Home » » यज्ञ प्रसाद गिरिका ५ गजलहरू -09-07-2015

यज्ञ प्रसाद गिरिका ५ गजलहरू -09-07-2015

NepaliTalim | 6:24:00 PM | 0 comments
यज्ञ प्रसाद गिरि
1. गजल
पाता कसेर टुडीखेलमा , उभ्भ्याउनु बांकी छ तिमिलाई,
जनता सामु फांसीमा, टंग्याउनु बांकी छ तिमिलाई ।
(१)
मन्त्री बनी डकैती गर्‍यौ, बेची खायौ राहदानी पनि,
छाला काडेर नुन चुक, लगाउनु बांकी  छ तिमिलाई ।
(२)
नेता बनी रमाई रहेछौ जनताको दुख: र वेदनामा,
तातो आंसुको कराहीमा, डुबाउनु बांकी छ तिमिलाई ।
(३)
सुन्छु टाई- सुटमा सजिएर, महलमा बस्छौ रे तिमी,
दलिनमा त्यै टाईले, झुण्ड्याउनु बांकी छ तिमिलाई ।
(४)
फलाक्दै हिड्छौ साँढे भै, झुटा र ओठे भाषणहरु ;
जनता अगाडी डामेर , खेदाँउनु बाँकी छ तिमिलाई ।
(५)
उपयोग तिम्रो छैन कुनै, यस दुनियामा सिवाय एउटै,
जिउदै खाल्डोमा जाकेर, पुराउँनु बांकी छ तिमीलाई ।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर

2. गजल
किन लाग्छ? मादक पवन, पहिले यो यस्तो थिएन ;
अल्झियो तिमिमा यो मन्, पहिले यो यस्तो थिएन ।
 (१)
कहां देखछु,कता भेंट्छु, जस्तो लाग्ने सधै भरी ;
सधै तिम्रै वातावरण, पहिले यो यस्तो थिएन ।
(२)
खुलेकी फूलझै सुन्दर, निख्खर कालो पोशाकमा,
बिर्सी दिनु बन्यो कठिन, पहिले यो यस्तो थिएन ।
(३)
मुटु मेरो जबरजस्ती, खोसी कब्जा गरी बस्यौ ;
लुटियो मनको चयन  , पहिले यो यस्तो थिएन ।
(४) 
सौम्य मुद्रा,शिष्ट बोली, बानी  सारै फरासिलो ;
गड्दैछ मनभित्र झन, पहिले यो यस्तो थिएन ।
(५)
हराए झै  मुटु आफ्नै,  आफै भित्र कता कता ;
चस्की मुटु, भिजे नयन, पहिले यो यस्तो थिएन ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

3.गजल
लिएर खुकुरी नाग्ङो, चुम्दै माटो यो देशको ;
छप्काउ नदेउ छुन , स्वाभिमान यो  देशको ।
(१)
उड्दैछन् चिल -कौवाझै, दलाल यी विदेशीका ;
लुछी-लुछी खान उद्धत , स्वतन्त्रता यो देशको ।
(२)
बितण्डा मचाई राख्छन , नेतृत्व खोलमा पसी ;
लुट्लान है चोर डांकाले ,सार्वभौम यो देशको ।
(३)
जपि हिड्ने राम नाम, बगलीमा छुरा लियी;
होसियार ! जवान हो , गर्लान घात यो देशको ।
(४)
मौलाउदै छ रातोदिन, खेती पाप - कुकर्मको ;
देश सिग्ङै डुबाएर, झार्लान साख यो देशको ।
(५)
भयो ढिलो हामी सारा, गोलबद्ध बनौ अब ;
पारौ निर्मुल बैरीको ,रक्षा गर्न यो देशको ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

4.गजल
नशा छैन भने साथी,पिउनुको के नै मजा ;
माया छैन भने साथी, जिउनुको के नै मजा ।
(१)
समय यो निष्ठुरी छ, पर्खदैन कसैलाई;
भेट्ने आशा छैन भने पर्खनुको के नै मजा ।
(२)
कति आए कति गए, दुनियामा मान्छेहरु ;
रोई-रोई मर्ने भए ,जन्मनुको के नै मजा ।
(३)
सगै मर्छु संगै बाच्छु भनि कसम खानेहरु;
बाटो काटी हिड्ने भए,चिनिनुको के नै मजा।
(४)
कुल्चेर मान्छेको धर्म, हिन्दु,बौद्ध र मुस्लिम;
नामधारी मठाधिस, भनिनुको के नै मजा ।
(५)
मरेर जानु पर्ने छ, लोकमा जन्मने जति;
मात्र बाँची आफ्नैलागी, मर्दिनुको के नै मजा ।
 रचना : यज्ञ प्रसाद गिरि
 आनन्दबस्ती, ललितपुर

5.गजल 
कस्तो हुदैछ काम, कस्लाई के थाहा ;
कहाँ पर्‌याछ जाम, कस्लाई के थाहा ।
(१)
हुन्छ भन्छन् कुराहरु, भित्री र बाहिरी;
कति तोकियो दाम, कस्लाई के थाहा ।
(२)
बाझा-बाझ र भना-भन, बाहिरी संचारमा;
ढुकुटी हुदैछ झ्वाम, कस्लाई के थाहा ।
(३)
बैठकै मात्र बस्छन, निकम्मा, नालायकहरु;
भए यी सारै हराम, कस्लाई के थाहा ।
(४)
पठायौ हामिले झुरहरु, संविधान सभामा;
बेच्दैछन हाम्रै नाम, कस्लाई के थाहा ।
(५)
आउलान चुनावमा फेरी, यिनै साईदुवाहरु;
गर्ने छन फेरी सलाम, कस्लाई के थाहा ।
(६)
संलग्न यस पेशामा,युवा र बुढा पनि;
ब्यस्त छन बटुल्न दाम, कस्लाई के थाहा ।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger