गजल- मैले तिम्रो गजलको भाब बुझिन (कृष्ण अबिरल)

NepaliTalim | 3:07:00 PM | 0 comments
मैले तिम्रो गजलको भाब बुझिन
गजल प्रति तिम्रो लगाब बुझिन ॥

तिमि त साहित्य नरुचाउने मान्छे
त्यो तिम्रो गजलको किताब बुझिन ॥


आजभोलि उसैसंग देख्छु तिमिलाई
उस प्रतिको तिम्रो ,झुकाब बुझिन ॥


तिमि पनि मायाँमा परेको छौ र ?
हातमा त्यो रातो, गुलाब बुझिन ॥


एकैचोटिमै रित्यायौँ बोतल तिमिले
पानि हो कि त्यो, सराब बुझिन ॥

कृष्ण प्रसाद सिम्खडा
गीतानगर-४,देवनग र चितवन

शब्द शरोबर : (11-02-2013/29-10-2069) प्रेम दिवस विशेष- Download

NepaliTalim | 1:33:00 PM | 0 comments
SHABDA SHAROBAR
Host : Bimal Marmik
Time : Tuesday 9.15pm
Date : (11-02-2013/29-10-2069)
Fm: Radio Manaslu 103.9mhz

Email: shabda.sarobar@gmail.com
FB : ShabdaSharobar


नमस्कार साथीहरु
आज मिति 2069 माघ 29 तदनुसार 11-02-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । आज प्रेम दिवस विशेष गजलहरु लिएर आएका छौं । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download 

Thank you

गजल - दिलायो गुलाबले (प्रेम दिवस विशेष) -रोहित राना

NepaliTalim | 1:07:00 PM | 0 comments
कतिलाई सुन्दर जीवन दिलायो गुलाबले
टूक्रियका धेरै दिलहरू मिलायो गुलाबले

धुजा-धुजा हुन्छन् मन चाहेको नपाऊँदा
फाटेका धेरैका मनहरू सिलायो गुलाबले

हुरी-तूफानले पनि नहल्लिएका मनहरूलाइ
अचानक एक-पलभर'मै हिलायो गुलाबले
हिराले हिरा काटे झैं मुटुले मुटु काटे पछि
कतिको सुन्दर प्रेम कथा बिलायो गुलाबले
मायामा चुस्की लाउने सबैको हुने चाहना
रोहितलाई भने विष-प्याला पिलायो गुलाबले
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

गजल- संसारमा प्रेम दिवश .. (आरके थापा)

NepaliTalim | 9:49:00 AM | 0 comments
संसारमा प्रेम दिवश , चलेको छ प्रिय ।।
कता कता कोमल मुटु , जलेको छ प्रिय ।।

मुना मदन जस्तो हाम्रो , भयन खै भन्छौ ,
हाम्रो भाग्य लेख्नलाई या , छलेको छ प्रिय ।।

हर क्षेण हरेक दीन ,तिम्रै निम्ती सोच्छु ,
निराश भई यो हृदय , गलेको छ प्रिय ।।

प्रेम प्रतिक गुलाव त्यो ,बोक्या रैछौ फूल ,
मनमा आगो दन्कीयर , बलेको छ प्रिय ।।

मन बिशाउने दौतरी , छैन कतै भन्दा ,
मुर्छा परी आरके याहाँ , ढलेको छ प्रिय ।।

संसारमा प्रेम दिवश , चलेको छ प्रिय ।।
कता कता कोमल मुटु , जलेको छ प्रिय ।।
13/02/2013
आरके थापा , बोच -दोलखा
हाल साउदी , अरब
आरके थापा

गजल - अजम्बरी जवानी न तेरो न मेरो (नबिन नेपाल)

NepaliTalim | 9:40:00 AM | 0 comments
अजम्बरी जवानी न तेरो न मेरो
मरे पछी खरानी न तेरो न मेरो

तँ ठुलै जाती होलास पानी खान दे
बगेर जाने पानी न तेरो न मेरो

मेरो यो बाचा भयो आँखा दान गर्छु
खरानी हुने नानी न तेरो न मेरो

पसिना र माटो हो नि सुनको साटो
लासाको सुन खानी न तेरो न मेरो

आउँदा जस्तो जादा तेस्तै जाने हो
मरेर केहि लानी न तेरो न मेरो

ढोका खुल्छ तब जब सच्चा पुग्नेछ
बाटो स्वर्ग जाने न तेरो न मेरो

नबिन नेपाल
भक्तपुर

गजल शरोबर -(09-02-2013) सवाज जवाफ विशेष - Download

NepaliTalim | 4:52:00 PM | 0 comments
सवाज जवाफ विशेष श्रृङ्खला     
KALIKA FM PRESENTS 
GAZAL SHAROBAR
Date : (09-02-2013/2069-10-27)
FM : Kalika FM


आज मिति २०६९ माघ 27 गते बुधवार तदनुसार 09-Feb-2013 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ ।   बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ  भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । आज शनिबार पनि गजल सरोबर लिएर विजय राज उपस्थित हुनुभएको छ ।  आज सवाज जवाफ विशेष श्रृङ्खला प्रस्तुत हुनेछ र सवाज जवाफ विशेष श्रृङ्खलामा दोय गजलकार साथीहरु विजय राज र शुबु सवाल जवाफ प्रस्तुत गर्नुहुनेछ ।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download : Click Here to Download


चर्चित नेपाली फिल्म "लुट" LOOT - Watch

NepaliTalim | 3:43:00 PM | 0 comments














Source: http://www.youtube.com/
चर्चित नेपाली फिल्म लुट युटुबमा रहेछ । तपाईपनि हेर्नुहोला ।
Movie LOOT


DOWNLOAD : CLICK HERE TO DOWNLOAD

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु - Download

NepaliTalim | 3:03:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)

मिति : (08-02-2013/2069-10-26)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा

रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज मिति 2069 माघ 26 गते तदनुसार 08-Feb-2012 शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आज हामी गुरु प्र.मैनालीको नाशो कथा संग्रहबाट दुइवोटा कथाहरु सुन्ने छौं जसमा चिताको ज्वाला र छिमेकी कथा रहनेछन् । आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  । Stories from Nasho Story Book written by Guru Prasad Mainali.
Listen and Download 

Download : Click Here to Download 

Thank you

साहित्य सिर्जना ( स्रस्टा बिसेस )_069-10-27

NepaliTalim | 12:32:00 PM | 0 comments
कार्यक्रम :- साहित्य सिर्जना ( स्रस्टा बिसेस )
रेडियो    :- सामुदायिक रेडियो बुद्ध आवाज ८९ बिन्दु ६ मेगाहर्ज
                बाणगंगा ८ बैरीया कपिलबस्तु |
अतिथि :- सुबिन भट्टराई (लेखक उपन्यासकार)
प्रस्तोता :- कमल पौडेल "शब्द शखा "
समय    :- बिबिसी नेपाली सेवा पछि
बार       :- प्रत्यक सनिबार



Download : Click Here to Download
यो श्रृंखलामा प्रसारण भएको मेरो गजल
प्रेम दिवसमा प्रेमै प्रेम जोडिएला मन कतै ।।
चकनाचुर कति सपना तोडिएला मन कतै ।।

पाउलान कतिले नयाँ साथी नयाँ जिवन
टुक्रिएला कतै मुटु, मोडिएला मन कतै ।।

कलिलो कोपिलमा मल जल गर्नुपर्छ
झुक्किएर जरै सित, गोडिएला मन कतै ।।

कति होला प्रणयमा, रम्दै आनान्दमा मस्त
कतै आँसु धरधरी फोडिएला मन कतै ।।

कतै मायाँ मात्र मायाँ कतै घृणा मात्र घृणा
प्रेम आड भरोसामा ओडिएला मन कतै ।।

प्रेम प्रतिक रातो गुलाफ सँगै विशेष उपहार
लिँदै दिँदै मन साट्दा जोडिएला मन कतै ।।

नहोस् विछोड कसैको,गाह्रो बाँच्न एक्लै एक्लै
होसगर्नु मन दुख्ला चुँडिएला मन कतै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
आउँदै गरेको प्रणय दिवसको सबै प्रेम जोडिहरुलाई धेरै धेरै शुभकामना ब्यक्त गर्दछु ।
>राम शरण श्रेष्ठ

बहकिने मन (2069-10-29/11-02-2013) प्रेम दिवस विशेष-Download

NepaliTalim | 11:40:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2069-10-29/11-02-2013)
Time : 9.15pm Every Monday

Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161

Facebook : Bahakine Man
FM: CIN Network



आजको श्रृंखलामा प्रेम दिवस विशेष प्रस्तुति रहनेछ ।
आज मिति 2069 माघ 29 तदनुसार 11-02-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 62  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।      
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger