श्रृंखला 232 : वहकिने मन Bahakine Man (28-11-2016/2073-06-13) : Download

NepaliTalim | 11:32:00 AM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -232

DATE  - (28-11-2016/2073-06-13)
Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 मंसिर 232 तदनुसार 28-Nov-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 232 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download:Click Here to Download
Listen on YouTube



साताको ६ मुक्तक (2073-08-13)
यी साथीहरुले आगामी ४ प्रतिष्पर्धासम्म सहभागिता नजनाएर अरु साथीहरुलाई पालो दिनुपर्नेछ है ।
सहभागिता जनाउनुहुने सबैलाई धन्यवाद ।
1)
आॅखामा आॅसु टिलपिल बनेर निस्कन्छन्।
मुटुको घाउ झन जटील बनेर निस्कन्छन्।
तिमिलाई काट्दा मलाई दुख्छ भन्नेहरु नै
दिलमा बसेर पछि खिल बनेर निस्कन्छन्।
जनक सिग्देल
गजरकोट 6 तनहुँ
2)
नसोँच आज भारी नपाउला भोलि !!!
देवीको रुप हुन् नारी नपाउला भोलि !!!
छोरो मात्र जन्माउनु पर्छ भन्ठान्नेले,
घर भित्र्याउन बुहारी नपाउला भोलि!!!
RIMPLE THAPA
Nayabazar, Kathmandu
3)
म बगेको खोला सम्झी रहन्छु।
काहाँ जान्छ होला सम्झी रहन्छु।
त्यसरी नै एकदिन हराउने त रैछ,
यो मान्छेको चोला सम्झी रहन्छु।
-बिष्णु गौतम
भद्रकाली-४ कुसुमटार
सिन्धुली
हाल-मलेसिया
4)
कि त हामी बिचको दुरि कम गरौँ भन्छे
हैन भने सबै नाता खतम गरौँ भन्छे
घरमा माग्न आइसके ए मेरो हजुर
जसरी नि यस्पाली घर जम गरौँ भन्छे
हेमन्त आँसु
दत्तु 9 दार्चुला
हाल : किर्तिपुर काठमाडौ
5)
सिन्दुर पोते अनि चोली नभनिदेउ सानु
लिएर आउ आज-भोली नभनिदेउ सानु
श्रावण मंसिर एउटै रैछ हामी परदेशीलाई
यो साल पनि खै त डोली नभनिदेउ सानु
ध्रुब के सी
सल्यान
6)
तिम्रो याद आउने बाटो बार्न मन छ प्रीय ।
यो दिलबाट अन्तै बसाईँ सार्न मन छ प्रीय ।
मनमा बस्यौ खत् बनेर हटाउन सक्या छैन,
आँशु बनाई आँखाबाट झार्न मन छ प्रीय ।
~विनीता दाहाल
भोजपुर, चरम्बी
हाल, इटहरी

Muktak Mala मुक्तक माला -184 (27-11-2016/2073-08-12) मुक्तककार अनिष न्याैपाने सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 11:32:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(27-11-2016/2073-08-12)
Facebook Page 


नमस्कार साथीहरु,
आज मिति 2073 मंसिर 12 गते तदनुसार 27-Nov-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

अनलाईन काम गरेर कसरी पैसा कमाउने (Online Job in Nepal - Earn Money Online from Ojooo by viewing Advertisement)

NepaliTalim | 10:27:00 PM | 0 comments

अनलार्इनमा विज्ञापन हेरेर कसरी पैसा कमाउने  ।अाेजाे पिटिसी साइट मध्येकै सबै भन्दा वढी पैसा दिने बिश्वासिलो साइट हो । 
Earn money by viewing advertisements! Ojooo.com - Watching Ad will pay you for viewing advertising offers of our partners.



Sign Up Ojoo to Start Earning -

Make Money Online with OJOOO.COM -Online Job work every day 10-15 minutes [Nepali Tutorial]
Ojooo is an amazing website, able to make you earn more than other PTC. Wad.ojooo.com is the trusted and high ranked PTC Site where you can make money working 10-15 minutes everyday. Standard user can get Minimum payout $2 through Payal, okpay and Payza. As per your interest you can upgrade your user Premium and VIP.
Sign Up Ojoo to Start Earning -
Watch Training Video on YouTube

Muktak Mala मुक्तक माला -183 (20-11-2016/2073-08-05) : Download

NepaliTalim | 5:18:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(20-11-2016/2073-08-05)
Facebook Page 


नमस्कार साथीहरु,
आज मिति 2073 मंसिर 05 गते तदनुसार 20-Nov-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube 

एस.पि. असफल र शिखा डि.सी. बिच भएको सवाल जवाफ मुक्तक (Muktak Sawal Jawaf -S.P Ashaphal and Shikha D.C.) -23-11-2016

NepaliTalim | 1:05:00 PM | 0 comments
एस.पि. असफल र शिखा डि.सी. बिच भएको सवाल जवाफ मुक्तक
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 

एस.पि. असफल 

धेरै भयो तिमीलाई मैँले  मन पराएको ,,
तिम्रै कल्पनामा हुन्छु सधै म हराएको ।
हिम्मत गरि तिमीलाई भन्दैछु है शिखा,,
आजसम्म थिए म भन्नलाई डराएको ।।

शिखा डि.सी. 

आगो त दुबै तिर बलिराकै रैछ ।
यता जस्तै उतापनि चलिराकै रैछ ।
मन पराए के भयो त संगै भैदिउला ,
आज सम्म एक्लै दिन ढलिराकै रैछ ।।

एस.पि. असफल

कतै तिमी  मेरै निम्ति जन्म लिएकी हौं कि ??
माया गर्छु भन्दै मलाई गफ दिएकी हौं कि ??
झुठो हैन साचो माया गर्छु शिखा तिमीलाई ,,
ख्याल ठट्टा गरे जस्तो सम्झिएकी हौं कि ??

शिखा डि.सी. 

मिल्ने भए देखाई दिन्थे चिरेर यो छाती ,,
ख्याल ठट्टा हैन हजुर गर्छु माया खाटी ।
तिम्रो माया मेरो माया जोखिएछ भने ,,
हुनेछ सधै तिम्रो भन्दा अलिकति माथी ।।

एस.पि. असफल

सहर छोडी गाउँमा बसाइँ  सर्छ्यौ भने ,,
सुखदुःखमा सँगसँगै जघाँर तर्छ्यौ भने ।
यहि मंसिरमा तिम्रो सिँउदो भर्न आउछु,,,
साँच्चै तिमीले मलाई माया गर्छ्यौ भने ।।

शिखा डि.सी. 

तिमि संगै झयाउरे गीत गाइदिन लाइ तैयार,,
साँझ बिहान साग सिस्नो खाइदिन लाइ तैयार ।
मैले जस्तै तिमीले पनी माया गर्छौ भने ,
पटुकि र गुन्यो चोली लाइदिन लाइ तैयार ।

एस.पि. असफल

काली गाईको दूधसँगै भात मुछि खान,,
तयार भयौं  शिखा तिमी मेरो बनी जान ।
परी जस्तै शिखालाई भित्र्याउने दिन त,,
छुट्टै हुन्छ जस्तो लाग्यो मेरो पनि सान ।।

शिखा डि.सी. 

बसेकि छु म पनी मनको साथी तिम्लाई मानी,,
बन्न लाइ कुंनैदीन एस पि को दिलको रानी ।
अरु केहि छैन चाहा यति  भए  पुग्छ मलाई  ,
गल्ती होला अनजानमा  नरूवाउनु जानि जानि ।।

एस.पि. असफल

बुहारी होइन छोरी बनी बा -आमालाई पाल्नु पर्छ,,
गाईलाई कुडो म दिउला तिमिले गोबर फाल्नु पर्छ।
सहर बजारको सुख सहेलमा  हुर्के बढेकी तिमी ,,
मेरो घर  त माटाको छ बेलाबेलामा टाल्नु पर्छ ।।

शिखा डि.सी. 

दुःख अनि सुख तिमी सँगै साट्ने छु म ,,
तिम्रो साथ पाए जस्तो कठिन आट्ने छु म ।
सहरमा चिल्ला गाडिको यात्रा गर्नु भन्दा ,,
तिम्रै हात समाएर नौ डांडा काट्ने छु म ।।

एस.पि. असफल

कति छिट्टै गर्यौ तिमीले यो मनमा राज,,
सुखदुःख बुझ्ने  जीवनसाथी पाए आज ।
दुलहीको मुख हेर्ने मान्छेको ताती देखि,,
घुम्टोले मुख छोपेर किन मान्छ्यौ लाज ।।

शिखा डि.सि.

तिम्रो नामको सिन्दूर अनि चुरा भए पछि ।
संग संगै जुनि काट्ने कुरा भए पछि ।
चाहा छैन अब मलाई कुनै सुख सयल ,
तिम्रै बन्ने त्यो सपना पूरा भए पछि ।।

सम्पूर्ण साहित्य प्रेमी मनहरु बाट अमुल्य सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा ।।
बिनम्र अनुरोध ::मुक्तकिला भाव मात्रै हुन जथाभावी कमेन्ट नग्रनु होला  ।।
शिखा डि.सी. 
दाङ 
हाल: काठमाडौ 
:::::::::::;;:;;;;;;;:
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा 
हाल:बिरानो मुलुक

Muktak Mala मुक्तक माला -182 (13-11-2016/2073-07-28) : Download

NepaliTalim | 11:19:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
 (13-11-2016/2073-07-28)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 कार्तिक 28 गते तदनुसार 13-Nov-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

श्रृंखला 231 : वहकिने मन Bahakine Man (21-11-2016/2073-06-07): Download

NepaliTalim | 12:43:00 AM | 0 comments

Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -231

DATE  21-11-2016/2073-06-07)
Time : 9.15pm Every Monday         
Presenter :  Mahabir Bishwakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 मंसिर 06 तदनुसार 121-Nov-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 231 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                            Download : Click Here to Download
Listen on YuouTube

गजल-समयका धारहरु बडो क्रुर हुन्छन् -राम शरण श्रेष्ठ (Ghazal by Ram Sharan Shrestha) -18-11-2016

NepaliTalim | 3:46:00 PM | 0 comments

समयका धारहरु बडो क्रुर हुन्छन् त्यहि रेटिन्छन् जो बेकसुर हुन्छन् .. दुःखीहरु लाई झन् दुःखनै थपिदिने भगवान पनि साह्रै निष्ठुर हुन्छन् .. पैसाको भोक मेटाउनको लागि मान्छे किन यति आँतुर हुन्छन् .. बिज्ञानले जतिनै प्रगती गरेपनी मृत्युको अगाडी सबै मजबुर हुन्छन् राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप ।
16-07-2015

श्रृंखला 230 : वहकिने मन Bahakine Man (14-11-2016/2073-07-29) : Download

NepaliTalim | 1:06:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN -230
Thaha Sanchar Network Presents 

DATE  (14-11-2016/2073-07-29)
Time : 9.15pm Every Monday         
Presenter :  Mahabir Bishwakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 कार्तिक 29 तदनुसार 14-Nov-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 230 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download: Click Here to Download
Listen on YouTube

अब तिमी लाई नै सम्झिएर रुनु छैन मलाई - दुर्गा मगर (Ghazal by Durga Magar) : 14-11-2016

NepaliTalim | 3:10:00 PM | 0 comments
अब तिमी लाई नै सम्झिएर रुनु छैन मलाई
हारी सके मैले जित तिम्रै भो सधै सधै लाई

उसै सङ्ग सधै भरी खुशी भएर बाच्नु तिमी
अरु त केही दिन सकेन दिन्छु केबल बधाई

म भित्र भित्रै खरानी भएर जलि रहेको छु
मलाई जलाउन तिमीले कोर्नु पर्दैन सलाई

सक्यौ भने मेरो लासमा फुलहरु चढाउनु
त्यो मलामी बनेर जानू तिमी मलाई जलाइ

तिम्रा यादहरु लाई सम्झिएर रुनु छैन मलाई
हारी सके मैले जित तिम्रै भो सधै सधै लाई
नाम दुर्गा मगर
ठेगाना धनबाङ १ सल्यान 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger