मुक्तक माला -125 (04-10-2015/2072-06-17) : Download

NepaliTalim | 11:06:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(04-10-2015/2072-06-17) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 असोज 17 गते तदनुसार 04-Oct-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at Youtube

श्रृंखला 172 : वहकिने मन (05-10-2015/2072-06-18) : Download

NepaliTalim | 9:19:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (05-10-2015/2072-06-18) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 असोज 18 तदनुसार 05-Oct--2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 172 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at Youtube

गजल-अचम्म के भो र ....(राम शरण श्रेष्ठ)

NepaliTalim | 3:49:00 PM | 0 comments
मान्छे मरेर जान्छ, अचम्म के भो र 
फूल झरेर जान्छ, अचम्म के भो र 
...
हिजो सम्म अन्जान, जिन्दगीमा आई
चैन हरेर जान्छ, अचम्म के भो र  
..
दिनदिनै भेट हुँदा, विस्तारै विस्तारै
मन परेर जान्छ, अचम्म के भो र
..
मुटु भएपछि कोहि, बस्छ मायाँ हुन्छ
घात गरेर जान्छ, अचम्म के भो र
..
भट्टिमा टन्न , पिइकोहि कोहि
बोतल भरेर जान्छ, अचम्म के भो र ।।
..
आफू मरेर पनि, देशको लागि भन्दै
शन्देश छरेर जान्छ, अचम्म के भो र ।।
..
नौलो लागेन मलाई, युद्ध हुनु यहाँ
साँझ टरेर जान्छ, अचम्म के भो र ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप ।

2012,

Episode : 52 (यो साँझ यो सुबाश-25-12-2012) बाचन भएको

श्रुति शंबेगमा श्रृंखलामा अनमोलमणीका कथाहरु (23-01-2015/2071-10-09) : Download

NepaliTalim | 1:04:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   अनमोलमणीका कथाहरु
कथाकार :  अनमोलमणी
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 

पून प्रशारण -(03-10-2015/2072-06-16)

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 माघ 09 गते तदनुसार  23-January 2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार अनमोलमणीका कथाहरु बाट हामी कथाहरु कथा १९ नंबर र स्खलन कथा सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download
Listen at Youtube

Ekal Kabita Baachan 35 : (03-10-2015/2072-06-16) कवि ज्ञानु विद्रोही : Download

NepaliTalim | 12:07:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 35
Date :- (03-10-2015/2072-06-16) 
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 असोज 16 गते तदनुसार 03-Oct-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 35आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि ज्ञानु विद्रोही लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at Youtube


Poet Gyanu Bidrohi

श्रृंखला २ : फूलबारी डटकम (23-09-2015/2072-06-05) : Download

NepaliTalim | 4:24:00 PM | 0 comments

रेडियो नेपालवाणी नेटवर्क

रेडियो उपत्यका ८७.६ मेगाहर्ज
कार्यक्रम फूलवारी डटकम
प्रस्तोता धनराज वास्तविक
( विविध रचना बाचनसँगै र्सिजनाबो सैद्धान्तिक वहस ) 


Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (29-09-2015/2072-06-12) : Download

NepaliTalim | 4:20:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date :(29-09-2015/2072-06-12)

नमस्ते साथीहरु,
आज मिति  2072 असोज 12 तदनुसार 29-Sep-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (22-09-2015/2072-06-05) : Download

NepaliTalim | 4:14:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (22-09-2015/2072-06-05)

नमस्ते साथीहरु,
आज मिति  2072 असोज 05 तदनुसार 22-Sep-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

लक्ष्मी श्रेष्ठ का ५ मुक्तकहरू -२०७२-०६-१५

NepaliTalim | 3:52:00 PM | 0 comments
लक्ष्मी श्रेष्ठ 
१. मुक्तक 
बिना सुर ताल हुन्छु धुन हराए झै
पुर्णिामा कै रात बाट जुन हराए झै
तिमी छैनौं भने मेरो धड्कन हरुमा
लाग्छ रक्तकेसिका मै खुन हराए झै
लक्ष्मी श्रेष्ठ
क्षेत्रपा 2 दोलखा

२. मुक्तक
दु:ख चढ्नै नसक्ने त्यहा भिर बनाउछु
जन्मिन्छन् जो जति यहाँ वीर बनाउछु
पाएको छु भाग्य लेख्ने कलम मैले पनि
हेर्दै जाउ तिम्रो कस्तो तक्दिर बनाउछु
लक्ष्मी श्रेष्ठ
क्षेत्रपा 2 दोलखा

३.मुक्तक
चन्द्र सृर्य अन्कित झण्डा झुकाउन सक्छौ भने
हामी बिच आत्मिएता फुकाउन सक्छौ भने
जे जे गर्न सक्छौ गर ए!छिमेकी राष्ट्रहरु
मानविय गुण तिम्रो चुकाउन सक्छौ भने
लक्ष्मी श्रेष्ठ
क्षेत्रपा 2 दोलखा

४. मुक्तक
जुन दिन तिरस्कार मा जिउन सिकेकि छु
फाटेको मन सङ्गालेर सिउन सिकेकि छु
तिमी राम्रो मान वा नमान सानू मलाई
तेसै दिन देखि हल्का पिउन सिकेकि छु
लक्ष्मी श्रेष्ठ
क्षेत्रपा 2 दोलखा

५. मुक्तक
अब हाम्रो छुट्टै पहिचान बन्दै छ रे
शोक मा जो थिए मुस्कान बन्दै छ रे
गलत सुन्दै छु म वा सत्य यही हो ?
हाम्रो देशमा नयाँ सम्बिधान बन्दै छ रे
लक्ष्मी श्रेष्ठ
क्षेत्रपा 2 दोलखा

"चामल खानेहरू र चौलानी पिउनेहरू" प्रकाशित र विमोचित / 'Porridge Eaters and Gruel Drinkers' Published-26-09-2015

NepaliTalim | 9:33:00 AM | 0 comments
२६ सेप्टेम्बर, २०१५ नेपाल अमेरिकन मैत्री सङ्घ, म्याडिसन, विस्कनसिनले हरेक बर्ष गर्ने "विजय मल्ल साहित्य साँझ" कार्यक्रममा यस बर्ष कविता प्रतियोगितासँगै सन्तोष लामिछानेद्वारा लिखित 'चामल खानेहरू र चौलानी पिउनेहरू' / Porridge Eaters and Gruel Drinkers को बिमोचन पनि भएको छ | कविता संग्रह 'जनमत प्रकाशन' काभ्रे, नेपालबाट प्रकाशित भएको हो | संग्रहमा बरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीको भूमिका तथा समालोचना पनि समेटिएको छ |

कविकी आमा भवानी लामिछाने र लोक गायक हिरण्य भोजपुरेले संयुक्त रुपमा उक्त कृतिको बिमोचन गर्नुभएको थियो | कार्यक्रमको अध्क्ष्यता मैत्री सङ्घक अध्यक्ष्य पूर्ण श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा साहित्यकर दिनार रनादीले लेखकको परिचय दिनु भएको थियो | त्यसैगरी साहित्यकार राजेन्द्र अर्यालले 'चामल खानेहरू र चौलानी पिउनेहरू' को समिक्षा गर्नु भएको थियो | कार्यक्रमको संयोजन तथा संचालन आविस्कार भारतीले र बाल कविता प्रतियोगिताको संचालन चाहिं इशान लुइंटेलले गर्नु भएको थियो |


कार्यक्रममा हिरण्य भोजपुरेसंगै उहाँको सहकर्मी तथा जीवन संगिनी उर्मिला श्रेष्ठको लोक गीत पनि समावेस थियो | कार्यक्रममा बालकविता प्रतियोगिता र नियमित कविता प्रतियोगितामा राम्रा राम्रा कविता बाचन गरिएको थियो | थुप्रै अप्रतियोगी कविता पनि कार्यक्रममा समाबेश थिए |


कविता संग्रहमा केही कविता अंग्रेजीमा पनि अनुवादित छन् | सो संग्रहलाइ "Porridge Eaters and Gruel Drinkers" शिर्षकमा Amazon.com भन्ने अनलाइन बिक्रेताको वेभपेजमा पनि उपलब्ध गराइएको छ |   

देब्रेबाट दिनार श्रेष्ठ, राजेन्द्र अर्याल, सन्तोष लामिछाने, भवानी लामिछाने, हिरण्य भोजपुरे  र पूर्ण श्रेष्ठ
कार्यक्रममा बोल्ने क्रममा लेखकले नेपालीले लेखेका कुरा सबैले बुझ्न र पहुँच पाउन सकुन् भनेर केही कविता अंग्रेजीमा अनुवाद गरेको बताए | साथसाथै हामी सबैले नेपाली कविता, साहित्य पढ्ने लेख्ने गरेर हाम्रो भाषा, भावना र संस्कृतिलाइ जोगाइराख्नु पर्ने पनि बताए | आफु कुनै नाम चलेको व्यक्ति नभएपनि आफुले कविता संग्रहमा नयाँ कुरा पस्कन खोजेको र पत्रकार तथा सबै उपस्थित महानुभावहरूलाइ नयाँ व्यक्तिलाई पनि मौका दिन र नेपाली साहित्यको माया, चर्चा र जगेर्ना गर्न आव्हान गरे |

कार्यक्रमको अन्त्यमा नेपाली सेलरोटी र अन्य परिकारहरू सहितको खाना खाईएको थियो |

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger