(राम शरण श्रेष्ठ) |
मायाँ लाएर धोका दियौ ।।
अमृत ठान्यौ, नपाए सम्म
अर्कै पाएर, धोका दियौ ।।
जून र तारा, साक्षी राखी
कसम खाएर, धोका दियौ ।।
टुट्दैन भन्थ्यौ, मायाँको घर
आफै जलाएर, धोका दियौ ।।
जूनेली थियो, औंसिको झैं
रात बनाएर, धोका दियौ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
१६ नोभेम्बर २०१२
माथिको गजल गजलकारकै आवाजमा सुन्नुहोस्
Thank you
0 comments:
Post a Comment