न्यौपाने कान्छा शोभाखरका ७ गजलहरु

NepaliTalim | 11:03:00 AM | 0 comments
1.गजल
जिन्दगीको गोरेटोमा एक्लो पारी गयौ तिमि
पबित्र त्यो प्रेम लाई ज्युदै मारी गयौ तिमि ///

तिमि संग बाच्छु भन्यौ तिमि संगै मर्छु भन्यौ
झुक्काएर आज अन्त डेरा सारी गयौ तिमि////

किन यस्तो भयो कुन्नि ,केहि पनि नभनी
एकोहोरो रिसायर फुल नै झारी गयौ तिमि

तिमि संग संसार भुल्दै ,नाई भने पीडै पिडा
जानी जानी पीडाको त मिलाई भारी गयौ तिमि ///
न्यौपाने कान्छा शोभाखर
पर्बत

2.गजल
टिप्न सक्ने भय पनि टप्प टिपी सजाउथे कि
मन भरि भाका पिडा धेरै टाडा भगाउथे कि ////

दीन भरि रात भरि ,तिम्रो यादमा तड्पीन्छु /
/संगै संगै भाको भय काख माथि रमाउथे कि////

रुदा रुदा सिरानीमा आशु कोत ताल भयो
आखा बाट आशु हरु उतै रोक्ने बनाउथे कि//

तिमि मेरो जिन्दगीको ज्युने आधार हो भन्दै
छोडी फेरी अन्त कतै नजाऊ भन्दै कराउथे कि ///
न्यौपाने कान्छा शोभाखर

3.गजल
आफन्त ले बारम्बार लुटे पछि भौतारिएँ
तरबारको सहारामा कुटे पछि भौतारिएँ

जस लाई मन मुटुमा सजायर राखेको
उही मान्छे बैरी संग जुटे पछि भौतारिएँ

सपना थियो मन भरि अनेकौ बुनेका
टुक्रा भई काच सरि टुटे पछि भौतारिएँ /

मन भरि आशा बोकी ,जिउनको लागि
आसा पनि साथ बाट छुटे पछि भौतारिएँ //
न्यौपाने कान्छा शोभाखर

4.गजल
गयर तिमि फर्की आयौ पायौ के मन्दिरमा
मनमा कालो राखी तिमि धायौ के मन्दिरमा//

तोडेर सबै पुराना बाचा मन खाली बनायौ
फेरी कसम कस्तो खाले खायौ के मन्दिरमा //

दुखिको झुप्रो उधारी तिमि ,रमिता देखायौ
छोडेर तिमि पराइ भई छायौ के मन्दिरमा

सरण पर्दा मरण गर्न जानिनौ तिमीले ,,
अब धर्म पाउछु भनी गायौ के मन्दिरमा //
न्यौपाने कान्छा शोभाखर 
पर्बत

5.गजल
झिसमिसे साझमा जुनेली त्यो रात थियो
उन्को खाली सिरमा मेरो दाया हात थियो//

चरिपनि गुडमा चारै तिर सुन्य भाथ्यो
आवाज को बारेमा पिपलु को पात थियो //

भुल्दै थियौ हामीले ,सारा यो दुनियालाई
चौपारीको आडमा जवानीको मात थियो ///

रुन पर्छ हामीनै ,रुन राम्रो होइन भनि
जिउन्जेल धर्तीमा ..संगै हुने बात थियो ///

सोचेकोनि होइन ,यस्तो भयो बिडम्बना
मलाई यस्तो बनाउनु,उन्को नै घात थियो ///
न्यौपाने कान्छा शोभाखर

6.गजल
मुटु भित्र बास दिय चाइदैन भन्यौ //
मैले फेर्ने सास दिय चाइदैन भन्यौ //

धर्ती मै डुले पनि ,बाची रहदा हामी /
मनको आकास दिय चाइदैन भन्यौ //

हासो संग मन्थन गरि ,छुट्ने बेला
छिटै भेट्ने आस दिय चाइदैन भन्यौ //

तिमीलाई दुखि  बनाउन कहाँ खोजेर
सुखको नै रास दिय, चाइदैन भन्यौ //
न्यौपाने कान्छा शोभाखर

7.गजल
कस्ले भन्यो झुटो कुरा इज्येत छोडी गाकी छैन
ढुक्क हुनु मेरो राजा पराई संग धाकी छैन//

बर पिपल साक्षि राखी खायाकाति कसम तोडी
भर पर्नु प्रियतम अन्त माया लाकी छैन //

समाजले कुरा काट्छ ,बर पिपलको जोडी मास्न
किन कुरा सुन्नु पर्यो हरेस मैले खाकी छैन ////

भनेको त होनि मैले तिम्रो खुसि मेरो खुसि
तिमि खुसि भाको रैछौ आशु मात्र पाकी छैन
न्यौपाने कान्छा शोभाखर
पर्बत

BULBUL 186 : (20-03-2013/2069-12-07) - Download

NepaliTalim | 9:34:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 186
Host : Achyut Ghimire 
Date : (20-03-2013/2069-12-07)
FB : Facebook Page

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ चैत्र 07 गते तदनुसार  20-March-2013 बुधवारका दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 186) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
 
Listen and Download 

Download : Click Here to Download 186 
Listen All Previous Episodes:


Thank you

गजल संगम (2069-12-07/20-03-2013) नयन अधिकारी संगको अन्तर्वाता - Download

NepaliTalim | 9:00:00 PM | 0 comments
मिति :  (2069-12-07/20-03-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल 
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam 

गजल संगम (Gazal Sangam) आज मिति 2069 चैत्र महिनाको 07 गते तदनुसार 20-March-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । आज हामी, एक श्रष्टालाई लिएर आएका छौं । आज गीतकार कथा गजलकार नयन अधिकारी संगको अन्तर्वाता विशेष रहनेछ । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download
Thank you

पारिजातको सडक र प्रतिभा कथा संग्रह (19-03-2013/2069-12-06) - Download

NepaliTalim | 4:58:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : सडक र प्रतिभा कथा संग्रह
मिति :    (19-03-2013/2069-12-06)
लेखक : पारिजात
विधा : कथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । 

आज मिति २०६९ चैत्र 06 तदनुसार १9 मार्च २०१३ मंगलबार, हामी आज पारिजातको कथा संग्रह सडक र प्रतिभा कथा संग्रह बाट दुइ कथाहरु सुन्नेछौं । पारिजातको सडक र प्रतिभा कथा संग्रह बाट सन्त्रास र नयाँ मान्छे कथा सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download 

Thank you

मेरा १५ मुक्तकहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 4:35:00 PM | 0 comments
1.मुक्तक 
सम्झेरै वित्छन् हर दिन हर रात ।।
त्यसै ढल्किन्छन् हर दिन हर रात ।।
मेरो मुस्कान कता हरायो हरायो
कसैले सम्झिन्छन् हर दिन हर रात ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

2.मुक्तक
खेजेको मान्छे नपाएपछी ।।
मुटुबाट उस्ले हटाएपछी ।।
अन्तै बसाई सरेर गइन
मेरो घर पुरै जलाएपछी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

3.मुक्तक 
गुलाब हैनमैले काँडा पाकोछु ।।
प्रेमको बदला धोका खाकोछु ।।
उसैले मलाई सिध्याएर गयो
जसलाई दिलमा सजाकोछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


4. .मुक्तक 
सबैलाई सब थोक प्राप्त हुँदैन ।।
समयनै बलवान परास्त हुँदैन ।।
जति पुजा गरेपनि ढुङ्गालाइ त
किन किन यो मन सान्त हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 


5.मुक्तक 
उस्ले अन्तिम प्रहरमा हुँदैन भनी ।।
मेरो प्रेमको उक्तरमा हुँदैन भनी ।।
यात्रा धेरै अगाडि बढिसकेपछी
अचानक बिच सफरमा हुँदैन भनी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 

6.मुक्तक 
घटायौ दुरी कसरी कसरी ।
बन्यौ जरुरी कसरी कसरी ।
तिम्रो बसमा पारेर चलायौ,
प्रेमको हुरी कसरी कसरी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 


7.मुक्तक 
जनताको पालो आउँदै आएन ।।
देशमा उज्यालो आउँदै आएन ।।
जिन्दगीको बाटो उकालै उकालो
कहिल्यै ओरालो आउँदै आएन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 


8.मुक्तक   
मान्छेको चोला आज हो कि भोली ।।
हाँस्दै बाँच्नुहोला आज हो कि भोली ।।
सकेसम्म जम्मै काम सक्नुपर्छ
फर्कदैन खोला आज हो कि भोली ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 


9.मुक्तक   
भावनाका बस्तिहरु मनभित्र हुन्छ ।।
कोहि नभएको बेला पनि मित्र हुन्छ ।।
सबैले थरिथरिका लिला देखाउँछन्
यौ संसारमा अनेक विचित्र हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 
 


10.मुक्तक   
कि विजय कि त पराजय हुन्छ ।।
अस्ताएको सुर्य भोली उदय हुन्छ ।।
आज त तिमीले छोडि गए पनि
भोली मेरो पनि प्रेममय हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


11.मुक्तक  
सरकारी उपस्थिति पाइन्न गाउँमा ।।
विकासका गतिविधी पाइन्न गाउँमा ।।
जमाना बदलिएछ यता सहर तिरको
पस्चिमी देखासिखी पाइन्न गाउँमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 
 
 


12.मुक्तक  
यादै याद पठाउँछ कोहि मान्छे ।।
घरि घरि सताउँछ कोहि मान्छे ।।
सुरु कैले देखी भयो थहा छैन
खुबै मन पाराउँछ कोहि मान्छे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


13.मुक्तक  
घटायौ दुरी कसरी कसरी ।
बन्यौ जरुरी कसरी कसरी ।
तिम्रो बसमा पारेर चलायौ,
प्रेमको हुरी कसरी कसरी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


14.मुक्तक
सपनाले साथ छाडेका मान्छेहरु ।।
भाग्यले एक्लो पारेका मान्छेहरु ।।
छन् यो संसारमा कति कति छन्
भित्री मनहरु फाटेका मान्छेहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


15.मुक्तक
मान्छेहरुको मुहारबाट मुस्कान हराएको छ ।।
खै नियतिले क–कस्लाई के के गराएको छ ।।
जिन्दगी देखि पराष्त भएकाहरु मात्र भेट्छु
त्यसैले आजभोली मेरो मनपनि डराएको छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 


शब्द शरोबर : (18-03-2013/2069-12-04) - Download

NepaliTalim | 10:13:00 AM | 0 comments
SHABDA SHAROBAR
Host : Bimal Marmik
Time : Tuesday 9.15pm
Date :(18-03-2013/2069-12-04)

Fm: Radio Manaslu 103.9mhz
shabda.sarobar@gmail.com

FB : ShabdaSharobar


नमस्कार साथीहरु
आज मिति 2069 चैत्र 04 तदनुसार 18-March-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download
यो श्रृंखलामा बाचन भएको मेरो गजल
गजल
केही फोटाहरुछन् जलाउनुपर्ने ।
केही यादहरुछन् मेटाउनुपर्ने ।

सबै पिडाहरु, लुकाएर मनभित्र,
देखावटी भएनी मुस्काउनुपर्ने ।

आगो लागेसी, प्यारको महलमा,
पर्दोरैछ आँसुले, निभाउनुपर्ने ।

पाठाएँ दाईजो, जम्मै खुसिहरु,
भएसी उ विनानै, रमाउनुपर्ने ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
११ मार्च २०१३

बहकिने मन (2069-12-05/18-03-2013) - Download

NepaliTalim | 10:03:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2069-12-05/18-03-2013)
Time : 9.15pm Every Monday  
Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man
FM: CIN Network

आज मिति 2069 चैत्र 05 तदनुसार 18-03-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 66  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।    

Listen and Download

Download : Click Here to Download 
Listen All Previous Episodes:


Thankyou

गजलका थुँगाहरु भाग-३ : (2069-12-05/18-03-2012) : Download

NepaliTalim | 5:40:00 PM | 0 comments
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU -3
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला -
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : (2069-12-05/18-03-2012) 

स्रोत : अर्जन पौडेल ब्लग  
Facebook Page 

नमस्कार साथीहरु,
आज मिति 2069ैत्र 05 गते तदनुसासर मंगलबार तदनुसार 18-March-2013, हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको तेस्रो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 17 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
 

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेजगजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । यो श्रृंखला उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी अर्जुन पौडेललाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु ।

Listen and Download

Download : Click Here to Download Episode 3

Thank you

शेर्पीनी कान्छीका १७ (सत्र) मुक्तकहरु

NepaliTalim | 11:20:00 AM | 0 comments
1.मुक्तक
    देउतालाइ पुज़्न याहा फुल तोडनु पर्यो
    एउटालाइ पाउन याहा अर्को छोडनु पर्यो
    केही पाउन याह केही गुमाउन पर्ने
    उस्कै लागी पाइला अन्तै मोडनु पर्यो
   (शेर्पीनी कान्छी)

2.मुक्तक
    कस्तो बाटॊ हिडि आए फुल कतै देख्दिन
    काडा पन्छाइ हेर्दा पनि टेक्ने बाटॊ भेटदीन
    जिबनको मोड कस्तो भिर पखेराको यात्रा
    कस्तॊ दुखी जिबन थकाइ कतै मेटीदैन
     (शेर्पीनी कान्छी)

3.मुक्तक
    फुल्नै नपाइ कोपीला मै झरेको म मान्छे
    उस्को लागी धेरै पहिला मरेको म मान्छे
    एक्लै आए यो सन्सारमा एक्लै बाच्दैछु
    सबै बाट टाढा बसाइ सरेको म मान्छे
   (शेर्पीनी कान्छी)

4.मुक्तक
    मन जल्ने कुनै यादहरु नआएकै जाति
    दुख्छ मुटू एकै नासले पोलिरहन्छ छाति
    एक्लै जन्मे यो सन्सारमा एक्लै मर्नु छ
    दुइ पाइलामा यात्रा गर्न किन चायो साथि
   (शेर्पीनी कान्छी)

5.मुक्तक
    आतितहरु बटूलि आफै भित्र साचिरहेछु
    पिडाहरु लुकाइ आफै भित्र बाचिरहेछु
    चोटहरु अनगीन्ति छन दुखाइ पनि
    आसु लुकाइ आफै भित्र हासिरहेछु
   (शेर्पीनी कान्छी)

6.मुक्तक
ब्यबहारले हामीलाई धेरै टाढा बनायो
याद मनमा, अझ गाढा बनायो।
तिम्रोलागी फुल बनी, फुल्न चाहेँ
समयले संधै बिझाउने काँडा बनायो।।
(शेर्पीनी कान्छी)

7.मुक्तक
मेरो नाममा दाग बत्ति बल्दा
तिम्रो घरमा लाख बत्ति बलोस
तिमीलाइ डोली चाडाइ अन्माउदा
घाटमा मेरो लास चितामा जलोस।।
(शेर्पीनी कान्छी)

8.मुक्तक
म बेदनाको भुमरीमा डुब्दैछु आज
सम्झनाको दियो बालि रुदैछु आज
छातीमा टास्दै ति पुराना तस्बिरहरु
आसुको बर्साताले परेलि धुदैछु आज।।
(शेर्पीनी कान्छी)

9.मुक्तक
तिमीलाई हसाउ भन्दा आफै लागे रुन
आसुले काहा सक्नु कलेजोलाइ धुन
आनयासै तिम्रो सामु नयनहरु रासाउदा
तारा टुटदा बेदनामा लुकी हाल्यो जुन।।
(शेर्पीनी कान्छी)

10.मुक्तक
केहि दिन तिमि संग बाचेर हेछु
मुटु जति दुखे पनि हासेर हेर्छु
दुखसुख बाटौन कान्छी भन्छौ भने
ठिकै छ केही दिन मन साटेर हेर्छु।।
(शेर्पीनी कान्छी)

11.मुक्तक
अस्ताउदै बिना तापको घाम जस्तै भयो मन
पोल्दा पनि नपग्लिने फलाम जस्तै भयो मन
भुइचाल आएर उथल पुथल परेको जिबन
भात्केको मन्दीरको धाम जस्तै भयो मन।।
(शेर्पीनी कान्छी)

12.मुक्तक
हार कसैको भएन सवाल जबाफ बराबरि
लिनु दिनु केहि छैन बाकि हिसाब बराबरि
कतै गल्ति मेरो भए स्वार्थि मन तिम्रो
माया जोख्ने तारजु भए निसाफ बराबरी।।
(शेर्पीनी कान्छी)

13.मुक्तक
निसानि मायाको मेटाईदिए आज
पुराना तस्बिरहरु जलाइदिए आज
हाम्रो माया प्रेमको कथा बन्द गर्दै
मन मुटुमा ताल्चा लागाइदिए आज।।
(शेर्पीनी कान्छी)

14.मुक्तक
मेरो मनमा गुन्जिदिने धुन हौ तीमी
आन्धाकरमा उदाउने जुन हौ तिमी
जति रिसाएर टाढा हुन खोजे पनि
काडा बीचमा फुलेको फुल हौ तिमी।।
(शेर्पीनी कान्छी)

15मुक्तक
कहिल्य काहि दिक्क लाग्दा फाट्दो रैछ मन
मुटूमा राखेको मान्छेले नै काट्दो रैछ मन
कर्तब्यमा फसेर अफ्नो लागी ज़ीउन भुल्दा
पाराइको क़ॆ कुरा आफ्नैले ढाट्दो रैछ झन।।
(शेर्पीनी कान्छी)

16.मुक्तक
दुख्ने मन अन्तै कतै साटन पाए हुन्थ्यो
दुख्दा आफ्नै मनलाइ ढाटन पाए हुन्थ्यो
बेदनाको सागरमा तडपिएर बाच्नु भन्दा
कागज़ जस्तै जिबन च्यातन पाए हुन्थ्यो।।
(शेर्पीनी कान्छी)

17.मुक्तक
तिमिलाइ रुवाएर म पनि रुदैछु
पुराना तस्बिर त्यो सुस्तरि छुदैछु
चिच्याएर रुदै आफुलाइ सजया दिदै
मन मुटू आसुहरुले बेसरि धुदैछु...
(शेर्पीनी कान्छी)

18.मुक्तक
आज भोलि आफ्नै कथाहरु लेख्दैछु
आसुमा भिजेका आतितमा खेल्दैछु
फेरि खाटो बसेको घाउ क़ोट्याउदै
पुराना सम्झना भित्र पिडा झेल्दैछु
(शेर्पीनी कान्छी)

सिर्जनाका लहरहरु :- Episode 105 (कविता बिषेश) - Download

NepaliTalim | 4:14:00 PM | 0 comments
सिर्जनाका लहरहरु : 105
SRIJANAKA LAHARHARU

EPISODE- 105
Date :  7th March-2013    Source : Sirjanaka Laharharu   Host : Khagendra Adhikari

आज मिति 14th Marchry 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 105 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  कार्यक्रमले १०० श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download

Download : Click Here to Download 105

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger