11:32:00 AM | 0 comments

 



टास्कसेवा (TaskSewa) एक नेपाली निःशूल्क अनलाईन कमाई गर्न सकिने वेबसाईट हो । अनलाईनमा विभिन्न सर्भेहरु पुरा गरेर, गेम खेलेर तथा सफ्टवेर र मोबाईल एपहरुको रिभ्युगरेर कमाईने साईट माइक्रोवर्कर, टाइमबक्स, पिकोवर्ककर (स्प्राउटगिग्स) जस्तै टाक्ससोवा पनि त्यस्तै किसिमको कम गरि कमाउने एक नेपाली साईट हो । यसको बारेमा विस्तृत बुझ्नको लागि टाक्ससेवाको युट्युब च्यान पनि उपलब्ध छ । 

कसरी कमाई गर्न सकिन्छ ? 
यस वेबसाईटमा खाता खोलेल विना लगनी विभिन्न कामहरु टास्क पूरा गरेवापत नेपाली पैसा कमाउन सकिन्छ । विशेषगरी अर्न सेक्सनमा गएर सर्भेहरु पूरा गर्नुपर्ने, सफ्टवेयर तथा मोबाइल एपहरु परिक्षण रिभ्यु गर्ने लगायतमा विभिन्न कामहरु पुरा गरेबापत रिवार्ड नेपाली रुपैयाँमा प्राप्त गर्न सकिन्छ त्यस्तै अफरवालमा गेम, सर्भे, भिडियो हेर्ने लगायतका विभिन्न टाक्स पूरा गर्न पाउनुहुनेछ र त्यसबापत रिवार्ड स्वरुप नेपाली रुपैयाँ प्राप्त हुन्छ ।

टाइमवाल सेक्सनमा गई टाइमबाल डट आइ ओ भन्ने फरक वेबसाईटमा साइनअप गरि उक्त साईटमा अफर, सर्भे, जस्ता कामहरु पुरा गरे बापत पाईने पोइन्टलाई सिधै टास्क सेवामा प्राप्त गर्न सकिनेछ । 
नोट - टाइमबालमा साइनअप गर्नको लागि यहाँ क्लिक (Click) गर्नुहोला । 
Payment Proof from Timewall 



 











रिफरल सिस्टम 
टास्क सेवा तपाईको रिफरल बाट अरु कसैले साइनअप गरेमा १० प्रतिशत अर्न सेक्सनबाट रिफरलले कमाएको कमिसन रिफर गर्ने ब्यक्तिलाई प्राप्त हुन्छ साथै टाइमबाल बाट भएको कमाईको ३ प्रतिशत रिफर गर्नेले प्राप्त गर्दछ । नोट - Signup Task Sewa Click Here 

कसरी पैसा निकाल्ने ?
आफुले टास्क पुरा गरेर कमाएको पैसा न्युनतम रुपैया १० हुनासाथ फन्ड मेन्युमा गएर इसेवा, खल्ती, आइएमई पे, सेलपे, सजिलो पे मा निकाल्न सकिन्छ । 



Tasksewa Payment Proof











How to earn money online in Nepal for students
earn money online in nepal esewa
how to earn money online in nepal without investment for students
watch video and earn money in nepal
earn nepal
earning money in nepal
online money earning app in nepal
free money nepal
make money
make money online
make money online in nepal
make money app
make money from home
make money quotes
make money not friends
make money with givvy videos
make money in nepal

गजल- छध्म भेष धारी कति हुन्छन हुन्छन

Ram | 12:47:00 PM | 0 comments















छध्म भेष धारी कति हुन्छन हुन्छन
प्रेमका ब्यापारी कति हुन्छ्न हुन्छ्न 
..
आफैलाइ देउता भन्दा पनि ठुलो 
सम्झने पुजारी कति हुन्छन हुन्छन 
..
माया एउटा संग हुन्छ हुने बेला 
नजरको जुहारी कति हुन्छन हुन्छन 
..
कौडी झार्दैनन आपदको बेला 
धनवान् भिकारी कति हुन्छन हुन्छन 
..
तिमी धेरै भाउ नखोजेनी हुन्छ 
रामका पियारी कति हुन्छन हुन्छन
राम शरण श्रेष्ठ 
चिसापनी रामेछाप 
01-01-2015

Muktak Mala मुक्तक माला -329 (2076-12-02) : Download

NepaliTalim | 12:20:00 PM | 0 comments

रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
 (2076-12-02) 



नमस्कार साथीहरु, आज मिति 2076 चैत्र 02 गते (15-March-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download

गजलकार तेजनाथ दंगालकाे गजल- परदेश जाने यो मेरो ठहर भयो

NepaliTalim | 6:10:00 PM | 0 comments


 

परदेश  जाने  यो  मेरो  ठहर भयो 

जीवन धान्न  यहाँ  सधैं  कहर भयो ।


लालपुर्जा  साहुको बन्दकिमा पर्‍या छ

त्यसैले   घुट्को  पानी  पनि जहर भयो ।


काम खोजौ यहाँ   पाउन  गाह्रो  भयो 

एक छाक सितो देख्न पनि रहर भयो ।


काम र दाम साम हुनेका लागि भयो 

बेसिको गोठ  मेरो लागि शहर  भयो  ।


आयका श्रोत  बन्जर तार टाारी भयो 

घडााको  पानी  अब   नहर   भयो ।

नाम : तेजनाथ दंगााल 

ठेगाना : चाबहिल  काठमाडौं  

Note : Copyright Reserved with Writer 

कथा सुन्नुहोस - शेयर मार्केटमा पैसा कसरी डुब्छ थाहा छ ? - एक प्रेरणादायी छोटो कथा

NepaliTalim | 10:51:00 PM | 0 comments


एउटा  ब्यापारी  एउटा  गाउँमा  गयो  र  भन्यो,

" म  तपाईंहरुसँग  कुकुर  खरिद  गर्न  आएको  हुँ । गाउँमा  जति कुकुर  छन्  म  प्रति  कुकुर  रु. एक  हजारको  दरले  दिन्छु ।"

गाउँलेहरुले  गाउँमा  भएका  जति  कुकुर  ल्याए  र  उसलाई  रु. एक-एक  हजारको  दरमा  बेचे । 

केहि  हप्तापछि  फेरि  उ  गाउँमा  गएर  भन्यो,

" अब  म  प्रति  कुकुर  रु. दुई  हजार  दिन्छु ।"

फेरि  गाउँलेहरुले  गाउँमा  बाकी  रहेका  र  वल्लो-पल्लो  गाउँमा भएका  सबै  कुकुरहरु  समातेर  ल्याए  र  रु. दुई  हजारको  दरले  बेचे ।

फेरि   केहि  हप्ता  पछि  उ गाउँ  गयो  र  अब  प्रति  कुकुर  रु.पाँच हजारमा  किन्ने  कुरा  सुनायो । अनि आफु  बिशेष  कामले  शहर बाहिर  जाने   र  उ  नआइन्जेल  कामको  जिम्मा   आफ्नो असिस्टेन्टले  जिम्मा  लिने  कुरा  बतायो  र  फेरि  भेटौंला  भनेर  बाटो  लाग्यो ।

गाउँलेले  असिस्टेन्टलाई  भने,

" हामीसँग  भएको  सबै  कुकुरहरु  बेचिसकेका  छौ , हामीसँग 

अरु  छैनन् ।"

असिस्टेन्टले  आइडिया  लगायो,

" ल  म  तपाईंहरुलाई  एउटा  आइडिया  दिन्छु, त्यो  के  भने  मेरो मालिकसँग  भएको  कुकुरहरु  रु. चार  हजारमा  किन्नुहोस्  र

मेरो  मालिक  आएपछि  उनीहरुलाई  रु.पाँच  हजारमा  बेच्नुहोस् । तपाईंहरु  सबैलाई  रु. एक - एक  हजार  फाईदा  हुँनेछ ।"

यो  कुरामा  सबै  गाउँलेको  चित्त  बुझ्यो । उनीहरुले  आफैले  एक हजार  र  दुई  हजारमा  बेचेको  कुकुरहरु  चार- चार  हजारमा  किने । 

त्यसपछि  हप्ता  बित्यो, महिना  बित्यो  र  साल  बित्यो । गाउँमा  न  ब्यापारी  गयो  न  असिस्टेन्ट  नै । जता  हेर्यो  गाउँमा  कुकुरहरु  मात्रै ।😂😂😂

कथाको श्रोत 

छोटो कथा सेयर बजारमा लगानी गरेको पैसा कसरी डुब्छ भन्ने सिर्षकमा सेयरमान्डु फेसबुक ग्रुपमा सामाजीक संजालबाट साभार भनेर विना लेखकको नाम एक जना ग्रुप मेम्बरले पोष्ट गर्नुभएको रहेछ कथा घुमाउरो तथा भाव गहिरो भाबको वियोगान्त लाग्यो र यस्ले दिन खोजेको सन्देश पनि सकारात्मक लाग्यो त्यसैले यो कथा तपाईहरु सामु बाचन गरेर लिएर आएको छु । 

Listen in Audio Bachan 

आय कर बिबरण बुझाउन म्याद थप Myad Thap लिने Online प्रकृया -How to Take Get Date Extension from IRD

NepaliTalim | 12:48:00 PM | 0 comments

 आय कर बिबरण बुझाउन म्याद थप Myad Thap लिने Online प्रकृया । Request for Filing Date Extension 

#MyadThap #DateExtension #InlandRevenueDepartment 

नयाँ ब्यावस्था - म्याद थपको लागि सबमिट गरिसकेपछी स्वत केही दिनमा कर कार्यालयले तपाईको म्याद थपको आग्रह स्विकृत गरि भेरिफाई गरिदिन्छ । कर कार्यालयमा जानुपर्दैन । सबमिसन नं. टिपेर राख्नुस र भेरिफाई भयो भएन हेर्दै गर्नुस् । मेरो अनुभब भन्दा केही मिनेटमै भेरिफाई भैसकेको छ । फेरिफाई भैसकेपछी तपाईको केवाइटी भनुभएको सम्पर्क नं. मा जानकारी प्राप्त हुनेछ ।  

--------------

यस भिडियोमा हामी असोज मसान्त भित्र आय विवरण बुझाउन नसक्ने करदाता जसले डे३ बुझाउनुपर्ने हुन्छ उनिहरुले म्याद थप कसरी लिने पूरा प्रकृया सहित एक उदाहरण पनि लिएर आएको छु ।

१.म्याद थप असोज मसान्त भित्र क कस्ले लिने त ?

असोज मसान्त सम्म कर विवरण बुझाई नसकेका करदाताहरुले म्याद थपको स्विकृति लिई सक्नुपर्दछ  तर यस्तो म्याद थप कर छुट प्रमाण पत्र लिएकाहरुले भने अनिवार्य असोज मसान्त भित्र आय विवरण बुझाई सक्नुपर्नेछ नत्र कर छुट प्रमाण पत्र नवीकरण गरिनेछैन । 

२.यदि असोज भित्र आय विवरण बुझाएन र म्याद थप पनि नलिएको हकमा लग्ने जरिवाना ?

निर्धारण योग्य आयको ०.१ प्रतिशत बार्षिकको दरले हुने रकम र प्रति महिनामा रु. १०० दरले जुन बढी हुन्छ सो रकम जरिवाना स्वरुप लाग्नेछ 

३.म्याद थप लिने प्रकृया यसप्रकार छ?

१. म्याद थप लिनको लागि करदाता लगइन पासवर्ड अनिवार्य चाहिन्छ । 

२. करदाताको केपाईटि भेरिफाई भएको हुनुपर्छ । 

३. प्रक्रिया

१. www.ird.gov.np मा login गर्नुहोस । 

२. Taxpayer Portal मा Click गर्नुहोस । 

३. General मा क्लीक गर्नुहोस । 

४. Taxpayer Login गर्नुहोस । 

५. Request for Filing Date Extension मा Click गर्नुहोस । 

६. आर्थीक बर्ष, बढाउने मिति र बढाउनुका कारण लेखेर Save सेभ गर्नुहोस । Submission No. आउनेछ । 

८. Submit गर्नुहोस ।

९. Submit भएको फाइल प्रन्ट गरेर Tax Office मा बुझाउनुहोस र Verify भएपछी KYT Update गरेको बखर ताखेको मोबाइलमा म्यासेज पठाउनेछ । 

१०. Verify भैसकेपछी एक कपि प्रिन्ट गरेर राख्नुहोला । 

Watch Video




Online Taxpayer Login कसरी लिने ? How to Create Online Taxpayer Login User & Password from IRD

NepaliTalim | 12:44:00 PM | 0 comments

 Online Taxpayer Login कसरी लिने ? How to Create Online Taxpayer Login User & Password from IRD



#TaxPayerLogin #OnlineTaxPayerPassword #TaxPayerUserandPassword In this video, we learn how to create and reset online Taxpayer Login PAN User ID and Password with demonstration.
Watch Tutorial Video


Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger