Muktak Madhurima (2069-12-15/28-03-2013) - Download

NepaliTalim | 4:20:00 PM | 0 comments
Muktak Madhurima      
Radio : Radio Chitwan 94.6mhz              
Time : Turusday 9.15pm  
Host : Ramu Acharya    
Date :   (2069-12-15/28-03-2013)

आज मिति 2069 चैत्र 15 गते तदनुसार 28-March-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes:


सुनिता चंदालीका दुइ गजलहरू

NepaliTalim | 3:46:00 PM | 0 comments
1. गजल
हिमाल हासेझै हास्न सक्नुपर्छ नेपाली ।
उच्च शिर बनाई बाच्न सक्नुपर्छ नेपाली  ।

अशन्तिमा मुछिएको छ देश शान्ति दिप जगाउ
देशको गित गाइ नाच्न सक्नुपर्छ नेपाली  ।

चुलिएको छ खराब  निति हाम्रो समाजमा
विकृतिका खम्बाहरु भांच्नसक्नुपर्छ नेपाली 

विदेशी संस्कृति सस्कार नअंगालेर अब
नेपालकै माया छातिभरी टांस्न सक्नुपर्छ नेपाली 

अब देश बनाउने जिम्मा हामी जनताको हो
जुटेर सबै एकताको माला गांस्न सक्नुपर्छ नेपाली
सुनिता चंदाली
वुटवल

 2.गजल

पर्ख केही दिन फूल्छु म तिम्रो जिन्दगीमा
त्यागेर दुनिया सारा भुल्छु म तिम्रो जिन्दगीमा

साचो छ माया मेरो संगालेर राख तिमी
पखाई मिठो हुन्छ एकदिन  खुल्छु म तिम्रो जिन्दगीमा

भेट्न बोल्न गाह्रो छ समाजको तगारो यहा
मानन् सत् हो काडा पन्छाई डुल्छु म तिम्रो जिन्दगीमा

चोखो माया माया हुन्छ  चाहिन्न साक्षी कोही
ढुक्क बन एकदिन निदाउन झुल्छु म तिम्रो जिन्दगीमा
सुनिता चुंदाली
बुटवल



सुनिता शर्माको एक मुक्तक

NepaliTalim | 9:36:00 AM | 0 comments
Sunita Sharma

मुक्तक
मलिन छ जुन पनि तिमी गयपछि
चल्दैन खै खुन पनि तिमी गयपछि
मर्न पनि सक्याछैन धुकुधके त चल्दैछ
मुग्ध सगित धुन छैन तिमी गयपछी
सुनिता चुदली बुटवल

मेरा ५० पचास मुक्तकहरु एकैसाथ

NepaliTalim | 5:15:00 PM | 0 comments
नमस्कार साथीहरु,
आज केहि आफ्ना पछिल्ला ५० मुक्तकहरु लाई एकै ठाउँमा लिएर आएको छु तपाईहरुलाई के कस्तो लाग्यो प्रतिकृया दिनुहोला ।
 
1.मुक्तक
तिमी सँग ठट्टा गर्ने आदत परेको छ ।।
आजभोली पैलाभन्दा जमघट बढेको छ ।।
अलिकति तिमी पनि श्रृगार गरि आउनु
नजरमै डुबिरहने सिलसिला चलेको छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

2.मुक्तक
प्रगतिका योगफल सुन्य बराबर छ ।।
जति गरेनी जोडबल सुन्य बराबर छ ।।
उस्ले नपढी दिँद मेरा सिर्जनाहरु
कविता र गजल सुन्य बराबर छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

3.मुक्तक
टुक्रिएको मुटु जोडियो कहाँ र ।।
निष्ठुरीले साथ लियो कहाँ र ।।
प्यारमा जब धोका पाएपछी
आफ्नो भन्नेनै थियो कहाँ र ।।
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

4.मुक्तक
तिमी सँग ठट्टा गर्ने आदत परेको छ ।।
आजभोली पैलाभन्दा जमघट बढेको छ ।।
अलिकति तिमी पनि श्रृगार गरि आउनु
नजरमै डुबिरहने सिलसिला चलेको छ ।।
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

5.मुक्तक
मान्छेहरुको मुहारबाट मुस्कान हराएको छ ।।
खै नियतिले क–कस्लाई के के गराएको छ ।।
जिन्दगी देखि पराष्त भएकाहरु मात्र भेट्छु
त्यसैले आजभोली मेरो मनपनि डराएको छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

6.मुक्तक
मान्छेको मनमा संका कति कति ।।
हरदिन हुँदैछन् दंगा कति कति ।।
आँखा भएर मात्र नपुग्ने रहेछ
भित्री मनका अन्धा कति कति ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

7.मुक्तक
जिन्दगी झन बर्बाद हुँदैगाछ ।।
मोडमोडहरुमा घात हुँदैगाछ ।।
आँखा चिम्लेर गरेका विस्वासहरु
आजभोली पस्चाताप हुँदैगाछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

8.मुक्तक
सपनाले साथ छाडेका मान्छेहरु ।।
भाग्यले एक्लो पारेका मान्छेहरु ।।
छन् यो संसारमा कति कति छन्
भित्री मनहरु फाटेका मान्छेहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

9.मुक्तक
तिमी बिना कथा मेरो असफल छ ।
पूरै जिन्दगीको सेरोफेरो असफल छ ।
छाति चिरेर झिकि लैजाउ मुटु बरु
जुन विना यो अँधेरो असफल छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

10.मुक्तक
तिम्रो प्रस्ताव म मान्दै मान्दिँन ।।
प्रेमका कुरा म जान्दै जान्दिँन ।।
कर नगर आफै हुन्छ मायाँ
साथी हौ अरु ठान्दै ठान्दिँन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

11.मुक्तक
विचार उस्को पनि साँगुरो भैदियो ।।
त्यसैले त जात मुख्य कुरो भैदियो ।।
सरकार अड्डा अदालत भएर पनि
सिमान्तकृत जनता टुहुरो भैदियो ।।
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप ।।

12.मुक्तक
कुर्सिमा अन्धाहरु पर्छन् ।।
भ्रममा जानताहरु पर्छन् ।।
आँखा बन्द छ राजनीतिको
छेकिदिने पर्दाहरु पर्छन् ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

13.मुक्तक
गन्तब्य पारिनै रहेछ ।।
प्रकृया जारिनै रहेछ ।।
बनाउँछु भनेर उसैले
झन विगारिनै रहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

15.मुक्तक
अस्ताइरहेको घामले केदेला  ।।
असफल ति कामले केदेला ।।
तिमी अर्कै बाटो लागे हुन्छ
गजलकार यो रामले केदेला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
१७ जनावरी २०१३

16.मुक्तक
भावनाका बस्तिहरु मनभित्र हुन्छ ।।
कोहि नभएको बेला पनि मित्र हुन्छ ।।
सबैले थरिथरिका लिला देखाउँछन्
यौ संसारमा अनेक विचित्र हुन्छ ।।

17.मुक्तक
मान्छेको चोला आज हो कि भोली ।।
हाँस्दै बाँच्नुहोला आज हो कि भोली ।।
सकेसम्म जम्मै काम सक्नुपर्छ
फर्कदैन खोला आज हो कि भोली ।।

18.मुक्तक
यादै याद पठाउँछ कोहि मान्छे ।।
घरि घरि सताउँछ कोहि मान्छे ।।
सुरु कैलेदेखी भयो थहा छैन
खुबै मन पाराउँछ कोहि मान्छे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

19.मुक्तक
मुनाको मदन कहिल्यै फर्केन ।।
मान्छेको बचपन कहिल्यै फर्केन ।।
उ निष्ठुरी रहेछ बल्ल था भो
ढुङ्गाको मन कहिल्यै फर्केन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

20.मुक्तक
कि विजय कि त पराजय हुन्छ ।।
अस्ताएको सुर्य भोली उदय हुन्छ ।।
आज त तिमीले छोडि गए पनि
भोली मेरो पनि प्रेममय हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

21.मुक्तक
पाउमै पाए वास हजुरको ।।
भएर जिउँला दास हजुरको ।।
यतिनै मेरो विन्ती सुनिदिनु
बनाईदिनुस् खास हजुरको ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

22.मुक्तक
पहिले आफुलाई महान भएको घोषण गर्यो ।।
त्यसपछि आफै भगवान भएको घोषण गर्यो ।।
उस्का आदेसहरु सर्ब शक्तिमान भएपछी अनि
आफुनै देशको संविधान भएको घोषण गर्यो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
०८ जनावरी २०१३

23.मुक्तक
एकोहोरो पछी लाग्नु गल्ति हुन सक्छ ।।
कसैलाई मनमा राख्नु गल्ति हुन सक्छ ।।
पछुताउनु पर्ला भोली अजै खोल्नु कुराहरु
अन्र्तमुखि मायाँ पाल्नु गल्ति हुन सक्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

24.मुक्तक
मलाई देशको माटोले बोलाईरहेछ ।।
हो क्रान्तिको बाटोले बोलाईरहेछ ।।
गरिवहरुका कोहि छैनन् नेपालमा
उम्लेको रगत रातोले बोलाईरहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

25.मुक्तक
भ्रष्टकै सम्मान हुन्छ मेरो देशमा ।।
ठूलाकै गुनगान हुन्छ मेरो देशमा ।।
अन्यायको विरुद्ध उत्रिन खोज्योभने
बोल्नेको चिहान हुन्छ मेरो देशमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

26.मुक्तक
आफ्नै देशमा बेचिन्छ मान्छे ।।
पहाड मधेसमा बेचिन्छ मान्छे ।।
बाँच्नको लागि मजबुरिमा परि
एकै निमेसमा बेचिन्छ मान्छे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

27.मुक्तक
साहुको हातमा तमसुक हुनाले ।।
हातमुख जोड्ननी नपुग हुनाले ।।
विदेशिनु पर्यो म पैसाकै कारण
गरिवीले घरमा दुखैदुख हुनाले ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

28.मुक्तक
धड्कन रोकिन्छ रोकिन देउ ।।
गोलि ठोकिन्छ ठोकिन देउ ।।
मर्नेत हामी जस्ता सर्वसाधारण
मृत्यु तोकिन्छ तोकिन देउ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

29.मुक्तक
बादल गर्जेर आकाश झर्दैन ।।
मलाई उस्को आभास पर्दैन ।।
उस्को मन्त्र फेल खाएछ आज
कसैले अब विस्वास गर्दैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

30.मुक्तक
के लाग्छ र नियत खराब भएपछि ।।
असल विग्रन्छ सँगत खराब भएपछि ।।
समय लाग्दैन बर्बाद भएर सकिन  
जब लागेको लत खराब भएपछि ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

31.मुक्तक
अलिकति हलचल हुन्छ ।।
अलिकति छलफल हुन्छ ।।
फसिहेर्नुस् प्रेममा हजुर
सम्झना त पलपल हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

32..मुक्तक
अस्त ब्यस्त छु सम्हाल ।।
प्रेमले ग्रस्त छु सम्हाल ।।
डाक्टर धामी बैद्य तिमी
पागल प्रष्ट छु सम्हाला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

33..मुक्तक
ढुङ्गा र भगवानमा फरक देख्दिँन ।।
थुंङ्गा र जवानमा फरक देख्दिँन ।।
मानबतालाई चटक्कै विर्सेपछि
बुंङ्गा र महानमा फरक देख्दिँन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

34..मुक्तक
नपिए त ज्यूनु कसरी ।।
घाउहरुलाई स्यूनु कसरी ।।
मैनहरु पत्थर भएपछि
आगोले अब छुनु कसरी
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

35..मुक्तक
हल्का हल्का पहल चल्छ ।।
हल्का हल्का गजल चल्छ ।।
नजरमा नजर मिलेपछि बल्ल
एकआपसमा छलफल चल्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

36..मुक्तक
बित्यो बित्यो जस्तो लाग्छ ।।
रित्यो रित्यो जस्तो लाग्छ ।।
आधा उमेर बित्दानबित्दै
सिध्यो सिध्यो जस्तो लाग्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

37..मुक्तक
तिमी सँग जून दाँज्न मिल्दै मिल्दैन ।।
पनि सँग खुन दाँज्न मिल्दै मिल्दैन ।।
मृत्यु बाट बचाएर..........., प्रेम पढायौ
अमृत सँग यो गुन दाँज्न मिल्दै मिल्दैन।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

38..मुक्तक
मजा बेग्लै प्यूनमा ।।
पागल भै ज्यूनमा ।।
कस्को छैन उध्रेको
लान्नु पर्छ स्यूनमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

39..मुक्तक
म त एक्लो पर्छु होला ।।
तिमी बिना मर्छु होला ।।
नगर बन्द.... प्रेम बर्षा
नत्र नफुल्दै झर्छु होला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

40..मुक्तक
च्वास्स विझ्छ काँडाले ।।
मन..... दुख्छ टाढाले ।।
मजा बेग्लै डुब्नुमा
जिवन्त प्रेम गाढाले ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

41..मुक्तक
संघियता संघियता भन्दा भन्दै टुक्रिने भो ।।
यो देशको शंबिधान बन्दा बन्दै टुक्रिने भो ।।
भागबन्डामै तल्लिनहरु, कुर्सिकोनै वरिपनि
भागबन्डामा मंत्रालय गन्दा गन्दै टुक्रिने भो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

42..मुक्तक
कालको घाँटि समाउन सके पो मान्छु म ।।
मृत्युको मिति थमाउन सके पो मान्छु म ।।
रोएरै वित्छ आधा उमेर यहाँ मान्छेको
सधै खुसि भै रमाउन सके पो मान्छु म ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

43..मुक्तक
ज्यान लग्यौ, बाँकि सरिर छ ।।
तिमी गैहाल्यौ, अब पिर छ ।।
दैबले लात हानेर भन्यो
यस्तै तेरो तकदिर छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

44..मुक्तक
तिमी हुँदैमा अप्सरा के नै फरक पर्छ र ।।
छोडिदिएँ परम्परा के नै फरक पर्छ र ।।
हिरा आफैमा हिरा हो कसि चाँहिँदैन
नडुल्दैमा भमरा, के नै फरक पर्छर ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

45..मुक्तक
मन पर्छ त ठिकैछ, पर्दैन त भनिहाल ।।
मायाँ छ त ठिकैछ, छैन त भनिहाल ।।
यसरि दोधारमा बस्दा बस्दै ढिला होला
हुन्छ त ठिकैछ, हुँदैन त भनिहाल ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

46..मुक्तक
अरुलेझै तिमी पनि दाउ खोज्छौ आज भोलि ।।
छर्किदिन नुनचुक घाउ खोज्छौ आजभोलि ।।
राजीनामा सारा जीवन, लेखेर दिएकै थेँ
के पुगेन अझैंपनि भाउ खोज्छौ आजभोलि ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

47..मुक्तक
निस्फिक्रि गारौ प्याथ छेक्छ कस्ले ।।
आफ्नै धुनमा छ संसार देख्छ कस्ले ।।
चुलुम्म प्रेममा डुब्नुमै छ अति मज्जा
बारम्बार यस्तो मौका भेट्छ कस्ले ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

48..मुक्तक
पग्लिँदैन त पत्थरलाई के दोष ।।
मैन हैन त पत्थरदाई के दोष ।।
मुटु खोज्दा ढुङ्गामा, कहाँ भेटिन्छर
मुटु छैन त पत्थरलाई के दोष ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

49..मुक्तक
तिम्लाई तुन्छु गजलका शेरहरुमा ।।
पागल हुन्छु गजलका शेरहरुमा ।।
आएन सुन्दर प्रेमपत्रहरु लेख्नलाई
भावना बुन्छु गजलका शेरहरुमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

50..मुक्तक
भगवान पनि भागि गयो ।।
पैसाकै पछि लागि गयो ।।
गरिबको पुकार सुन्छ कस्ले
सर्कारले उल्टै मागि गयो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


धेरै धेरै धन्यवाद ।
















Episode 6 : (28-03-2013/2069-12-15) गजल सागर - Download

NepaliTalim | 2:54:00 PM | 0 comments
चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर
चिसापानी नेपाल : पेज, ग्रुप
मिति : 28-03-2013/2069-12-15
प्रस्तोता : राम शरण श्रेष्ठ
GAZAL SAGAR

नमस्कार साथीहरु
आज मिती 2069 चैत्र 15 गते तदनुसार 28 मार्च 2013 बिहिवारका दिन चिसापानी नेपाल ब्लगस्पोट डटकमको गजलमनहरुको आफ्नै यौटा छुट्टै कार्यक्रम गजल सागरको (छैठौं श्रृंखला Episode 6) मा तपाइहरुलेनै चिसापानी नेपाल फेसबुक पेजग्रुपमा पोष्ट गर्नुभएको गजलहरु साथसाथै केहि प्रकाशित भएका गजल संग्रहबाट गजलहरु लिएर हरेक हप्ता झैं आजपनि  म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ तपाईहरु सबैलाई स्वागत गर्दछु ।
आजको श्रृंखलामा कमल संघर्ष, न्यौपाने कान्छा शोभाकर, कृष्ण अविरल, बसन्त कुवँर विवश, अर्जुन सापकोटा, शंकर सिम्खडा आखेटक, नरेन थापा, आर.के.थापा, एम.पि. पोखरेल, कोमल भट्ट, एस पि माथवार, झलक शाहि बैरागी कान्छो,  नवराज भट्ट, आर एर विद्रोही, प्रजित कुवँर, गौरब श्रेष्ठ मनकुराका गजलहरु बाचन भएका छन् साथसाथै जिन्दगी छैन अचेल जिन्दगी जस्तो गजल संग्रह, यो सहर हो यार गजल संग्रह, अन्तिम गजल संग्रह र तस्विर गजल संग्रबाट एक एक गजल बाचन भएका छन् साथमा गजजित शिह विशेष हिन्दी गजलहरु रहेका छन् । कार्यक्रम के कस्तो लाग्यो प्रतिकृया जनाईदिनुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 6

Thank you

BULBUL 187 : (27-03-2013/2069-12-14) - Download

NepaliTalim | 10:17:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 186
Host : Achyut Ghimire 
Date : (27-03-2013/2069-12-14)
FB : Facebook Page

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ चैत्र 14 गते तदनुसार  27-March-2013 बुधवारका दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 187) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।  

Listen and Download

Download : Click Here to Download Episode 187
Listen All Previous Episodes


Thank you

गजलका शेरहरु -(2069-12-13/26-03-2013) - Download

NepaliTalim | 4:18:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2069-12-13/26-03-2013)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu



आदरणिय साथीहरु,
आज मिति 2069 चैत्र महिनाको 13 तदनुसार मिति 26-March-2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी
राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download : Click Here to Download

Thank you

श्रृजनाका सुशेलीहरु - (2069-12-10/23-03-2013) - Download

NepaliTalim | 12:54:00 PM | 0 comments
Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz

Time : Every Saturday 9.15PM 
Date :  (2069-12-10/23-03-2013) 
Host :  Suresh Bidari   


आज मिति 2069 चैत्र 10 गते (23-March-2013)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । यो अङ्क प्रस्तेाता साथी सुरेश विडारी विवसले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद । आउनुहोस् हामि पनि सुनौ .
Listen And Download

Download : Click Here to Download 

Thank you

शब्द शरोबर : (25-03-2013/2069-12-12) - Download

NepaliTalim | 12:19:00 PM | 0 comments

SHABDA SHAROBAR
Host : Bimal Marmik
Time : Tuesday 9.15pm 

Date :(25-03-2013/2069-12-12)
Fm: Radio Manaslu 103.9mhz 


 नमस्कार साथीहरु
आज मिति 2069 चैत्र 12 तदनुसार 26-March-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Thank you

Episode : 65 (यो साँझ यो सुबाश-26-03-2013) - Download

NepaliTalim | 11:25:00 AM | 0 comments
EISODE 65 - YO SANJH YO SUBASH  
(26-03-2013 / 2069-12-13) 
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश   
Website : http://ransimedia.com      
Facebook : YSYS Facebook Page 
Phone :  9808826116

आज मिति 2069 साल चैत्र महिनाको 13 गते तदनुसार  26-03-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-65 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
Listen and Download

Download : Click Here to Download Episode 65
Listen All Previous Episodes


Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger