मेरा ५ मुक्तकहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 4:01:00 PM | 0 comments
 नमस्कार साथीहरु 
आज म आफ्ना करिव ५ मुक्तकहरु एकै ठाउँमा लिएर आएको छु । तपाईहरुलाई कस्तो लाग्छ सल्लाह सुझाबको अपेक्षा राखेको छु ।

१.मुक्तक एक
धड्कन रोकिन्छ रोकिन देउ ।।
गोलि ठोकिन्छ ठोकिन देउ ।।
मर्नेत हामी जस्ता सर्वसाधारण
मृत्यु तोकिन्छ तोकिन देउ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


२.मुक्तक दुई
केहि फोटाहरुछन् जलाउनुपर्ने ।।
केहि यादहरुछन् मेटाउनुपर्ने ।।
लाएर मलमहरु, सिएर घाउहरु
अरुकै लागि आफू हाँसाउनुपर्ने ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


३.मुक्तक तिन
मलाई देशको माटोले बोलाईरहेछ ।।
हो क्रान्तिको बाटोले बोलाईरहेछ ।।
गरिवहरुका कोहि छैनन् नेपालमा
उम्लेको रगत रातोले बोलाईरहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


४.मुक्तक चार
न त यहाँ पत्रकार सुरक्षित छ ।।
न त उस्को विचार सुरक्षित छ ।।
कलमहरु भाँच्ने होडबाजी देख्दा
लाग्छ बढी तरवार सुरक्षित छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


५.मुक्तक पाँच
जिन्दगीको मैदानमा सबै एक्लो एक्लो ।।
मरेपछि चिहानमा सबै एक्लो एक्लो ।।
हाँस्नुपर्छ बाँचुन्जेल, अमर छैन कोहि
यमपुरी उध्यानमा सबै एक्लो एक्लो ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Date : 18-01-2013


Muktak Madhurima (2069-10-04/17-01-2013) - Download

NepaliTalim | 1:58:00 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-10-04/17-01-2013)
 
आज मिति 2069 Magh 04 गते तदनुसार 17-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।              
Listen and Download

Download : Click here to download
Listen all Previous Episodes:

Thank you
२०६९-१०-०४ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-मुक्तक
देशको लाचार हालमा खै के लेखु,
जनताको हर सवालमा खै के लेखु।
दण्डहीनताको पराकष्टा छ सत्तामा,
महानायकको अनिकालमा खै के लेखु।
--मोहन बिहानी
भक्तिपुर सात सर्लाही www.mohanbihani.blogspot.com
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com


02-Dk Bidrohi -डि .के . बिद्रोही
चिसो भट्टी चलाउन लाई आगो जोरजाम गर्दै छु म
कडा स्पात गलाउन लाई आगो जोरजाम गर्दै छु म
हेर्दै गर्नु यो झिल्को ले सल्के पछि के के गर्छ !
लुट को स्वर्ग जलाउन लाई आगो जोरजाम गर्दै छु


03-Prem Dhami
खुसी राख्न सक्ने,दम छ मसँग आउँछ्यौ?
सधै बहार अनि,रमझम छ मसँग आउँछ्यौ??
कसम ढाटेको होईन मैले विश्वाश गर मैया
जे चाहन्छ्यौ त्यो अनुपम छ मसँग आउँछ्यौ????
prem dhami, dahabagar-6 bajhang
haal:kathamandu


04-Khadga G Magar
के भनौ खै नयां नेपाल,अत्याचारले सिमा नाघ्यो
गांउ गांउ सारा बस्ति,बलत्कारले सिमा नाघ्यो //
भय छायो चारैतिर , संत्रास रअशांतिको
लुट्पात र हत्या हिंसा,नरसंहारले सिमा नाघ्यो//
-खड्ग जी.एम.
उरहरी दांग
10/01/013
frm qatar

05-Baral Suryamani
जाडो बढेको छ कठ्याँग्रीने , लाउने छैन कसैको।
आकाश चिहाउछ छानो बाट, छाउने छैन कसैको ।।
तराईमा शित लहर पहाडमा चिसो धेरै ।
एक-सरो लुगा छ जीउमा, तताउने छैन कसैको ।।


06-Raju Poudel
अस्ति चादि बनेर टलक्क टलकने लाइ ।।
हिजो गुलाब बनेर ढलक्क ढल्कने लाइ ।।
लाखौ कोसिस गर्दा पनि निभाउनै सकिन ।।
आज एक्कासि आगो बनेर दिल भित्र सल्कने लाइ ।।
Raju poudel
Rudrapur Rupandehi
Doha Qatar


07-Rajib Rimal मुक्तक :
महाकाली सुस्तामा देश बेचियो ।
कांगडा र टिस्टामा देश बेचियो ।
आज सिङ्गो मुलुकनै लिलाम हुँदैछ,
हिजो किस्ता किस्तामा देश बेचियो ।
Rajib Rimal ,western regin campush-wrc.,pokhara

08-Rai Munkmen Ramesh मुक्तक
कोहि छन कि.?अवतार लिने केर्दै बस्दैछु
तितो मिठ्ठो रचनाको स्वाद फेर्दै बस्दैछु
हाँस्दै मुसुक्क आँखा फुकालेर?आकाश तर्फ
अनेकले धर्तिमा झारेको जून हेर्दै बस्दैछु
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद..


09-Jaya Bhabuk
मायॉको पनी यहॉ आकार हुदो रै छ!
मायॉ गर्ने िवभीन्न पर्कार हुदो रै छ!
मायॉ लाउने हरू धेरै भए पनी यहॉ ,
कसै कसैको मात्र मायॉ साकार हुदो रै छ!
जयराम िव.क (जयॉ भॉवुक )धधवार 7 बर्िदयॉ..
हाल मलेिसयॉ जोहोर


10-Bishnu K Gautam
दुइ मुटु एक हुन्छ
त्यस पछि अनेक हुन्छ
स्वतन्त्र हुन्छ यो मायाँ
न कानुन न बिधेक हुन्छ
बिष्णु गौतम
मल्म-4,बाग्लुङ
हाल:बुटवल


11-अजान श्रेष्ठ (अभागी)
तिम्रै लागी भनी आएँ ।।
पुरै बाटो खनी आय ।।
कति माया गर्थे उनिलाइ
प्रेमको आशा गनी आएँ ।।।
-अजान श्रेष्ठ (अभागी)
कुवाकोट कान्छीबजार स्याङजा ।


12-दिपक काराखेती . मुक्तक
त्यो सुन्सान ठाउमा भेट्न पाम, तिमी सँग
त्यो हरभरा प्रकिर्तिमा रम्न पाम, तिमी सँग //
हो देउराली भनज्याङम कसम, सँगै खाएको
सयौजुनी सम्ममा बाच्न पाम, तिमी सँग//
-दीपक काराखेती
धुवाकोत गोर्खा }हाल:-अबु-धबी (UAE)


13-Arpan Chhetri
जातॊ देखी तर्सी तिमी घट्टा नभन्नु नि
व्यस्तताले दार्ही पाले जट्टा नभन्नु नि
सधै त जिस्काई भन्थे मेरी मनकी रानी
आज चाही साच्चै भने ठट्टा नभन्नु नि
-अर्पण छेत्री
दमक-5, झापा
हाल- मलेसिया


14-Bibek Dulal मुक्तक
असिन पसिन हुदै तिम्रा स -साना रहरहरुमा म पनि कुद्छु
घास दाउरा गर्दा खेरी तिमीसित दर्के झरीमा म पनि रुझ्छु
तर कठै कुन साइतले उडायो हाम्रो नबिर्सने परिचयलाई आज
भलै सामुन्ने पर्दा बोल्दिनौ तिम्रो यो बाध्यता म पनि बुझ्छु .
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल : अबुधाबी ,यु ए इ .


15-Umesh Acharya
गधाहरु देश चलाउँछन्,हामी उल्लु ट्वाल्ल पर्छौँ
थाहा छैन तरै पनि हामी किन गर्ब गर्छौँ
महङ्गिले आकाश छुँदा बेरोजगारी बढि रा छ
यस्तै हुँदै गए हामी,पक्कै भोक्-भोकै मर्छौँ
Vermont USA

16-तिलक निस्कर्ष
यो मुटुको हर पिडा आहतमा थियौ तिमि
नशा नशा अनि दिलको चाहतमा थियौ तिमि
दुइ जना पिरतीको डुंगा मा डुब्दा संगै ,
म डुबेको डुब्यई भय राहत मा थियौ तिमि .....
रत्ननगर ७


17-Durga Rimal
पिउनु हुन्न सबले भन्छन् "हन" कस्तो असर गर्छ ?
मज्जा आउँछ सबलाई थहाँ छ भन कस्तो असर गर्छ ?
भुलाउँछ दुःख यसले जती पियो उती धेरै,
अौषधी हो पागल पनको झन कस्तो असर गर्छ ?
Durga Rimal "BS" Albury, Australia.


18-Rakshe Deep Milan
स्मृतिमा तिमि छौ र त म जिबित छु!
जीवन तिमि हौ र त म जीबित छु!!
अब भुल्ने र सम्झने कुरा नगर,
हामि एक भ यौ र त म जीबित छु!!
-दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार्a

>गीत >मुटु भरि तिम्रै नाम छ केर्न सक्दिन म तिमीले झैँ मनको देउता फेर्न सक्दिन म
......कल्याण गुरुङ को शब्द ,राजकुमार बगरको संगीत मा अन्जु पन्तको आवाजमा .....


19-Jyoti Khatiwada Anischit
त्यो फुलको डाली अन्तै लर्कीदैछ आज
नजर उनको अर्कै तिर कर्किदैछ आज ।
म त नितान्त एक्लो अनि शुन्य भएँ सानु
तिम्रो याद पनि विचैबाट फर्किदैछ आज ।
अनिश्चित ज्योति खतिवडा
झापा सुरुङ्गा ।

20-Ram Chandra Basyal
कस्को बिश्वाश गर्नु यहा,आफ्नैले सब लुटेपछि।
कसलाई खोट लाउनु यहा,आफ्नै कर्म फुटेपछि।।
खुकुरिको धारमा जिबन,उस्ले जहर प्याला भर्दा।
खोइ कसरि टाल्नु यो मन,चिरा परि टुटे पछि ।।
-रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
{हाल:यु.ए.ई.दुबई }


21-Komal Bhatta ..
अन्याय र अत्याचारको दरबारले दुख्छ
लुटाहारले सजाएको घरबारले दुख्छ
हत्या र हिँसाले रक्तरन्जीत बनाएको
षड्यन्त्र र खुराफातको तलबारले दुख्छ
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

22-श्रीकान्त बराल कहेराज़
हाम्रो देश सिसा जस्तै चर्किदैछ आज
फेरी उही कुसासन फर्किदैछ आज
हत्याराको हितमा बोल्छ सरकार पनि
विधिको साशन पनि मर्किदैछ आज
कृष्ण मन्दिर चोक

23-Rupesh Fatra रुपेश अनमोल फत्र
पान्थर लिम्बवान
उन्को यादले हरपल् सताई रहन्छ
कहिले काहि एकोहोरो बनाई रहन्छ
उनी बाट आज म धेरै टाढा हुनू पर्दा
बिछोडले मेरो मुटु जलाई रहन्छ


24-Ashish Danai मुक्तक
कसम खा-एर मायाँ लाईदैन प्रिय
सिउदो भ-रेर मायाँ लाईदैन प्रिय ।।
मायाँ त भित्री, मन देखीनै हुनुपर्छ
भिख झै मा-गेर मायाँ लाईदैन प्रिय ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
२०६९-०९-२८
मुक्तक मधुरिमाको सम्पुर्ण भागहरू सुन्न तथा डाउनलोड गर्न www.muktakmadhurima.tk मा जानुहोस् ।
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima
www.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima


25-Dev Birahi
सुन जस्तै गरी मेरो मन गालेर गई!
आफ्नै ठानेको थीए मलाई नै फालेर गई!
वैमानी रै छ त्यसको मायॉ
पराईको नई सीन्दुर हालेर गई!
देव िवरही
हापुर 7 दाङ्
हाल मलेिसयॉ जोहोर....


26-कपिल लामिछाने
कहिले काँही तिम्रो याद आएपछी गजल लेख्छु।
धेरै धेरै तिम्रो माया लाएपछि गजल लेख्छु!!
एकान्तमा टोलाउछु, तिमिलाई सम्झिएर,
अनि थोरै सराब खाएपछि गजल लेख्छु!!
-लेखक कपिल लामिछाने
दाङ्ग तुल्सिपुर
हाल दोहा कतार
(नेपालि अनुबाद - दिप मिलन)

27-ß-kash Neupane
दिल मा आगो झोस्यौ,जल्दै छु म आज भोलि,
पिडा को राप दियौ,बल्दै छु म आज भोलि !!
तिमी र तिम्रा याद हरु भुलाउने वाहाना मा,
हरेक साझ हरु मा, ढल्दै छु म आज भोलि !!
-बिकाश न्यौपाने बारा हाल uae

28-Artimus Siru
आशा र खुशी खोज्दा खोज्दै दु:खको सागरमा पुगेछ जीवन !
अरुको भलो सोच्दा सोच्दै दु:खको सागरमा पुगेछ जीवन !!
समाजमा अशल मान्छे बन्न खोज्नु व्यर्थै रहेछ !
असल मित्र रोज्दा रोज्दै दु:खको सागरमा पुगेछ जीवन !!
सुमित्रा अधिकारी
(गोरखा)


29-Ram Sharan Shrestha
सपनाले साथ छाडेका मान्छेहरु ।।
भाग्यले एक्लो पारेका मान्छेहरु ।।
छन् यो संसारमा कति कति छन्
भित्री मनहरु फाटेका मान्छेहरु ।। राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
मुक्तक मधुरिमाका सम्पूर्ण श्रृङ्खलाहरु चिसापानी नेपाल ब्लग
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
बाट सुन्न र डाउनलोड गर्न सकिन्छ तथा आजसम्मका श्रृखलाहरु मुक्तक मधुरिमा ब्लग
http://muktakmadhurima.blogspot.com/ बाट सुन्न सकिन्छ
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com
Your Blog Description here!


30-Amrit Shrestha
यो यौटा प्रेमको नासो भनौ कसरी ?
नयन भरि आसुलाई हासो भनौ कसरी ?
न बाचेर हस्न सके न हासेर बाच्न
पवित्र यो मायालाई पासो भनौ कसरी ?
( Amrit shrestha pokhara kaski)

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
(from Muktak Madhurima Page)

मेरा १५ मुक्तकहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 9:42:00 AM | 0 comments
नमस्कार साथीहरु
आज म आफ्ना करिव १५ मुक्तकहरु एकै ठाउँमा लिएर आएको छु । तपाईहरुलाई कस्तो लाग्छ सल्लाह सुझाबको अपेक्षा राखेको छु ।
१.मुक्तक एक
अस्ताइरहेको घामले केदेला !!
असफल ति कामले केदेला !!
तिमी अर्कै बाटो लागे हुन्छ
गजलकार यो रामले केदेला !!
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२.मुक्तक दुई
जिन्दगी झन बर्बाद हुँदैगाछ ।।
मोडमोडहरुमा घात हुँदैगाछ ।।
आँखा चिम्लेर गरेका विस्वासहरु
आजभोली पस्चाताप हुँदैगाछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

३.मुक्तक तिन
सपनाले साथ छाडेका मान्छेहरु ।।
भाग्यले एक्लो पारेका मान्छेहरु ।।
छन् यो संसारमा कति कति छन्
भित्री मनहरु फाटेका मान्छेहरु ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

४.मुक्तक चार
मान्छेको मनमा शंका कति कति ।।
हरदिन हुँदैछन् दंगा कति कति ।।
आँखा भएर मात्र नपुग्ने रहेछ
भित्री मनका अन्धा कति कति ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 
५.मुक्तक पाँच
साहुको हातमा तमसुक हुनाले ।।
हातमुख जोड्ननी नपुग हुनाले ।।
विदेशिनु पर्योनी पैसाकै कारण
गरिवको घरमा दु:खैदु:ख हुनाले ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

 
६.मुक्तक छ
पहिला आफुलाई महान भएको घोषण गर्यो ।।
त्यसपछि आफै भगवान भएको घोषण गर्यो ।।
उस्का आदेसहरु सर्ब शक्तिमान भएपछी अनि
आफुनै देशको संविधान भएको घोषण गर्यो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 
७.मुक्तक सात
उस्को बिहेको निम्तो आएको छ ।।
लाग्छ मर भनि खबर पठाएको छ ।।
मुटु भित्र वषौं राखिसकेपछी आज
एक्कासी त्यहाँबाट हटाएको छ ।।
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
७ जनवरी २०१२
 
८.मुक्तक आठ
टुक्रिएको मुटु जोडियो कहाँ र ।।
निष्ठुरीले साथ दियो कहाँ र ।।
प्यारमा जब धोका पाएपछी
आफ्नो भन्नेनै थियो कहाँ र ।।
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

९.मुक्तक नौ
प्रगतिका योगफल सुन्य बराबर छ ।।
जति गरेनी जोडबल सुन्य बराबर छ ।।
उस्ले नपढी दिँद मेरा सिर्जनाहरु
कविता र गजल सुन्य बराबर छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

१०.मुक्तक दश
मस्त लाग्ने नसा नभए प्यूनुको के मज्जा ।।
चुर्लुम्म भै नडुबे प्रेममा ज्यूनुको के मज्जा ।।
कस्को हुन्न पिर ब्यथा कथा आफ्नो आफ्नै
लथालिङ्गभै नउद्रे जिन्दगी स्यूनको के मज्जा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

११.मुक्तक एघार
बेकार धेरै नसोच्नु बुढापाकाहरु भन्थे ।।
त्यसै जोरी नखोज्नु बुढापाकाहरु भन्थे ।।
जिन्दगी गए जाओस, दिएको कसम
कहिल्यौ नतोड्नु बुढापाकाहरु भन्थे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप

१२.मुक्तक बाह्र
श्रमिकलाई नसोध्नु पसिनाको मुल्य ।।
छोड्दै नछोड्नु पसिनाको मुल्य ।।
सामन्तहरु दास मान्छन् श्रमिकलाई
अहँ हात नजोड्नु पसिनाको मुल्य ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप

१३.मुक्तक तेह्र
जबजब तनाब लिइ घर आउँछु ।।
सँगसँगै सराब लिइ घर आउँछु ।।
श्रमिक भएर दिनभर मरिमेट्दा
घाटाकै हिसाव लिइ घर आउँछु ।।
 
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप
 

१४.मुक्तक चौध
अब फेरी छलफल नचलाउ ।।
ताकी ताकी गजल नचलाउ ।।
सक्दिँन सहन शब्दका वाणहरु
इमान बेच्ने पसल नचलाउ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप 
 
१५.मुक्तक पन्ध्र
मालिक भएर बाँच्छन् अमिरहरु ।।
दासझैं भएर बाँच्छन् गरिबहरु ।।
मंन्दिरहरुमा जान छोडिसकेको छु
हुनेखानेकै रहेछन् सब तपसिलहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप

गजल गंगा 15-01-2013 (रेडियो नेपाल)- Download

NepaliTalim | 9:31:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल

Email : gazalganga@gmail.com
Facebook : Facebook Page
Web : Radio Nepal
Date : (15-01-2013/2069-10-02)

 नमस्ते साथीहरु,
आज मिति  2069 माघ 02 तदनुसार 15-Jan-2013 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।  
Listen and Download


Download : Click Here to Download

Thank you

BULBUL 177 : (16-01-2013/2069-10-03) - Download

NepaliTalim | 9:20:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 177
Host : Achyut Ghimire 
Date :(16-01-2013/2069-10-03)
FB : Facebook Page


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ पौष २५ गते तदनुसार ९ जनवरी २०१३ मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 177) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 

Listen and Download

Download : Click Here 177  
Listen All Previous Episodes:  

Thank you

Shabda Sharobar - (01-10-2069/14-01-2013) - Download

NepaliTalim | 9:02:00 AM | 0 comments
SHABDA SHAROBAR
Host : Bimal Marmik
Time : Tuesday 9.15pm
Fm: Radio Manaslu 103.9mhz
Email: shabda.sarobar@gmail.com
FB : SabdaSarobara


नमस्कार साथीहरु
आज मिति 2069 माघ 01 तदनुसार 14th Jan 2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download 
यो श्रृंखलामा बाचन भएको मेरो गजल
मेरो यार रिसाएको छ ।।
लगातार रिसाएको छ ।।१।।

परिवर्तन म मा आयोकि
समझदार रिसाएको छ ।।२।।

सम्झाउनै सकिन मैलै
बारम्बार रिसाएको छ ।।३।।

टाढा विस्तार जाँदैछ उ
मेरो प्यार रिसाएको छ ।।

माफ मागिरहेँ तर पनि
सदावहार रिसाएको छ ।।५।।

म तनाबमा छु मित्रताको
त्यै आधार रिसाएको छ ।।६।।

रातभर म सुत्नै सकिन
मेरो संसार रिसाएको छ ।।७।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

गजल शरोबर -(12-01-2013) सवाज जवाफ विशेष - Download

NepaliTalim | 3:22:00 PM | 0 comments
सवाज जवाफ विशेष श्रृङ्खला   
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : (12-01-2013/2069-09-28)
FM : Kalika FM


आज मिति २०६९ पौष 28 गते बुधवार तदनुसार 12-Jan-2013 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ ।   बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ  भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ ।आज शनिबार पनि गजल सरोबर लिएर विजय राज उपस्थित हुनुभएको छ ।  आज सवाज जवाफ विशेष श्रृङ्खला प्रस्तुत हुनेछ र सवाज जवाफ विशेष श्रृङ्खलामा दोय गजलकार साथीहरु विजय राज र शुबु सवाल जवाफ प्रस्तुत गर्नुहुनेछ ।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download : Click Here to Download

गजलकार रोहित रानाका गजलहरु उहाँकै आवाजमा - Listen

NepaliTalim | 2:52:00 PM | 0 comments

नमस्कार साथीहरु,

आज म तपाईहरु सँग मेरा मित्र गजलकार तथा गायक रोहित राना ज्यूको उत्कृष्ट गजलहरु उहाँकै आवाजमा लिएर आएको छु  । आशा छ तपाईहरुलाई मन पर्ने छ । यदि तपाईहरुपनि आफ्ना गजलहरु यो ब्लगमा राख्न चाहानुहुन्छ भने आफ्ना कम्तिमा १० गजलहरु रेकर्ड गरेम मलाई इमेल गर्नुहोला म यसैगरि ब्लगमा राख्ने प्रतिबद्धता जाहेर गर्दछु ।






गजलकार रोहित रानाका गजलहरु उहाँकै आवाजमा



धन्यवाद
(राम शरण श्रेष्ठ)

Episode : 55 (यो साँझ यो सुबाश-15-01-2013) - Download

NepaliTalim | 12:38:00 PM | 1comments
PISODE 55 - YO SANJH YO SUBASH
(15-01-2013 / 2069-10-02)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश

Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page

Phone :  9808826116


आज मिति 2069 साल माघ महिनाको 02 गते तदनुसार  15-Jan-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  55 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  ।

Listen and Download

Download : Click Here to Download 55
Listen All Previous Episodes:

Thank you

सिर्जनाका लहरहरु :- Episode 98 -Download

NepaliTalim | 11:58:00 AM | 0 comments
सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU

EPISODE- 98
Date : 10-Jan-2013

Source : Sirjanaka Laharharu 

Host : Khagendra Adhikari

 
 आज मिति 10-January-2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 98 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।

Listen and Download

Download : Click Here to Download

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger