BULBUL EPISODE 202 : (10-07-2013/2070-03-26) : Download

NepaliTalim | 9:33:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 201
Host : Achyut Ghimire  
Date :   (03-07-2013/2070-03-19)
FB : Facebook Page

(सत्य दर्शन सम्वन्धी रात्री गन्थन बिशेष बुलबुल)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 असार 26 गते तदनुसार  10-July -2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 202) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download :Click Here to Download Episode 202

Thank you

कविता - परदेशी जीवन (गौरब श्रेष्ठ मनकुरा)

NepaliTalim | 11:25:00 PM | 0 comments
Mero Gaurab 
नभन साथी, परदेशी भुमी, धन को, भकारि
नहुदो रैछ, घाउको पीडा, आफैलाई नपरि
बेचेर आफ्नो, प्रत्यक पल, अमुल्य समय
के गर्छौ चैन, फर्केर तीम्ले, जीबन, नै नरहे
पैसाकै पछि, दगुर्दै आज, जीबन, मारेर
नरहे माटो, फुल्दैन फूल बालुवामा सारेर
नभन साथी, परदेशी माटो सुखको, संसार
गरेर केही, देशैमा आफ्नो, मनलाई, सम्हाल
बेचेर धेरै, कमाउनु थोर, अनिद्रा रातमा
धेरैले जीबन, बनाए बेकार, पैसाको मातमा
आफन्त टाढा, मायाको आशमा, छटपटी हुदो,हो
सम्झेर पनि, त्यो गाँउघर, मनकति रुदो हो
नभन साथी, बिदेशको भुमि खुसिको मुहान
नढलि साँझ नबीति आज, हुदैन बीहान
नगर रहर, गएर बीदेश, कमाउने चाहामा
जीबन तीम्रा, जानेछ खेर, पिडा र डाहामा
छोडेर आफ्ना, आफन्त सारा, एक्लै हुनलाई
नगर रहर, बनेर बगर, एकलै रुनलाई

नसोच साथि, पराईभुमि, धन फूल्ने फूलबारि
टिप्नलाई फूल गरेर भूल नबेच घरबारी
नखोज फस्न, बुझेर पनि, धमिलो पानीमा
दु:ख र पिडा अरु क्यै छैन बिदेशी भुमीमा
फूलेको एउटा, फूलनै काफी यो जग हसाँउन
प्रशस्त छन यी दुई हात संसार बसाउन
हटाउ छाँया बीदेशको माया पखाल तनदेखी
भुलेर धन त्यो लोभी जन बाँचौन मनखोली
लन्डन् र पेरीस् अरबको सपना नराखआँखामा
नर्बिस तीमि जन्मेको थीयौ त्यै भीरपाखामा
दुई दीने जीबन आज र भोली पर्सी के हुनेहो
मरेर जादा केही हुन्न साथमा एकलै जानेहो
मनको चैन त्यो धन हैन सन्तुष्टी पलभरको
रमाउदै मन गायको पल सझना जीबनको
(गौरब श्रेष्ठ मनकुरा)


साथमा उहाँकै आवाजमा एक गजल तल सुन्नुहोला 
गजल
खोज्यो भने भगवान भेटिन्छ
मान्छेमा पनि इमान भेटिन्छ

श्रृंखला ६१ - वहकिने मन (2070-03-24/08-07-2013) - Download

NepaliTalim | 5:09:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-03-24/08-07-2013) 
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 


आज मिति 2070 असार 24 तदनुसार 08-July-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 81 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 61 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download : Click Here to Download Episode 6

Thank you

कार्यक्रम 'मेरो रचना' (2070-03-19/03-07-2013) : Download

NepaliTalim | 4:44:00 PM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना'
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई




नमस्कार साथीहरु,

आज मिति २०७० साल असार महिनाको १९ गते तदनुसार ३ जुलाई २०१३ बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ ।  
Listen And Download


Download : Click Here to Download

Thank you

नेपाली गीतहरुको म्युजिक ट्रयाकहरु संकलन

NepaliTalim | 3:42:00 PM | 0 comments


नमस्कार साथीहरु, 

केहि साथीहरुलाई गीत गाउनमा रुची हुनसक्छ तर नेपाली म्युजिक ट्रयाकहरु नपाएर आफ्नो सोख पुरा गर्न नसक्नुभएको होला । आजसम्म मैले नेपाली गीतमा पाएका केहि गीतहरुका म्युजिक ट्रयाकहरु लिएर आएको छु । कृपया यो अभियानमा मलाई सहयोग गर्नुहोला । कसैसँग नेपालगी गीतका म्युजिक ट्याक छ भने मलाई newschisapani@gmail.com मा मेल गरेर सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।

Listen and Download Nepali Music Track
१. मलाई छोडी नजाउ पापा तिम्लाइ लाग्लाहै (Malai Chhodi Najau....)

Download :Click Here to Download
२. फेवातालमा साइली ढुंगा सरर (Fewatalma sailee Dunga...)

Download :Click Here to Download
३.तुल्सि आगनमा रोपौंला (Tusli Aagan Ma Ropaula)

Download : Click Here to Download
४. उ जितेर गइ या हारेर गइ (Woo Jitera Gai Ya Harera Gai)

Download : Click Here to Download
५. Waiting

प्राप्त भए अनुसार थप्दै जानेछु ।

निस्चल प्रेमी कान्छाका १० दमदार गजलहरू (09-07-2013)

NepaliTalim | 3:24:00 PM | 0 comments
निस्चल प्रेमी कान्छा
तल पोष्ट गरिएका १० ओटै गजलको सर्वाधिकार लेखकमा निहित रहेको जानकारी गराउँदछु । 

१.गजल
बिहान साझँ जुठा भाडाँ धुन्छिन बुहारी...!!
डाडा पारी माईती सम्झी रुन्छिन बुहारी...!!

के रहेछ जिन्दगी खै हुर्केपछि पराईकी
मनमा पिडा जबरजस्ती थुन्छिन बुहारी...!!

घरमा ऊनी नोकर समान बिचरीको ब्याथा
बिवश भई तिखा बचन सुन्छिन बुहारी...!!

नाल नाता नन्द देबर सबैसामु ईज्जतले
मान सम्मान सबैलाई बुन्छिन बुहारी...!!

घर छोडेर जान दिन्नन् मन लागेको खान दिन्नन्
पिन्जडाको पन्छि जस्तै हुन्छिन बुहारी...!!
निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी
हाल मुम्बइ भारत

२. गजल
जथाभाबी प्रयोग हुन्छ बल शहरमा...!!
ब्यबस्थित नै भाको छैन ढल शहरमा...!!

मिलीजुली बस्दैनन चेतनाको कमिले
दिनहु दिन हुने गर्छ कल शहरमा...!!

भाई-भाईमा अझपनी युद्ध हुदा खेरी
बगिरहन्छ रगतको भल शहरमा...!!

महङ्गीले आकाश छुदा रोजगार छैन देशमा
पेटभरि पिऊनु छैन जल शहरमा...!!

दिनभरि मरिमेटि पसिना बगाएनी
पाईदैन मेहनतको फल सहरमा
निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी
हाल मुम्बइ भारत

३. गजल
बिदेशीदा रित्तीयोनी आज तिम्रो साथ प्रिय...!!
समालेर आफैलाई बिताउछु रात प्रिय ...।।

धन कमाउने आश बोकि छोडेपछि तिमीलाई
नपाएनी दुई चार पैसा खाएकोछु भात प्रिय ...।।

मेरो तस्बिर अगाँलेर रुदै हौली बाटो हेरी
देश छोडि मुग्लान पस्नु गरिबको जात प्रिय ...।।

घरको खोले ढिडो खाई गुजारा चल्छ भने
दु:ख कटाई नगए साहुको मेला पात प्रिय ...।।

दर्द अनेकौ भुलेर पराईको आँचलमा
प्रदेशतीर रमाएर दिनेछैन घात प्रिय ...।।
निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी
हाल मुम्बइ भारत


४. गजल
पिलेट फुट्यो जागीर छुट्यो दु:ख पाँए हजुर ।।
साहुले कुट्यो इज्जत लुट्यो दु:ख पाँए हजुर ।।

खल्ती खाली भएपछि आफ्ना जती टाढा गए
घर थियो दलीन टुट्यो दु:ख पाँए हजुर ।।

सडक पेटि जहाँ तहि बनेकाछन् साथी मेरा
दशा लाग्यो किस्मत फुट्यो दु:ख पाए हजुर ।।

दुनियाँनै स्वार्थिछ कसलाई दोष लगाउनी र
बिरल्लै चोट मन भुट्यो दु:ख पाए हजुर ।।

नयाँ सोच बिचार बोकी घर छोडेपछित
बिवश भँए सपना चुट्यो दु:ख पाए हजुर ।।
निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी
हाल मुम्बइ भारत


५. गजल
मैले जस्तो पीडा बोकी अरु पनी बाँच्दा हुन् कि !
परेलीमा आँसु रोकी अरु पनी बाँच्दा हुन् कि !

मैले आँसु पिउँदा पिउँदै दिनको सुर्य अस्ताउँछ
पीडा भुल्न सराब धोकी अरु पनी बाँच्दा हुन् कि !

मैले मात्र हो कि कुन्नी ! तिम्रो साथको खोजी गर्ने
तिम्रो नामै घोकी घोकी अरु पनी बाँच्दा हुन् कि !

जति सोच्छु उति-उति दुख्न सम्म दुख्छ टाउको
मुटु भित्र किला ठोकी अरु पनी बाँच्दा हुन् कि !

मैले आखा छोप्दा कतै जुनले बाटो बिराउछ कि
पछुतोमा जिब्रो टोकी अरु पनी बाँच्दा हुन् कि !
निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी
हाल मुम्बई भारत

६. गजल
तिमी बिना मलाई अभाव हुन्छ जुनी जुनी.....!
मन  मुटु जलाई तनाब हुन्छ जुनी जुनी.....!

भाग्यमै लेखेको छ प्ररदेशी हुन मलाई
पिरै पिर जिवन खराब हुन्छ जुनी जुनी.....!

हे दैव किन तैले हार मात्र दिन्छस् मलाई ?
कहि उतार कहि चढाब हुन्छ जुनी जुनी.....!

फुल रोज्दा काडा पाएँ समाल्दै छु अझ पनी
मुल्न पनी सकिन दबाब हुन्छ जुनी जुनी.....!

सोच्दैछु बिष पिएर अन्त्य गरु पिडाहरु
घाउ जती कान्छाको  सखाब हुन्छ जुनी जुनी.....!
निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी
हाल मुम्बई भारत ।

७. गजल
मनभरी ब्याथा बोकी म कसरी हासुँ प्रिय
परेलीमा आँसु रोकी म कसरी हाँसु प्रिय ।।

जिवनमा चोटहरु अदृश्य भैदिदा
भुटुभित्र किला ठोकि म कसरी हासु प्रिय ।।

तिम्रो पिरले सधैजसो भट्टितिर बास हुन्थ्यो
चुरोट खैनी रक्सी धोकि म कसरी हासु प्रिय ।।

म भने सधैभरी सम्झैताका कुरा गर्थे
तिमी थियौ रिसकि पोकि म कसरी हासु प्रिय ।।

एउटा रोटि पायौ भने बाडी खाने सर्त हुन्थ्यो
तिमी रैछौ साह्रै भोकि म कसरी हासु प्रिय ।।
निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी
हाल मुम्बई भारत ।


८. गजल
फुल र मालीको सम्बन्ध चिसीयो ।।
भेना र सालीको सम्बन्ध चिसीयो ।।

मिलेर बाझो फुटाएको भयपनी
हलो र फालीको सम्बन्ध चिसीयो ।।

छानो चुहेर भित्ताहरु नाजुक छन्
घर र पालीको सम्बन्ध चिसीयो ।।

बासस्थान रित्तीयो शिसीर लागेपछी
चरा र डालीको सम्बन्ध चिसीयो ।।

बाल्यकाल देखीको प्रेममा आज
कान्छा र कालीको सम्बन्ध चिसीयो ।।
निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी
हाल मुम्बई भारत

९. गजल

बिहान साझ घरमा चुलो बाल्न नसकेर ...!!  
परदेश पसे चुहिने छानो टाल्न नसकेर....!!  

रहर त कहाँ होर बाध्यताले हिडेको हुँ
बुढा भाका बाउ आमालाई पाल्न नसकेर....!!

चुहेकाती भित्ताहरु भत्कीन आटेकाछन्
चाहेजस्तो जग मैले बसाल्न नसकेर....!!

जिन्दगीका रगिँन सपना पतन भएपछी
थुप्रियो पिरको भारी उचाल्न नसकेर....!!

दैव ले ठगेपछी हार्नुपने रैछ आखीर
सुन पनी पित्तल भयो पगाल्न नसकेर....!!

निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी



१०. गजल
धोका दिई गएपनी रानी देख्छु कताकता ।।
नयन भित्र धुमिराख्ने नानी देख्छु कताकता ।।  

कसम खाको सँगै जिऊने सँगै मर्ने चौतारिमा
सपनाको भुमरिमा कहानी देख्छु कताकता ।।

खुसी  दिई अर्कैको आगँनीमा  फुलेपनी
अझैपनी  मायाँकि खानी देख्छु कताकता ।।

बैसमा अति मात्तीएर जोवान तिम्रो बढेपनी
पापी मनले अझपनी सानी देख्छु कताकता ।।

धाईते मुटु समालेर सुन्यतामा रात बित्दा
झुल्केघामको किरणसँग विहानी देख्छु कताकता ।।
निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी


Episode 2 : Gazal Sanjh गजल साँझ

NepaliTalim | 12:18:00 AM | 0 comments
रेडियो प्रयासको प्रस्तुती
Gazal Sanjh गजल साँझ
प्रस्तोता : प्रकाश निष्ठुरी
समय : हरेक शोमबार बेलुका ९ बजे
prakash.nisthuri@yahoo.com
www.radioprayash.com


नमस्कार साथीहरु,

आज मिति २०७० असार महिनाको २४ गते तदनुसार ८ जुलाइ २०१३ शोमबार, आज पहिलो पल्ट रेडियो प्रयासको साहित्यिक गजल बिशेष प्रस्तुति गजल साँझ Gazal Sanjh Episode 2 लिएर कार्यक्रम प्रस्तोता प्रकाश निष्ठुरी उपस्थीत हुनुभएको छ । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझाब र  कार्यक्रममा गजल पठाउनको लागि गजल साँझको फेसबुक मा या prakash.nisthuri@yahoo.com मा मेल गर्न सक्नुहुनेछ । आउनुस् अब सुनौं आजको गजल साँझको श्रृंखला 
Listen and Download

Download :  Click Here to Download Episode 2

Thank you

गजल शरोबर (06-07-2013/2070-03-22) गजलकार खगेन्द्र गिरी कोपिला सँगको अन्तर्वाता - Download

NepaliTalim | 1:12:00 PM | 0 comments

KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :  (08-06-2013/2070-02-25)
FM : Kalika FM  

मध्यपश्चिमका श्रष्टा गजलकार खगेन्द्र गिरी कोपिला सँगको अन्तर्वाता विशेष श्रृंखला


तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु ।   आज मिति 2070-03-22 गते शनिवार तदनुसार 06-07-2013 ,आज शनिबार पनि गजल सरोबर लिएर विजय राज उपस्थित हुनुभएको छ ।  आज सवाज जवाफ विशेष श्रृङ्खला प्रस्तुत हुनेछ र सवाज जवाफ विशेष श्रृङ्खलामा दोय गजलकार साथीहरु विजय राज र शुबु सवाल जवाफ प्रस्तुत गर्नुहुनेछ ।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download :Click Here to Download

Thank you

श्रृंखला ७ : त्रिवेणी TRIBENI (02-07-2013/2070-03-18) - Download

NepaliTalim | 10:22:00 PM | 0 comments
EPISODE 7

रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति :(02-07-2013/2070-03-18)


नमस्कार साथीहरु, आज मिति २०७० असार १८ गते तदनुसार ०२ जुलाइ 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 7 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  । चिसापानी नेपाल ब्लगमा राख्ने प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु  
Listen and Download 

Download : Click Here to Download Episode 7

Thank you

गजल बिम्ब (कपोलकल्पित र प्रकाश प्राय सँगको अन्तर्वाता बिशेष श्रृंखला) 2070-03-20 : Download

NepaliTalim | 3:23:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती

कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : २०७० असार २० 


(गजलकपोलकल्पित र प्रकाश प्राय सँगको
अन्तर्वाता बिशेष श्रृंखला)

नमस्कार साथीहरु,
आज मिति २०७० असार २० गते तदनुसार  ०४ जुलाइ २०१३ बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ यहि सिलसिलामा आज हामी सँग अन्तवार्ता विशेष श्रृंखलामा गजलकार विपिन संघर्ष सलामीलाई लिएर आएका छौं । उहाँसँगको अन्तरंग कुराकानी का साथसाथै उहाँका गजल उहाँकै आवाजमा सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger