प्रतियोगिताका लागि गजल आह्वान-17-06-2014

NepaliTalim | 12:10:00 PM | 1comments

प्रतियोगिताका लागि गजल आह्वान
 आगामी १४९ औँ मोतीजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली गजल मन्चले 'अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०७१' का लागि गजल आह्वान गरेको छ । महोत्सवमा प्रथम हुने स्रष्टाले ३०० युएस डलर र प्रमाणपत्र, दोस्रो हुनेले २०० युएस डलर र प्रमाणपत्र र तेस्रो हुनेले १०० युएस डलर र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताका नियमहरू :–
१. प्रतियोगीले अन्तर्राष्ट्रिय नेपाली गजल मन्चको ई–मेलमा गजल पठाउन सक्नुहुने छ ।
२. गजलको शेर सङ्ख्या कम्तीमा ४ र बढीमा ७ शेर हुनुपर्ने छ । बढी शेरका गजल प्रतयोगितामा मान्य हुने छैन ।
३. कुनै पनि राजनैतिक पूर्वाग्रह तथा गाली गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरू र अश्लील शब्दको प्रयोग गरिएका गजल स्वतः अस्वीकृत हुने छन् ।
४. गजल लयमा हुनुपर्ने छ (लोकलय, समआक्षरिक लय वा शास्त्रीय बहर) ।
५. एकजना गजलकारले एउटा मात्र गजल पठाउन सक्ने छ र एउटै गजलकारका एकभन्दा बढी आएका गजल स्वतः बदर हुने छन् ।
६. गजल कान्तिपुर, प्रीति या युनिकोड फन्टमा मात्र पठाउनुपर्ने छ ।
७. गजल नितान्त नयाँ र मौलिक हुनुपर्ने छ र रचनासँगै आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्ने छ ।
८. प्रतियोगिताको लागि प्राप्त गजल कुनै पनि साहित्यिक संजालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिने छ ।
९. गजलमा अरू कसैको गजलको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुने छ ।
१०. २०७१ साउन महिनाको १० गतेसम्ममा दिइएको ठेगानामा गजल पठाइसक्नुपर्ने छ ।
११. प्रतियोगिताको निणर्यमा कुनै पनि विवाद आए अन्तिम निर्णय संयोजकको रहने छ ।

गजल पठाउने ठेगाना :

anegama2012@gmail.com

संयोजक
घनेन्द्र ओझा

श्रृंखला 108: वहकिने मन (2071-03-02/16-06-2014) : Download

NepaliTalim | 11:18:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :  (2071-03-02/16-06-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 असार  02 तदनुसार 16-June 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 108 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

Sabari 'साबरी' मुक्तक विशेष (14-06-2014/2071-02-31) : Download

NepaliTalim | 6:22:00 PM | 0 comments
नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(14-06-2014/2071-02-31)



नमस्कार मित्रहरु,

आज मिति 2070-जेठ-31 गते तदनुसार 14-June-2014 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९.२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

नयाँ बुलबुल - 38 : (14-06-2014/2071-02-31) गजल प्रशिक्षण विशेष : Download

NepaliTalim | 1:06:00 PM | 0 comments
NEW BULBUL EPISODE - 38
Date : (14-06-2014/2071-02-31)

आज शनिवारिय नयाँ बुलबुलमा गजल प्रशिक्षण विशेष
नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 जेठ 31  गते तदनुसा 14-June-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -38) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download

मेरो रचना (2071-03-01/15-06-2014) : Download

NepaliTalim | 12:27:00 PM | 0 comments

कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन  
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2071-03-01/15-06-2014)

नमस्कार साथीहरू,

आज मिति 2071 जेठ 31 गते तदनुसार 16-May-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

श्रुति शंबेग श्रृङ्खलामा राजुबाबु श्रेष्ठको कथा संग्रह गृहयुद्धका घाउहरुबाट कथाहरू (10-06-2014/2071-02-27) :- Download

NepaliTalim | 4:23:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :  मारिनो सेलोको जुन कथा संग्रह
कथाकार : राजुबाबु श्रेष्ठ
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 
मिति : २०७१ जेठ २७
(10-06-2014/2071-02-27)


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 जेठ 27 गते तदनुसार 10-June-2014 , बुधबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार राजुबाबु श्रेष्ठका  मारिनो सेलोको जुन कथा संग्रहको देस्रो संस्करण बाट गृहयुद्धका घाउहरुबाट आज हामी कथाहरु पेमा भाउजु र त्रासको बिज र समाधी कथाहरू सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download

गजल सुधा (05-06-2014/2071-02-22) गजलकार दिप पर्शन सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 4:08:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब बिहिवार
प्रस्तोता : कमल सरगम 
Email :  shrutisambeg@unn.com.np
www.radiochhahari.com 
(12-06-2014/2071-02-29) 
गजलकार दिप पर्शन सँगको अन्तवार्ता बिशेष 

नमस्कार, 

आज मिति 2070 जेठ 29 गते तदनुसार 12-June 2014 बिहिबार अनलाइन रेडियो  रेडियो छहारी कठमान्डौ ,नेपालि सन्चार नेट्वोर्क्  अस्ट्रेलिया  बाट एकै साथ प्रसारीत कार्यक्रम् निक्ष्यल् साहित्य  लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक बिहिबार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् निक्ष्यल् साहित्य   प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

गजल बिम्ब (2071-02-29/12-06-2014) : Download

NepaliTalim | 10:00:00 PM | 0 comments

नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2071-02-29/12-06-2014)
Email : gajalbimba@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2071 जेठ 29 गते तदनुसार 12-June-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

BULBUL 249 : (11-06-2014/2071-02-28) : Download

NepaliTalim | 5:34:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 249  
Date : (11-06-2014/2071-02-28)

आज बुधवारीय बुलबुलको श्रृंखला

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 जेठ 28 गते तदनुसार -2014-June 11 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 249) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

मेरा २५ मुक्तकहरू (राम शरण श्रेष्ठ)_11-06-2014

NepaliTalim | 3:48:00 PM | 0 comments
१. मुक्तक
बसिरहेछु समाधी उस्को प्रेममा ।
जँदैछु आफै मरी उस्को प्रेममा ।
समयले यस्तो बनाईदिएछ मलाई
म हुँ हत्यारा प्रेमी उस्को प्रेममा ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

२. मुक्तक
मुटु फिर्ता पनि गर्न सकिएन ।
उस्कै लागि भनि मर्न सकिएन ।
धोका मैले आफै दिई आएकोछु
सिउँदो थियो खाली भर्न सकिएन ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

३. मुक्तक
केहि बिवादहरुमाथी छलफल गर्दैछु ।
प्रेमको एउटा समिकरण हल गर्दैछु ।
उस्को र मेरो यो कथा अन्त हुँदैन
दुबै तिरका आँखाहरु सजल गर्दैछु ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।

४. मुक्तक
मुटुमा हस्ताक्षर गर्न मनाही छ
गुलाब बोकी नजिक सर्न मनाही छ
मलाई अचेल प्रेमको विस्वासै लाग्दैन
फूल भन्दै काँडाहरु छर्न मनाही छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

५. मुक्तक
खै के मिलेन मिलेन हामी बिच ।
कुरा त बन्दै बनेन हामी बिच ।
इन्तजार अन्तिम सम्म गरेकै हो
तर प्रेम हुँदै भएन हामी बिच । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

६. मुक्तक
कसैले मिठो यादहरुको बतास भनेकाछन् ।
कसैले झन् मलाई खुब उदास भनेकाछन् ।
अरे तिमीले त बुझ्ने कोसिस गर्नु पर्थ्योनी
योधड्कनले तिमीनै अन्तिम तलास भनेकाछन् ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

७. मुक्तक
प्रयोगसाला बनायौ यो मुटुलाई
टुक्राएर जलायौ यो मुटुलाई
प्रतिपादन केकेपो गर्नको लागि
परिक्षण गरायौ यो मुटुलाई
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

८. मुक्तक
तिमी भए पुग्छ जिन्दगीको लागि ।
मैले माया गरिँन सम्पतीको लागि ।
उस्ले यति कुरा नी बुझ्नै चाहेन 
मुटु चाहिन्छ ढुकढुकीको लागि ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

९. मुक्तक
उस्को पनि यहि बाटो जबदेखी सवारी भयो । 
मुटु हराएको सुचना उता बाट जारी भयो । 
हल्लै हल्ला उस्को मेरो गाउँ भरि फैलिएछ 
बल्लपो हामी बिच सल्लाहको तयारी भयो । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

१०. मुक्तक
आधुनिकता सिकी सकेछन् ।
सम्झनेहरुले बिर्सी सकेछन् ।
मेरो नामोनिसान मेटाउन भनी
दुष्मनहरुसँग मिली सकेछन् ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

११. मुक्तक
मेरो प्रेम पत्रको उत्तर आएको छ ।
उस्ले मर भनि जवाफ पठाएको छ ।
मैले उस्लाई भगवान मानिसकेपछी
मुटु र धड्कन बाट हटाएको छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१२.मुक्तक
यसरी निर्दयी भई हमला कसरी गरर्यौ खै
मलाई मृत्युदण्डको फैसला कसरी गरर्यौ खै
म त तिम्रै थिएँ सात जन्म सम्मको लागि
प्रेममा यस्तो बदला कसरी गरयौ खै
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१३.मुक्तक
बिस्वास त आफू भन्दा बढीनै गरेथे मैले
लाग्छ जानि जानि गल्ति गरियो आफैले
आज बल्ल थाहा भयो मान्छेको आचरण
जस्लाई शिरमा राखिन्छ शिर काट्छ उसैले ।
राम शरण श्रेष्ठ

चिसापानी ६, रामेछाप

१४.मुक्तक
हँसाउन गाह्रो रुवाउन सजिलो छ ।
बनाउन गाह्रो भत्काउन सजिलो छ । 
तिमीले यति कुरा किन बुझ्दै बुझेनौ 
मिलाउन गाह्रो छुटाउन सजिलो छ । 
राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप

१५.मुक्तक
बास्तबिक लागोथ्यो, नाटक रहेछ 
प्रेम गर्नुत साह्रैनै, घातक रहेछ । 
यो बियोगान्त प्रेम कहानीको 
आफै लेखक आफैं निर्देशक रहेछ ।
राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप

१६.मुक्तक
काँडा टेकी हिँडीराथेँ फूल विछ्याईदियौ 
मलाई पारी बोलाउन पूल बनाईदियौ 
तिमी पाएँ अब यो संसार जित्नलाई
आफैलाई मौसम अनुकुल गराईदिन्छु । 
राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप

१७.मुक्तक
मन मुटु जलाउँदैन प्रेमले
मन टाढा बनाउँदैन प्रेमले
एकपल्ट तिमी यता हेरीदेउ
हाम्रो यो दुरी घटाउँदैन प्रेमले
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१८.मुक्तक
कलेजोलाई आराम मिल्छ तिम्लाई देखेपछी
मुटुलाई नी काम मिल्छ तिम्लाई देखेपछी 
भन्नेहरु यस्तो पनि भन्छन् आज भोली 
तिम्रो मेरो तमाम मिल्छ तिम्लाई देखेपछी 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१९.मुक्तक
आमा बा कै भर, परि कति राख्छौ
मन सधैं बन्द, गरि कति राख्छौ
अरे एक नजर, उठाएर यता हेर
सधैं टाढा मात्र, सरि कति राख्छौ
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२०. मुक्तक
पहिला हल्का हल्का मुस्कान पठाएथ्यो
अनि उस्ले मलाई आफनो बनाएथ्यो
पूरै नाटक रैछ सब लिला देखाउनुमा
अन्तिममा बिबाहको निम्तो थमाएथ्यो
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२१. मुक्तक
भर्खर भएथ्यो सुरुवात आफ्नो
फूलसँग भयो मुलाकात आफ्नो
त्यसपछी थाहा भो प्रेम गर्नलाई
धेरै पो सानो रैछ जात आफ्नो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२२. मुक्तक
प्रेममा तप कति गरियो गरियो 
उसैको जप कति गरियो गरियो 
यो प्रेम तपस्या पूरा गर्नु अगाडी 
निद्रा हडप कति गरियो गरियो 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२३. मुक्तक
प्राय परिस्थिती उल्टो आउँछ
यहाँ सोचेकै चिज कस्ले पाउँछ
समय आफ्नै गतिमा हिँडिदिएर
मान्छेहरुलाई दास बनाउँछ
राम शरण श्रेष्ठ

२४. मुक्तक
काँडाले घोच्नै खोजिरहन्छ ।।
छुराले रोप्नै खोजिरहन्छ ।।
बाँच्ने शक्तिसालिहरुनै हुन्
कालले टोक्नै खोजिरहन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप
2012-09-10

२५. मुक्तक 
कालो गए गोरो आउँछ, बेकारको चिन्ता किन ।।
खुट्टा भए जुक्ता पाउँछ, बेकारको चिन्ता किन ।।
मायाँ मात्र जीवन हैन, मात्र ठान्नु एउटा पाटो
दुख जान्छ खुसि छाउँछ, बेकारको चिन्ता किन ।।
 राम शरण श्रेष्ठ
चिसापानी रामेछाप
2012-09-10
  

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger