Home » » Muktak Madhurima (2069-08-14/29-11-2012) - Download

Muktak Madhurima (2069-08-14/29-11-2012) - Download

NepaliTalim | 11:52:00 PM | 0 comments
Muktak Madhurima

Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-08-14/29-11-2012) 
 
आज मिति 2069 मंर्सिर 14 गते तदनुसार 29 Nov 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
 
Listen and Download
Download : Click Here   
Listen all Previous Episode
 
२०६९-०८-१४ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................

01-Ashish Danai मुक्तक
उनी आएर मे
रो छेवैमा बसिन ।
गित गाएर मेरो छेवैमा बसिन ।।
मेरो स्पर्षले मोहीत बनायो की ।
खित्खिताएर मेरो छेवैमा बसिन ।।
-आशिष दनाई
gaunshahar-2, danaigaun,lamjung

02-Lb Sagar
जित्न बॉजी मलाई,तुरुप बनायौ।
सामु र्पदॉ मेरो माया कुरूप बनायौ ।।
मै सँग भनेहुन्थ्यो ,जे जे भन्ने मन थ्यो ।।
किन? सुँन्य रमितेका ,गुरुप बनायौ ।।
ऐल.बि.सागर कैलाली
हाल:मलेशिया


03-Rupesh Fatra रुपेश "अनमोल" फत्र
पान्थर, लिम्बुवान
~~~मुक्तक~~~
हिजो तिम्ले गरेको बखान खोई....?
शोसीत बर्गको संबिधान खोई....?
मुक्ति पाउन लडेका ति हाम्रा.....
हजारौँ शहिदको सम्मान खोई....?


04-रकआईरन गनेश
आफ्नै मझेरी फूटेको बेला !
जीउने शव आधार टूटेको बेला!!
खैअब कसरी भनौ तीमीलाई यहाँ,
आफ्नै भनौदाले योबन लुटेको बेला!!
रकआईरन गनेश
phuyetappa 5 ilam
now incheon south korea


05-श्रीकान्त कहेराज़
धेरै रोयो देश अब , मुहार फेर्ने कोहि आवोस,
आफुलाई होइन अब, देशलाई हेर्ने कोहि आवोस
देशले त अब यहा परिबर्तन माग्दै छ नि ,
नया नेपालको खाका छिट्टै केर्ने कोहि आवोस
कृष्ण मन्दिर चोक


06-Bikalpa Babu
म पागल प्रेमि पागल बस्तिमा छु
बिगतको खुशी हिजो र अस्तिमा छु
सोच्छन् कसरी स्वार्थी मनहरु
आशु खसाली यहाँ मस्तीमा छु
bikalpa babu
gitanagar chitwan


07-Saroj Dhital
खै त नेता मेरो देश फेरिएको ?
फुलेका हजरौ ति केश फेरिएको ?
सराप्ला माटो ले धिक्कार्ला इतिहासले..
खै त नेता निमुखाको भेष फेरिएको ? ?
-danchhi 3 kathmandu


08-Bishnu K Gautam
यीनले गर्लान भन्ने आस मार्नु पर्छ
यी सबलाई अब सत्यानास पार्नु पर्छ
ए हजुर तपाईँ हामी सब जना उठेर
आउनोस सबै यी नेताको झेको झार्नु पर्छ
Bishnu Gautam
Baglung Galkot
Now;Butwal,Rupandehi


09-Rajib Rimal मुक्तक:
न शिक्षा दियो न क्षमता दियो ।
बिपन्नता दियो, असमानता दियो
मलाई यत्ति कुरामा, गर्व छ मेरो देशप्रति,
धन्न यो देशले मलाई नागरिकता दियो।।।।।।।।
Rajib Rimal,institute of engineering WRC-Pokhara Rrrajib.Rimal@yahoo.com


10-Bishnu Rijal
भुट न मकै र,भट्ट पीयारी|
मोईसंग खाउँला,चट्ट पीयारी|
एकफेर मेरो,चुमिदेउ ओठ**
नदेखुन कसैले,झट्ट पीयारी|
bishnu rijal,kiwichaur myagdi,now ioe wrc,pokhara

11-Amrit Shrestha
दिप निभ्यो जीवन औसिको रात भयो
मलाइ छाडि गयौ एक्लो एक्लो साथ भयो
तिमी सँग जीवन बिताउने धोको थियो मेरो
मन त मिल्यो तर मेरो बाधक जात भयो ।।।
(Amrit shrestha pokhara 12 kaski)

12-Rai Munkmen Ramesh मुक्तक
कोहि सत्य बोल्न डराएर बिग्रेँ यहाँ
कोहि सत्यलाइ झुटो ठहराएर बिग्रेँ यहाँ
यि दुवै हरफ हरु भन्दा पृथक म भने
धरो-धर्म तिमिलाइ मन पराएर बिग्रेँ यहाँ
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद.....


13-सुजिता पौडेल "प्रीती"
स्वार्थी मायामा सिंगो संसार चलाऊ भन्दिन प्रीये...
लाउछौ भने अन्तै माया नलाउ भन्दिन प्रिये..।।
जे गरेनी तिम्रै खुशी चाहन्छु म सदा साद..।।
मेरै यादमा बेर्थै मुटु जलाउ भन्दिन प्रीये ..
सुजिता पौडेल "प्रीती" शाहीद स्‍मृति मल्टिपल क्याम्पस
नेपालीमा अनुबाद - सरोज धिताल


14-तिलक निष्कर्ष
सम्झी सम्झी यादैयादमा रुनुमा छ मज्जा
निर्दोष आँखा अश्रुजलले धुनुमा छ मज्जा
जाने जान्छन आउने आउछन यहि त हो रित
दिलकी मायालुको तस्बिर छुनुमा छ मज्जा
रत्ननगर ७


15-Binod Adhikari
विकल्प ति हातहरु को खोज्दै छु आज
टुक्रा टुक्रा परी घाइते मुटु फोरर्दै छु आज
सधै भरी पिडा नै हुन्क्स भने यो माया मा
वैना लगाई अन्तै जीवन जोड्दै छु आज
- बछौली ६ सौराह


16-Anjana Poudel
तिम्रो आँखा लाग्यो ! मेरै जीवन माथि किन ?
पराइ भए पछी, हुन खोज्छ्यौ जाति किन ?
नजिकको देउता भन्दा पराइ भुत प्यारो मान्यौ
खोज्छ्यौ फेरी चढाउन चोखो फूलपाती किन ?

17-Mohan Bihani मुक्तक
**********************
आजकल सबजना रक्सि पिएको कुरा गर्छन यहाँ ,
मायाजालबाट रक्सिले मुक्ति दिएको कुरा गर्छन यहाँ ।
सुखमा नि दु:खमा नि साथ दिने गतिलो साथी,
जीवनकै मज्जा रक्सिबाट लिएको कुरा गर्छन यहाँ ।
copyright@ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
2069-08-05

18-Rakshe Deep Milan
यो मायाको, ईन्तजार कैले सम्म?
भरोसाको, बलात्कार कैले सम्म??
न आँउदिन भन्यौ, न आयौ तिमि,
झुठै झुठ, पत्राचार कैले सम्म??
-दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार


19-Aindra Bikram Nisthuri
यादै यदको संसारमा म त मात्र सम्झाना हुँ ।
सपना नै सपनाको संसारमा म त मात्र कल्पना हुँ ।
विस्वास नगरे कुनै पल मेरो
धोकै धोकाको संसारमा म त मात्र नमुना हुँ ।
-आईन्द्र बिक्रम निस्ठुरि
अमरपुर्-चार पाँचथर


20-Bhupendra Bc मुक्तक
घर धान्न जागीर नभई नहुने भो
माया पाउन तकदीर नभई नहुने भो
हृदय बाटै आफ्नो भयपछी पनी
सीन्दुरे रुप अबीर नभई नहुने भो
-भुपेन्द्र(बिपिन)बिसी
बिकाशनगर,कोहलपुर बाँके


21-Dipak Karakheti . मुक्तक
यदा कदा लेखिएको पुरानो, त्यो काहानी मन पर्छ
जाद-आउदा चिहाइ हेर्ने, त्यो बानी मन पर्छ //
छत-छुल्ला मोहक बगैचाको, यो रौनक चम्केको मा
कमोल हातले शुसाजित फुल्को, त्यो खानि मन पर्छ //
-दीपक काराखेती
हाल;-अबु-धाबी(UAE)

23-Bikram Arpan Mgr
धारिला ती छुरा हुन मान्छेको जिवन
सपना अधुरा हुन मान्छेको जिवन ।
पत्तै नपाइ प्याट्ट फुती जान्छ,कुनै पल,
रहर अपुरा हुन मान्छेको जिवन ।
-बिक्रम अर्पन पाँचथर हाल्:मलेशिया

24-सुजल बाबु बस्नेत
भावनाको सागर थियो, तर्न सकिनँ र बेहाल !
बनेर कलकलाउँदो खहरे, झर्न सकिनँ र बेहाल !
थियो ममताको उर्लदोँ बाढी, मायाको त महासागर नै;
रित्तो यो मन अझै रित्तै छ, भर्न सकिनँ र बेहाल !

25-Jyoti Khatiwada Anischit
[थप्पडबाट सुरु भयो,प्रचण्डको गाला रातै
गोलीले पो पुग्दैन कि,वावु तिम्रो पाला आजै
कति बस्नु कुण्ठित भई,पदम कुँवार फेरि निक्ल
जनादेश विरुद्दको अध्यादेशको ईनाम,दिनुपर्छ ताजै ]
-ज्योति खतिवडा अनिश्चित
त्रिचन्द्र क्याम्पस ।

26-Raag Gazmer Raz
प्रेमको सौन्दर्यता लज्जामा छ
मेरो खुशी त तिम्रो मज्जामा छ
ईन्द्रेणीले सजिनु पर्दैन न त जुनले
किन सोच्छौ सुन्दरता सज्जामा छ
धरान-१५,लागेका पथ

27-निस्चल प्रेमी कान्छा
जनताका झपड खाएनि प्रधानमन्त्री बनेका छन्
काधभरी बोझ राखी देश चलाऊछु भनेका छन्
संविधान नबन्नुमा नेताहरुको चालखेल छ
मिलेमोतो केहि छैन आफ्नै जरो खनेका छन्
निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी हाल दृष्टि-वाटिका साहित्य समाज मुम्बई भारत

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger