आज मिति 2069 श्रावण 11 गते तदनुसार 2012 July 28 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurimaजान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
आज अर्थात (2069-04-11/2012-07-26) गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
01-Krishna Paudyal
सम्बन्ध छुड्यो तिमी, भेट्ने कुरा गर्छौ।
फुटेको धड्कन किन, रेट्ने कुरा गर्छौ॥
अन्ध विश्वासमा, डुब्न म छाडी सकें।
यौवनको प्यास अझै, मेट्ने कुरा गर्छौ॥
कृष्ण पौड्याल बम्घा एक गुल्मी
02-Rajesh Prempidit
सुन्दर शुदुरपश्चिम डडेल्धुरा हाल धनगढीँबाट राजेश प्रेमपिडीतको मुक्तक
बिश्वासघातमा पिल्सिएको मन पनि,साहित्यमा चल्दो रै'छ
बिछोडको पिडा लागे,मुक्तक लेख्न थाल्दो रै'छ।
प्रेमिल नयनहरु,निश्टुरतामा जोडिएमा
माया गर्ने मन सबै,आगो सरि बल्दो रै'छ॥
03-Buddhisagar Adhikari
एउटा डल्लो साबुनलाई नी सय भन्छन आमा ।
खिस्सी गर्दै गरिवका दिन गए भन्छन आमा
महङ्गी त अझै बढ्छ नयाँ सरकार गठन पश्चात
जो छन् धनी उही मन्त्री भए भन्छन आमा ।।
Pokhara,Bharat Pokhari-5,Barpauwa.
यो मुक्तक २०६९-०२-१८ गतेको कार्यक्रममा प्रसारण भैसकेको छ
04-Ram Sharan Shrestha मुक्तक
इश्वरकै बरदान हुन्छ ।।
जस्को दुई सन्तान हुन्छ ।।
भेदभाव गर्नुहुन्न जान्नु
छोरा छोरी समान हुन्छ ।।
चिसापानी गा.वि.स
बडा नं. ६, तल्लो टोल
रामेछाप,
मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु चिसापानी नेपाल ब्लगमा गएर सुन्न र डाउनलोड गर्न सकिन्छ । http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com
05-Rohit Rana "मुक्तक"
माया अनि पिरतिको पोको खोलिन उन्ले
नितान्त शुद्ध पवित्र चोखो खोलिन उन्ले
तिम्रै काखमा निदाउन चाहान्छु म भन्दै
मलाइ आफ्नो बनाउने धोको खोलिन उन्ले
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
06-सुजल बाबु बस्नेत
आँसूका धारा बग्थे, धर्ती पनि रून्थ्यो सँगै !
विरहमा म हिँड्दा, समय नि हुन्थ्यो सँगै !
तिम्रो घातले पागल बन्या, 'सुजल'को हाल हो यो;
एकान्तमा तिम्रो फोटो, एकोरिँदै छुन्थ्यो सँधै !!
=>सुवास "सुजल"
सोलुखुम्बु
हाल: चारआली, झापा
07-Sunil Neupane Marling
पर्ख भन्दा हतार भो ।
एकल प्रेम भार भो ।।
शिषिर जस्तो बसन्त
पुन: याम बेकार भो ।।।
-सुनिल न्यौपाने "मार्लिङ"
जुनियाँ दुई, गुल्मी नेपाल
08-ß-kash Neupane
यो जिवन प्यारो लाग्न थाल्यो जव तिमी आयौ काली!
बाच्ने आशा हरु जाग्न थाल्यो जव तिमी आयौ काली!!
उडौ भन्छ यो मन ले निल गगन मा कावा खादै खादै,
मन कता कता भाग्न थाल्यो जव तिमी आयौ काली !!
बिकास न्यौपाने,डुमरवाना ६,बारा
अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ.... https://www.facebook.com/piratikodori
मुटुभरि तिम्रै माया नौडाँडा काटेपनि, अजम्बरि पिरतिको अन्तै डोरि बाटे पनि
सबै आफ्नो जितमा हाँसे,म आफ्नै हारमा हासेँ! टुक्र्याईएको म आफ्नैबाट,उनकै झुटो प्यारमा हासेँ!
09-मोहन बिहानी *************मुक्तक*************
जाँदै थिएँ बाइकमा माइक्रोबसबाटै हाई भनि,
जाउन घुम्न बाइकमा भन्दा हतारमा छु नाई भनि,
गर्न थालि मोबाईलमा गफ दिनहुँ माया प्रेमको,
प्रेम प्रस्ताब राख्न नपाई तपाई त मेरो दाइ भनि।
मोहन बिहानी ,भक्तिपुर-७ सर्लाही http://mohanbihani.blogspot.com/
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com
10-Rohit Kumar
के पहाड के तराई यो बिरानो प्रदेशमा
को आफ्नो को पराई यो बिरानो प्रदेशमा
सुखदुख तिमी पनि मैले जस्तो गर्दोरेछौ
किन गर्नखोज्छौ लडाई यो बिरानो प्रदेशमा
'अबोध' रोहित कुमार खत्री
हस्तीचौर-३गुल्मी,
हाल-मरभुमिको छाति
11-Lg Kanchha
तिमीले गर्ने मैले गर्ने बात कस्तो कस्तो,
बैसालु त्यो जवानीको मात कस्तो कस्तो,
हिजो सम्म साथ थियो पारेको छौ आज एक्लै......
कसलाई थाहाँ हुन्छ मनको घात कस्तो कस्तो...!!
**एल.जी.कान्छा**
[पर्सा, चितवन]
12-Ganesh Paudel
भित्र भित्रै मुटु मेरो बल्दा कहाँ थियौ
ढुकढुकी को अन्तिम सास चल्दा कहाँ थियौ
बेवारिसे लाश जस्तै अलपत्र परि
आर्य घाट मा मेरो चिता जल्दा कहाँ थियौ ?
-ganesh paudel'SAMIP'
r.n.t 3 belsi
13-Nirdoshi Pokhrel ]
गुन्यो चोली बिर्सिएर मिनी स्कट लाकी होली।
आँटो ढेडो छोडी सेतो चावल भात खाकी हौली॥
परिवर्तन भयो सारा दुनिया भन्दै भन्दै।
तिमी त आजकाल ब्युटी पार्लर धाकी हौली॥
लोक बहादुर पोख्रेल बेनिमणिपुर सात नवलपरासी
hall:- mumbai m.h
14-Ijma Pokharel
म नि तिमीलाई माया गर्छु, भन्नै पर्छ र प्रिये?
मर्नुपरे पनि मर्छु, भन्नै पर्छ र प्रिये?
एकछिन भेट नहुदा नि आतिन्छु म थाहा छ नि ,
सिउदो तिम्रै हातले भर्छु, भन्नै पर्छ र प्रिये?
ijma pokharel, parsa-chitwan
15-Samikshya Ghimire
साउनको महिना हातमा मेहेन्दी लगाउछन अरे!!!!!!!
अलि माथि लस्करै हरिया चुरा सजाउछ्न अरे!!!!!!
बोकेर पुजाको थाली मठ-मन्दिर धाएपछि,,,,,
मुस्कान फिजाई दर्पणमा अलि-अलि लजाउछन् अरे!!!!!
Samikshya Ghimire.Chainpur-7 ladari.
16-Amrit Shrestha
तिम्रो याद मा मुटु जलेर आयो ।
भित्र भित्रै आगो मनमा बलेर आयो
जब तिमी टाढा भयौ म देखि
भाग्यले आँफै आँफै छलेर आयो । (Amrit shrestha pokhara 12 kaski)
17-Preety Sharma subash''sujal''ko muktak ko sawal jawaf:-
परेली त्यो रुझदा अब खाली हुन्न हात यो..
दोबाटोमा हिडौ संगै छ अमुल्य साथ यो..
जुनीभरी संगै बाच्ने कसम थियो तिम्रो मेरो..
फोटो होइन साथमा म छु नसम्झनु घात यो ...!!
Sujita paudel''Preety''chainpur jyamire chitwan study at shaheed smiriti multiple campus
18-Ashish Danai ********************************
मेरो देश को रक्षा गर्न हरपल तयार छु म,
सत्रु लाई नष्ट पार्न हरपल तयार छु म
रुदै होलिन नेपाल आमा आसुँ पुछ्ने कोही छैन
उनी जित्छिन भने हार्न हरपल तयार छु म.........
*********************************
आशिष दनाई
लमजुङ, दनाईगाउँ
हाल- काठमान्डौ
go to www.ashishdanai.com.np to listen all episodes of Muktak Madhurima ( मुक्तक मधुरिमा )
19-Artimus Siru
दुखी रहने मन मुटु किन दियौ भन !
च्यातिएका आशाहरु किन सियौ भन !!
मुटु मेरो टुक्रा पारी फ्याकी दियौ कहाँ !
सर्वस्व सुम्पेथे ज्यान नै किन लियौ भन !!
सुमित्रा अधिकारी (धिताल)
गोरखा
20-Saroj Dhital
नेपालमा,अशान्तिको,छाँया परेछ..
तड्पाहटमा, जनताको ,माँया परेछ..
पिउन देखी, हाकिम सम्म, नोट को बाटो ताक्छन अरे...
बजेट जति, तिनकै दाँया, बाँया परेछ..
तड्पाहटमा, जनताको ,माँया परेछ..
डाँछी 3 काठमाडौ
23-Bikalpa Babu
नदि पराइ हुदाँको त्यो, बगर भयो जिवन
आफ्नै आभास हराएको, शहर भयो जिवन
हजार चित्र सजाएर, खोज्छ एउटै चित्र
यता उता भौतारीने, नजर भयो जिवन
bikalpa babu
gitanagar 1,chitwan
24-Kamal Tag Dhakal
बिहानिमा फकरीएको कमलको फूल रहिछ जिन्दगी।
प्यासीको प्यास मेटाउने मूल रहिछ जिन्दगी
अन्जानमा के के हुन्छ छापै लाग्छ कहिले काहि
2 आत्मालाई जोडिदिने पूल रहिछ जिन्दगी
kamal tag dhakal
ratnagar-8
25-Manu Darlami
साझ पर्खनु पर्दैन मलाई सराब पिउन लाई
म नै खराब छु यहा त्यसैले खराब पिउन लाई
आफ्नै जस्तो लाग्छ दोस इर्स्या र झुठ्हरु
त्यसैले मान्छेका अझै अरु धराप पिउन लाई
26-Prakash Acharya Abiral मुक्तक्
नसालु तीम्रो नयनले केहि भन्न खोज्दै छ
सुम्सुमाउदै हातले धड्कन गन्न खोज्दै छ
कामेका ती अधरले कस्तो रसपान गरायौ
भिजेर सारा सरीर भित्रभित्रै बल्न खोज्दै छ
-चैन्पुर्-२, साहीचोक चितवन
27-Mahesh Bhusal Gajal Singer
हजार छन् मान्छे तर एउटालाई रोज्दै छु म
जिन्दगीभर चोखो साथ दिनेलाई खोज्दै छु म
प्रेम गर्नु पाप होईन तर पापी भयो संसार,
दुख पर्दा हसाउने कोही छन् कि सोच्दै छु म
28-Krishna Gautam
थामी हात तिमीले फेरी कसैलाइ,एक्लो नपारनु
मायाको खेलमा हरायौ M तर तिमी नहारनु
डोली चढदा आगनीमा लास मेरो देखे पनि
अतितको प्यार सम्झी आशुको थोपा नझार्नु
गाह्रो पर्ला सम्हाल्न जीन्दगीमा हुरी चल्दा
-कृण्ण गौतम
अर्खले 6 गुल्मी
हाल दोहा कतार
29-Pawan Gharti Magar Bibash
छुवा छुत गर्छौ किन? रगत यौटै हैनर?
दुःख सुख सँगै बाँच्ने जगत यौटै हैनर?
चैत्य गुम्बा चर्च मज्जीद चाहे जाऊ मन्दिर,
आखिर पुज्ने देवता नै भगत यौटै हैनर?
पवन घर्ती मगर
हाडहाडे गुल्मी
हालः यू ए ई
30-Bishnu Prasad Adhikari सञ्चालक ज्यू नमस्कार !
केही समयको व्यस्तता पछी फेरी एउटा मुक्तक पेश गरेको छु ।
**
जून्लाई पनि बिर्सिदिएँ उन्लाई देखेपछी
सुन्लाई पनि बिर्सिदिएँ उन्लाई देखेपछी
हेर्न पाए उन्को मुहार ढुकढुकीले सङ्गीत दिन्छ
धून्लाई पनि बिर्सिदिएँ उन्लाई देखेपछी
-बिष्णु प्रसाद अधिकारी
पदमपोखरी -4, मकवानपूर
हाल काठमाण्डौ ।
31-रिता सिलवाल
छिया छिया मुटु मेरो टुक्रा टुक्रा गाँसेकी छु
छैन मनमा हाँसो मेरो देखावटी हाँसेकी छु
सारा जिबन रुदा रुदै जान्छ कि अब
झ्याप्पै मर्न गारो भयो काल पर्खी बाँचेकी छु
चैनपुर १ ज्यामिरे
32-तिलक निस्कर्ष
म पनि त् तिम्रो यादमा हरायको थिय
तिमि लाइ कल्पी सपनीमा करायको थिय
तर सारा सपना टुटाई पराइ बनि छाड्यौ
म आफ्नै जिबन देखि डरायको थिय
रत्ननगर ७
33-श्रीकान्त बराल कहेराज
खोज आफ्नै मन भित्र भगवान पाउनेछौ
मन लाइ मन्दिर बनाइ आफै धाउनेछौ
त्यो सुख अन्त काहा दुखीको सेवा गरीहेर
अनिमात्र यो देशलाई केहि गुन लाउनेछौ
कृष्णमन्दिर चोक
34-Surya Chemjong
आफ्नाले नै आफ्नैलाई घात गरे पछी
कस्को मन रूँदैन र ?चोट परे पछी....
पर्खिरहें प्रात: सम्म साँझ जूनलाई.....
के नै बाँकी छ र अब ?मनै मरे पछी...
35-Jyoti Khatiwada Anischit मुक्तक(३)
यस्तै उराठपनलाई,भनिदो हो कि जीवन?
कि आनन्दीमनलाई,भनिदो हो कि जीवन?
यो एक्काईसौ सताब्दीमा,भावनाको के कुरा
यो सम्पती धनलाई,भनिदो हो कि जीवन?
-ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा २ झापा
हाल कपुरधारा सामाखुसी काठमाडौँ, त्रिचन्द्र क्याम्पस
BSC Ist year
36-Deepak Ghimire
थाहै नपाई प्रेम रोग को रोगि भयछु..................
माया को भिख माग्ने जोगी भयछु......................
केहि क्षेण को बिछोड मा पनि कति तडपिन्छु म.................
उनकै साथ् को हरपल भोगी भयछु........
दीपक घिमिरे"अल्पभाषी"
sunwal-1 nawalparasi. now maitidevi ktm
37-अविरल भण्डारी
के आयो बेला आजकल भुरामै प्रेम गर्ने
मोबाइल र फेशबुक बात कुरामै प्रेम गर्ने
कसोगरी बुझ्नु यो खै रहर हो कि फेशन
बुद्धि पुरा आको छैन अधुरामै प्रेम गर्ने
शहीद स्मृति क्याम्पस mbs दोश्रो बर्ष
कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
समिर पोख्रेल ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
मोहराज शर्मा मोहन ,धुल्लु बास्कोट बाग्लुङ,हाल अबुधबी UAE
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
RADIO UJYALO 90Mhz PRESENTS
(LATE MEHADI HASAN SPECIAL )
BULBUL EPISODE - 152
(25-July-2012/ 2069-04-10)
FB : Facebook Page (आज रात्रिगन्थन पत्र, गजल र सुमधुर हिन्दी गजल बिशेष प्रस्तुति रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 श्रावण महिनाको 10 गते बुधवार तदनुसार 25-July-2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको Repeated Episode152 भाग लिएर (BULBUL EPISODE - 152, 25-July- 2012) उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
आज मिति २०६९ श्रावण 08 तदनुसार २०१२ जुलाई 23 गते सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन मार्फत देशका ३१ विभिन्न एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन ।
PROGRAM : GAZALKA SHERHARU HOST : LAXMI ITIHAS TIME : EVERY MONDAY, 9.15PM DATE : (2069-04-08/23-07-2012) .............................................. कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी समय : हरेक सोमबार बेलुका ९.१५बजे
आदरणिय साथीहरु, आज मिति 2069 श्रावण महिनाको 08 तदनुसार मिति 2012-July-23 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेशिनै धेरै धेरै धन्यवाद ।
तपाईहरुलाई थाहै छ हामी गजल संरचनाको बारे जानकारी दिँदैछौ यहि क्रममा आज पदमुलक रदिफको बारेमा चर्चा हुनेछ ।
Note :
साउनको अन्तिम हप्तामा गजल सवाल जवाफ को श्रीङ्गला रहनेछ । यदि तपाईसँग सवाल गजल छ भने या हामीले प्रस्तुत गरेका सवाल गजलको जवाफ गजल छ भने हाम्रो फेसबुक पेज या पत्र मार्फत सहभागिता जनाउन सक्नुहुनेछ । आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।
EPISODE 36 - YO SANJH YO SUBASH
(24-07-2012 / 09-04-2069)
यो हप्ता भरि नेपाल भरि बिभिन्न 23 एफ.एमहरु बाट ।
======================================
उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
आज मिति 2069 साल श्रावण महिनाको 09 गते तदनुसार 2012-July-24 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 36औ भाग लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
१. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट १५.यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
+ कार्यक्रम यो साँझ यो सुबाश अब I-phone मा पनि सुन्न मिल्ने छ. हरेक दिन २२००० बढी ले प्रयोग गर्ने I-phone Application- 'NEPALI FM' मा हाम्रा सम्पूर्ण शृंखलाहरु सुन्न सक्नु हुनेछ।
आदि आदि .... बजे प्रसारण हुन्छन् ।
यो साँझ यो सुबासको सम्पूर्ण भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा कार्यक्रम उत्पादक रन्शि गिरि र प्रस्तोता प्रदिप गिरिलाई हृदयदेखिनै हार्दिक दिन चाहान्छु LISTEN AND DOWNLOAD - EPISODE 36