Showing posts with label Gazals. Show all posts
Showing posts with label Gazals. Show all posts

गजल-बा र आमा.. भगवान तिनैहन् (राम शरण श्रेष्ठ)

NepaliTalim | 3:02:00 PM | 0 comments
(राम शरण श्रेष्ठ)
इश्वरमा अग्र.. स्थान तिनैहुन् ।
बा र आमा.. भगवान तिनैहन् ।

जन्म र कर्मदिई हिड्न सिकाइ
आत्मामा फुकिदिने प्राण तिनैहन् ।

सन्तानको लागि जिन्दगी अर्पर्ने
सबैभन्दा त्यागी महान तिनैहुन ।

बाटो सिकाए अनी माटो सिकाए
निराकार संसारमा ज्ञान तिनैहुन ।

पर्दैन नानाथरी धाउन तिर्थहरु
स्वर्ग चरणमै बरदान तिनैहन् ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
(यो गजल सबै सबैका आमा र बा प्रती शमर्पित छ । )

Download : 

Episode : 71 (यो साँझ यो सुबाश-14-05-2013) मा बाचन भएको

गजल-सबैका घरघरमा लक्ष्मी आओस तिहारमा (राम शरण श्रेष्ठ)

NepaliTalim | 1:09:00 PM | 0 comments













झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा
सबैका घरघरमा लक्ष्मी आओस तिहारमा
..
देशै भरी दिपावली लक्ष्मी पुजा भाई टिका
देउसी भैलो रमाईलो धुन छाओस तिहारमा
..
नहोस खाली निधार भाईको हात दिदिवहिनीको
ओखर सँगै साँढेसाती फूटी जाओस तिहारमा
..
सप्तरंगी टिका माला दिदिबैनीको हातबाट
सबले टिका यसपाली लाउन पाओस तिहारमा
...
झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा
सबैका घरघरमा लक्ष्मी आओस तिहारमा
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

गजल-आधा आधा जोडेरै पुरा हुन्छन् - अजित क्षेत्री (06-04-2018)

NepaliTalim | 2:42:00 PM | 0 comments
आधा आधा जोडेरै पुरा हुन्छन्
आधारातमै बिउँझे सपना अधुरा हुन्छन् ।

एक सारङ्गी बन्नुपर्छ अर्को मिठो धुन
नत्र त जिन्दगीका लय बेसुरा हुन्छन् 

मन उज्यालो बनाउ र हेर संसारलाई
मन शितलो भए घाम पनि मधुरा हुन्छन्

बाँच्नै पर्छ जीवन आँसु पिएरै पनि
नत्र कठै ती बालबच्चा टुहुरा हुन्छन् ।

गजलकार बिमल बाबु अर्यालकाे २ गजलहरू (2 Ghazals by Bimal Babu Aryal)-26-01-2018

NepaliTalim | 2:25:00 PM | 0 comments
१. गजल 
हाँसोहरु  साटीएर गाढीएको  गाढा माया !1!
मुस्कानहरु मातिएर मस्किएको  सारा माया ,

आधा जीबन उनकै लागी सफर आधा बाकी,
पानी जस्तै छल्केर जोगीएको आधा माया!2!

हराएका’छन् अधुरा अनि अपुरा’छन् सपनाहरु
निराशाहरु जलाईएर उम्रीएको आशा माया!3!

भरोसा कसरी म  गरू भईदीन्छ हरपल परीर्तन,
बन्दीन्छ खप्टीएर ओझेलीएको छाया माया !4!

सजीएर फूलीदीन्छ  बनाईदीन्छ  सुगन्धित मन्,
बग्दीन्छ झोक्कीएर बतासीएको टाढा माया!5!
 बिमल बाबु अर्याल


२. गजल
आफ्नै आखाँहरूको बिश्राम काँहा होला?
धडकन  ढुकढुकीको आराम काँहा होला?

भन्नलाई  के भयो र ? त  जा भन्दीदा भो,
सम्मानले यो जगमा  काम काँहा होला ?

आफ्नै थियो रात र'त लाग्दै थियो आश,
अन्धकारमा नहुने छलछाम काँहा होला?

बसन्त गयो शिसीर आउदैछन् भू-तलमा,
एकादेशको स्वर्गीय  याम  काँहा होला?

तन्त्र' मन्त्र' यन्त्रले तिम्रो प्राप्ति गणतन्त्र,
सोध्न पर्छ जादू हेर्ने घाम  काँहा  होला?
 बिमल बाबु अर्याल

Note :
Copyright Reserved with Writer 

गजलकार सन्तोष गिरी का २ दुई गजलहरु (2 Ghazals by Santosh Giri) -18-01-2018

NepaliTalim | 12:17:00 PM | 0 comments
Santosh Giri
सन्तोष गिरी
१. गजल 
मलाई मात्र थाहा छ म पागल भा छु भन्ने
मलाई मात्र थाहा छ मैले चोट खा छु भन्ने।। 

शरीर धर्तीमा देख्दा सबैले धर्ती मै छ ठान्छ
मलाई मात्र थाहा छ धर्ती छोडि गा छु भन्ने

संसार नै अन्धो लाग्छ मेरो वस्त्र रंगिन भन्दा
मलाई मात्र थाहा छ मैले कात्रो ला छु भन्ने

दुनियाँले फुर्काइ भन्छन् पुग्नु भा छ ठाउँमा
मलाई मात्रा थाहा छ म कहाँ आ छु भन्ने

खुल्ला आकाशमा दिन अनी रात गुजार्छु तर
मलाई मात्र थाहा छ छानो केले छा छु भन्ने

मलाई मात्र थाहा छ म पागल भा छु भन्ने
मलाई मात्र थाहा छ मैले चोट खा छु भन्ने।।
नाम- सन्तोष गिरी
ठेगान - कपिलवस्तु,१८ लुम्बिनी 
आमा- बिष्णु गिरी

२. गजल
चस्केला छाती, खाडीमा मदन, ढलेको समय
एक् थोपा आँसु, नझार्नु देह जलेको समय

भौतिक शरीर , भएनी टाढा, म संगै आत्मा छ
भनेर जान्नु, मध्यनी रातमा, छलेको समय

बिछोडले मुटु, दुखेमा अति , सम्झेर भुलिदेउ
यौवन छँदा , काखमा बसी, चलेको समय

धराको हामी, अतिथि रैछौं, दुईदिनको निमित्त
फर्केर उतै, जानु नै पर्छ , गलेको समय

गए म टाढा, आउँदछ भनी, भर पर्नु अबश्य
चुलाको आगो, भर्भर गरी, बलेको समय।।  
नाम- सन्तोष गिरी
ठेगान - कपिलवस्तु,१८ लुम्बिनी 
आमा- बिष्णु गिरी

Note :
Copyright of Above Ghazal Reserved with Writer 

रामेछापका गजलकार शारदा खड्काको ५ गजलहरू (5 Ghazals by Sharada Khadka)

NepaliTalim | 1:47:00 PM | 0 comments
१.गजल
जे देख्छौ त्यही गर आँखा सिकाउछ,
परिवर्तन हुनैपर्छ दुनियाँ सिकाउछ।

खटेर कमाउ या लुटेर कमाउ पैसा,
उसले सबैलाई आफ्नो धन्दा सिकाउछ।

पसिना बेचेर थोरै खुसि किनेकि छु,
दुख कस्तो हुन्छ पसिना सिकाउछ।

मालिकले डक्टर बनाए छोरोलाई,
ऊ त कवि हो कविता सिकाउछ।

किन प्रश्न गर्छौ मेरो शृङ्गारपटारमा,
यस्तै यस्तै लगाउ जमाना सिकाउछ।
शारदा खड्का
रामेछाप

२.गजल
क्षितिज बाट उज्यालो छिप्नै लाग्दा भेटियौ,
मेरो विश्वासको दियो निभ्नै लाग्दा भेटियौ।

लिलामिमा राखेकोथ्यो समयले खुसी,
कोहि आएर पहिलै किन्नै लाग्दा भेटियौ।

न त अघि बढ्न सक्छु न पछि फर्कनै,
बाध्यताको पैह्रोले थिच्नै लाग्दा भेटियौ।

हार खाएकि मान्छे म केही आशा छैन,
एक मुठी सास यो रित्तिनै लाग्दा भेटियौ।

उकाली ओरालि सँग सँगै गर्नु हुन्थ्यो,
यात्रा जिन्दगीको सक्किनै लाग्दा भेटियौ।
शारदा खड्का
रामेछाप

३.गजल
समय घर्के पछि आउनुको के अर्थ,
तिमिलाई आफ्नो बनाउनुको के अर्थ।

दिलको भित्ताभरि अनगिन्ति चित्र छन्,
भरिएको ठाउँमा अटाउनुको के अर्थ।

केही छैन बचाएकि मैले तिम्रो लागि,
रित्तो रित्तो जिन्दगीमा धाउनुको के अर्थ।

सुख दुख सँगै बाँड्ने रहर मेरो पनि,
अधुरा रहरहरु सजाउनुको के अर्थ।

तन,मन,जीवन जम्मै बन्दकिमा छन,
बेनामि साइनो लगाउनुको के अर्थ।
शारदा खड्का
रामेछाप

४.गजल
जरुर उसका आखाँ खजानामा हुन सक्छ,
मान्छे न हो बग्रेल्ती चाहनामा हुन सक्छ।

लुटेरा अनेक रुपमा गाउँ पस्लान होसियार,
चाहे समाजसेवा गर्ने बहानामा हुन सक्छ।

कसले गर्यो उसको हत्या कसैले बताएन,
आशा गरौँ इतिहासको पानामा हुन सक्छ।

हर कुराको बिरोध गर्छ क्रान्तिकारी मान्छे,
तिमि यता खोज्छौ उता धर्नामा हुन सक्छ।

किन हेरिरहन्छ ऊ मुस्कुराउदै मलाई,
यो  प्रस्नको जवाफ एेनामा हुन सक्छ।
शारदा खड्का
रामेछाप

५.गजल
समयले यहि पल फेरि बनाउला,
कसैलाई अघि कसैलाई पछि बनाउला।

रोबर्ट बनायो विज्ञानले सजिलै,
मेरो जस्तै दिल त्यसमा कसरी बनाउला।

यो घाम पनि कति साह्रो बेईमानि,
उसै त काली म भरे कस्ति बनाउला।

बा भन्नुहुन्छ कसैको विश्वास नगर्नु,
स्वार्थि छ दुनियाँ अपराधी बनाउला।

प्रियको खुसिमै आफ्नो खुसि देखेकिछु,
सके घर नसके जिन्दगी बनाउला।
शारदा खड्का
रामेछाप

उहाँको गजल बाचन भिडियो

गजलकार सुरेश पाण्डेयका २ गजलहरू (2 Ghazals by Suresh Pandey) - 01-12-2017

NepaliTalim | 1:17:00 PM | 0 comments

१. गजल
उपहारमा लैजाऊ मुटु साँची राख्नु!!
जिन्दगीमा आफु मात्र बाँची राख्नु!!

बारम्बारको चोटले घाईते भयको छु!
तिमी यो संसारमा सधै नाची राख्नु!!

प्रहार गर्छ्यौ कति यो छातीमा सधैं!!
अभाव होला मेरो पनि जाँची राख्नु!

जिन्दगीमा खेल खेल्यौ दुख लाग्यो!!
त्यो तिम्रो महङ्गो माया फाची राख्नु!!

बाँच्ने रहर कत्ति छैन मर्छु हुँला अब!!
यो लासमा एउटा तुलसी भाँची राख्नु!
सुरेश पाण्डेय 
सुर्खेत विरेन्द्रनगर

२. गजल
सफा र सुन्दर राख्नु पर्छ मन बाले भन्नुहुन्छ!!
संसारमा अरु भन्दा बेग्लै बन बाले भन्नुहुन्छ!!

आफ्नो जिम्मेवारी उठाउनु  पर्छ छोरा भयर!!
सधैं कहाँ रहन्छ यो बालापन बाले भन्नुहुन्छ!!

छोरो यस्तो पनि देखियो वृद्धाआश्रम पठाउने,
यस्ता कति छोरा जन्मेका छन बाले भन्नुहुन्छ!

बुढेसकालमा आमा बाको सेवा सत्कार गरी!!
बस्छस् की  नै मेरो साथ भन बाले भन्नुहुन्छ!!

मैले गर्नु पर्ने कर्तव्य सबै पुरा गरिदिँदा पनि!!
बिस्वास छैन यस्तै सोच्छु झन बाले भन्नुहुन्छ!
सुरेश पाण्डेय 
सुर्खेत विरेन्द्रनगर


Note : Copyright of above ghazals are reserved with Writer 

एच.एल.गौतमको गजल -सादा जीवन फिल्मी भए म,नी तिम्रै हुन्थे होला

NepaliTalim | 10:17:00 AM | 0 comments
सादा जीवन फिल्मी भए म,नी तिम्रै हुन्थे होला !!
हाम्रो जोडी छुटाउने लाई नमज्जाले धुन्थे होला !!

सानो संसार सजाउनलाई तिम्रो  अनी भनी मेरो "
साचों भन्छु तिम्रै लागी  सारा खु:शी चुन्थे होला !!

वशन्तको स्पर्श साथै ह्रदय भीत्र छरीएर "
अजम्बरी पिरतिको डोरी वाटी् वुन्थे होला !!

आकाशमा उड्थे होला,पातालमा डुल्थे होला"
सोंचे जती पुग्ने भय भर्खर सगरमाथा छुन्थे होला !!

[[२ सादा जीवन भील्मी भय म,नी.तिम्रै हुन्थे होला-"
हाम्रो जोडी छुटाउने लाई नमज्जाले धुन्थे होला २]]

   सर्जक- एच.एल.गौतम
    (अर्घाखाची) मा.गा.
खनदह3! हाल- भारत।।
Sent from my Samsung device.

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger