Home » , » नबिन शिशिरका २ गजलहरू -(02-07-2015)

नबिन शिशिरका २ गजलहरू -(02-07-2015)

NepaliTalim | 9:03:00 AM | 0 comments
१.गजल 
नबिन शिशिर 
बन्दुक   ताकी   रहेछ  फुल  राखेर निशानामा
खै के गर्न खोजेको हो त्रिशुल राखेर निशानामा

उसले  मसंग  बदला  यसरी  लग्छु भन्यो 
मेरो सुदुर्को कर्णाली पुल राखेर निशानामा

उ   धेरै   चलाख  रहेछ  मन्द   बुध्दिको 
तिर्खा मेट्छ पानीको मुल राखेर निशानामा

यो  गगन  यो  ब्राह्मणका  तार  देखाई दिन्छ 
कवि गजलकारको एक हुल राखेर निशानामा

देश  बनाउने  भत्काउने कसरत गरिरहेछ्न
राष्ट्रिय संघीयताको बिगुल राखेर निशानामा
नबिन शिशिर 
लम्की कैलाली

२.गजल 
सिरेटो बनेर आउन्छ पिर बतासजसरी 
अनि छातीमा लाग्छ तिर बतासजसरी

हारमा  जित  जितमा  हार  भएपछि 
खै कसरी उडाईन्छ अबिर बतासजसरी

बिधताले  निधारमा केही  लेखेको हुनुपर्छ 
त्यसैले बद्ली रहन्छ तक्दिर बतासजसरी 

देशको  भारी  बोकाईदेउ  आधी  तुफानमा 
आफ्नै गतिमा दौडिनेछ 'शिशिर' बतासजसरी 
नबिन शिशिर 
लम्की कैलाली
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger