How to Make SEO Friendly Video For YouTube in Nepali (Video SEO)।। Search Engine Optimization

NepaliTalim | 4:09:00 PM | 0 comments
How to Make Video SEO Friendly Before Uploading to YouTube in Nepali ।। Search Engine Optimization Today, We are going to discuss that how to make Video SEO friendly before uploading to YouTube. This helps You to increase traffic on youtube videos . I found some very important things you should do to make video SEO Friendly video before Upload. Just Follow us the process as per tutorial Google Keyword Planner (SEO) -How to Find Best Keywords using Google Keyword Planner in Nepali https://youtu.be/hANlKZvXkiY How to Enable Meta Tags in Blog and Put Keywords in Every Post -Blogger SEO Training in Nepali https://youtu.be/zsWoTb514ho

Training Video

रामेछापका गजलकार शारदा खड्काको ५ गजलहरू (5 Ghazals by Sharada Khadka)

NepaliTalim | 1:47:00 PM | 0 comments
१.गजल
जे देख्छौ त्यही गर आँखा सिकाउछ,
परिवर्तन हुनैपर्छ दुनियाँ सिकाउछ।

खटेर कमाउ या लुटेर कमाउ पैसा,
उसले सबैलाई आफ्नो धन्दा सिकाउछ।

पसिना बेचेर थोरै खुसि किनेकि छु,
दुख कस्तो हुन्छ पसिना सिकाउछ।

मालिकले डक्टर बनाए छोरोलाई,
ऊ त कवि हो कविता सिकाउछ।

किन प्रश्न गर्छौ मेरो शृङ्गारपटारमा,
यस्तै यस्तै लगाउ जमाना सिकाउछ।
शारदा खड्का
रामेछाप

२.गजल
क्षितिज बाट उज्यालो छिप्नै लाग्दा भेटियौ,
मेरो विश्वासको दियो निभ्नै लाग्दा भेटियौ।

लिलामिमा राखेकोथ्यो समयले खुसी,
कोहि आएर पहिलै किन्नै लाग्दा भेटियौ।

न त अघि बढ्न सक्छु न पछि फर्कनै,
बाध्यताको पैह्रोले थिच्नै लाग्दा भेटियौ।

हार खाएकि मान्छे म केही आशा छैन,
एक मुठी सास यो रित्तिनै लाग्दा भेटियौ।

उकाली ओरालि सँग सँगै गर्नु हुन्थ्यो,
यात्रा जिन्दगीको सक्किनै लाग्दा भेटियौ।
शारदा खड्का
रामेछाप

३.गजल
समय घर्के पछि आउनुको के अर्थ,
तिमिलाई आफ्नो बनाउनुको के अर्थ।

दिलको भित्ताभरि अनगिन्ति चित्र छन्,
भरिएको ठाउँमा अटाउनुको के अर्थ।

केही छैन बचाएकि मैले तिम्रो लागि,
रित्तो रित्तो जिन्दगीमा धाउनुको के अर्थ।

सुख दुख सँगै बाँड्ने रहर मेरो पनि,
अधुरा रहरहरु सजाउनुको के अर्थ।

तन,मन,जीवन जम्मै बन्दकिमा छन,
बेनामि साइनो लगाउनुको के अर्थ।
शारदा खड्का
रामेछाप

४.गजल
जरुर उसका आखाँ खजानामा हुन सक्छ,
मान्छे न हो बग्रेल्ती चाहनामा हुन सक्छ।

लुटेरा अनेक रुपमा गाउँ पस्लान होसियार,
चाहे समाजसेवा गर्ने बहानामा हुन सक्छ।

कसले गर्यो उसको हत्या कसैले बताएन,
आशा गरौँ इतिहासको पानामा हुन सक्छ।

हर कुराको बिरोध गर्छ क्रान्तिकारी मान्छे,
तिमि यता खोज्छौ उता धर्नामा हुन सक्छ।

किन हेरिरहन्छ ऊ मुस्कुराउदै मलाई,
यो  प्रस्नको जवाफ एेनामा हुन सक्छ।
शारदा खड्का
रामेछाप

५.गजल
समयले यहि पल फेरि बनाउला,
कसैलाई अघि कसैलाई पछि बनाउला।

रोबर्ट बनायो विज्ञानले सजिलै,
मेरो जस्तै दिल त्यसमा कसरी बनाउला।

यो घाम पनि कति साह्रो बेईमानि,
उसै त काली म भरे कस्ति बनाउला।

बा भन्नुहुन्छ कसैको विश्वास नगर्नु,
स्वार्थि छ दुनियाँ अपराधी बनाउला।

प्रियको खुसिमै आफ्नो खुसि देखेकिछु,
सके घर नसके जिन्दगी बनाउला।
शारदा खड्का
रामेछाप

उहाँको गजल बाचन भिडियो

Muktak Mala मुक्तक माला -233 (2074-08-16/03-12-2017) : Download

NepaliTalim | 5:22:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
 (2074-08-16/03-12-2017)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 मंसिर 16 गते तदनुसार 03-December-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Thank you 

Muktak Mala मुक्तक माला -232 (2074-08-10/26-11-2017) : Download

NepaliTalim | 2:05:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-08-10/26-11-2017)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 मंसिर 10 गते तदनुसार 26-Nov-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

गजलकार सुरेश पाण्डेयका २ गजलहरू (2 Ghazals by Suresh Pandey) - 01-12-2017

NepaliTalim | 1:17:00 PM | 0 comments

१. गजल
उपहारमा लैजाऊ मुटु साँची राख्नु!!
जिन्दगीमा आफु मात्र बाँची राख्नु!!

बारम्बारको चोटले घाईते भयको छु!
तिमी यो संसारमा सधै नाची राख्नु!!

प्रहार गर्छ्यौ कति यो छातीमा सधैं!!
अभाव होला मेरो पनि जाँची राख्नु!

जिन्दगीमा खेल खेल्यौ दुख लाग्यो!!
त्यो तिम्रो महङ्गो माया फाची राख्नु!!

बाँच्ने रहर कत्ति छैन मर्छु हुँला अब!!
यो लासमा एउटा तुलसी भाँची राख्नु!
सुरेश पाण्डेय 
सुर्खेत विरेन्द्रनगर

२. गजल
सफा र सुन्दर राख्नु पर्छ मन बाले भन्नुहुन्छ!!
संसारमा अरु भन्दा बेग्लै बन बाले भन्नुहुन्छ!!

आफ्नो जिम्मेवारी उठाउनु  पर्छ छोरा भयर!!
सधैं कहाँ रहन्छ यो बालापन बाले भन्नुहुन्छ!!

छोरो यस्तो पनि देखियो वृद्धाआश्रम पठाउने,
यस्ता कति छोरा जन्मेका छन बाले भन्नुहुन्छ!

बुढेसकालमा आमा बाको सेवा सत्कार गरी!!
बस्छस् की  नै मेरो साथ भन बाले भन्नुहुन्छ!!

मैले गर्नु पर्ने कर्तव्य सबै पुरा गरिदिँदा पनि!!
बिस्वास छैन यस्तै सोच्छु झन बाले भन्नुहुन्छ!
सुरेश पाण्डेय 
सुर्खेत विरेन्द्रनगर


Note : Copyright of above ghazals are reserved with Writer 

प्रतिनिधी सभा र प्रदेश सभाको लागि मतदान कसरी गर्ने तरिका सहितको भिडियो How to Vote Central Level And State Level Election of Nepal 2074

NepaliTalim | 8:41:00 PM | 0 comments

प्रतिनिधी सभा र प्रदेश सभाको लागि भोट कसरी दिने How to Vote Central Level And State Level Election of Nepal 2074
How to Vote Central and State Level Election in Nepal 2074
यो भिडियो निर्वाचन आयोग नेपाल २०७४ साल मंसिर १० को पहिलो चरण र मंसिर २१ गते हुने को प्रतिनिधी सभा र प्रदेश सभाको मतदान गर्ने तरिकाबारे निर्वाचन आयोगले मतदाता सचेतनाको लागि सार्वजनिक गरेको भिडियो हो ।
प्रतिनिधी सभा र प्रदेश सभाको लागि भोट कसरी दिने यहि मिति २०७४ मंसिर १० र २१ गते हुने निर्वाचन आयोगले निकालेको तरिका भिडियो मार्फट ३ मत पत्र हुनेछन् १. पहिलो हरियो पतपत्रमा प्रतिनिधी सभाको उमेदवारको लागि मत हाल्ने २.देस्रो कालो मतपत्रमा प्रदेस सभाको उमेरदवारको लागि मत हाल्ने ३. तेस्रो रातो रंगमा छापिएको मतदान पत्रमा समानुपनतिक निर्वाचन प्रणली अन्तगत प्रतिनिधी सभा र प्रदेश सभाको लागि माथि र तल गरेर दुई ठाउँमा मत हाल्ने
Official Website of Nepal Election Commission
Watch This Video for Voting Method

Muktak Mala मुक्तक माला -231 (2074-08-03/19-11-2017) दक्षिण कोरियामा वस्ने मुक्तककारहरुका मुक्तक विशेष : Download

NepaliTalim | 2:36:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-08-03/19-11-2017) 
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 मंसिर 03 गते तदनुसार 19-Nov-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Muktak Mala मुक्तक माला -230 (2074-07-26/12-11-2017) : Download

NepaliTalim | 2:31:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-07-26/12-11-2017) 
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 कार्तिक 26 गते तदनुसार 12-Nov-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

महिला सिट -राम शरण श्रेष्ठ

NepaliTalim | 12:42:00 PM | 0 comments
कविता -महिला सिट
..........................
करिव पचहत्तरको बुढा मान्छे
उभिएको छ बल्ल तल्ल  सकि नसकी
मेरो ठिक अगाडी
एकहातमा लठ्ठिी अर्कोले डन्डी समातेर
माइक्रोमा सँगै

कार्यलय खुल्ने समय
खचाखच छ माइक्रो
भित्र सर्नुस मिलेर बस्नुस्
बच्चा काखमा लिनुस्
नत्र पैसा लाग्छ
भन्दै ढोकाबाट हुरुरुरु
प्यसेन्जर हुल्न सफल  हुन्छ ।

खँलासी,
मुसुक्क हाँस्छ ।
चिच्याउँछ हरेक रोकिएको ठाउँमा
भन्दै
टिचिङ्ग कान्ति चक्रपथ गोल्फुटार नारायनथान ...

सबै हतारमा
कस्लाई कस्को के मतलब
यहाँ ...

२०–२२ का तरुनीहरु
हल्ला गर्दैछन् पहिलो सिटमा
फेसबुक स्टाटस र कमेन्टहरुका बारेमा
कुराकानी गरिरहेछन् ।।

अन्तिम सिटबाट कसैले बोल्यो
सिट छोडिदेओ नानिहो
बुढा बा लाई

यो त महिला सिट हो नि बाजे ।
महिला सिट बोल्यो,

सबै चुपचाप ।
बुढा बा बोल्नुहुन्छ ।
यस्तै रैछ हाम्रो नयाँ नेपालमा ।

धन्यवाद !!


राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

How to Password Protect Microsoft Word, Excel and PowerPoint 2013 Tutorial in Nepali माइक्रोसफ्ट वर्ड, एक्सल र पावरपोइन्ट फाइलमा कसरी पासवर्ड राख्ने

NepaliTalim | 4:43:00 PM | 0 comments












माइक्रोसफ्ट वर्ड, एक्सल र पावरपोइन्ट फाइलमा  कसरी पासवर्ड राख्ने

How to Password Protect Microsoft Word, Excel and PowerPoint 2013 Tutorial in Nepali
How to Protect Microsoft Word 2013 Tutorial in Nepali
How to Protect Microsoft Excel 2013 Tutorial in Nepali
How to Protect Microsoft PowerPoint 2013 in Nepali
Tutorial Video

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger