Home » » Sugam Samip सुगम समिपका ६ गजलहरू -21-04-2016

Sugam Samip सुगम समिपका ६ गजलहरू -21-04-2016

NepaliTalim | 9:27:00 AM | 0 comments
सुगम समिप
१.गजल
भाँचिएकै भए पनि फुलै भा' को डाली राम्रो ।
पराइको आशिक भन्दा आफन्तकै गाली राम्रो

मनको भोक नमेट्दो रैछ अम्रित नै खाए पनि
बरु ढिंडो साग-सिस्नुले भरिएको थाली राम्रो

अरे! महलको के सपना ?उस्तै हो रे निदरी त
झुपडिनै भए पनि आफ्नै  घरको पाली राम्रो

पसिनाले सिँचिनु छ जिन्दगीका पाटाहरु जहा
नुन रोप्दा सुन फल्ने गैरि खेतको आली राम्रो

जितेर नि के जित त्यो झुठो खेल खेल्छ भने
बरु हारै खाए पनि उत्साह को ताली राम्रो ।
सुगमसमिप
दर्बुङ्ग-७ , गोरखा ।

२.गजल
ऐना सामु आफैंलाई लुकाउँ पनि कसरी खै !
नदुखेको  मुटुलाइ  दुखाउँ  पनि कसरी खै !

बेदनाले छाति पोल्दा आखाहरु सराइ दिन्छ
खडेरी पारी आँशुहरु सुकाउँ पनि कसरी खै !

'पर्खी  बसे  म आउदैछु' भन्नेहरू धेरै भयो
जिन्दगी अझै दोबाटोमा ढुकाउँ पनि कसरी खै !

दुनियाँ नै स्वार्थी यहाँ बुझि दिने कोहि छैन
यस्तो ठाउँमा मनको पिर फुकाउँ पनि कसरी खै !

जिन्दगि यो कयौंपटक आफैं मरि सकें दैब...
जिउदो शिर चितामाथि झुकाउँ पनि कसरी खै !
सुगमसमिप
दर्बुङ्ग-७ , गोरखा ।


३.गजल
भै गो अब नगरि देऊ मिठा मिठा बातहरु
सुस्केरामा बित्छन् फेरि उदासीका रातहरु

तिम्रो एक स्पर्शले मलाई पागल गराइ दिन्छ
भै गो अब नथामि देऊ कोमल ती हातहरु

मिलनको पल-केबल छोटा-छोटा हुदो रहेछ
भै गो अब नदेऊ मलाई बनावटी साथहरु

त्येसै त म मा चोटहरुले राज गरि बसेको छ
बिन्ति अझै तिमी मलाई नगरिदेऊ घातहरु

४.गजल
तिर्खा लागे खोली धाउनु भन्छन् बुढा पाका
जुगै जाने पिरती  लाउनु भन्छन् बुढा पाका

कर्कलीको पानी सरि के नै छ र जिन्दगानि
सुनगाभा झै मुस्कुराउनु भन्छन् बुढा पाका

धनको कुबेर भएर पनि मनका गरिबहरुले
मरेर लानु 'के छ पाउनु'!भन्छन् बुढा पाका

एकै पल निदाउन ओतको खाँचो पर्दछ जब
झुपडीलाइ खरले छाउनु भन्छन् बुढा पाका

भगवान्को नासो यो जीवन उसैले लैजानु छ
बाँचुन्जेल हो नाच्नु गाउनु भन्छन् बुढा पाका
सुगमसमिप
दर्बुङ्ग-७ , गोरखा ।

५.गजल
आकाश तिर नथुक् "ठिटो" भन्छन् बुढा पाका
आफ्नै मुखमा पर्छ "छीटो" भन्छन् बुढा पाका

मरेर के नै लानु छ र ? दुई दिनको जिन्दगीमा
बोल्नु बोली  वचन "मिठो" भन्छन् बुढा पाका

अर्काको देशमा गएर दुःख भोग्नु भन्दा त बरु
खनेर खानु  लौकी र"गिठो"भन्छन् बुढा पाका

मनको भोक मेट्दैन रहेछ अमृत नै खाए पनि
खाएकै बेस  खोले र"पीठो"भन्छन् बुढा पाका

पसिनाले सिँचेर हेर आफ्नै खेत बारीमा तिमि
त्यहीँ फल्छ पैसाको "बीटो"भन्छन् बुढा पाका
सुगमसमिप
दर्बुङ्ग-७ , गोरखा ।

६.गजल
कहाँ गयौ बुलबुले बुलबुल खोज्दैछ
जसरी  कि  भमराले  फुल खोज्दैछ

प्रेमिकालाई महंगो डसनामा सुताएर
दिलदार प्रेमि बिचरा सुकुल खोज्दैछ

लौरो टेकि हजुरबुबा वरपर टहलाउदै
सौह्रबर्षे जवानीको चुलबुल खोज्दैछ

आकशमा रुदैरुदै उडेकी काकाकुली
आफ्नै हुल या पानीको मुल खोज्दैछ
सुगमसमिप
दर्बुङ्ग-७ , गोरखा ।

Note : Copyright of Above Ghazals are reserved with Writer 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger