Episode : 109 (यो साँझ यो सुबाश-26-08-2014) - Download

NepaliTalim | 9:26:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(26-08-2014 /2071-05-10) 
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 भाद्र महिनाको 10 गते तदनुसार 26- August 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-109 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
Listen and Download

Download : Click Here to Download

Episode 28- Swarnim Prahar (24-08-2014/2070-05-08) : Download

NepaliTalim | 11:07:00 AM | 0 comments
हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय
Program: Swarnim Prahar
RadioNepali Sanchar Radio
Host:Bikram Arpan
Date :(24-08-2014/2070-05-08)

नमस्कार साथीहरू,

आज मिति 2071 भाद्र  08 गते तदनुसार 24- Aug 2014, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

गजल बिम्ब (2071-05-05/21-08-2014) : Download

NepaliTalim | 2:00:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति :   (2071-05-05/21-08-2014)
Email : gajalbimba@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2071 भाद्र 05 गते तदनुसार 21-August-2014 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

भिजन गुरागाईंका ५ मुक्तकहरू -22-Aug-2014

NepaliTalim | 1:25:00 PM | 0 comments
भिजन गुरागाईं
१.मुक्तक
यहाँ उपहार यस्तो आएकोछ फसाद हेर्नुहोस आज ।
उस्ले खाली दिल पठाएकोछ फसाद हेर्नुहोस आज ।
दोधारमा छु भरेर पठाऊ या रित्तो थाहा छैन मलाई ।
हिजो अर्कीसंग माया लगाएकोछ फसाद हेर्नुहोस आज ।
भिजन गुरागाईं

२.मुक्तक
छमछम चुरा बजाउदै कता हिड्या हो ?
अलिअलि लजाउदै कता हिड्या हो ?
घरको काम स्वामी लाई जिम्मा लाएर
ओठमा मुस्कान सजाउदै कता हिड्या हो ?
भिजन गुरागाईं

३.मुक्तक
दुनिया कति जाली रैछ आजै थाहा पाएँ
यो दिल पनि खाली रैछ आजै थाहा पाएँ
रम्न सम्म रमिएछ ब्यर्थ सुन्दरता मा
गोडमेल गर्ने माली रैछ आजै थाहा पाएँ
भिजन गुरागाईं


४.मुक्तक
छन् संसारमा धेरै-धेरै मित्र छन् ।
कोही बाहिर कोही मन भित्र छन् ।
हेर्दा त सबै उस्ता-उस्तै लाग्छन् !
ब्यबहारले यहाँ चित्र-विचित्र छन् ।
भिजन गुरागाईं


५.मुक्तक
हिड्नै पर्ने जिन्दगी को भिर खराब छ
आ-आफ्नै कथा व्यथा पिर खराब छ
खै अरु को त यहाँ के कुरा गर्नु र हजुर
सवै भन्दा ठुलो आफ्नै तक्दिर खराब छ
भिजन गुरागाई
शिवगंज १ झापा नेपाल

बिम्ब प्रतिबिम्ब (2071-05-02/18-08-2014) : Download

NepaliTalim | 11:15:00 AM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती   
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(2071-05-02/18-08-2014)


नमस्कार साथीहरु,

आज मिति  2071 भाद्र 2 तदनुसार  18 Aug 2014 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता 
रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2071-05-03/19-08-2014) - Download

NepaliTalim | 10:56:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2071-05-03/19-08-2014)

नमस्ते साथीहरु,

आज मिति  2071 भाद्र 03 तदनुसार 19 August-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima (2071-05-05/21-08-2014) - Download

NepaliTalim | 10:41:00 AM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date :(2071-05-05/21-08-2014)


आज मिति 2071 भाद्र 05 गते तदनुसार 21-Aug 2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

भिजन गुरागाईंका ९ मुक्तकहरू -22-Aug-2014

NepaliTalim | 9:27:00 AM | 0 comments
१.मुक्तक
स्वास्नी मान्छे खराब हुन्छन् धेरैले बुजेको छ 
त्यसैले त लोग्ने धराप हुन्छन् धेरैले बुजेको छ
जब आफ्नै कुराहरु सधै माथि पर्नुपर्छ प्रियसी को
अमृत प्याला पनि सराब हुन्छन् धेरैले बुजेको छ
भिजन गुरागाईं

२.मुक्तक
नदिनु धोका दिएपछि कसको के नै लाग्छ सानु
पराइको साथ लिएपछि कसको के नै लाग्छ सानु
हो पिलाउने रहर थियो अमृत प्याला मेरो पनि
आफै जहर पिएपछि कसको के नै लाग्छ सानु
भिजन गुरागाईं

३.मुक्तक
अवस्य मान्छे लाई उडाइदिन्छ विज्ञानले।
र हवाइजहाज पनि गुडाइदिन्छ विज्ञानले।
मलाई किन यसरी कस्छौ कसिलो बन्धनले ?
कस सानै बलले पनि चुँडाइदिन्छ विज्ञानले।
भिजन गुरागाईं


४.मुक्तक
प्रेम यस्तो खेल हो कतै हार त कतै जीत हुन्छ ।
खेल्न नजान्दा दुनियालाई साच्चै रमित हुन्छ ।
मित्रहरु हो बरु चुपचाप बस्नु केहि नबोल्नु अब ।
अरुको आलोचना गर्नुभन्दा नबोल्दै हित हुन्छ ।


५.मुक्तक
केके देखि हुमिदैछ्न् सारा परदेशमा
छैन कन्चन फेवा अनि रारा परदेशमा
बगाउने छु यहिदेशामा खोलि पसिनाको
नबगाउनु कहिँ कतै रगत धारा परदेशमा
भिजन गुरागाईं


६.मुक्तक
दुख पिडा अभाबका घाउ लगेर आए परदेश
झिटीमिटी सम्पतिमा साहु लगेर आए परदेश
तड्पीएर योमन सधै सम्झिराछ गाउ घरलाई
छुट्ने बेला बा आमाको पाउ लगेर आए परदेश
भिजन गुरागाईं

७.मुक्तक
परदेशीले छोडिजान्छ नपर्नु है भर सानु ।
झुटा कसम हजार खान्छ नपर्नु है भर सानु ।
लोभ-लाल्चा प्रलोभन माया जालमा फसाएर
झुक्याएर कोठी लान्छ नपर्नु है भर सानु ।
भिजन गुरागाईं


८.मुक्तक
जरुर केहि सिकिन्छ पनि आफन्त हरुबाटै
थाहै नपाई बिकिन्छ पनि आफन्त हरुबाटै
हरेक ठाउमा सजक रहनु होशियार रहनु सबैले
झुक्याई मुटु झिकिन्छ पनि आफन्त हरुबाटै
भिजन गुरागाईं


९.मुक्तक
कत्ति कुरा त जानीजानी भएको छ जीवनमा
आधाजसो हानिनोक्सानी भएको छ जीवनमा
अबत जसले जे गरेपनि सहन सक्ने भएको छु
चोट र अभाब भोग्ने बानी भएको छ जीवनमा
भिजन गुरागाईं

BULBUL 259 : (20-08-2014/2071-05-04) : Download

NepaliTalim | 9:32:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 259
Date : (20-08-2014/2071-05-04) 

आजको बुधवारीय बुलबुला हो 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 भाद्र 04 गते तदनुसार -2014-August 20 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 259) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download
Listen at youtube

बिभिन्न एफ एमहरूमा प्रशारण भएका मेरा ५ गलहरू (राम शरण श्रेष्ठ)

NepaliTalim | 11:45:00 AM | 0 comments
१. गजल एक
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी ।। 
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछी ।।

लाग्छ उ नै सर्बस्व हो, सुरु अन्त्य असैबाट 
नचाहेर के हुन्छ र, आत्माले नै मागेपछी ।।

छट्पटी नि तिब्र हुन्छ, पलभर छुटिदिंदा 
मनहरु देह छोडी, अन्तकतै भागेपछी ।।

एउटा यस्तो कसम बन्छ, संगै जिउने संगै मर्ने 
कसैप्रति सच्चाप्रेम, यतिधेरै जागेपछी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

गजलका शेरहरूमा प्रशारणा भएको
गजलका फूलहरू -9 : (20-09-2013/2070-06-04) प्रशारण भएको


२. गजल  दुइ
मेसिन जस्तै जस्तै शरिरहरु 
तर पनि थपिन्छन् पिरहरु 

कहाँ सुरक्षित छन् र यहाँ 
भगवान बस्ने मंन्दिरहरु 

शान्ति फर्काउन लडेका ती
शालिकमा बदलिए वीरहरु 

स्वभिमानको लागि नारा दिइन्छ 
अन्तमा काटिन्छन् शिरहरु

नेपाली बेरोजगारहरुको लागि
खाडीमा कुरिरहेछन् जागिरहरु

श्रमिकको पसिनामा टेकेर यी
मज्जा लुटिरहेछन् अमिरहरु

बिच सफरमा छोडिजानेको
बाँकी त्यै याद र तस्विरहरु
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेृछाप
एनएफएमको त्रिबेणीमा बाचन भएको गजल


३. गजल तिन
भएरै निरास कति बस्नुहुन्छ
माइतिकै पास कति बस्नुहुन्छ

मिलेरै गरौला सफर भोलीदेखी
थुपार्दै आश कति बस्नुहुन्छ ।

लेखौला मिलेर कथा जिन्दगीको
पढ्दै उपन्यास कति बस्नुहुन्छ ।

रहरमै रहेका रहर र समय
गरेर नास कति बस्नुहुन्छ

कहिल्यै नझुक्ने यो 'राम' पनि
भैदियो दास कति बस्नुहुन्छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
New Bulbul Episode 40

४. गजल चार
चुपचाप चुपचाप आँखाबाटै
चलिरह्यो बार्तालाप आँखाबाटै

उताबाट निरन्तर गरेर प्रहार
गरिदियो सखाप आँखाबाटै

यसरी गरेपछि जुलम म मा
मैले नि गरे पाप आँखाबाटै

थमार्इ गुलाब अनि धड्कनको
लिइएको थियो माप आँखाबाटै

मेरो हजुरले मलाई फसाउन
थाप्नुभयो धराप आँखाबाटै

यो रामले अब हजुर्लाइ अफ्नो
बनाउछ मैसाप आँखाबाटै
राम शरण श्रेष्ठ

चिसापानी ६, रामेछाप
गजलका फूलहरु श्रृंखला ४९ मा बाचन भएको छ ।

५. गजल पाँच 
तिमी यता आउनु अगाडी सब ठिक थियो ।
आँखा ति झिम्क्याउनु अगाडी सब ठिक थियो ।

पहिलो पल्ट भेटघाट हुँदा खेरी स्वागतमा
फूलहरु बिछ्याउनु अगाडी सब ठिक थियो ।

त्यसै राम्री मान्छे तिमी झनै श्रृगार गरिगरि
पाउजु त्यो बजाउनु अगाडी सब ठिक थियो ।

अपराध केही गरुँ गरुँ लागिरहेको छ
उस्ले गजल सुनाउनु अगाडी सब ठिक थियो ।

यादहरुको एटम बम बिस्फोटन गराएर
आतंक यो मच्चाउनु अगाडी सब ठिक थियो

आफ्नो नाम सँगै मेरो नाम 'राम' राखी
प्रेमपत्र पठाउनु अगाडी सब ठिक थियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Bulbul Episode 256  मा सुरूमा बाचन भएको

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger