Ekal Kabita Baachan 28 : (01-08-2015/2072-04-16) कवि कमल कुमार : Download

NepaliTalim | 4:07:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 28
Date - (01-08-2015/2072-04-16)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 श्रावणा 16 गते तदनुसार 01-Aug-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 25आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा  कवि कमल कुमार लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

BULBUL 307 (29-07-2015/2072-04-13) गजलकार सुमित्रा सुमी सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 3:48:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 307
Host : Achyut Ghimire Bulbul  
Date : (29-07-2015/2072-04-13)

गजलकार सुमित्रा सुमी सँगको अन्तर्वाता विशेष

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 श्रावण 06 गते तदनुसार 
22-July-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 307) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download

Sumitra Sumi

मुक्तक माला -115 (26-07-2015/2072-04-10) : Download

NepaliTalim | 12:04:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
 (26-07-2015/2072-04-10)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072श्रावण 10 गते तदनुसार 26-July-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रुति शंबेगबाट राजुबाबु श्रेष्ठको कथा संग्रह मृत्यु मेलाबाट कथाहरु (30-01-2014/2071-10-16) : Download

NepaliTalim | 9:57:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   कथा संग्रह मृत्यु मेला
कथाकार :  राजुबाबु श्रेष्ठ 
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 माघ 16 गते तदनुसार  30-January 2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आजराजुबाबु श्रेष्ठको  कथा संग्रह मृत्यु मेलाबाट कथाहरु फतिमाको अनिदो रात र कृष्टीना अ्याट द रेट कथाहरु सुन्नेछौं  सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download

Repeated Same Episode on 28th July 2015 : Fatimako Anido rat and Kristina @ Story written by Raju Babu Shrestha

लघु उपन्यास "पल्लो घरको झ्याल Pallo Gharko Jhyal" - Download

NepaliTalim | 4:27:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
...........................................................
कृति : 
पल्लो घरको झ्याल
लेखिका :गोविन्द बहादुर मल्ला गोठाले
विधा : लघु उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

==========================
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं ।

आज २०६९ श्रावण ९ गते तदनुसार २०१२ जुलाई २४ गते देखि श्रुतिसंबेगको मंगलबारको श्रीङ्खलाहरुमा  राति ९.१५ देखि १० बजेसम्म  हामी गोविन्द बहादुर मल्ला गोठालेको कृति लघु उपन्यास पल्लो घरको झ्याल लिएर आएका छौं । यो उपन्यास २०१८ सालमा पहिलो पल्ट प्रकाशन भएको थियो जसलाई साझा प्रकासनले प्रकासित गरेको थियो । आउनुस् हामी पनि सुनौ पल्लो घरको झ्याल । 
(A NOVEL : PALLO GHARKO JHYAL BY GOBINDA BAHADUR MALLA "GOTHALE"
FROM SHRUTISAMBEG IN EVERY 24TH JULY TUESDAY 2012)
LISTEN AND DOWNLOAD
Episode 1 (24-07-2012/2069-04-09)

Download : Click Here to Download 1
Episode 2 (31-07-2012/2069-04-16)

Download : Click Here to Download 2
Episode 3 (07-08-2012/2069-04-23)

Download : Click Here to Download 3
Episode 4 (14-08-2012/2069-04-30)

Download : Click Here to Download 4
आजदेखी गोविन्द बहादुर मल्ला गोठालेको पल्लो घरको झ्याल केति बाचन पुरा भएको छ । आज यसको अन्तिम श्रृङ्खला सुन्नेछौं ।
Episode 5 (21-08-2012/2069-04-05)

Download : Click Here to Download 5-Final

Thank you,
Ram Sharan Shresha
Chisapani Nepal

मिलनको बकपत्र बाचन - Download

NepaliTalim | 3:19:00 PM | 0 comments

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)

2068-11-16 (28-Feb-2012)

पुस्तक : मिलनको बकपत्र 
बिषय : निबन्ध संग्रह
लेखक : मिलन तिमल्सिना
पेशा   : रेडियो पत्रकार
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०६८ फाल्गुन १६ गते तदनुसार २८ फेब्रुअरी २०१२ मा प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । आजको स्रुति संबेगमा मिलन तिमल्सिनाको निबन्ध संग्रह मिलनको बकपत्रबाट निवन्धहरु बाचन हुनेछन् । यस निवन्ध संग्रहमा ३१ ओटा निवन्धहरु संग्रहित छन् । आउनुस् हामी पनि सुनौ मिलका बकपत्रबाट निबन्धहरु ।
" Essay Book Milanko Bapatra: written by Milan Timalsina "
Listen and Download

Download Link : Click Here to Download Milanko Bakpatra (Shrutisambeg)

Listen at Youtube 

कुसुम नेपालीका २ मुक्तकहरू-28-07-2015

NepaliTalim | 1:36:00 PM | 0 comments
१.मुक्तक
अभाव मै अचेल ढल्छन् प्रहरहरू , 
आँसु पिउँदा पिउँदै टल्छन प्रहरहरू ।  
ज्वारभाटा यसरी दन्किन्छन् मुटु भित्र 
यादहरूका आगोसँगै जल्छन् प्रहरहरू
कुसुम नेपाली 
बडागाँउ गुल्मी 
हाल रेसुंगा नगरपालिका तम्घास गुल्मी

२.मुक्तक
यो देह चिता माथी जलेको हेर्न आउनु । 
जिन्दगीको धुरीखाबो ढलेको हेर्न आउनु । 
म यादलाइ यसरी मेटाउन खोज्दै छु , 
विलीन हुँदा माटोमा गलेको हेर्न आउनु ।
कुसुम नेपाली 
बडागाँउ गुल्मी 
 हाल रेसुंगा नगरपालिका तम्घास गुल्मी

श्रृंखला 21 : गजल पुञ्ज (24-07-2015/2072-04-08) : Download

NepaliTalim | 1:25:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
 (24-07-2015/2072-04-08)

नमस्कार साथीहरू,

आज मिति  2072-श्रावण 08 गते तदनुसार 24-July-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

यज्ञ प्रसाद गिरीका ५ गजलहरू -28-07-2015

NepaliTalim | 1:03:00 PM | 0 comments
१.गजल
उता गाँउमा, यता मनमा, पहिरो गयो;
आउदै आएन, सधै गयो, र गहिरो गयो ।
(१)
के के न होला , सोचेथें, तिम्रो शासनमा;
क्रम यथावत भो, कानो आयो बहिरो गयो ।
(२)
किन यसरी बिग्रदै गा'का, नेता भनाउँदाहरु ;
सधै भष्ट्राचारकै बाटोमा, यिन्को ओईरो गयो ।
(३)
राहतको लागी हेलिकेप्टर नाँचेको देखे सबैले;
सोझै पिडितको मुटुमा, उपेक्षाको सुइरो गयो ।
(४)
के भएको छ यो देशमा, सबै पत्थर दिलका भए ;
उपेक्षाले क्षत-बिक्षत भो ,मानवता टुहुरो भयो। 
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल साउन २७ गते

२.गजल
पहिरोले पुरिएको छ बस्ती, सरकार मौन छ ;
शहरमा डनहरुको गस्ती, सरकार मौन छ ।
(१)
अपराधीहरुको मृत्युले चिरिन्छ, सभासदको छाती;
अनौठो छ नेताहरुको कुश्ती, सरकार मौन छ ।
(२)
रोग शोक र भोकले मरणासन्न छन् बासिन्दाहरु ;
कसले बुझ्ने पिडितहरुको सास्ती, सरकार मौन छ ।
(३)
माग्दै छन जवाफ जनताहरु, शासन चलाउनेहरुसंग ;
किन भईनन् युवती, बहिनी जस्ति, सरकार मौन छ ।
(४)
राजनितिको खोलमा छन, सबै ब्वाँसा र स्यालहरु यहाँ;
छुट्याउनै मुस्किल, को कस्तो को कस्ति, सरकार मौन छ ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल साउन २८ गते

३.गजल
यो मन कहिले डोटी, कहिले ईलाम भा'को छ ;
हुनै सकेन बसमा, झन-झन, बेलगाम भा'को छ ,
(१)
थाहै भएन सुटुक्क दृष्टिबाट, पसेर ह्रदयमा बस्यौ;
तिम्रै कारण यो ह्रदयको बाटोनै, जाम भा'को छ ।
(२)
अनौठो लक्षण हुदोरै'छ, यो चाहनाको रोगको हजुर ;
भै रहेछ चन्चल मन, के गरुँ, कता जाम भा;को छ ।
(३)
सुन्न त सुनिएकै हो टुना-मुनाहरुको बारेमा सधै;
अब त अन्धबिश्वास;नि, पत्यामपत्याम भा'को छ ।
(४)
कति छ तिम्रो मुल्य मेरोलागी, तिमीलाई के थाहा ;
आफ्नो त के कुरा, कदम्-कदम् मा लिलाम भा'को छ ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल साउन २८ गते

४.गजल
कस्तो हुदै छ देशको विकास, जवाफ ठेकेदारको सुनौ;
के भयो पर्दा पछाडी खास, जवाफ ठेकेदारको सुनौ ।
(१)
नदीमा ढलझै मिसनमा कमिसन मिसियो कि कसो ?
किन उत्तानो भो देशको बिकाश जवाफ ठेकेदारको सुनौ।
(२)
कस्तो चल्दै छ आजभोली ,भाषणको ब्यवसाय तिम्रो;
किन छन जनता सधै उदाश ,जवाफ ठेकेदारको सुनौ ।
(३)
कुण्डले-मण्डले, क्रेता-बिक्रेता सबै नेता बनेका छन ;
सबै क्षेत्रमा किन छाएकोछ त्रास ,जवाफ ठेकेदारको सुनौ।
(४)
जनताको नजरमा नेताको हैसियत प्रष्टिदो छ हजुर ;
ओरालो लाग्दैछ जन बिश्वास, जवाफ ठेकेदरको सुनौ ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल साउन २८ गते

५.गजल
चिनिएको जोकोही'नि, मेरो साहु भएको छ ;
सधै भरी आकाशिने, बजार भाऊँ, भएको छ ।
(१)
पिडा हाम्रो बुझ्ला भनी, जस्लाई छानी पठाए'नि;
कोही शनी, कोही केतु, कोही राहु भएको छ ।
(२)
जे-जे भनुन, जे-जे बनुन, सबै बनावटी कुरा ;
के गरेर धनी बन्ने , भित्री दाऊँ भएको छ ।
(३)
सेवाक्षेत्र, वाणिज्यमा, शिक्षा, राजनितिमा'नि;
भष्ट्राचार ब्यविचार , सबै ठाँउ भएको छ ।
(४)
जता हेर्‌यो बेथिति छ , अन्याय छ चारैतिर ;
सिधा-साधाहरुलाई, कता जाऊँ भएको छ ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल, भाद्र २६ गते

श्रृंखला 162 : वहकिने मन (27-07-2015/2072-04-11) : Download

NepaliTalim | 11:24:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (27-07-2015/2072-04-11)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 श्रावण 11 तदनुसार 27-July-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 162 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
At youtube 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger