Home » , » मेरा १० मुक्तकहरू_(12-02-2014)

मेरा १० मुक्तकहरू_(12-02-2014)

NepaliTalim | 5:18:00 PM | 0 comments
1. मुक्तक
रेगिस्तानमा पसिना झर्यो तरर । 
कस्तो होला जिन्दगी आँसु बरर ।  
जहाँ रहेपनि उस्तै माया देशकै 
मुटुभरि नेपालकै झन्डा फरर । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

2. मुक्तक
पहिला भने गुलाब र प्रेमपत्र पठाई । 
मुटु सम्म आएपछी फिर्ता हुनेलाई ।
नदिनुहै धोका मलाई जस्तै उस्लाई 
खुसि हुनु सधैं सधै, धेरै धेरै बधाई । 
राम शरण श्रेष्ठ

3.मुक्तक
हर कथाले नायिका मागिरहन्छ । 
जिन्दगीले परिचालिका मागिरहन्छ । 
लक्ष बिहिन म यात्री लाई पनि 
संचालन तालिका मागिरहन्छ । 
राम शरण श्रेष्ठ


4.मुक्तक
मैलै जिन्दगीको ब्याकरण मिलाउन सकिँन ।
जिन्दगी मरिरहेछ औषधी पिलाउन सकिँन । 
उ चिहानमा आएर एकदिन रुनेछ पक्कै 
सकिन जिन्दगी लाई प्रेम दिलाउन सकिँन । 
राम शरण श्रेष्ठ


5.मुक्तक
केही नलेखिएका प्रेमपत्रहरु, अब लेखिने छैन । 
बाँकी जिन्दगीका दिनहरुमा कहिल्यै हाँसिनै छैन । 
महाप्रस्थाको लागि यमराजले सुचना पठाएकोछ 
बाँच्न पनि त पुगिसक्यो अब एक्लै बाँचिने छैन । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।


6.मुक्तक
कसैले मोहनी लगाउनु लगायो । 
मलाई पागल बनाउनु बनायो । 
फैसला कुर्दैछु प्रस्ताब राखेर 
जस्ले याद पठाउनु पठायो । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।


7.मुक्तक
कारागारमा बंन्दी के के सोच्दोहोला । 
जिन्दगी सम्बन्धी, के के सोच्दोहोला । 
परिणम के सोचेथेँ, के भायो भन्दै 
हिजोको सामन्ती, के के सोच्दैहोला । 
राम शरण श्रेष्ठ

8.मुक्तक
देउतालाई चुनौती मेरो तर्फबाट । 
बनाइदेउ एकलौटी मेरो तर्फबाट । 
मुटुलाई मुटुसम्म जोड्नको लागि 
कि प्राण लेउ धरौटी मेरो तर्फबाट । 
राम शरण श्रेष्ठ

9.मुक्तक
केही भयो केही हुन बाँकी छ । 
मनले मनलाई छुन बाँकी छ । 
म खुब तड्पिए जस्को प्यरमा 
तड्पिएर उ अब रुन बाँकी छ । 
राम शरण श्रेष्ठ

10.मुक्तक
मेरो चिहानमा, गुलाब लिई आउनु । 
सक्छौ सम्मानमा, गुलाब लिई आउनु । 
मरिसकेपछी पनि आत्मा छट्पटीनेछ
लिई मुस्कानमा गुलाल लिई आउनु । 

राम शरण श्रेष्ठ




Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger