Home » » मौसम भुसालका ३ तिन गजलहरू -22-04-2016

मौसम भुसालका ३ तिन गजलहरू -22-04-2016

NepaliTalim | 5:16:00 PM | 0 comments
१.गजल
खै किन यो समय जिस्किन खोज्छ
जे दियो त्यो भन्दा बढी लिन खोज्छ

हिँड्दा हिँड्दै  घुँडा, दुख्न थालेपछि 
किन झनै यो खुट्टा उभ्भिन खोज्छ

खोलाबाट सा..नो कुलो तेर्स्याएको
खेत मै नपुगिकन अल्झिन खोज्छ

तिम्रो फोटो मायाले झुन्ड्याएको थिएँ
यही दलिन पनि हेर त भाँचिन खोज्छ

बरु एउटा राम्रो ज्योतिष खोजिदेओ
'मौसम' अब सधैँ शुभ दि.न खोज्छ
मौसम भुसाल
पर्वत
हाल: सामाखुसी ,काठमाडौं

मौसम भुसाल
२.गजल
गङ्गा हुन्छ बाग्मती सहर आएपछी
सुख छैन एक रति सहर आएपछी

पुरानो 'म' अब किन्न कहाँ जानुपर्छ?
लुट्नु लुट्यो भए जति सहर आएपछि

एउटा प्रश्न छ यी महल बनाउनेलाई
कसरी हुन्छ उन्नती सहर आएपछि

दानव र मानवका एकदुई समानता
जानेँ मैले अलिकती सहर आएपछि
मौसम भुसाल
पर्वत
हाल: सामाखुसी ,काठमाडौं

३.गजल
उही पुरानो बाटो समाइ म आउँदिन आमा
दुई चार पैसा नकमाइ म आउँदिन आमा

आफ्नै तस्वीर ऐनामा हेर्दै अमिलिन्छु अचेल
आज आफैँसँग नरमाइ घर आइन आमा

रङ्गिन हुनेछ दुनिया अरुको जस्तै हाम्रो पनि
कुरेरै बस्नु सास थमाइ घर आइन आमा

दुनियाँको करौँतिले फाटेको छ मुटु मेरो
कसरी मरुँला नजमाइ म आउँदिन आमा
मौसम भुसाल
पर्वत
हाल: सामाखुसी ,काठमाडौं

Note : Copyright reserved with Writer. Strictly Prohibited to copy and commercial use. 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger