Home » » Muktak Madhurima (2069-08-28/13-12-2012) - Download

Muktak Madhurima (2069-08-28/13-12-2012) - Download

NepaliTalim | 10:07:00 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-08-28/13-12-2012)
 
 
आज मिति 2069 मंर्सिर 28 गते तदनुसार 13-Dec-2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।    
 
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes

२०६९-०८-२८ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-Sumi Prakriti
यी सव बाहाना हुन मन चोर्ने
उसकै चाहना हुन मन चोर्ने
तर्किदा जर्किदा झर्किदा पनि
छमा याचना हुन मन चोर्ने
sumi prakriti

02-Raju Poudel
एउटि नक्कलि केटि छ ।।
उमेर ढल्केकी जेठी छ ।।
इसारा गर्छे बोलाउछे खै के गरु ।।
उस्कै बाउ मेरो घरबेटि छ ।।
Raju poudel
Rudrapur Rupandehi
Doha Qatar

03-Rai Munkmen Ramesh मुक्तक
बेहुला बनी तिम्रो घरमा आइ दिदा कसो होला
तिमै आगनीमा पञ्चेबाजा बजाइ दिदा कसो होला
नपर्खि अर्को मंसीर धुमधाम सँग यहि मंसीरमा नै
तिम्रो खाली सिउदो सिन्दुरले सजाइ दिदा कसो होला
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद..

04-श्रीकान्त कहेराज़
सहमति खोज्दा खोज्दै जुग जान्छ होस् गर
छिमेकीले सिमा मिच्दै देश लान्छ होस् गर
अब पनि घैटोमा घाम लागेन भने नेता ,
नेपालिजन एकजुट भै तिम्लाई बान्छ होस् गर
कृष्ण मन्दिर चोक

05-Bishnu K Gautam
पैसाहरू रूख रूखमै फल्छ हो?बिदेश तिर!
रात पनि दिन जस्तै बल्छ हो?बिदेश तिर!
हैन भने ताँति किन?आखिर त्यहि पुग्न।।
पानिले नै रेल गाडि चल्छ हो?बिदेश तिर
बिष्णु गौतम
मल्म-4,बाग्लुङ

06-Ashish Danai मुक्तक
कसरी भन्नु डराईरहेछु ।
तिम्रै यादमा हराईरहेछु ।
रातमा झस्कन्छु तिम्रै यादले ।
सपनिमा बर्बराईरहेछु ।
-आशिष दनाई
Gaunshahar-2 Danaigaun, लमजुङ
www.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima
www.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima

07-Umesh Shrestha मुक्तक
थाकेको थिएँ आराम गर्ने ठाऊँ थिएन
नदि उस पार जानु थियो नाऊँ थिएन
मेरी माया को गाउँ खोज्दै हिडे थें म
उसले दिएको नामको कुनै गाउँ थिएन
-उमेश श्रेष्ठ
चिसापानी रामेछाप

08-Saroj Dhital
म त आज भोली आफैँमा हराउन थालेँ छु..
थाहा भयो तिमिलाई मन पराउन थालाछु..
आँखा चिम्म गर्न खोज्छु तिम्रो तस्विर अघि आँउँछ..
तिमि भन्दै सपनीमा कराउन थालेछु..
-डाँछी 3 काठमाडौँ

09-Mohan Bihani
बसन्त नै आए पनि फुल्ने छैन अब
भवराँ झै फुल खोज्दै डुल्ने छैन अब
पिडा दुख कति छन् यो छाति भित्र हेर,
हाँसी हाँसी पराई भाको भुल्ने छैन अब।
मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
www.mohanbihani.blogspot.com
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com

10-Lb Sagar ऐल.बि.सागर
नपायकै माया त्यो ,हिरा भयो ।
त्यही माया धमनी ,सिरा भयो ।।
जसका लागी ,हाजिर गरे यो ज्यान ।
उसैको ब्याहारले मुटु,चिरा भयो ।।
-कैलाली हाल:मलेशिया

11-धनेश्वर पौडेल मुक्तक
भयो आज, कलेज जानै भुलेछु ।
हिँजो गएँ, पुस्तक लानै भुलेछु ।।
गर्नु गर्‍यो बरै, फेशबूकले मलाई ।
थक्क राती खाना, खानै भुलेछु ।।
धनेश्वर पौडेल
दाङ देउखुरी
हाल कुवेत

12-तिलक निस्कर्ष
एकतर्फी मनमनै मात्र कुरा चलाउने लाइ
केहि भन्दिन मुटु भित्र छुरा चलाउने लाइ
मनको कुरा मन मनै म कसरि बुझौ सानु,
दोष जान्छ प्रीतको वाक्य अधुरा चलाउने लाइ
रत्ननगर ७
.......गीत >>>>>बर्सिरहे झरी सरि दुइ आँखाको पानि , छेड्यो जब मुटु तिम्ले आफु तिर तानी ........
दिपक भण्डारीको आवाजमा .......

13-Bikalpa Babu मुक्तक
सन्तप्त मेरो तन, कराएको देख्दिनौ
बेचैन आँखाहरु, डराएको देख्दिनौ
कसरी भनु अझै, खात्ती कुरो तिम्लाइ
धड्कन देखी मन, पराएको देख्दिनौ
-बिकल्प बाबु
गितानगर-1, चितवन

14-Jyoti Khatiwada Anischit
पिरतीको धागो,कहिल्यै नटुटोस्
सच्चा माया तिम्रो,कहिल्यै नछुटोस्
मायामा विश्वास नै हो ठुलो सहारा
विश्वासको त्यो घडा,कहिल्यै नफुटोस् ।
ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा 2, झापा, नेपाल ।

15-Rakshe Deep Milan
म आशामा कैले सम्म, झेलौ जिन्दगिलाई?
भोगाईको बेलनाले, बेलौ जिन्दगिलाई??
एता टाल्यो उता फाट्छ, चुँहिदैछन आँशु,
समयको चक्रब्यूमा, रेलौ जिन्दगिलाई??
-दीप मिलन
रुद्रपुर्-०२ रुपन्देहि
हाल दोहा कतार

16-Raj Chhetri 'Rahul'
न उनको ढुङ्गे मन पगाल्न सकियो।
न आफ्नो फाटेको मन टाल्न सकियो।
भ्रमको हुरि चलिरह्यो त्यो मनको पानसमा,
न कुनै विश्वासको दीप बाल्न सकियो।
-राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)

17-Rupesh Fatra रुपेश "अनमोल" फत्र
पान्थर, लिम्बुवान
दिल भित्र छापेकालाई, भुल्न गाह्रो हुन्छ दाजुँ..../
आफ्नै मान्छे ठानेकालाई, भुल्न गाह्रो हुन्छ दाजुँ...../
सदैव चोखो माया दिएर, आफ्नै मनमुटुमा.....
सजाएर राखेकालाई, भुल्न गाह्रो हुन्छ दाजुँ...../

18-Rajesh Rumba Lama 'मुक्तक'
बलियो सम्बन्धलाई सारै झुर बनाउँछौ
क्या तागत छ समस्या तिमीसंग नजिककोलाई दुर बनाउँछौ
उसोर नजिक ल्याँउछौ नचाहेकालाई पनि
शत्रु संगै नजिक हुन मज-बुर बनाउँछौ
राजेश रुम्बा लामा 'अतृप्त'
बिरेन्द्रनगर-1 चितवन
हाल कतार

19-Bishnu Prasad Adhikari मुक्तक
जूनलाई पनि बिर्सिदिएँ उनलाई देखेपछी
सुनलाई पनि बिर्सिदिएँ उनलाई देखेपछी
मुटुभित्र बसेकी छिन् , नसा नसा बग्छिन् उनी
खूनलाई पनि बिर्सिदिएँ उनलाई देखेपछी
-बिष्णु प्रसाद अधिकारी
मकवानपूर पदमपोखरी ४
हाल काठमाडौँ

20-Amrit Shrestha
निर्दोस् आत्मा रेटेर के पायौ ?
सबको नजरमा भेटेर के पायौ ?
पापी त तिम्रो त्यो मन रहेछ,
मेरो माया सबै मेटेर के पायौ ?.
(Amrit shrestha pokhara 12 kaski)

21-Deep RE Son Karki
मेरो देश कता जाँदैछ,थाहा देऊ न कोही
देशप्रति पनि ए विर हो,चाह देऊ न कोही
आफ्नो थैलीमात्र नहेरन देशका लागि केही गर
बाबुरामले पनि गरेनन् केही,राह देऊ न कोही ।
-दिपेश कार्की (दिप्सन)
दहिझोडा झापा
हाल गाईघाट ।

22-Toya Khatiwada Kalpit
काली तिम्रो झ झल्को आउँछ धेरै
तिम्रो यादले मलाई सताउँछ धेरै
मैले जस्तो तिमीले पनि माया लाएर हेर
आफुले लाएसी माया बताउँछ धेरै ।
तोया खतिवडा कल्पित
सुरुङ्गा ५ झापा ।

23-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
आफ्नो गुँड चरीले झैँ सार्नेलाई के भनु
उता अनी यता ठिक्क पार्नेलाइ के भनु
उनकै प्रतिक्षामा बसे ---पांच बर्ष सम्म
ऐया यो आत्मा जिउदै मार्नेलाई के भनु ?
********ATM आत्मा ***********
hetauda makwanpur ,hal- doha qatar

24-Baral Suryamani
दुःख सुख बाटी डोरी त्यसमै समाई जीउँला हामी,
मन फाटे एक अर्काको दुबै मिलि सिउँला हामी।
जिन्दगीको गोरेटो कतै खाल्टो कतै ओरालो,
काट्दा खेरी सँघर्षमा आँशु सँगै पिउँला हामी।।

25-सुजल बाबु बस्नेत सुमि प्रकृति ज्यूको मुक्तकको जवाफमा एउटा प्रयास (सायद तुक्तक बन्योकी?) :
कसैको मन चोर्ने चाहाना थिएन !
मागेथेँ साथ तिम्रै बाहाना थिएन !
तर्किदा झर्किँदा मन दुख्छ अति नै;
माया पाउन दयाको याचना थिएन !
-Sujal Babu Basnet
Itahari सुनसरी
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger