Nepali Ghazal Program Bulbul
गजलको कार्यक्रम बुलबुल
Host : Achyut Ghimire Bulbul
Date : (17-01-2018/2074-10-03)
FB : Facebook Page
Source :www.ujyaaloonline.com
Interview with Narayan Kailo -Narayan Raj Chaulagai at Bulbul
गजलकार नारायण काइलो (नारायण राज चौलागाई) सँगकाे अन्तर्वाता विशेष
नमस्कार,
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2074 माघ 03 गते तदनुसार
17th January 2018 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला लिएर उपस्थित हुनुभएको छ ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Download : Click Here to Download
किन्दा त्यो ठूलो शरह कति पर्छ बा
इँटले बनेको घर कति पर्छ बा
दाल चामल किन्दा त खल्ती रित्तियो
आधा किलो टमाटर कति पर्छ बा
जताततै सशुल्क लेखिएको हुन्छ
शहरमा बोल्दा कर कति पर्छ बा
तल्ला घरे काकाको छुट्टै पहिचान
फेर्दा अब हाम्ले थर कति पर्छ बा
हेर्नुस त कति राम्री भकि रेखा दिदि
किन्दा खेरी छोटो घाँगर कति पर्छ बा
परबाटै मगमग बसाउँदै आइन
उन्ले लगाएको अत्तर कति पर्छ बा
नारायण राज चौलागाई (काँइलो)
दाेलखा, नेपाल