Home » » गजल - फूल पनि बिझ्न सक्छ, मनै दुषित छ भने

गजल - फूल पनि बिझ्न सक्छ, मनै दुषित छ भने

NepaliTalim | 11:20:00 PM | 0 comments
फूल पनि बिझ्न सक्छ, मनै दुषित छ भने ।।
काँडा बाहेक के फूल्ला र, बनै दुषित छ भने ।।

अमृत पनि बिष ठान्ने , बानि बढ्दै जान्छ तव
अन्तरआँत्मा साथसाथै, तनै दुषित छ भने ।।

के आश र मानबताको, आफूमात्र बाँच्नेसँग
कमाएर के गर्नु त्यो, धनै दुषित छ भने ।।

काँ बग्छ र मधुर बोली, जन्मै रुखो भए पछि
रुखो टर्रो झर्को फर्को, बचनै दुषिछ छ भने ।।

दुर्गान्धित हुन्छ समाज, देश अनि विश्व पनि
रोगी बन्छ दिर्धकालीन, पवनै दुषित छ भने ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Date -01-Sep-2012
Posted also : http://nepaligazal.com/gazal/nepali/9509201119.html
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger