Home » » नानू मगर अतृप्त( पुर्णिमा थापा) का ७ सात मार्मिक मुक्तकहरू-21-04-2016

नानू मगर अतृप्त( पुर्णिमा थापा) का ७ सात मार्मिक मुक्तकहरू-21-04-2016

NepaliTalim | 9:20:00 AM | 0 comments
नानू मगर अतृप्त( पुर्णिमा थापा)
बुवाको सोकमा केही मुक्तकहरू 
१.मुक्तक
स्वर्गबासमा हजुरलाई सुन्दर घर मिलोस्
अनि  झिलिमिली  स्वप्नको शहर मिलोस्
आत्माले शान्ति पाअोस हार्दिक श्रदाञ्जली  
पुनर्जन्ममा!मानव जीवन सकभर मिलोस्।।
नानू मगर अतृप्त( पुर्णिमा थापा)
किचनास ८ स्याङ्जा 
हाल मरुभूमि बाट।

२.मुक्तक
खुशीमा हुनुहुन्छ या त दुःख पीडामा हुनुहुन्छ
अथवा त्यहाँ सैतानहरूको झमेलामा हुनुहुन्छ?
स्वर्गमा जानू भयो कि नर्कमा?लाग्छ साह्रै चिन्ता 
तपाईं त हरपल मेरो मुटुमा र आँखामा हुनुहुन्छ।।
नानू मगर अतृप्त( पुर्णिमा थापा)
किचनास ८ स्याङ्जा 
हाल मरुभूमि बाट।

३.मुक्तक
जिन्दगीलाई रंगाएर चम्किलो बनाउन सक्ने भए
मेरोको मान्छेलाई रुँदै फेरी ब्युझाउन सक्ने भए 
रुँदै चिच्च्याउदै ज्युँदो बनाउने थिएँ मेरो बुवालाई
र मुर्ति बनाई सचाउथेँ घरमा सजाउन मिल्ने भए।।
नानू मगर अतृप्त( पुर्णिमा थापा)
किचनास ८ स्याङ्जा 
हाल मरुभूमि बाट।

४.मुक्तक
हररात सपनीमा हजुरको सामु रुँदै कराएको देख्छु
माया गर्दै न्यानो अंगालोमा मलाई समाएको देख्छु
मेरो नजर वरिपरि देख्छु हजुरको  सुन्दर प्रतिबिम्ब 
अनि यहीँ समीप्यमा भए झै मलाई बोलाएको देख्छु।।
नानू मगर अतृप्त( पुर्णिमा थापा)
किचनास ८ स्याङ्जा 
हाल मरुभूमि बाट।

५.मुक्तक
आमाको रातो चुरा सिन्दुर पोटे खोसिए पछि
छताछुल्ल भएर ती आँसु भाइँमा पोखिए पछि
आकास पातल झरेको छ मेरो  मुटु फुटेको छ
र त अनायसै मुर्छा पर्छु यादहरू नरोकिए पछि।।
नानू मगर अतृप्त( पुर्णिमा थापा)
किचनास ८ स्याङ्जा 
हाल मरुभूमि बाट।

६.मुक्तक
याद नआएँको आँसु नबगाएँको कुनै पल छैन 
हजुर बिना मलाई पनि धर्तीमा बाँच्ने मन छैन
यदि भेट्ने भए स्वर्गमा म नि आत्म हत्या गर्थे
अब मलाई मृत्यु देखि कदापि मनमा डर छैन।।
नानू मगर अतृप्त( पुर्णिमा थापा)
किचनास ८ स्याङ्जा 
हाल मरुभूमि बाट।

७.मुक्तक
बुवाको माया ममता बिना एक्लो टुहुरी हुँदै छु 
त्यसै लुरी थिएँ!परेर सोकमा झन लुरी हुँदै छु
गुमाए पछि बुवालाई गुमाएकी छु स्मरण शक्ति 
बोलाए देखि देवले मृत्यु रोज्न मनजुरी हुँदै छु।।
नानू मगर अतृप्त( पुर्णिमा थापा)
किचनास ८ स्याङ्जा 
हाल मरुभूमि बाट।

Note :
Copyright reserved with Writer of All above Creation.
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger