Home » » अजित क्षेत्रीका ३ तिन मुक्तकहरू-22-04-2016

अजित क्षेत्रीका ३ तिन मुक्तकहरू-22-04-2016

NepaliTalim | 5:07:00 PM | 0 comments
अजित क्षेत्री
१.मुक्तक
सारा सहर घुमेर यार बदलें
छउञ्जेल उमेर प्यार बदलें
बदल्यौ ऐना र भन्यौ प्रिय
हेर त आफ्नै अनुहार बदलें ।
अजित क्षेत्री
मल्याङ्कोट-१ स्याङ्जा
हाल: युएई

२.मुक्तक
पित्तल गालेर सुन हुनी भा
तारा चम्केर जून हुनी भा
कसले गर्थ्यो र रुनी अभिनय
आँसु बगेर खुन हुनी भा ।
अजित क्षेत्री
मल्याङ्कोट-१ स्याङ्जा
हाल: युएई

३.मुक्तक
टुँडीखेलमा पाल टाँग्छौ कतिञ्जेल
हत्केलाले लाज ढाक्छौ कतिञ्जेल
अब पनि नगरे त सन्ततीले थुक्लान्
यसै गरी नेपाल राख्छौ कतिञ्जेल ।
-अजित क्षेत्री
मल्याङ्कोट-१ स्याङ्जा
हाल: युएई

Note :
Copyright of All Above Muktaks are reserved with Writer
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger