Home » , » गजलकार कमल संघर्षका ६ गजलहरू_(18-02-2014)

गजलकार कमल संघर्षका ६ गजलहरू_(18-02-2014)

NepaliTalim | 12:51:00 PM | 0 comments
१. गजल
Kamal Sangharsa
धान फलाएर मकै फलाएर बारी बाट 
उस्ले कसरी निकाल्यो बन्दुक भकारी बाट

यादहरुको बाढिले बगाईरहदा मलाई
तिमी एकोहोरो हेर्यौ यार पारी बाट

भरियाले भारी नबिसाउनुको कारण यो हो
लुटिएको रहेछ उ कुनैदिन चौतारी बाट

छोराले घर त्यागी दियो,के भन्नु हुन्छ ?
बा आमा सन्तुष्ट नहुदा बुहारी बाट

हेर्नुछ भोली समयले के के बनाउछ
आज संघर्ष बनाएको छ भण्डारी बाट
-कमल संघर्ष ठुलासैन अछाम

२. गजल
माटो चोरीदै गएपछी जरा बाट
उजाड भो जिन्दगी हराभरा बाट

घर बनाउदै छोड्न थालेको हु
प्रभाबित भएदेखी म चराबाट

तिमीले पहिलो भेटमै मन मार्यौ 
कहिल्यै आजित भएन फुल भमरा बाट

देखिएला तिम्रै काठमाण्डौ देखिएला
मेरो अछाम देखिन्न धरहरा बाट

मैले मुटु झिकेर मुटुको ठाउमा राखे
बचाउन यो देशलाई खतरा बाट
-कमल संघर्ष ठुलासैन अछाम

३. गजल
न आमाको जस्तो न बाबाको जस्तो किन बन्दै छ छोरो अर्काकोजस्तो म आफ्नै सोचेर भेट्नलाई आए राजधानीले सोच्यो टाढाको जस्तो झुपडि भत्काउन सरकार पनि हुकुम गर्छ आफैले बनाको जस्तो मेरो बाहिरी रुप रङ देखेर तिमीले ठान्छौ केहि नभाको जस्तो यस्तो नतिजा पनि आउदो रैछ परिक्षा नै दिन नगाको जस्तो
-कमल संघर्ष ठुलासैन अछाम

४. गजल
मैले मेरो जिन्दगीलाई फरक बनाइ दिन्छु ।
आफ्नै घर भत्काएर सडक बनाइ दिन्छु ।

जम्मै बृदाहरु मन्दिरमा जम्मा भयका छन
भगवानले भन्या छन् रे वालक बनाइ दिन्छु ।

मेरो मृत्युमा उत्सब मनाउनलाई प्रिया
जसरी आउ तिमीलाई आयोजक बनाइदिन्छु

पुर्ब तयारीका साथ तमिी मैदानमा आउनु
मलाइ के मैले त जीत अचानक बनाइ दीन्छु
-कमल संघर्ष ठुलासैन अछाम

५. गजल
चोर स्वयम चोर चोर भन्दै उफ्रिरहेछन गर्नु पर्छ भण्डाफोर भन्दै उफ्रिरहेछन
बाग्मती बाट अनुगमन गर्न आएका माछा कर्णालीलाई फोहोर भन्दै उफ्रिरहेछन
वीर गोर्खाली भन्ने त होईनन् यी पाठाहरु घरको धुरीमा खोर भन्दै उफ्रिरहेछन
हिजो मन्दिरलाई शौचालय बनाउनेहरु आज शौचालयमा ईश्वर भन्दै उफ्रिरहेछन
-कमल संघर्ष ठुलासैन अछाम

६. गजल 
उस्ले समायो सलाई उदाहरणका लागी र जलाई दियो मलाई उदाहरणका लागी
ए सरकार मलाई हिटलर बनाई दिन्छौ? मानौ मैले मारे बुद्दलाई उदाहरणका लागी
देश हाक्नेले यसरी पनि हाकिरहेछन चलाउदै नचलाई उदाहरणका लागी
उ यसरी आन्दोलनको पुर्ब तयारी गर्दैछ सालीकलाई ढलाई उदाहरणका लागी
ईज्जत लुटिदा पनि मुस्कुराउछन कोई कोई लिन सकिन्छ फूललाई उदाहरणका लागी
-कमल संघर्ष ठुलासैन अछाम

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger