Home » , » अनु धामी "अर्पण"का ५ गजल_(17-02-2014)

अनु धामी "अर्पण"का ५ गजल_(17-02-2014)

NepaliTalim | 10:29:00 AM | 0 comments
१. गजल
आनन्दै छ जिन्दगी यो सिर्जनाले ताने पछी !
ढुंगा थियो देउता भयो तनमनले माने पछी !!

गाह्रो हुन्न बाँच्नलाई दु:ख साट्ने साथी भए ,
उकाली र ओरालीमा संगै हिड्न छाने पछी !!

सु;ख दु :ख यस्तै नै हो आउँछ अनि जान्छ उसै ,
मन मुटु जिन्दगी भर एकै ठाउंमा बाने पछी !!

चोखो हुन्छ माया अनि साँचो हुन्छ पिरती नि ,
आँखा देखि मुटु सम्म प्रियासिकै ठाने पछी !!

जूनी - जूनी सैयौं जूनी साथ - साथ हिड्न चाहें,
अपार यस्तो जीवन पाएँ संगै जिउन जाने पछी !
अनु धामी 
 धनगढी ३ चटकपुर 

२. गजल
कञ्चन जल छन्छन बग्ने धारा भईदिओस्
अगाढ प्रेम हाम्रो, वीर र जारा भईदिओस्।

पबित्र अनि सुन्दर तिमी भन्दा सायदै अरु
सुन्दरताकी खानी तिमी, मेरी रारा भईदिओस्।

असाद्य नै छ तिमी र म बीचको बिछोड त
प्रीतको सागर तिमी, म किनारा भईदिओस्।

एक छौ तिमी सबै संग बिलकुल अलग
धर्तीको जून तिमी, संसार तारा भईदिओस्।

रुप तिम्रो देखी घाइते यहाँ नहुने को होलान्
तिम्रा लागी वर्वाद, जगत सारा भईदिओस्।।
अनु धामी 
 धनगढी ३ चटकपुर 

३. गजल
बेईमानीको झुटो सहर, देख्यो कसले यँहा
अमृतभित्र थियो जहर , देख्यो कसले यँहा

बिद्युत माग्छन पराईसँग , ती हात फैलाएर
आफ्नै देशका नदीनहर , देख्यो कसले यँहा

आँशु छुपाई हाँस्दै बाँच्ने,लाचार बिधवाको
कस्तो थियो मन्को रहर,देख्यो कसले यँहा

सड्कमा रात बिताउने,अबोध बच्चा हरको
कठ़्याङ्ग्रीने चिसो प्रहर,देख्यो कसले यँहा

सामन्तबाद तोडी यो देश, 'नवीन' बनाउने
सहिदको त्यो मिठो ठहर,देख्यो कसले यँहा
अनु धामी 
 धनगढी ३ चटकपुर 

४. गजल
बाल्ने होईन निभाउनेहरू धेरै छन॥
हासो दिएर रूवाउनेहरू धेरै छन॥

सायद मेरा शत्रुहरूनै बढि होलान।
त्यसैले मलाई गिज्याउनेहरू धेरै छन॥

सबैलाई छिट्टै बिश्वास गरेर होला।
यो मुटुभित्र बिझाउनेहरू धेरै छन॥

आफ्नो कुला देखाउने अवसर नपाएर।
पल भरमै अस्ताउनेहरू धेरै छन॥

नजानेझै गरी अचानक हमला गरेर।
कोमल मन दुखाउनेहरू धेरै छन॥
अनु धामी 
 धनगढी ३ चटकपुर 

५. गजल
कुरि राछु उनको जबाफ आछैन 
एक्लो भाछु उनको जबाफ आछैन । 

कहिले दिने हुन के भन्ने हुन था छैन 
माया लाछु उनको जबाफ आछैन ।

किन उत्तर दिन ढिलाई गरेकी फुच्ची 
दुख पाछु उनको जबाफ आछैन । 

धेरै भयो उनको जबाफ कुरेको मैले 
माया माछु उनको जबाफ आछैन ।

दोबाटोमा कुरी बसेको छु उनैलाई
माया लाउन आछु उनको जबाफ आछैन । 
अनु धामी 
 धनगढी ३ चटकपुर 



Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger