Home » » अजित क्षेत्रीका ३ तिन गजलहरू -22-04-2016

अजित क्षेत्रीका ३ तिन गजलहरू -22-04-2016

NepaliTalim | 5:01:00 PM | 0 comments
१.गजल
नपाउँदा तिम्रै अभाबले मरें
पाए पछि तिम्रै प्रभावले मरें

ओंठ मौन छन् आँखाले बोल्छन्
मादक मादक तिम्रै स्वभावले मरें

आफ्नै मन आफ्नै बसमा छैन हेर
तिमीतिरै एकोहोरो झुकाबले मरें

बेहिसाब तिमीलाई प्रेम गर्दागर्दै
नसुल्झिने प्रेमको हिसाबले मरें ।

पाएपछि तिम्रै प्रभावले मरें
नपाउँदा तिम्रै अभावले मरें ॥
अजित क्षेत्री,
स्याङ्जा मल्याङ्कोट १
हाल:युएई

२.गजल
कौडीको भाउमा सुनौलो जवानी बेच्छन् यहाँ
पोल्छन् आफ्नै घर अनि खरानी बेच्छन् यहाँ

लागेपछि लत, जुवा खेल्ने भट्टी धाउने
बिगार्छन् घरबार अनि कहानी बेच्छन् यहाँ

आफ्नाले साथ छोड्छन् पराइले हात लाउँछन्
सडकमा हुन्छ बास अनि सिरानी बेच्छन् यहाँ

गरी खानेको भन्दा ढली खानेको धाक हेर
ढलेको सिन्को सार्दैन जसले सपनी बेच्छन् यहाँ ।
अजित क्षेत्री,
स्याङ्जा मल्याङ्कोट १
हाल:युएई

३.गजल
यहाँ माझीलाई छ आफ्नै बोटको चिन्ता
अनि दाजीलाई ज आफ्नै भोटको चिन्ता

नेपाली मन नेपाली पन देखाउँछु आँफू
तर काजीलाई छ आफ्नै नोटको चिन्ता

मैले त दौरासुरबाल आस्कोट सिलाएँ आजै
तर पाजीलाई छ आफ्नै कोटको चिन्ता

लड्ने मान्छे नै हो उठी हिड्ने एकदिन
तर लाछीलाई छ आफ्नै चोटको चिन्ता ।

अजित क्षेत्री,
स्याङ्जा मल्याङ्कोट १
हाल:युएई

Note :
Copyright of All Above Ghazals are reserved with Writer
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger