श्रुति शंबेगबाट शरद पौडेलको उपन्यास "लिखे" : Download

NepaliTalim | 4:58:00 PM | 2comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  "लिखे"
लेखक :  शरद पौडेल
विधा : उपन्यास  
रेडियो :उज्यालो ९० मेगाहर्ज
Email : shrutisambeg@unn.com.np 

नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 फाल्गुन 22 गते तदनुसार 06-March-2015 शुक्रबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा साहित्यकार शरद पौडेलको उपन्यास "लिखे" लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । The Novel Likhe written by Sharad Paudel
Listen and Download Novel Likhe (Right Click and Save to Download)
Episode 1 (06-03-2015/2071-11-22)

Download : Click Here to Download Episode 1
Episode 2 (13-03-2015/2071-11-29)

Download : Click Here to Download Episode 2
Episode 3 (20-03-2015/2071-12-06)

Download : Click Here to Download Episode 3
Episode 4 (27-03-2015/2071-12-13)

Download : Click Here to Download Episode 4
Episode 5 (03-04-2015/2071-12-20)

Download : Click Here to Download Episode 5
Episode 6 (10-04-2015/2071-12-27)

Download : Click Here to Download Episode 6
Episode 7 (17-04-2015/2072-01-04)

Download : Click Here to Download Episode 7
Episode 8 (24-04-2015/2072-01-11)

Download :Click Here to Download Episode 8
Episode 9 (08-05-2015/2072-01-25)

Download : Click Here to Download Episode 9
Episode 10 (22-05-2015/2072-02-08)

Download : Click Here to Download Episode 10
Episode 11 (29-05-2015/2072-02-15)

Download :Click Here to Download Episode 11
Episode 12 (05-06-2015/2072-02-22)

Download : Click Here to Download Episode 12
Episode 13 (12-06-2015/2072-02-29)

Download : Click Here to Download Episode 13
Episode 14 (19-06-2015/2072-03-04)

Download : Click Here to Download Episode 14
Episode 15 (26-06-2015/2072-03-11)

Download : Click Here to Download Episode 15
विगत १५ श्रृंखलादेखि निरन्तर बाचन भईरहेको श्रुति शंबेगबाट बाचन भईरहेको उपन्यास लिखेको बाचन सकिएको छ
Episode 16 (03-07-2015/2072-03-18)-Final Episode

Download : Click Here to Download Episode 16 (Final)

अन्य उपन्यासहरु सुन्न र डाउनलोड गर्नको लागि : Click Here 

Muktak Mala मुक्तक माला -153 (17-04-2016/2073-01-05) : Download

NepaliTalim | 9:52:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(17-04-2016/2073-01-05)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 बैशाख 05 गते तदनुसार 17-April-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Episode 20 : Muktak Diary मुक्तक डायरी (16-04-2016/2073-01-04) : Download

NepaliTalim | 2:38:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : शनिवार बेलुका ९.१५ देखि
Every : Saturday 9.15pm
(16-04-2016/2073-01-04) 


नमस्कार साथीहरु, 
आज मिति 2073 बैशाख 04 गते तदनुसार 16-April-2016 का दिन  रेडियो राप्तिको नेपाली साहित्य विधा मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आज पनि तपाईहरुकै मिठा मिठा मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Sugam Samip सुगम समिपका ६ गजलहरू -21-04-2016

NepaliTalim | 9:27:00 AM | 0 comments
सुगम समिप
१.गजल
भाँचिएकै भए पनि फुलै भा' को डाली राम्रो ।
पराइको आशिक भन्दा आफन्तकै गाली राम्रो

मनको भोक नमेट्दो रैछ अम्रित नै खाए पनि
बरु ढिंडो साग-सिस्नुले भरिएको थाली राम्रो

अरे! महलको के सपना ?उस्तै हो रे निदरी त
झुपडिनै भए पनि आफ्नै  घरको पाली राम्रो

पसिनाले सिँचिनु छ जिन्दगीका पाटाहरु जहा
नुन रोप्दा सुन फल्ने गैरि खेतको आली राम्रो

जितेर नि के जित त्यो झुठो खेल खेल्छ भने
बरु हारै खाए पनि उत्साह को ताली राम्रो ।
सुगमसमिप
दर्बुङ्ग-७ , गोरखा ।

२.गजल
ऐना सामु आफैंलाई लुकाउँ पनि कसरी खै !
नदुखेको  मुटुलाइ  दुखाउँ  पनि कसरी खै !

बेदनाले छाति पोल्दा आखाहरु सराइ दिन्छ
खडेरी पारी आँशुहरु सुकाउँ पनि कसरी खै !

'पर्खी  बसे  म आउदैछु' भन्नेहरू धेरै भयो
जिन्दगी अझै दोबाटोमा ढुकाउँ पनि कसरी खै !

दुनियाँ नै स्वार्थी यहाँ बुझि दिने कोहि छैन
यस्तो ठाउँमा मनको पिर फुकाउँ पनि कसरी खै !

जिन्दगि यो कयौंपटक आफैं मरि सकें दैब...
जिउदो शिर चितामाथि झुकाउँ पनि कसरी खै !
सुगमसमिप
दर्बुङ्ग-७ , गोरखा ।


३.गजल
भै गो अब नगरि देऊ मिठा मिठा बातहरु
सुस्केरामा बित्छन् फेरि उदासीका रातहरु

तिम्रो एक स्पर्शले मलाई पागल गराइ दिन्छ
भै गो अब नथामि देऊ कोमल ती हातहरु

मिलनको पल-केबल छोटा-छोटा हुदो रहेछ
भै गो अब नदेऊ मलाई बनावटी साथहरु

त्येसै त म मा चोटहरुले राज गरि बसेको छ
बिन्ति अझै तिमी मलाई नगरिदेऊ घातहरु

४.गजल
तिर्खा लागे खोली धाउनु भन्छन् बुढा पाका
जुगै जाने पिरती  लाउनु भन्छन् बुढा पाका

कर्कलीको पानी सरि के नै छ र जिन्दगानि
सुनगाभा झै मुस्कुराउनु भन्छन् बुढा पाका

धनको कुबेर भएर पनि मनका गरिबहरुले
मरेर लानु 'के छ पाउनु'!भन्छन् बुढा पाका

एकै पल निदाउन ओतको खाँचो पर्दछ जब
झुपडीलाइ खरले छाउनु भन्छन् बुढा पाका

भगवान्को नासो यो जीवन उसैले लैजानु छ
बाँचुन्जेल हो नाच्नु गाउनु भन्छन् बुढा पाका
सुगमसमिप
दर्बुङ्ग-७ , गोरखा ।

५.गजल
आकाश तिर नथुक् "ठिटो" भन्छन् बुढा पाका
आफ्नै मुखमा पर्छ "छीटो" भन्छन् बुढा पाका

मरेर के नै लानु छ र ? दुई दिनको जिन्दगीमा
बोल्नु बोली  वचन "मिठो" भन्छन् बुढा पाका

अर्काको देशमा गएर दुःख भोग्नु भन्दा त बरु
खनेर खानु  लौकी र"गिठो"भन्छन् बुढा पाका

मनको भोक मेट्दैन रहेछ अमृत नै खाए पनि
खाएकै बेस  खोले र"पीठो"भन्छन् बुढा पाका

पसिनाले सिँचेर हेर आफ्नै खेत बारीमा तिमि
त्यहीँ फल्छ पैसाको "बीटो"भन्छन् बुढा पाका
सुगमसमिप
दर्बुङ्ग-७ , गोरखा ।

६.गजल
कहाँ गयौ बुलबुले बुलबुल खोज्दैछ
जसरी  कि  भमराले  फुल खोज्दैछ

प्रेमिकालाई महंगो डसनामा सुताएर
दिलदार प्रेमि बिचरा सुकुल खोज्दैछ

लौरो टेकि हजुरबुबा वरपर टहलाउदै
सौह्रबर्षे जवानीको चुलबुल खोज्दैछ

आकशमा रुदैरुदै उडेकी काकाकुली
आफ्नै हुल या पानीको मुल खोज्दैछ
सुगमसमिप
दर्बुङ्ग-७ , गोरखा ।

Note : Copyright of Above Ghazals are reserved with Writer 

नानू मगर अतृप्त( पुर्णिमा थापा) का ७ सात मार्मिक मुक्तकहरू-21-04-2016

NepaliTalim | 9:20:00 AM | 0 comments
नानू मगर अतृप्त( पुर्णिमा थापा)
बुवाको सोकमा केही मुक्तकहरू 
१.मुक्तक
स्वर्गबासमा हजुरलाई सुन्दर घर मिलोस्
अनि  झिलिमिली  स्वप्नको शहर मिलोस्
आत्माले शान्ति पाअोस हार्दिक श्रदाञ्जली  
पुनर्जन्ममा!मानव जीवन सकभर मिलोस्।।
नानू मगर अतृप्त( पुर्णिमा थापा)
किचनास ८ स्याङ्जा 
हाल मरुभूमि बाट।

२.मुक्तक
खुशीमा हुनुहुन्छ या त दुःख पीडामा हुनुहुन्छ
अथवा त्यहाँ सैतानहरूको झमेलामा हुनुहुन्छ?
स्वर्गमा जानू भयो कि नर्कमा?लाग्छ साह्रै चिन्ता 
तपाईं त हरपल मेरो मुटुमा र आँखामा हुनुहुन्छ।।
नानू मगर अतृप्त( पुर्णिमा थापा)
किचनास ८ स्याङ्जा 
हाल मरुभूमि बाट।

३.मुक्तक
जिन्दगीलाई रंगाएर चम्किलो बनाउन सक्ने भए
मेरोको मान्छेलाई रुँदै फेरी ब्युझाउन सक्ने भए 
रुँदै चिच्च्याउदै ज्युँदो बनाउने थिएँ मेरो बुवालाई
र मुर्ति बनाई सचाउथेँ घरमा सजाउन मिल्ने भए।।
नानू मगर अतृप्त( पुर्णिमा थापा)
किचनास ८ स्याङ्जा 
हाल मरुभूमि बाट।

४.मुक्तक
हररात सपनीमा हजुरको सामु रुँदै कराएको देख्छु
माया गर्दै न्यानो अंगालोमा मलाई समाएको देख्छु
मेरो नजर वरिपरि देख्छु हजुरको  सुन्दर प्रतिबिम्ब 
अनि यहीँ समीप्यमा भए झै मलाई बोलाएको देख्छु।।
नानू मगर अतृप्त( पुर्णिमा थापा)
किचनास ८ स्याङ्जा 
हाल मरुभूमि बाट।

५.मुक्तक
आमाको रातो चुरा सिन्दुर पोटे खोसिए पछि
छताछुल्ल भएर ती आँसु भाइँमा पोखिए पछि
आकास पातल झरेको छ मेरो  मुटु फुटेको छ
र त अनायसै मुर्छा पर्छु यादहरू नरोकिए पछि।।
नानू मगर अतृप्त( पुर्णिमा थापा)
किचनास ८ स्याङ्जा 
हाल मरुभूमि बाट।

६.मुक्तक
याद नआएँको आँसु नबगाएँको कुनै पल छैन 
हजुर बिना मलाई पनि धर्तीमा बाँच्ने मन छैन
यदि भेट्ने भए स्वर्गमा म नि आत्म हत्या गर्थे
अब मलाई मृत्यु देखि कदापि मनमा डर छैन।।
नानू मगर अतृप्त( पुर्णिमा थापा)
किचनास ८ स्याङ्जा 
हाल मरुभूमि बाट।

७.मुक्तक
बुवाको माया ममता बिना एक्लो टुहुरी हुँदै छु 
त्यसै लुरी थिएँ!परेर सोकमा झन लुरी हुँदै छु
गुमाए पछि बुवालाई गुमाएकी छु स्मरण शक्ति 
बोलाए देखि देवले मृत्यु रोज्न मनजुरी हुँदै छु।।
नानू मगर अतृप्त( पुर्णिमा थापा)
किचनास ८ स्याङ्जा 
हाल मरुभूमि बाट।

Note :
Copyright reserved with Writer of All above Creation.

गजलको कार्यक्रम बुलबुल BULBUL 343 (13-04-2016/2073-01-01) गजलकार बिपिन सलामी सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 4:33:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 343
Host : Achyut Ghimire Bulbul  
Date  : (13-04-2016/2073-01-01)

मैले देखेको दुनियँ गजल संग्रहका गजलकार बिपिन सलामी सँगको अन्तवार्ता विशेष 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2073 बैशाख 01 गते तदनुसार 
13-April-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 343) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at YouTube

श्रुतिशंबेगमा प्रकाश बस्नेत गफाडीको कथा संग्रह "भाइरसहरू" बाट कथाहरूको बाचन : Download

NepaliTalim | 1:02:00 PM | 0 comments

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :  "भाइरसहरू"
कथाकार : प्रकाश बस्नेत गफाडी
विधा : कथा संग्रह   
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 
नमस्कार, 
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072  पौष 07 गते तदनुसार  22-December-2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज हामी कथाकार बस्नेत गफाडीको कथा "भाइरसहरू" बाट कथाहरू सुन्नेछौं  ।
Listen and Download (Right Click and Save As)
Episode 1 (22-12-2015/2072-09-07)- कथाहरू बिवश आँसु र सराब

Download : Click Here to Download
Episode 2 (29-12-2015/2072-09-14)- कथाहरू गरिबी उन्मुलन र समयको हुरी

Download : Click Here to Download

यस्तै अरू कथाहरू र उपन्यासहरू सुन्नको लागी : Click Here 
युटुबमा सब्सक्राईब गर्नुहोस र विभिन्न उपन्यास तथा कथाहरु सुन्नुहोस : Click Here 

Thank you 

Muktak Mala मुक्तक माला -152 (10-04-2016/2072-12-28) : Download

NepaliTalim | 12:16:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
 (10-04-2016/2072-12-28)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 चैत्र 28 गते तदनुसार 10-April-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Muktak Madhurima मुक्तक मधुरिमा (07-04-2016/2072-12-25) : Download

NepaliTalim | 5:09:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (07-04-2016/2072-12-25) 

आज मिति 2072 चैत्र 25 गते तदनुसार 07-April-2016 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Muktak Mala मुक्तक माला -151 (03-04-2016/2072-12-21) : Download

NepaliTalim | 5:08:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(03-04-2016/2072-12-21)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 चैत्र 21 गते तदनुसार 03-April-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger