Home » » Muktak Madhurima (2069-09-12/27-12-2012) - Download

Muktak Madhurima (2069-09-12/27-12-2012) - Download

NepaliTalim | 12:06:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm

Host : Ramu Acharya
Date :  (2069-09-12/27-12-2012)
 
आज मिति 2069 पुष 12 गते तदनुसार 27-Dec-2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।          
Listen and Download

Download : Click Here to Download
Listen Previous Episodes :  

२०६९-०९-१२ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-Khadga G Magar
छचल्कियो ऑशु मेरो पुछिदिने कोहि भएन
मुटु भरि वह मेरो, बुझिदिने कोहि भएन //
दुःखमै पनि रम्थेहोला, साथ दिने कोहि पाए
ऑशुका यी झरि संगै, रुझि दिने कोहि भएन //
खड्ग जी मगर
उरहरी, दांग,
हाल कतार

02-Ram Sharan Shrestha
नजरको हानाहान चलिरहेकोछ ।।
आ–आफ्नै स्वाभिमान चलिरहेछ ।।
कस्ले राख्ने प्रस्ताब सोचिरहेछु
प्रेमको यो अभियान चलिरहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

03-Amrit Shrestha
सबैमा खुशी छाउनेछ एकदिन
पीडितले न्याय पाउनेछ एकदिन
दिन गन्दैबस धोकेबाज हरु अब,
मायामा नि कानुन आउनेछ एकदिन
(Amrit shrestha pokhara kaski)

04-Rajib Rimal
यो दुनिया जगत छक्क पर्नेछ ।
पश्चातापमा फगत छक्क पर्नेछ ।
जब आकाश गर्जिएर पनी पर्दैन्,
परेपछी रगत छक्क पर्नेछ ।
( राजीव रिमाल
ईन्जिनियरिङ साहीत्तियक सन्जाल,wrc-pokhara)

05-Mohan Bihani
बोलाउँदा रिसाउनेको कुरा के गर्नु
चोचो मोसो मिसाउनेको कुरा के गर्नु
जवानी त सबलाई आएकै हुन्छ एक फेर
जथाभाबि बैश बिसाउनेको कुरा के गर्नु।

06-Rupesh Fatra रुपेश "अनमोल" फत्र
पान्थर, लिम्बुवान
आफ्नो गाउँ घर अब आफैँ बनाउ नेपाली/
भाषा धर्म सस्कृतिलाई बचाउ नेपाली/
दाजुँभाई एकापसमा लडाई नगर.....
सम्मान र सद्भावको सस्कार बसाउ नेपाली

07-Raag Gazmer Raz
तिमीमा मैले रुप हेरिन
मगमगाउने त्यो धूप हेरिन
सुन्दर तिम्रो लज्जा देखेँ
चञ्चल ति आँखा चुप हेरिन

08-Arjun Chaudhary
आनि बानी सिम्पल चाला मन पर्यो,
हास्दा खेरि डिम्पल गाला मन पर्यो,
तिमीले लगाएको क्रिम पाउडर भएर होईन,
पसिना पुछ्दाखेरि कालो छाला मन पर्यो...
ARJUN CHAUDHARY

09-Rakshe Deep Milan
यो चिसो पवनमा जल्नु छ आज!
यौवनको आगोमा बल्नुछ आज!!
आउ छेउमा बस धक नमानि,
मौन युद्ढले हामि गल्नुछ आज!!
-दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार

10-Raj Chhetri 'Rahul'
रात प्राय तड्पाईमा बित्छ।
अनि दिन पर्खाईमा बित्छ।
उसैको यादमा हरेक पल,
अश्रु धारा बर्षाईमा बित्छ

11-Komal Bhatta मुक्तक:-
नआत्तिनोस साथीहरू केही हुने होइन
बेकारका कुरा सुन्दै धेरै रुने होइन
जिन्दगीका पलहरु विताऊँ हाँस्दै खेल्दै
बन्द गरौँ हल्ला सबै अब छुने होइन
कोमल भट्ट,न्युयोर्क

12-Ashish Danai
मायाँको डोरीले बाधेर आएँ
एउटी मोरीले तानेर आएँ ।
अरूले भनेको कहाँ मान्थे र
साहुकी छोरीले डाकेर आएँ ।
-आशिष दनाई
बेसिशहर,लमजुङ
२०६९-०९-०५

13-Ram Chandra Basyal
पत्थर को नै रैछ मुटु फुटेपछि थाहा पाएँ !
लाशपोल्न आफ्नै चिता जुटेपछि थाहा पाएँ !!
जति बाड़यो उति माया बढी जान्छ भन्थे तर!
रितिएछ सबै कुरा लुटे पछि थाहा पाएँ !!
रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
{हाल:यु.ए.ई.दुबई }

14-Raju Poudel
गरिबलाइ अन्नकै दानो प्यारो लाग्छ ।।
मौरिलाइ पनि आफ्नै रानो प्यारो लाग्छ ।।
ठुला बडा भन्नेहरूकै घमणडले गर्दाखेरि ।।
आजभोलि मलाइ पनि सानो प्यारो लाग्छ ।।
Raju poudel
Rudrapur rupandehi
Doha Qatar

15-Bhupendra Bc मुक्तक
निमुखाको आवाज सधै बोल्छ पत्त्रकार
समाजको तितो सत्य खोल्छ पत्त्रकार
अन्यायमा पर्छ जो उसकै सेवा गर्दै
न्याय दिन बरु जोखिम मोल्छ पत्त्रकार
-भुपेन्द्र(बिपिन)बिसी
बिकाशनगर,कोहलपुर बाँके

16-तिलक निस्कर्ष
आज आउछु भन्यौ मलाइ कुरायर गयौ
थाहा भो तिमि अन्तै लगन जुरायर गयौ
साचो मायाको गन्तब्य मिलन होइन सानु
त्याग गरे मैले तर तिम्ले धोको पुरायर गयौ
रत्ननगर ७

17-Rockiron Ganesh
धेरै बोले आफ्नै बोली बात लाग्यो मलाई!
तिम्रै माया तोडेर धेरै घात लग्यो मलाई !!
थाहा पाए बल्ल तिम्लाई देखे पछि आज!
धोकेबाज भन्यौ येही हात लाग्यो मलाई!!
-रकआईरन गनेश
फुएतप्पा 5 इलाम
हाल इन्छन कोरिया

18-धनेश्वर पौडेल
सुनै खाउ सुनै लाउ, सुनै सुनको घर पाउ ।
शिर देखी पाउ पुरै, सुनै छाउने वर पाउ ।।
नुनै छैन घर मेरो, सुन कहाँँ पाउँ मैले ।
सुनै सुन खानि अनी, सुन घनी नर पाउ ।।
धनेश्वर पौडेल
दाँङ देउखुरी

19-एस पि माथवर मुक्तक
मेरा आखाँ सजल बनाउनेलाइ बधाइ छ ।
परिबर्तन भयौ तिमि दुख मेरो भोगाइ छ ॥
तिमि मेरै हुनै पर्छ भन्ने पनि छैन प्रियसि।
तर अझै माया गर्छेउ भन्ने मेरो बुझाइ छ ।
नाम ~तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना ~दाङ देउखुरि गंगाप्रसपुर १ शितलताको बस्ति हाल दोहा कतार देखि

20-कपिल लामिछने
दाङ्ग तुल्सिपुर
हाल दोहा कतार
काफियामै भुलेछु म, छन्द बिर्सिएर!
डुलेछु म बजार बजार बन्द बिर्सिएर!!
एकहोरो कल्पनामा लिप्त भएछु,
तिम्रो मिठो स्पर्शको सुगन्ध बिर्सिएर!!

21-Jaya Bhabuk
सधै सधै बालुवाटर मत्रै किन धाउछौँ नेता?
यस्तो गर्छु उस्तो गर्छु भन्ने किन आउछौँ नेता?
आज पिन भएन भोली पिन भएन
सधै सधै झुटा सुचनाहरू किन छाउछौँ नेता?
-जयराम िब. क. (जयॉ भॉवुक )
धधवॉर 7 बर्िदयॉ.
हाल मलेिसयॉ जोहोर

22-Bishnu K Gautam
यो सहर बाट अन्तै गयौ नरमाइलो लाछ सानु
नजिक थियौ टाढा भयौ नरमाइलो लाछ सानु
बाध्यता र बिवस्ता थियो तिम्रो बुझेकोछु
न्यास्रो बनेर मनमा रयौ नरमाइलो लाछ सानु
बिष्णु गौतम
मल्म-४,बाग्लुङ

23-Bikalpa Babu 
समयको जाल चक्रमा, फस्दैछु आमा
म पनि बिदेसतिर, पस्दैछु आमा
दुँनियाको कर्के नजर, लागे पछि यहा
ँ जोगी बनि खरानी, घस्दैछु आमा
बिकल्प बाबु गितानगर-1, चितवन

24-ß-kash Neupane
तिम्रो मनको बस्ती छोड्दै छु यसैपाली मा,
हिड्ने त्यो बाटो मोड्दै छु यसैपाली मा !
नाता अब अपरिचित हुनै लाग्दा खेरी,
ती सारा बन्धन तोड्दै छु यसैपाली मा!!
बिकाश न्यौपाने बारा

25-Artimus Siru
जीवन एक शंघर्ष हो,शंघर्ष गरेर बाँच्न सिक !
पिर मनमा हुँदा पनि सबको अघि हाँस्न सिक !!
सबैको व्यथा उस्तै हुन्छ आफ्नो बढी लाग्छ !
टुक्रिएकै भा,नि मुटु सम्हालेर गाँस्न सिक !!
सुमित्रा अधिकारी
गोरखा

26-Rai Munkmen Ramesh मुक्तक
तिमि है"ना भन्छौ म साह्रो देख्छु
तिमि लै"ना भन्छौ म थारो देख्छु
फरक-फरक छ बुजाइ आ-आफ्नो
तिमि छै"ना भन्छौ म छेपारो देख्छु
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद

27-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
मायाको चुनावमा अरुलाई जितायौ होइन ?
मलाई चै' नानाथरी नराम्रो चितायौ होइन
पहिला त मेरो असल साथी मात्रै हो भन्थ्यौनी
आज मेरै सामु उसंगै रात बितायौ होइन

28-Baral Suryamani
नसुन्ने गरि अर्काको कुरा, काट्नुको मज्जा छुट्टै हुन्छ।
थाहै नपाई मन मुटु, साट्नुको मज्जा छुट्टै हुन्छ।।
सुटुक्क मन बाट मन चोरेर कसैको ।
लुकि छिपी मायाको डोरी बाट्नुको मज्जा छुट्टै हुन्छ।।

29-Shanti Adhikari मुक्तक
नरोउ सानु मलाई मेरै हालमा छोडिदेउ ।
दु:ख रुपि डर लाग्दो तालमा छोडीदेउ ।।
मेरो लागि भनि आफ्नो सम्मान नफाल ।
चाहिदैन महल यही पालमा छोडिदेउ ।।
शान्ति अधिकारी
कोहलपुर बांके

30-Rohit Rana मुक्तक
म सपना देखेर बांच्दैछु
र मुक्तक लेखेर बांच्दैछु
पृथ्वीले के सोँच्छ होला?
म उसैलाई टेकेर बांच्दैछु
-रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

31-श्रीकान्त बराल कहेराज़
हाम्रो देश डुब्नै लाग्यो उठौ नेपालि
सबै जना एक भै छिटो जुटौ नेपालि
जात भातको कुरा गरि युद्ध गराउछन नेता
मिलौ अब आपसमा नफुटौ नेपालि
कृष्ण मन्दिर चोक

32-आदित्य अभिरल भण्डारि
मुक्तक
राशिफल बन्द गरि काम थाल्ने पारा चाहियो
आकाशका होईन यहाँ धर्तिका तारा चाहियो ।
आफ्नै आफ्नै डम्फु बज्दा काम बन्द गरे मैले
फुटाउने देखिसके जुटाउने नारा चाहियो
आदित्य अभिरल भण्डारि
पल्लिकोट 7 गुल्मि

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger