कार्यक्रम : “साहित्य सिर्जना रेडियो : रेडियो मलमला ८८.६mhz प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page Email :radiomalmala@gmail.com
साथीहरु नमस्कार ।
आज मिति 2069 मंसिर30 गते तदनुसार 15-Dec-2012 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 15 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद । Listen And Download
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-08-28/13-12-2012)
आज मिति 2069 मंर्सिर 28 गते तदनुसार 13-Dec-2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद । Listen and Download
२०६९-०८-२८ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-Sumi Prakriti
यी सव बाहाना हुन मन चोर्ने
उसकै चाहना हुन मन चोर्ने
तर्किदा जर्किदा झर्किदा पनि
छमा याचना हुन मन चोर्ने
sumi prakriti
02-Raju Poudel
एउटि नक्कलि केटि छ ।।
उमेर ढल्केकी जेठी छ ।।
इसारा गर्छे बोलाउछे खै के गरु ।।
उस्कै बाउ मेरो घरबेटि छ ।।
Raju poudel
Rudrapur Rupandehi
Doha Qatar
03-Rai Munkmen Ramesh मुक्तक
बेहुला बनी तिम्रो घरमा आइ दिदा कसो होला
तिमै आगनीमा पञ्चेबाजा बजाइ दिदा कसो होला
नपर्खि अर्को मंसीर धुमधाम सँग यहि मंसीरमा नै
तिम्रो खाली सिउदो सिन्दुरले सजाइ दिदा कसो होला
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद..
04-श्रीकान्त कहेराज़
सहमति खोज्दा खोज्दै जुग जान्छ होस् गर
छिमेकीले सिमा मिच्दै देश लान्छ होस् गर
अब पनि घैटोमा घाम लागेन भने नेता ,
नेपालिजन एकजुट भै तिम्लाई बान्छ होस् गर
कृष्ण मन्दिर चोक
05-Bishnu K Gautam
पैसाहरू रूख रूखमै फल्छ हो?बिदेश तिर!
रात पनि दिन जस्तै बल्छ हो?बिदेश तिर!
हैन भने ताँति किन?आखिर त्यहि पुग्न।।
पानिले नै रेल गाडि चल्छ हो?बिदेश तिर
बिष्णु गौतम
मल्म-4,बाग्लुङ
06-Ashish Danai मुक्तक
कसरी भन्नु डराईरहेछु ।
तिम्रै यादमा हराईरहेछु ।
रातमा झस्कन्छु तिम्रै यादले ।
सपनिमा बर्बराईरहेछु ।
-आशिष दनाई
Gaunshahar-2 Danaigaun, लमजुङ
www.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima
www.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima
07-Umesh Shrestha मुक्तक
थाकेको थिएँ आराम गर्ने ठाऊँ थिएन
नदि उस पार जानु थियो नाऊँ थिएन
मेरी माया को गाउँ खोज्दै हिडे थें म
उसले दिएको नामको कुनै गाउँ थिएन
-उमेश श्रेष्ठ
चिसापानी रामेछाप
08-Saroj Dhital
म त आज भोली आफैँमा हराउन थालेँ छु..
थाहा भयो तिमिलाई मन पराउन थालाछु..
आँखा चिम्म गर्न खोज्छु तिम्रो तस्विर अघि आँउँछ..
तिमि भन्दै सपनीमा कराउन थालेछु..
-डाँछी 3 काठमाडौँ
09-Mohan Bihani
बसन्त नै आए पनि फुल्ने छैन अब
भवराँ झै फुल खोज्दै डुल्ने छैन अब
पिडा दुख कति छन् यो छाति भित्र हेर,
हाँसी हाँसी पराई भाको भुल्ने छैन अब।
मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
www.mohanbihani.blogspot.com
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com
10-Lb Sagar ऐल.बि.सागर
नपायकै माया त्यो ,हिरा भयो ।
त्यही माया धमनी ,सिरा भयो ।।
जसका लागी ,हाजिर गरे यो ज्यान ।
उसैको ब्याहारले मुटु,चिरा भयो ।।
-कैलाली हाल:मलेशिया
11-धनेश्वर पौडेल मुक्तक
भयो आज, कलेज जानै भुलेछु ।
हिँजो गएँ, पुस्तक लानै भुलेछु ।।
गर्नु गर्यो बरै, फेशबूकले मलाई ।
थक्क राती खाना, खानै भुलेछु ।।
धनेश्वर पौडेल
दाङ देउखुरी
हाल कुवेत
12-तिलक निस्कर्ष
एकतर्फी मनमनै मात्र कुरा चलाउने लाइ
केहि भन्दिन मुटु भित्र छुरा चलाउने लाइ
मनको कुरा मन मनै म कसरि बुझौ सानु,
दोष जान्छ प्रीतको वाक्य अधुरा चलाउने लाइ
रत्ननगर ७
.......गीत >>>>>बर्सिरहे झरी सरि दुइ आँखाको पानि , छेड्यो जब मुटु तिम्ले आफु तिर तानी ........
दिपक भण्डारीको आवाजमा .......
13-Bikalpa Babu मुक्तक
सन्तप्त मेरो तन, कराएको देख्दिनौ
बेचैन आँखाहरु, डराएको देख्दिनौ
कसरी भनु अझै, खात्ती कुरो तिम्लाइ
धड्कन देखी मन, पराएको देख्दिनौ
-बिकल्प बाबु
गितानगर-1, चितवन
14-Jyoti Khatiwada Anischit
पिरतीको धागो,कहिल्यै नटुटोस्
सच्चा माया तिम्रो,कहिल्यै नछुटोस्
मायामा विश्वास नै हो ठुलो सहारा
विश्वासको त्यो घडा,कहिल्यै नफुटोस् ।
ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा 2, झापा, नेपाल ।
15-Rakshe Deep Milan
म आशामा कैले सम्म, झेलौ जिन्दगिलाई?
भोगाईको बेलनाले, बेलौ जिन्दगिलाई??
एता टाल्यो उता फाट्छ, चुँहिदैछन आँशु,
समयको चक्रब्यूमा, रेलौ जिन्दगिलाई??
-दीप मिलन
रुद्रपुर्-०२ रुपन्देहि
हाल दोहा कतार
16-Raj Chhetri 'Rahul'
न उनको ढुङ्गे मन पगाल्न सकियो।
न आफ्नो फाटेको मन टाल्न सकियो।
भ्रमको हुरि चलिरह्यो त्यो मनको पानसमा,
न कुनै विश्वासको दीप बाल्न सकियो।
-राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
17-Rupesh Fatra रुपेश "अनमोल" फत्र
पान्थर, लिम्बुवान
दिल भित्र छापेकालाई, भुल्न गाह्रो हुन्छ दाजुँ..../
आफ्नै मान्छे ठानेकालाई, भुल्न गाह्रो हुन्छ दाजुँ...../
सदैव चोखो माया दिएर, आफ्नै मनमुटुमा.....
सजाएर राखेकालाई, भुल्न गाह्रो हुन्छ दाजुँ...../
18-Rajesh Rumba Lama 'मुक्तक'
बलियो सम्बन्धलाई सारै झुर बनाउँछौ
क्या तागत छ समस्या तिमीसंग नजिककोलाई दुर बनाउँछौ
उसोर नजिक ल्याँउछौ नचाहेकालाई पनि
शत्रु संगै नजिक हुन मज-बुर बनाउँछौ
राजेश रुम्बा लामा 'अतृप्त'
बिरेन्द्रनगर-1 चितवन
हाल कतार
19-Bishnu Prasad Adhikari मुक्तक
जूनलाई पनि बिर्सिदिएँ उनलाई देखेपछी
सुनलाई पनि बिर्सिदिएँ उनलाई देखेपछी
मुटुभित्र बसेकी छिन् , नसा नसा बग्छिन् उनी
खूनलाई पनि बिर्सिदिएँ उनलाई देखेपछी
-बिष्णु प्रसाद अधिकारी
मकवानपूर पदमपोखरी ४
हाल काठमाडौँ
20-Amrit Shrestha
निर्दोस् आत्मा रेटेर के पायौ ?
सबको नजरमा भेटेर के पायौ ?
पापी त तिम्रो त्यो मन रहेछ,
मेरो माया सबै मेटेर के पायौ ?.
(Amrit shrestha pokhara 12 kaski)
21-Deep RE Son Karki
मेरो देश कता जाँदैछ,थाहा देऊ न कोही
देशप्रति पनि ए विर हो,चाह देऊ न कोही
आफ्नो थैलीमात्र नहेरन देशका लागि केही गर
बाबुरामले पनि गरेनन् केही,राह देऊ न कोही ।
-दिपेश कार्की (दिप्सन)
दहिझोडा झापा
हाल गाईघाट ।
22-Toya Khatiwada Kalpit
काली तिम्रो झ झल्को आउँछ धेरै
तिम्रो यादले मलाई सताउँछ धेरै
मैले जस्तो तिमीले पनि माया लाएर हेर
आफुले लाएसी माया बताउँछ धेरै ।
तोया खतिवडा कल्पित
सुरुङ्गा ५ झापा ।
23-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
आफ्नो गुँड चरीले झैँ सार्नेलाई के भनु
उता अनी यता ठिक्क पार्नेलाइ के भनु
उनकै प्रतिक्षामा बसे ---पांच बर्ष सम्म
ऐया यो आत्मा जिउदै मार्नेलाई के भनु ?
********ATM आत्मा ***********
hetauda makwanpur ,hal- doha qatar
24-Baral Suryamani
दुःख सुख बाटी डोरी त्यसमै समाई जीउँला हामी,
मन फाटे एक अर्काको दुबै मिलि सिउँला हामी।
जिन्दगीको गोरेटो कतै खाल्टो कतै ओरालो,
काट्दा खेरी सँघर्षमा आँशु सँगै पिउँला हामी।।
25-सुजल बाबु बस्नेत सुमि प्रकृति ज्यूको मुक्तकको जवाफमा एउटा प्रयास (सायद तुक्तक बन्योकी?) :
कसैको मन चोर्ने चाहाना थिएन !
मागेथेँ साथ तिम्रै बाहाना थिएन !
तर्किदा झर्किँदा मन दुख्छ अति नै;
माया पाउन दयाको याचना थिएन !
-Sujal Babu Basnet
Itahari सुनसरी
कार्यक्रम- हृदय-स्पन्दन प्रस्तोता- अनु अर्पन रेडियो- सामुदायिक रेडियो सर्लाही १०५.६ मेगाहर्ज अनलाइन-http://www.radiosarlahi.org समय- प्रत्येक बिहिबार राति ९.१५ बजे
प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि ९।१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई दिनुहुने रेडियो सर्लाहीलाइ धन्यबाद। Listen HERE
गजल संगम (Gazal Sangam) मिति : (2069-08-27/12-12-2012) रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज बिधा : नेपाली गजल प्रस्तोता : आर पि पोख्रेल समय : हरेक बुधवार बेलुकी ९.१५ Phone : 056-526186 Facebook : Gazal Sangam
आज मिति 2069 मंसिर महिनाको 27 गते तदनुसार 12-Dec-2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद । Listen and Download
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर
Date : (12-12-2012/2069-08-27) रेडियो : देबदह 106.6 मेगाहर्ज समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
आज मिति 2069 मंसिर 27 तदनुसार 12-Dec-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebookwall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 मंसिर महिनाको 27 गते बुधवार तदनुसार 12-Dec-2012, का दिन रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको लिएर (BULBUL EPISODE-172) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । Listen and Download
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2069-08-26/11-12-2012)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे
अनलाईन सुन्न : Radio Ekata
फेसबुक पेज : Gazalka Sherharu
आदरणिय साथीहरु,
आज मिति 2069 मंसिर महिनाको 26 तदनुसार मिति 11-Dec-2012 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद । Listen and Download
बहकिने मन BAHAKINE MAN
DATE : (2069-08-26/10-12-2012) Time : 9.15pm Every Monday Host : Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: http://www.cin.org.np
आज मिति 2069 मंसिर 26 तदनुसार 10-Dec-2012 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 55 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति । Listen and Download