Home » » यज्ञ प्रसाद गिरीका ५ गजलहरू -28-07-2015

यज्ञ प्रसाद गिरीका ५ गजलहरू -28-07-2015

NepaliTalim | 1:03:00 PM | 0 comments
१.गजल
उता गाँउमा, यता मनमा, पहिरो गयो;
आउदै आएन, सधै गयो, र गहिरो गयो ।
(१)
के के न होला , सोचेथें, तिम्रो शासनमा;
क्रम यथावत भो, कानो आयो बहिरो गयो ।
(२)
किन यसरी बिग्रदै गा'का, नेता भनाउँदाहरु ;
सधै भष्ट्राचारकै बाटोमा, यिन्को ओईरो गयो ।
(३)
राहतको लागी हेलिकेप्टर नाँचेको देखे सबैले;
सोझै पिडितको मुटुमा, उपेक्षाको सुइरो गयो ।
(४)
के भएको छ यो देशमा, सबै पत्थर दिलका भए ;
उपेक्षाले क्षत-बिक्षत भो ,मानवता टुहुरो भयो। 
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल साउन २७ गते

२.गजल
पहिरोले पुरिएको छ बस्ती, सरकार मौन छ ;
शहरमा डनहरुको गस्ती, सरकार मौन छ ।
(१)
अपराधीहरुको मृत्युले चिरिन्छ, सभासदको छाती;
अनौठो छ नेताहरुको कुश्ती, सरकार मौन छ ।
(२)
रोग शोक र भोकले मरणासन्न छन् बासिन्दाहरु ;
कसले बुझ्ने पिडितहरुको सास्ती, सरकार मौन छ ।
(३)
माग्दै छन जवाफ जनताहरु, शासन चलाउनेहरुसंग ;
किन भईनन् युवती, बहिनी जस्ति, सरकार मौन छ ।
(४)
राजनितिको खोलमा छन, सबै ब्वाँसा र स्यालहरु यहाँ;
छुट्याउनै मुस्किल, को कस्तो को कस्ति, सरकार मौन छ ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल साउन २८ गते

३.गजल
यो मन कहिले डोटी, कहिले ईलाम भा'को छ ;
हुनै सकेन बसमा, झन-झन, बेलगाम भा'को छ ,
(१)
थाहै भएन सुटुक्क दृष्टिबाट, पसेर ह्रदयमा बस्यौ;
तिम्रै कारण यो ह्रदयको बाटोनै, जाम भा'को छ ।
(२)
अनौठो लक्षण हुदोरै'छ, यो चाहनाको रोगको हजुर ;
भै रहेछ चन्चल मन, के गरुँ, कता जाम भा;को छ ।
(३)
सुन्न त सुनिएकै हो टुना-मुनाहरुको बारेमा सधै;
अब त अन्धबिश्वास;नि, पत्यामपत्याम भा'को छ ।
(४)
कति छ तिम्रो मुल्य मेरोलागी, तिमीलाई के थाहा ;
आफ्नो त के कुरा, कदम्-कदम् मा लिलाम भा'को छ ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल साउन २८ गते

४.गजल
कस्तो हुदै छ देशको विकास, जवाफ ठेकेदारको सुनौ;
के भयो पर्दा पछाडी खास, जवाफ ठेकेदारको सुनौ ।
(१)
नदीमा ढलझै मिसनमा कमिसन मिसियो कि कसो ?
किन उत्तानो भो देशको बिकाश जवाफ ठेकेदारको सुनौ।
(२)
कस्तो चल्दै छ आजभोली ,भाषणको ब्यवसाय तिम्रो;
किन छन जनता सधै उदाश ,जवाफ ठेकेदारको सुनौ ।
(३)
कुण्डले-मण्डले, क्रेता-बिक्रेता सबै नेता बनेका छन ;
सबै क्षेत्रमा किन छाएकोछ त्रास ,जवाफ ठेकेदारको सुनौ।
(४)
जनताको नजरमा नेताको हैसियत प्रष्टिदो छ हजुर ;
ओरालो लाग्दैछ जन बिश्वास, जवाफ ठेकेदरको सुनौ ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल साउन २८ गते

५.गजल
चिनिएको जोकोही'नि, मेरो साहु भएको छ ;
सधै भरी आकाशिने, बजार भाऊँ, भएको छ ।
(१)
पिडा हाम्रो बुझ्ला भनी, जस्लाई छानी पठाए'नि;
कोही शनी, कोही केतु, कोही राहु भएको छ ।
(२)
जे-जे भनुन, जे-जे बनुन, सबै बनावटी कुरा ;
के गरेर धनी बन्ने , भित्री दाऊँ भएको छ ।
(३)
सेवाक्षेत्र, वाणिज्यमा, शिक्षा, राजनितिमा'नि;
भष्ट्राचार ब्यविचार , सबै ठाँउ भएको छ ।
(४)
जता हेर्‌यो बेथिति छ , अन्याय छ चारैतिर ;
सिधा-साधाहरुलाई, कता जाऊँ भएको छ ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल, भाद्र २६ गते
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger