गजलको कार्यक्रम बुलबुल BULBUL 339 (16-03-2016/2072-12-03) : Download

NepaliTalim | 12:22:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 339
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 चैत्र 03 गते तदनुसार 
16-March-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 339) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at YouTube

गजलकार दिनेश धामीका १० दश गजलहरू -20-03-2016

NepaliTalim | 5:42:00 PM | 0 comments
दिनेश धामी 
१.गजल
मैले आफ्नै खुट्टाको भरमा दगुरेर 
गर्नुछ यात्रा पहाडमा पत्थरमा दगुरेर

सरकार तिम्रो नजर कहिले आउछ
हाम्रो  गाऊॅ गाऊॅ  घरघरमा दगुरेर

उस्तै अभाब बुढो शरिर बोकी फर्किए
जिन्दगिभर  बुवा   शहरमा  दगुरेर

होचो मन पर्दैन रे  तिमिलाई त अचेल
गएका थ्यौ कुनैदिन् यै बगरमा दगुरेर

महलहरु झुपडीलाई कुन् नजरले हेर्छन्
बिचार गर्नुछ एकचोटी शिखरमा दगुरेर
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

२. गजल
पार गरेर  जानै पर्छ  बुढा बालाहरु
आउछन् यात्रमाओराला उकालाहरु

तिम्रो एकनजरलेनै मुटु हल्लिए पछि
केहि लाग्दैनन् स'साना भुइॅचालाहरु

सायद तिनिहरुको बग्नुनै जिवन हो
कहिल्यै नि रोकि दैनन् नदिनालाहरु

त्यो भन्दा नि कुरुप त मन् रहेछ तिम्रो
जति सुन्दरछ त्यो रुप अनि गालाहरू

फेरि आज झसङ्ग बच्पन सम्झिन पुगेॅ
जब  खेलिरहेका देखे आज गोठालाहरु
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

३.गजल
यही होर चाला हजुरको शहरमा
पहि रन्छ टाला हजुरको शहरमा

म  थोरै  उमङ्ग   नलीएर  जान्न
गएँ ज्यान जाला हजुरको शहरमा

रहेछन्   कतीले   पछीबाट  रोप्ने
खुकूरी र भाला  हजुरको शहरमा

अध्यारो  भएसी   बिऊझीए  हेर
खुले द्वार ताला  हजुरको शहरमा

अरे कोही  आऊ  मलम लिइ थोरै
भए घाउ  आला हजुरको शहरमा।
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

४.गजल
लक्षमा त्यो हमेसानै शिखर राखौं
तेस्पछीमात्र आँखामा शफर राखौं

जिन्दगी  पिन्जडामा  कैद भाकोछ
खै म  केलाइ  यो उड्ने  रहर राखौं

 छैन  कैले   झुकेको  शिर  पुर्खाको
यत्ति हार्मो  चिनारी यो अमर राखौं

 देखिएला  दुनीयॉ यो अती  सुन्दर
हामि  हाम्रो सधै सुन्दर नजर राखौ

जान्छ  उही  सदा  फुत्केर दिलबाट
सोच्छु जस्लाइ यो जिवनभर राखौं
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 


५.गजल
एक्लै यहॉ तिम्री सानी छोडेर नजाऊ।
डॉडाका घाम आमाबानी छोडेर नजाऊ।

संगै खोले खाऊॅ बरु फाटो टाली लाऊॅ
साना साना बाबु नानी  छोडेर नजाऊ।

परिस्रम गरे यहॉ के  चैँ हुदै  नर
यहिॅ सुन  फलाउलानी  छोडेर नजाऊ।

उद्योग धन्दा खुलेपछि यतै काम मिल्छ
यो देश अनि राजधानी छोडेर नजाऊ।

बिना आगो  मन र  मुटु  जलाएर  मेरो
भन्यौँ  दिनेश  खरानी  छोडेर नजाऊ।
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

६. गजल
तिमी  के  गरौली  मनि  के गरौंला
छुट्नै परे आँखिर हामी के गरौला।

जहॉ आफ्नैबाट आफ्नो कदर हुन्न
फेरि त्यो  ठाउमै   बसि के गरौंला

पिॅडा मात्रै  फल्छ  सधै जिन्दगिमा
नयॉ  सपनाहरू  रोपी  के गरौंला

यौटै जुनि उनको  साथ पाएन भने
सयौ  जुनि  दैव  मागी  के  गरौंला

लैजाऊ  निस्टुरी  तिम्रा तस्बिरहरु
मैले  सिरानिमा  राखी  के  गरौंला
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

७.गजल
आफ्नोरक्षा आफैगर्न सिक नारीहरु।
दिनहुॅ  बलतकृत   हुदैछन्   चेलिहरु।

यहाॅ कयौ  मैसासुर  जन्मि सके फेरि
कहाॅ गए अचेल  सतियुगका देबिहरु।

यो सरकारले दोषिलाई सजाएँ दिदैन
अब  आफै  खुकुरि  उचालौ  हामीहरु।

आधुनिकताले  यतिसम्म  चर्चा पायो 
  हराउदै  गए ती पुराना  संस्कृतिहरु।

हेर दिनेश मान्छेहरु कति स्वार्थी भए
कहिॅ  कतै  भेटिदैनन्  स्वाभिमानीहरु।
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

८.गजल
डुब्नै लाग्यो देश फेरि,कस्ले बचाउछ।
जस्ले पनि यहॉ आफ्नै,राय दर्साउछ।

मनले भन्छ देशछोडी  कहिॅ कतै नजा
अभाबले   कठालोमै,,,,फेरि  समाउछ।

एउटा  घाऊ  भरखर,,भलाउन  लाग्दा
समयले  अर्को  चोट,,किन  हिर्काउछ।

रित्तैजानु  पर्नेहुन्छ,,,एकदिन  त सबैले
जस्ले  जति कमाउछ,,,जति जोगाउछ।

सुलि   चढाइन्छ  भने,,,यहॉ   बुद्धलाई
शान्तिको  शन्देश छर्दै,किन कोआउछ।

मैलेपनि फुल्नुथियो,,सुवास छर्नुथियो
अरे  यार यो जिन्दगी,,,कैले  मौलाउछ।
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

९. गजल
गाऊॅ समाजमा परिवर्तन थिएन उतिबेला
पढ्नु  पर्छ भन्ने कुरा सोचिएन  उतिबेला

बच्पनतिर फर्किहेर्दा सोच्नेगर्छु कैले काही
जिवनलाई बुझ्नेकोशिस गरिएन उतिबेला

के गरेर खालाश भनि भन्नुहुन्थ्यो सधैबाले
बा,आमाको कथन सत्य मानिएन उतिबेला

जिन्दगिलाई  बुझेको होस र  बुझाइदेवश
कोही यस्तो साथी पनि भेटिएन उतिबेला

कि देश सेवक बन्थ्यहोला कि सहिदै हुन्थे
अन्न्याएको  बिरुद्धमा  उठिएन उतिबेला।
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

१०. गजल
बर्सिएर यी आँखा झरी भएकोछ
यहॉ मेरो आँखा पोखरी भएकोछ

राज्य  बॉडिनुमा यो देश  टुकृनुमा
गल्तिहामी सब्को बराबरि भएकोछ

उडि रहुँ लाग्छ  खुल्ला आकाशमा
यो मन् पनि अचेल चरि भएकोछ

बुवाका सपना सॉकार कैले होलान्
छोराको  दुर्गति  बेस्सरि भएकोछ

तिमी त केहि दिन्  बसेर फर्कियौ
मेरो सडकमा बाश सधैभरी भएकोछ
दिनेश धामी
भाम्चौर ८ जसुडा 
बझाङ 

Note : Copy Protected. All Copyright of above ghazals are reserved with Writer 

Ekal Kabita Baachan 55 : (12-03-2016/2072-11-29) कवि सुमन घिमिरे : Download

NepaliTalim | 2:37:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 55
Date :- (12-03-2016/2072-11-29)
Time : Every Saturday 9.15pm
आदरणिय साथीहरु, 
आज मिति 2072 फाल्गुन 29 तदनुसार  12-March-2016 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 55आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा चितवनका कवि सुमन घिमिरेलार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at YouTube

राजधानिमा अग्रज गजलकार डा.घनश्याम न्यौपने परिश्रमीको बृहत एकल गजल गायन तथा विशिष्ट श्रष्टा सम्मान कार्यक्रम : २०७२ फाल्गुण २९ शनिवार

NepaliTalim | 4:31:00 PM | 0 comments
मिति २०७२ फाल्गुन २९ गते शनिवार तदनुसार १२ मार्च २०१६ का दिन परिवर्तन सरगम साहित्य प्रतिष्ठान नेपालको आयोजना र विन्ध्यवासिनी फाउन्डेशनको सह आयोजनमा अग्रज गजलकार डा.घनश्याम न्यौपाने परिश्रमीको एकल गजल गायन र विशिष्ट श्रष्टा सम्मान २०७२ कार्यक्रम भब्यताका साथ शु-सम्पन्न भएको छ । 

अग्रज गजलकार डा. सनत कुमार वस्तीको प्रमुख आतिथ्यतामा सभ्य र भन्यरुपमा सम्पन्न भएको उक्त वृहत कार्यक्रममा संस्थाले अर्धवार्षिक रुपना प्रकाशन गर्दै आएको गजल प्रधान पत्रिका समर्पणको हालको अंक वर्ष २, अंक ४, २०७२ को विमोचन गर्यो भने सोहि कार्यक्रममा नारि गजलकार सुनिता सापकोटाको एकदिनमै लेखिएको गजल संग्रह "एक दिन" को विमोचन भएको थियो । 

करिव मध्यान्ह १२ बजेबाट सर्वनाम थिएटर कालिकास्थानमा सुरुभएको उत्त कार्यक्रम सुन्न र हेर्न आएको गजल प्रेमी श्रोताहरुले पूरै हल खचाखच भरिभराउ भएको थियो जहाँ गजल गायक तथा संगीतकार सुवास अगम, नेपाल गजल गायन समुहबाट पूरै टिम सहित सुशील श्रेष्ठ तथा दृष्टी विहिन गायिका शृजना दाहालले डा. घनश्याम परिश्रमीका गजलहरुको गायन प्रस्तुत गरेका थिए । 

अग्रज  गजलकार डा. घनश्याम न्यौपाने परिश्रमिको विशिष्ट सम्मान तथा एकल गजल गायन गरिएको उक्त कार्यक्रममा परिर्वत सरगम साहित्य प्रतिष्ठानले अग्रज गजलकारहरुलाई विशिष्ट श्रष्टा सम्मान २०७२ ले समेत सम्मान प्रदान गरेको थियो जसमा सम्मान पाउने श्रष्टाहरुमा अग्रज गजलकार गजल माली ज्ञानुवाकर पौडेल, डा.कृष्णहरी बराल, ललिजन रावल तथा गजलकार तथा समाजशेवी मानन्धर अभागी हुनुहुन्छ । 

कार्यक्रमका भिडियो उपलब्ध भएसम्म चिसापानी नेपाल ब्लगले आफ्नो युटुब च्यानलमा तपाईहरु सबैका लागि उपलब्ध अवस्य गराउनेनै छ । चिसापानी नेपाल युटुब च्यानल सब्सक्राईब गर्नको लागि यहाँ क्लिक गर्नुहोला । 

हामी यथा सिघ्र तपाईहरु सामु विमोचति पत्रिका समर्पण अनलाईनमा निशुल्क पढ्न मिल्ने गरि चिसापानी नेपाली ब्लगमा उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दछु । 
समर्पण पत्रिका वर्ष २, अंक ४ पिडिएफ डाउनलोड गर्नको लागि 

पत्रिकामा प्रकासन भएका गजलकारहरुको नामावली यस प्रकार छ । 
१. सनत कुमार वस्ती
२. मानन्धर “अभागी“
३. विपुल सिजापति
४. “अभागी“ मुकेश
५. अलिशा पौडेल
६. भगवती पुरी
७. बाबुराम सागर
८. भरत थापा
९. भवानी अधिकारी नेपाल
१०. विवेक गोले
११. विकास अधिकारी “शैलपुत्र“
१२. विमला दाहाल (विमु
१३. विमला शर्मा ढुंगाना
१४. वीरेन्द्र भाई
१५. विष्णुदीप “सड्ढल्प“
१६. चक्र बाबु चन्द
१७. दामोदर ढकाल
१८. दीपक अधिकारी “चञ्चल“
१९. धनगिरी फडेरा
२०. धर्मराज न्यौपाने
२१. डिल्ली प्रसाद चापागाइँ
२२. दिलकुमार कार्की “अभागी“
२३. दिनेश दाहाल
२४ दिपक आचार्य “जलन“
२५. दिपेश योगी
२६. गोवर्धन पूजा
२७. गोविन्द लामिछाने
२८. हरिशरण अर्याल
२९. इन्द्र संगीत बुढाथोकी
३०. ईश्वर कुमार
३१. जय बुढाथोकी
३२. जीविका खतिवडा
३३. जीवन थापा
३४. कविराज मगर
३५. कालिकोटे अनिश
३६. कल्पना पौडेल “जिज्ञासु“
३७. काल्पनिक केसी
३८. कमल अर्याल “धादिङे”
३९. कमल सरगम
४०. कान्छो (भूपेन्द्र आचार्य
४१. कपिल लामिछाने
४२. करुणा मगर राई
४३. केहर सिहँ खासु मगर
४४. कुमार काफ्ले
४५. लवहरि ढुंगेल “असफल“
४६. लक्ष्मण सिजापति “घायल“
४७. लक्ष्मी श्रेष्ठ
४८. लोकेन्द्र देउवा
४९. मधु पोखरेल
५०. महेन्द्र क्षितिज
५१. मानन्धर रेखा “काली“
५२. मिलन रोकाया
५३. मोहन भुसाल
५४. मोहन श्रेष्ठ
५५. मुकुन्द शर्मा चालिसे
५६. नवीन संघर्ष
५७. निरीह राजेन्द्र
५८. न्याउली केशव पाण्डे
५९. प्रकाश ’पुष्पक’ राई पुमा
६०. प्रतिमा के सी
६१. प्रीन्स याक्खा “प्यासी“
६२. पुरु प्यासी
६३. रचना रचु
६४. राई बाबुराम
६५. राजेन्द्र खड्गी
६६. राजकुमार भुजेल “साजन“
६७. राम बिरही पौडेल
६८. राम रिमाल
६९. राम शरण सापकोटा “आर्यस“
७० राम शरण श्रेष्ठ
७१. रमेश अधिकारी
७२. रमेश रसिक
७३. रामेश शर्मा
७४. रश्मी लामिछाने
७५. रितु सुवेदी
७६. रोजिना लामा
७७. रोशन दाहाल
७८. सविन खड्का
७९. सविना अधिकारी
८०. सगिना थापा मगर
८१. संन्दिप अधिकारी सहयात्री
८२. संगम अधिकारी “घायल योद्धा“
८३. सन्तोष देवकोटा
८४. सपना घिमिरे
८५. शिरीष फुयाल
८६. सुरेश प्रसाद अर्याल
८७. सूर्य बहादुर थापा
८८. सुस्मा नेपाल
८९. तारानाथ भण्डारी
९०. थापा थकित टलक
९१. टीका खड्का “राष्ट्रप्रेमी“
९२. तुलसी नारायण चित्रकार
९३. वास्तविक मानव


पत्रिका विमोचन र कार्यक्रमका केहि तस्विरहरु यसप्रकार छन् ।














































































धन्यवाद 

रेडियो नेपालको गजल गंगा (08-03-2016/2072-11-28) : Download

NepaliTalim | 3:39:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
 (08-03-2016/2072-11-28)
नमस्ते साथीहरु,
आज मिति  2072 फाल्गुन 11 तदनुसार 23-February-2016 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला । 
Listen and Download

Download : Click Here to Download

Episode 66 : Sangeet Sargam संगीत सरगम (10-03-2016/2072-11-27) : Download

NepaliTalim | 3:09:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
 (10-03-2016/2072-11-27)
lokraj.bishwakarma@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2072 फाल्गुन 27 तदनुसार 10-March-2016 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

कवि मौसम भुसालका ५ पाँच कविताहरू -16-03-2016

NepaliTalim | 2:55:00 PM | 2comments
मौसम भुसाल
नमस्कार, आज हामी पर्वतका कवि मौसम भुसालका ५ कविताहरु लिएर उपस्थित भएका छौं , यहाँको कविता पढेर प्रतिकृया र हौसला प्रदान गरिदिनुहुन सबै साहित्य प्रेमिलाई अनुरोध गर्दछौं । आज हामी उहाँका कविताहरु आमा, म वीरमा, मेरो खुसि परिवार, गाउँ बलेको छ र म कोदालो शिर्षकका कविताहरु प्रस्तुत गर्दैछौं ।  यदि तपाईपनि आफ्ना जुनसुकै रचनाहरु प्रकाशन गर्न चाहानुहुन्छ भने हामीलाई मेल गर्नुहोला । 

१.किवता -आमा 
.....
आमा!
म त्यही दिन सम्झन्छु
जहिले तिमी औँसीको रातमा डोको लिएर
खाली खुट्टै धुसेनी धाउँथ्यौ
बिहानै भालेलाई समेत जितेर 
पँधेरी धाउँथ्यौ
लगाउने चप्पल फाटेर 
लोती लाई सुथरीले बाँधेर लाउँथ्यौ
आमा!
हजुर आमाले कत्ति चाँडै बिर्सिएकी
बुहारीको मर्म,वेदनालाई 
गोठमा भैँसीलाई पाकेका बेला तिम्रा लागि पाक्थेन
बिरलै पाएको भात पनि आफ्नो मुखले चाख्थेन
मेरै भोक देखेकी हुन्थ्यौ
न्यानो काखले सेकेकी हुन्थ्यौ
हो आमा!
म त्यही दिन सम्झन्छु ।
पर्म गएका बेला पाएको अर्नि
मेरो भोक सम्झेर
आफ्नो भोक कत्ती सजिलै खेपेर
पटुकामा बेर्थ्यौ नि मेरो लागि
ठुला बढाका छोराछोरीले लगाएका लुगा
बडो आश्चर्य साथ हेर्थ्यौ मेरै लागि
त्यही भोकको बलिदान
त्यही शोकको बलिदान
म यत्ति  सजिलै कहाँ भुल्न सक्छु
आमा! म त्यही दिन सम्झन्छु
जब तिमी आफ्नो चोलो काटेर 
मेरो लागि पत्लुङ सिलाइदिएकी थियौ!
आमा! म त्यही दिन सम्झन्छु
बुबा घर नहुँदा
जब मासु लिन दाइलाइ थाल लिएर पठाउँदा
थाली भरिको गाली लिएर फर्केका दाइ
अनि मलाई
मासु भन्दा मीठो कटहर पकाएर खुवाएकी थियौ।
हामीलाई खुवाएर आफू अघाउने शक्ति 
कहाँ बाट ल्यायौ आमा?
हिजो तिमी भोकै थियौ
आज म भोको छु
सबैभन्दा ठूलो भोको
काखको भोको आमा!
तिमी तारा बनेकी छौ भनेर तारै निल्न कहाँ सक्छु र?
तिम्रा अंग अंग नदीमा छ भन्दैमा 
म नदी नै सुकाउन कहाँ सक्छु र?
बस्! ,तिमी जाडोमा कठ्याङ्ग्रीदै  घरगोठ कुदेको 
कोदाको रोटी घाँटी सर्कुन्जेल खाएको सम्झिन्छु
हो आमा! 
म त्यही दिन सम्झन्छु |
.....
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ
.........................

२.कविता- म वीरमान
............
म वीरमान 
जुन नामको पछाडि
अंकुशझैँ अड्किएको छ अर्को नाम
जसले गर्दा
म नागबेली झैँ बेरिएको छु
जताततै बाट घेरिएको छु,
युगले कोल्टो फेर्दा पनि
नउदाएको घाम
जुन घामको पर्खाइमा
निरङ्कुश रात संगै झुन्डिरह्यो
मेरो नामको पछाडिको अर्को नाम।
यस्तो लाग्छ
नीति मेरा लागि लेखिदैन
रीति मेरा लागि बनाइँदैन
हे कानुन!
सक्छस् त तँ डिल र पिँढी जोड्न?
सक्छस् भने ठुन्काइदे
सदियौँ देखि म जस्ता अचाना माथि
रगडिँदा रगडिँदा
नबोदिएको खुकुरी
म त दिउसै अँधेरो पाउँछु
म त छुट्टै पँधेरो धाउँछु
मूल बाटो अपरिचित छ
दुई छाक आटोको सट्टा 
निल्नै नसकिने फाटोले
बुझो लाइदिन्छ
र,
फटाइदिन्छ सारा सपना !
मन्दिर बाहिरै मेरा पाइला अड्किन्छन्
पँधेरी नपुग्दै गाग्री भरिन्छ
किनकि,
एक हुल मानिसका पाषाण आँखामा 
लेखिएको हुन्छ
प्रवेष निषेध!
हे शोषक,
नजाउँला म तिम्रो मन्दिर
तर, मैले कुँदेको भगवान 
तिमीले पुज्नु हुँदैन
नहिँडुला म तिमी हिँडेको बाटो
तर,मैले ओसारेको ढुङ्गा टेक्नु हुँदैन
नटेकुँला म तिम्रो पधेँरी
तर, मैले खनेको कुवा उभाउन पाउने छैनौ
आखिर आज सम्म 
मैले तिम्रो इज्जत सिलाएको छु
अन्न अर्चापेको छु
सुख पिलाएको छु|
हैन भने
कतिन्जेल म
यो नियति सहेर बाँचु?
म तिनीहरूलाई मेरा सन्तानले
शुली चढाएको हेर्न चाहान्न
किनकि
मेरा फाटेका टालाहरूमा
ध्वाँसो लागेका हातहरूमा
सिमलको भुवा जस्तो
हलुका मन छ ।
समयले कुन्नी कहाँ थेचार्यो मलाई
मृग झैँ यता र उता 
विनासित्ति  भौतारिनु पर्छ
उही नाम सम्याउन
यसरी कि मेरो नाम पछडिको अर्को नाम
तिमीले जस्तै सजिलै भन्न सकुँ ।
..............
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ

३.कविता : पाठ:१ -मेरो सुखी परिवार 

साउनको झरी;
सुनसान रातको छाडा झरी
कसैलाई निन्द्रा लाग्ने झरी
कसैको निन्द्रा खोस्ने झरी।

चुहिएको छानो 
छानो मुनी गरीबको मानो 
पाक्ने सानो चुल्हो
चुल्होमा बल्लबल्ल बलेको चिसो ठुटो
चुल्है नेर छानोको पानीले टम्म 
सानो दिउरी 
तर,
भात ढुकिरहेको खाली पेट
पुर्पुरोमा हात लगाएर खिन्न मनले
ठुटो ठोसिरहेकी एउटी आमा!
हुरीले ढोका हल्लाउँदा पनि पुर्लुक्क हेर्छिन्
घरि बाहिर घरि छोरो तिर
अनि  बर्बराउँछिन्
"तेरो बाउले मर्न नि दिन्न , बाच्न नि खै ?
आज नि त्यतै त  धोक्दै होलान्
पैलेको झरीले पारी खेत लग्यो
यो झरीले यिनैलाई लगे नि हाइसुक्कै हुन्थ्यो"
पिल्पिलिदै
भुन्टे विचरा घरि भोको पेट मसार्छ
घरि हँसियाले काटेको घाउ मसार्छ
त्यो घाउ भन्दा गहिरो घाउ त 
दिनदिनै मसार्दो हो
त्यो भोक भन्दा नि ठुलो भोक
दिनदिनै खेप्दो हो
मायाको भोक !
यही भोकले बल्झाएको घाउ!
धिप्धिप गर्दै मधुरो बलिरहेको 
टुकी नजिकै जान्छ र
अघिल्लो बर्षकै नयाँ किताब खोल्छ 
अनि बडो सकसले पढ्छ
"पाठ:१- मेरो सुखी परिवार "
.......
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ
...............................................
४.कविता: गाउँ बलेको छ
....
बेलामा ढिब्रीको धिप्धिप उज्यालोमा
म अक्षर नियाल्थेँ
आखाको सिमाभित्र छामछुम गरी
कोरकार गर्थें अभावका शब्द
'ब' बाट 'बिजुली'
तर, उ कापीमा आउँथ्यो तर गाउँमा आएन ।
समयको तारतम्य
अहिले सुनेको छु,
ती ढिब्री अहिले झाडीमा भेटिन्छन रे!
गाउँमा बिजुली पुगेछ
छहाँदी खोला उज्यालिँदै बगेकी होली
अझ गाउँमा गोबर ग्यास पुगेछ
पारी वन अँध्यारिदी हो 
हाम्रो घरै मुन्तिरबाट हर्न घन्काउँदै
मोटर गुड्छ रे
मेरो यहाँ मन गुडेको छ
मलाई
प्रचण्ड अँध्यारो बाट प्रचण्ड उज्यालोले 
तिर्मिराएको मेरो गाउँ हेर्ने मन छ
शहर का घुम्तीका झिल्काहरुले पोलेको मन
गाउँका घुम्तीले सुम्सुम्याउन मन छ
कुन मुखले सुनाऊँ ?
म बल्न आएँ शहरको उज्यालोमा
निभाइदियो सारा सपना
आज गाउँ बलिरहेका बेला म भित्रै देखि निभेको छु
मलाई फेरि पनि बल्ने मन छ
फेरि बौरिन मन छ
उही गाउँकै उज्यालोमा
उही गाउँकै काखमा
उही गाउँकै आत्मियतामा ।
.......
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ

५.कविता: म कोदालो

म कोदालो
जो बिहानै अनिँदैमा 
एक हुल खेतालाहरु पच्छ्याउँदै 
सुतिरहेको खेत कोपर्न पुग्छु
आफ्नो ढाड फुस्किन्जेल सम्म
दह्रा अटेरी बाँझा खेपिरहन्छु
जसको बदलामा खेत सम्भावित हरियालीबाट 
सु-सज्जित बन्नेछ 
चुनौति दिँदै खडेरीलाई 
उम्रनेछ धानका बाला
बाला सँगै छेउछाउमा देखिन्छन् आशका कुटिल गेडीहरु
भरिनेछन् गरिबका भोका माना ।
म विवस भै हेरिरहेछु 
घरि बिगतका घानका बाला
घरि आजका गाँजाका झोताहरु
खेत त्यही हो
मान्छे त्यही हो
बाँझो कोपर्ने मैँ हो
तर,
समय बद्लियो रातारात
भोक फेरियो समय सँगै 
हो,म बिवस भै हेरिरहेछु
परिवर्तनका बिब्ल्याँटाहरु
तुहिएका कुटिल गेडीहरु
ए,मानिस!
म थाकिसकेँ
मलाई बरु छानोमा सिउरिदेउ
कि त मल्खातमा पुरिदेउ
म अन्न फलाउने नाउँमा
भ्रष्टाचार  गर्न चाहान्न ।
...........
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ

Note : Copy Protected , All copyright reserved with Poet .

मुक्तककार वास्तविक मानवका ५ पाँच मुक्तकहरू -16-03-2016

NepaliTalim | 1:20:00 PM | 0 comments
 वास्तविक मानव
१.मुक्तक 
गाऊँ हुँधै सहर झर्छन्, मेरो नेपालमा ।
आफ्नै मात्रै पेट भर्छन्, मेरो नेपालमा ।
माथी पुग्ने पुगिहाले, आँसु झर्न बन्धछैन,
भोकाहरू भोकै मर्छन्, मेरो नेपालमा ।
 वास्तविक मानव
बागलुङ - हाल  बल्खु काठमाण्डौँ ।

२.मुक्तक
हिड्दा-हिड्दै यो सहर भित्र हराउछु ।
खै के हुन्छ मलाई बेस्कन कराउछु ।
माथी चढ्नेको खुट्टा तान्ने मान्छे नै त हो,
साँच्चै भनेको म त मान्छे देखी डराउछू ।
वास्तविक मानव
बागलुङ - हाल  बल्खु काठमाण्डौँ ।

३.मुक्तक
यहाँ मान्छेलाई धुलो, भनेपछी ।
लङ्गडो अनी लुलो, भनेपछी ।
देश पछी पर्नेछ सँधैभरी,
कोही सानो र ठुलो, भनेपछी ।
वास्तविक मानव
बागलुङ - हाल  बल्खु काठमाण्डौँ ।

४.मुक्तक
नमाया दिन सके, नपाउन, सके ।
न त तिम्रो मनमा छाउन, सके ।
सँदै माया खोज्दा खोज्दै यो यात्रामा,
न आफ्नै जिन्दगी सजाउन, सके ।
वास्तविक मानव
बागलुङ - हाल  बल्खु काठमाण्डौँ ।

५.मुक्तक
तिमीलाई प्रेम गरेको एउटा इतिहास, थियो ।
तेही इतिहासको प्रेममा तिम्रो विस्वास, थियो ।
थाहै थिएन मलाई मन संग मन साटिएको,
फूलको त कुरा छोड काँडामा पनि सुवास, थियो ।
वास्तविक मानव
बागलुङ - हाल  बल्खु काठमाण्डौँ ।

Note :
Copy Protected and All Copyright Reserved with Writer

श्रृंखला 195 : वहकिने मन Bahakine Man (14-03-2016/2072-12-01) : Download

NepaliTalim | 11:24:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN -195
DATE- (14-03-2016/2072-12-01)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2072 चैत्र 01 तदनुसार  14-March-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 195 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Liisten at youTube

Episode 15 : Muktak Diary मुक्तक डायरी (12-03-2016/2072-11-29) : Download

NepaliTalim | 4:46:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : शनिवार बेलुका ९.१५ देखि
Every : Saturday 9.15pm
(12-03-2016/2072-11-29)


नमस्कार साथीहरु, 
आज मिति २०७२ फाल्गुन 29 गते तदनुसार 12-March-2016 का दिन  रेडियो राप्तिको नेपाली साहित्य विधा मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उत्तर कुमार साहु उपस्थित हुनुभएको छ । आज पनि तपाईहरुकै मिठा मिठा मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger