मेरो रचना (2070-11-04/16-02-2014) : Download

NepaliTalim | 10:46:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2070-11-04/16-02-2014)

नमस्कार साथीहरू,

आज मिति 2070 फाल्गुन 04 गते तदनुसार 16-February-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

चार लाईन मुक्तक (2070-11-02/2014-02-14) : Download

NepaliTalim | 10:34:00 AM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक 
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
(2070-11-02/2014-02-14)

नमस्कार साथीहरु,

आज मिति 2070 फाल्गुन 02 गते तदनुसार 14 Feb-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

अनु धामी "अर्पण"का ५ गजल_(17-02-2014)

NepaliTalim | 10:29:00 AM | 0 comments
१. गजल
आनन्दै छ जिन्दगी यो सिर्जनाले ताने पछी !
ढुंगा थियो देउता भयो तनमनले माने पछी !!

गाह्रो हुन्न बाँच्नलाई दु:ख साट्ने साथी भए ,
उकाली र ओरालीमा संगै हिड्न छाने पछी !!

सु;ख दु :ख यस्तै नै हो आउँछ अनि जान्छ उसै ,
मन मुटु जिन्दगी भर एकै ठाउंमा बाने पछी !!

चोखो हुन्छ माया अनि साँचो हुन्छ पिरती नि ,
आँखा देखि मुटु सम्म प्रियासिकै ठाने पछी !!

जूनी - जूनी सैयौं जूनी साथ - साथ हिड्न चाहें,
अपार यस्तो जीवन पाएँ संगै जिउन जाने पछी !
अनु धामी 
 धनगढी ३ चटकपुर 

२. गजल
कञ्चन जल छन्छन बग्ने धारा भईदिओस्
अगाढ प्रेम हाम्रो, वीर र जारा भईदिओस्।

पबित्र अनि सुन्दर तिमी भन्दा सायदै अरु
सुन्दरताकी खानी तिमी, मेरी रारा भईदिओस्।

असाद्य नै छ तिमी र म बीचको बिछोड त
प्रीतको सागर तिमी, म किनारा भईदिओस्।

एक छौ तिमी सबै संग बिलकुल अलग
धर्तीको जून तिमी, संसार तारा भईदिओस्।

रुप तिम्रो देखी घाइते यहाँ नहुने को होलान्
तिम्रा लागी वर्वाद, जगत सारा भईदिओस्।।
अनु धामी 
 धनगढी ३ चटकपुर 

३. गजल
बेईमानीको झुटो सहर, देख्यो कसले यँहा
अमृतभित्र थियो जहर , देख्यो कसले यँहा

बिद्युत माग्छन पराईसँग , ती हात फैलाएर
आफ्नै देशका नदीनहर , देख्यो कसले यँहा

आँशु छुपाई हाँस्दै बाँच्ने,लाचार बिधवाको
कस्तो थियो मन्को रहर,देख्यो कसले यँहा

सड्कमा रात बिताउने,अबोध बच्चा हरको
कठ़्याङ्ग्रीने चिसो प्रहर,देख्यो कसले यँहा

सामन्तबाद तोडी यो देश, 'नवीन' बनाउने
सहिदको त्यो मिठो ठहर,देख्यो कसले यँहा
अनु धामी 
 धनगढी ३ चटकपुर 

४. गजल
बाल्ने होईन निभाउनेहरू धेरै छन॥
हासो दिएर रूवाउनेहरू धेरै छन॥

सायद मेरा शत्रुहरूनै बढि होलान।
त्यसैले मलाई गिज्याउनेहरू धेरै छन॥

सबैलाई छिट्टै बिश्वास गरेर होला।
यो मुटुभित्र बिझाउनेहरू धेरै छन॥

आफ्नो कुला देखाउने अवसर नपाएर।
पल भरमै अस्ताउनेहरू धेरै छन॥

नजानेझै गरी अचानक हमला गरेर।
कोमल मन दुखाउनेहरू धेरै छन॥
अनु धामी 
 धनगढी ३ चटकपुर 

५. गजल
कुरि राछु उनको जबाफ आछैन 
एक्लो भाछु उनको जबाफ आछैन । 

कहिले दिने हुन के भन्ने हुन था छैन 
माया लाछु उनको जबाफ आछैन ।

किन उत्तर दिन ढिलाई गरेकी फुच्ची 
दुख पाछु उनको जबाफ आछैन । 

धेरै भयो उनको जबाफ कुरेको मैले 
माया माछु उनको जबाफ आछैन ।

दोबाटोमा कुरी बसेको छु उनैलाई
माया लाउन आछु उनको जबाफ आछैन । 
अनु धामी 
 धनगढी ३ चटकपुर 



Muktak Madhurima (2070-11-01/13-02-2014) - Download

NepaliTalim | 11:11:00 AM | 0 comments
Muktak Madhurima 
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date : (2070-11-01/13-02-2014)


आज मिति 2070 फाल्गुन 01 गते तदनुसार 13-02-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

BULBUL 232 : (12-02-2014/2070-01-29) प्रेम दिवश बिशेष : Download

NepaliTalim | 10:40:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 232
Host : Achyut Ghimire  
Date :(12-02-2014/2070-01-29) 

प्रेम दिवश बिशेष श्रृंखला

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 माघ 29 गते तदनुसार 12-02-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 232) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

मेरा १० मुक्तकहरू_(12-02-2014)

NepaliTalim | 5:18:00 PM | 0 comments
1. मुक्तक
रेगिस्तानमा पसिना झर्यो तरर । 
कस्तो होला जिन्दगी आँसु बरर ।  
जहाँ रहेपनि उस्तै माया देशकै 
मुटुभरि नेपालकै झन्डा फरर । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

2. मुक्तक
पहिला भने गुलाब र प्रेमपत्र पठाई । 
मुटु सम्म आएपछी फिर्ता हुनेलाई ।
नदिनुहै धोका मलाई जस्तै उस्लाई 
खुसि हुनु सधैं सधै, धेरै धेरै बधाई । 
राम शरण श्रेष्ठ

3.मुक्तक
हर कथाले नायिका मागिरहन्छ । 
जिन्दगीले परिचालिका मागिरहन्छ । 
लक्ष बिहिन म यात्री लाई पनि 
संचालन तालिका मागिरहन्छ । 
राम शरण श्रेष्ठ


4.मुक्तक
मैलै जिन्दगीको ब्याकरण मिलाउन सकिँन ।
जिन्दगी मरिरहेछ औषधी पिलाउन सकिँन । 
उ चिहानमा आएर एकदिन रुनेछ पक्कै 
सकिन जिन्दगी लाई प्रेम दिलाउन सकिँन । 
राम शरण श्रेष्ठ


5.मुक्तक
केही नलेखिएका प्रेमपत्रहरु, अब लेखिने छैन । 
बाँकी जिन्दगीका दिनहरुमा कहिल्यै हाँसिनै छैन । 
महाप्रस्थाको लागि यमराजले सुचना पठाएकोछ 
बाँच्न पनि त पुगिसक्यो अब एक्लै बाँचिने छैन । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।


6.मुक्तक
कसैले मोहनी लगाउनु लगायो । 
मलाई पागल बनाउनु बनायो । 
फैसला कुर्दैछु प्रस्ताब राखेर 
जस्ले याद पठाउनु पठायो । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।


7.मुक्तक
कारागारमा बंन्दी के के सोच्दोहोला । 
जिन्दगी सम्बन्धी, के के सोच्दोहोला । 
परिणम के सोचेथेँ, के भायो भन्दै 
हिजोको सामन्ती, के के सोच्दैहोला । 
राम शरण श्रेष्ठ

8.मुक्तक
देउतालाई चुनौती मेरो तर्फबाट । 
बनाइदेउ एकलौटी मेरो तर्फबाट । 
मुटुलाई मुटुसम्म जोड्नको लागि 
कि प्राण लेउ धरौटी मेरो तर्फबाट । 
राम शरण श्रेष्ठ

9.मुक्तक
केही भयो केही हुन बाँकी छ । 
मनले मनलाई छुन बाँकी छ । 
म खुब तड्पिए जस्को प्यरमा 
तड्पिएर उ अब रुन बाँकी छ । 
राम शरण श्रेष्ठ

10.मुक्तक
मेरो चिहानमा, गुलाब लिई आउनु । 
सक्छौ सम्मानमा, गुलाब लिई आउनु । 
मरिसकेपछी पनि आत्मा छट्पटीनेछ
लिई मुस्कानमा गुलाल लिई आउनु । 

राम शरण श्रेष्ठ




रेडियो नेपालको गजल गंगा (2070-10-28/11-02-2014) - Download

NepaliTalim | 3:15:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2070-10-28/11-02-2014)

नमस्ते साथीहरु,

आज मिति  2070 माघ 28 तदनुसार 11-02-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Episode : 81 (यो साँझ यो सुबाश-11-02-2014) प्रेम दिवश बिशेष - Download

NepaliTalim | 12:55:00 PM | 0 comments
YO SANJH YO SUBASH     
(11-02-2014 /2070-10-28)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116

VALENTINE'S DAY SPECIAL 2014

आज मिति 2070 माघ महिनाको 28 गते तदनुसार 11-February-2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-81 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि  (Ransi Media) को साथमा उपस्थित भएका छौं । कार्यक्रम विशेष कारण बस केही समय देखी ७५ श्रृंखलासम्म आएर बन्द भएको थियो आज देखी श्रृंखला ७६ देखी पुन सुचारु भएको जानकारी सबै सबैमाझ गराउन पाउँदा ज्यादै खुसि लागेको छ ।

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
Listen and Download

Download : Click Here to Download Episode 81

श्रृंखला 90 - वहकिने मन (2070-10-27/10-02-2014) प्रेम दिवश विशेष - Download

NepaliTalim | 11:11:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-10-27/10-02-2014)
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 

Facebook : Bahakine Man

FM: CIN Network 


VALENTINE'S DAY SPECIAL

नमस्कार,

आज मिति 2070 माघ 27  तदनुसार 10-February 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 90 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download


मन पर्ने लाई गुलाब जरुर दिनुहोला

NepaliTalim | 10:31:00 AM | 0 comments
मन पर्ने लाई गुलाब जरुर दिनुहोला । 
मायाँ गर्ने लाई गुलाब जरुर दिनुहोला ।  

आज भन्दा भोली मायाँ बढ्दैबढ्दै जान्छ 
चैन हर्ने लाई गुलाब जरुर दिनुहोला । 

तपाइसँगै उभिएर जिन्दगीको युग्द
लड्न सर्ने लाई गुलाब जरुर दिनुहोला ।

सुरु अन्त जिन्दगीको तपाईलाई मानी
भर पर्ने लाई गुलाब जरुर दिनुहोला ।

मुटु धड्कन ढुकढुकीमा नाम लेखिदिई
खुसी छर्ने लाई गुलाब जरुर दिनुहोला ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

11-Feb-2014

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger