दिनेश धामी |
१.गजल
मैले आफ्नै खुट्टाको भरमा दगुरेर
गर्नुछ यात्रा पहाडमा पत्थरमा दगुरेर
सरकार तिम्रो नजर कहिले आउछ
हाम्रो गाऊॅ गाऊॅ घरघरमा दगुरेर
उस्तै अभाब बुढो शरिर बोकी फर्किए
जिन्दगिभर बुवा शहरमा दगुरेर
होचो मन पर्दैन रे तिमिलाई त अचेल
गएका थ्यौ कुनैदिन् यै बगरमा दगुरेर
महलहरु झुपडीलाई कुन् नजरले हेर्छन्
बिचार गर्नुछ एकचोटी शिखरमा दगुरेर
दिनेश धामी
भाम्चौर ८ जसुडा
बझाङ
भाम्चौर ८ जसुडा
बझाङ
२. गजल
पार गरेर जानै पर्छ बुढा बालाहरु
आउछन् यात्रमाओराला उकालाहरु
तिम्रो एकनजरलेनै मुटु हल्लिए पछि
केहि लाग्दैनन् स'साना भुइॅचालाहरु
सायद तिनिहरुको बग्नुनै जिवन हो
कहिल्यै नि रोकि दैनन् नदिनालाहरु
त्यो भन्दा नि कुरुप त मन् रहेछ तिम्रो
जति सुन्दरछ त्यो रुप अनि गालाहरू
फेरि आज झसङ्ग बच्पन सम्झिन पुगेॅ
जब खेलिरहेका देखे आज गोठालाहरु
दिनेश धामी
भाम्चौर ८ जसुडा
बझाङ
भाम्चौर ८ जसुडा
बझाङ
३.गजल
यही होर चाला हजुरको शहरमा
पहि रन्छ टाला हजुरको शहरमा
म थोरै उमङ्ग नलीएर जान्न
गएँ ज्यान जाला हजुरको शहरमा
रहेछन् कतीले पछीबाट रोप्ने
खुकूरी र भाला हजुरको शहरमा
अध्यारो भएसी बिऊझीए हेर
खुले द्वार ताला हजुरको शहरमा
अरे कोही आऊ मलम लिइ थोरै
भए घाउ आला हजुरको शहरमा।
दिनेश धामी
भाम्चौर ८ जसुडा
बझाङ
भाम्चौर ८ जसुडा
बझाङ
४.गजल
लक्षमा त्यो हमेसानै शिखर राखौं
तेस्पछीमात्र आँखामा शफर राखौं
जिन्दगी पिन्जडामा कैद भाकोछ
खै म केलाइ यो उड्ने रहर राखौं
छैन कैले झुकेको शिर पुर्खाको
यत्ति हार्मो चिनारी यो अमर राखौं
देखिएला दुनीयॉ यो अती सुन्दर
हामि हाम्रो सधै सुन्दर नजर राखौ
जान्छ उही सदा फुत्केर दिलबाट
सोच्छु जस्लाइ यो जिवनभर राखौं
दिनेश धामी
भाम्चौर ८ जसुडा
बझाङ
भाम्चौर ८ जसुडा
बझाङ
५.गजल
एक्लै यहॉ तिम्री सानी छोडेर नजाऊ।
डॉडाका घाम आमाबानी छोडेर नजाऊ।
संगै खोले खाऊॅ बरु फाटो टाली लाऊॅ
साना साना बाबु नानी छोडेर नजाऊ।
परिस्रम गरे यहॉ के चैँ हुदै नर
यहिॅ सुन फलाउलानी छोडेर नजाऊ।
उद्योग धन्दा खुलेपछि यतै काम मिल्छ
यो देश अनि राजधानी छोडेर नजाऊ।
बिना आगो मन र मुटु जलाएर मेरो
भन्यौँ दिनेश खरानी छोडेर नजाऊ।
दिनेश धामी
भाम्चौर ८ जसुडा
बझाङ
भाम्चौर ८ जसुडा
बझाङ
६. गजल
तिमी के गरौली मनि के गरौंला
छुट्नै परे आँखिर हामी के गरौला।
जहॉ आफ्नैबाट आफ्नो कदर हुन्न
फेरि त्यो ठाउमै बसि के गरौंला
पिॅडा मात्रै फल्छ सधै जिन्दगिमा
नयॉ सपनाहरू रोपी के गरौंला
यौटै जुनि उनको साथ पाएन भने
सयौ जुनि दैव मागी के गरौंला
लैजाऊ निस्टुरी तिम्रा तस्बिरहरु
मैले सिरानिमा राखी के गरौंला
दिनेश धामी
भाम्चौर ८ जसुडा
बझाङ
भाम्चौर ८ जसुडा
बझाङ
७.गजल
आफ्नोरक्षा आफैगर्न सिक नारीहरु।
दिनहुॅ बलतकृत हुदैछन् चेलिहरु।
यहाॅ कयौ मैसासुर जन्मि सके फेरि
कहाॅ गए अचेल सतियुगका देबिहरु।
यो सरकारले दोषिलाई सजाएँ दिदैन
अब आफै खुकुरि उचालौ हामीहरु।
आधुनिकताले यतिसम्म चर्चा पायो
हराउदै गए ती पुराना संस्कृतिहरु।
हेर दिनेश मान्छेहरु कति स्वार्थी भए
कहिॅ कतै भेटिदैनन् स्वाभिमानीहरु।
दिनेश धामी
भाम्चौर ८ जसुडा
बझाङ
भाम्चौर ८ जसुडा
बझाङ
८.गजल
डुब्नै लाग्यो देश फेरि,कस्ले बचाउछ।
जस्ले पनि यहॉ आफ्नै,राय दर्साउछ।
मनले भन्छ देशछोडी कहिॅ कतै नजा
अभाबले कठालोमै,,,,फेरि समाउछ।
एउटा घाऊ भरखर,,भलाउन लाग्दा
समयले अर्को चोट,,किन हिर्काउछ।
रित्तैजानु पर्नेहुन्छ,,,एकदिन त सबैले
जस्ले जति कमाउछ,,,जति जोगाउछ।
सुलि चढाइन्छ भने,,,यहॉ बुद्धलाई
शान्तिको शन्देश छर्दै,किन कोआउछ।
मैलेपनि फुल्नुथियो,,सुवास छर्नुथियो
अरे यार यो जिन्दगी,,,कैले मौलाउछ।
दिनेश धामी
भाम्चौर ८ जसुडा
बझाङ
भाम्चौर ८ जसुडा
बझाङ
९. गजल
गाऊॅ समाजमा परिवर्तन थिएन उतिबेला
पढ्नु पर्छ भन्ने कुरा सोचिएन उतिबेला
बच्पनतिर फर्किहेर्दा सोच्नेगर्छु कैले काही
जिवनलाई बुझ्नेकोशिस गरिएन उतिबेला
के गरेर खालाश भनि भन्नुहुन्थ्यो सधैबाले
बा,आमाको कथन सत्य मानिएन उतिबेला
जिन्दगिलाई बुझेको होस र बुझाइदेवश
कोही यस्तो साथी पनि भेटिएन उतिबेला
कि देश सेवक बन्थ्यहोला कि सहिदै हुन्थे
अन्न्याएको बिरुद्धमा उठिएन उतिबेला।
दिनेश धामी
भाम्चौर ८ जसुडा
बझाङ
भाम्चौर ८ जसुडा
बझाङ
१०. गजल
बर्सिएर यी आँखा झरी भएकोछ
यहॉ मेरो आँखा पोखरी भएकोछ
राज्य बॉडिनुमा यो देश टुकृनुमा
गल्तिहामी सब्को बराबरि भएकोछ
उडि रहुँ लाग्छ खुल्ला आकाशमा
यो मन् पनि अचेल चरि भएकोछ
बुवाका सपना सॉकार कैले होलान्
छोराको दुर्गति बेस्सरि भएकोछ
तिमी त केहि दिन् बसेर फर्कियौ
मेरो सडकमा बाश सधैभरी भएकोछ
दिनेश धामी
भाम्चौर ८ जसुडा
बझाङ
भाम्चौर ८ जसुडा
बझाङ
Note : Copy Protected. All Copyright of above ghazals are reserved with Writer
0 comments:
Post a Comment