िम्रो लागि भनि प्रीय परदेशि भा'को छु।
सुख दिउला भन्दै मैले कति दु:ख पा'को छु।।
सोचे झै सजिलो छैन परदेशमा धन कमाउन,
हिसाब छैन पाईला पाईला कति हन्डर खा'को छु।।
********************************
copy right-@--मोहन बिहानी
-----भक्तिपुर सात सर्लाही#
http://mohanbihani.blogspot.com/ 02-Khadga G Magar
हेरिरहुं लाग्छ हजुर, चोली मायालुको
सुनिरहुं लाग्छ हजुर, बोली मायालुको //
नौमति र पंचैबाजा,बजाई आगनिमा
भित्र्याउंकि लाग्छ हजुर, डोली मायालुको //
खड्ग जी मगर
उरहरी 2 दांग
हाल कतार बाट
03-Dipendra Chapagain
देशको चरित्रमाथि बलत्कार हुँदैछ
गाउँमा चोर डाँकाको सत्कार हुँदैछ
रुठेका युवा अब जुर्मुराउँदै उठ्छन्
हेर्नुस् ! अब फेरी चमत्कार हुँदैछ ।।
दिपेन्द्र चापागाँई, लुम्बिनी ।
हाल–मुम्बई
04-मोहन रावल अनमोल 'अस्तु' सर्बप्रथम त
शुभ दिपावलि को पावन अवशरमा मुक्तक माधुरी परीवारलाई
हार्दिक मँगलमय शुभकामना र मलाई मोहन रावल अनमोल अस्तु
भनेर चिन्नुहुने सम्पुर्ण साथि हरूलाई पनि शुभ दिपावलि को मँगलमय शुभकामना ।
मुक्तक
यसपालिनि सयपत्रि शुक्न नपरोस ।।
बैरी सामु ठाडो शिर झुक्न नपरोस ।।
टिका थापि दिदि बैनि सँगै आगनमा ।
दशै चुक्यो भाईटिका चुक्न नपरोस ।।
मोहन रावल अनमोल "अस्तु" बान्नातोलि पाचँ (अछाम) हाल-बिरानो शहर मुम्बई
05-Raag Gazmer Raz
बगैँचामा डुल्ने नगर सानु
भावनामा भुल्ने नगर सानु
कसको मनमा को पस्न सक्छ र
अरुसँग खुल्ने नगर सानु
धरान
06-धनेश्वर पौडेल
नहेरिदेउ यसरी झन, नयनको मात लाग्छ !!
वरपर देख्ने जती, समाजको बात लाग्छ !!
बिर्सिएर चट्टै तर, जाउ भन्या हैन मलाई !
तिमी बिना यो संसार नै, शुन्य अनी रात लाग्छ !!
धनेश्वर पौडेल
देउखुरी दाँङ
हाल कुवेत
07-Rai Munkmen Ramesh मुक्तक
अह म मान्दिन यो हुन सक्दैन
घाम झै ताप दिन जून सक्दैन
जे छ साथमा तेसैलाइ सम्हाल्ने
गर फेरि अर्को सूर्य उदाउन सक्दैन
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद...
08-Dipak Karakheti ''मुक्तक''
तिहारको मखमली फूलले सजायौकी, दिदि
रातमै झिलांगे रोटि फुरायौकी , दिदि//
प्रबासी भाइ लाइ कुरेर , बस्दता
पर्खाइको आँखामा आँसुले रुझायौकी, दिदि //
-दीपक काराखेती
हाल :- अबु -धाबी (UAE)
09-Rupesh Fatra रुपेश "अनमोल" फत्र
भारपा-3,पान्थर
मुक्तक
कता हो कता हराए जस्तो लाग्छ|
आफैले एक्लो बनाए जस्तो लाग्छ|
आफन्तबाट दुर भएर आज.....
कोहि कसैलाई सताए जस्तो लाग्छ|
10-Nepali Deep Milan
किन चिन्ता गर्छौ साथि,आँउछ पालो आँउछ!!
गरिबको लाज छोप्न, आँउछ टालो आँउछ!!
कैले सम्म समयले, यसरि नै ठग्न सक्छ?
अनाजको भकारि र, आँउछ डालो आँउछ!!
दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार
11-Baral Suryamani
उडेर जून छुने रहर आज पातालमा भाँसिएको छ,
खै किन हो पीडा सँग मन मुटु गाँसिएको छ ।।
जति बढ्न खोज्यो उति चिप्लिन्छन् पाईलाहरु।
जीएकै जीबनमा पनि यहाँ मृत्यू मिती टाँसिएको छ ।।
12-Bishnu K Gautam
सङ्गै सुतेसि गोडा ठोक्किन्छ कहिले काहिं
आफ्नै भन्ने पनि त झोक्किन्छ कहिले काहिं
सधै पाइला अघि कहाँ बढ्छन र हजुर
राम्रो देखे नजर रोक्किन्छ कहिले काहिं
बिष्णु गौतम
बाग्लुङ्ग,गल्कोट
13-Lalu Gm
उनको यादमा खोईरहे।
निर्जिब तस्वीर छोईरहे।।
कठै भन्ने पाएन कतै,
एक्लो एक्लै रोईरहे।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया
14-Amrit Shrestha
छाती भित्र मुटु दु;खेको धेरै भयो
रुदा रुदै आसु सु केको धेरै भयो
मर्न मात्र बाकी छ अब जीबनमा
स्वग हुन्छ भन्ने सु नेको धेरै भयो
(Amrit shrestha pokhara 12 kaski)
15-Jyoti Khatiwada Anischit
म रुँदा आँशु पुछ्ने हात भएन
जीन्दगीमा न्यानो मेरो रात भएन
भौतारिएँ जहिल्यै म साथको खोजीमा
मसँग मिल्ने उनको जात भएन
मनपरेको मान्छेको त्यो साथ भएन ।
-ज्योति खतिवडा अनिश्चित ।
सुरुङ्गा 2
जामुनखाडी सिमसार
झापा नेपाल ।
16-Ram Sharan Shrestha
सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।
देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।
म यता विदेशमा, रुदै होलीन् दिदि वहिनी
कति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।
6th Oct 2012
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप
(Download Muktak Madhurima from Chisapani Nepal :
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima )
17-श्रीकान्त बराल कहेराज़
म त मलजल गर्छु आफ्नै देशको माटोलाई
बनाउन लागि पर्छु ,आफ्नै गाउँको बाटोलाई
तिमि कमाउछु भन्दै लाग्यौ मुग्लान तिर ,
यहि बस्छु म प्यार गर्दै ,साग सिस्नो र आटोलाई
कृष्णमन्दिर चोक
18-तिलक निष्कर्ष
भेट गर्न उकालीमा नधायनी हुन्छ प्रिया
अतीतलाई सम्झियमा व्यर्थै मन रुन्छ प्रिया
म आफ्नै संसारमा छु तिमि आफ्नो बाटो खोज
समिपैमा नआऊ तिमि यो मुटुलाई छुन्छ प्रिया
रत्ननगर ७
.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np Download -
www.radiochitwan.com.np www.facebook.com/radiochitwan www.facebook.com/muktakmadhurima http://chisapaninepal.blogspot.com/ http://mohanbihani.blogspot.com/ www.ashishdanai.com.np www.facebook.com/piratikodori धन्यबाद
कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE