गजलका शेरहरुमा गजलकार मोहन विहानीको अन्तर्वाता विशेष - Download

NepaliTalim | 12:50:00 PM | 1comments
Gazalka Sherharu from Radio Ekata 92.4mhz
Interview with Gazalkar Mohan Bihani

आदरणिय साथीहरु,
आज मिति २०६९ बैशाख महिनाको ४ गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता उपस्थित हुनुभएको छ ।

आज तपाईहरु माझ रेडियो एकता मेगाहर्जमा साथी गजलकार मोहन बिहानी को जीवनका अन्तरङ कुराकानीको साथ गजलका शेरहरुमा  अन्तर्वाता विशेष  रस्तोता लक्ष्मी ईतिहासको साथमा लिएर आएको छु । यो अन्तर्वाता साथी मोहन विहानीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद । 


Listen

Download Link : Click Here to Download Inteview with Mohan Bihani


Thank you, 
Ram Sharan Shrestha
Chisapani Nepal

BULBUL : EPISODE 138 (अन्तर्वाता विशेष) - Download

NepaliTalim | 12:27:00 PM | 0 comments
RADIO UJYALO 90MHZ PRESENTS
INTERVIEW SPECIAL BULBUL EPISODE - 139
(18-April-2012/ 2069-01-06)


 (आजको बुलबुल प्रकाश आङ्गदेम्बे सँगको अन्तर्वाता विशेष रहनेछ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 
 
आज मिति 2069 बैशाख महिनाको 06  गते बुधवार तदनुसार April 18th, 2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 138  भाग
प्रकाश आङ्गदेम्बे सँगको अन्तर्वाता विशेष लिएर (BULBUL EPISODE - 138,  18th, April 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।


Listen & Download Bulbul

Download Link : Click Here to Download Episode 138

Listen All Episodes :


Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal

नयन राज पाण्डेको उपन्यास " लू " - Download

NepaliTalim | 10:09:00 AM | 0 comments
स्रुति संबेग  श्रीङ्खला 
(SHRUTISAMBEG)

विधा : उपन्यास
लेखक : नयान राज पाण्डे
प्रकाशन : शाङ्ग्रिला बुक्स्
पृष्ठ    : २५६

मुल्य : रु. ३००   





 



































" NOVEL "LOO" BY NAYAN RAJ PANDEY " - SHRUTISAMBEG"
 उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
 
 आज मिति २०६९ बैशाख ५ गते तदनुसार १७ अप्रिल २०१२, आजदेखी रेडियो उज्यालोबाट हरेक मंगलबार ९.१५ देखि श्रुतिशंबेगमा नयनराज पाण्डेको उपन्यास लू उपन्यास पूरै बाचन लिएर उपन्यास बाचक अत्युत घिमिरे उपस्थित हुनुभएको छ । आउनुस हामी पनि सुनौ नयनराज पाण्डेको उपन्यास लू । 




उपन्यासको श्रीङ्खला अनलाईन वा डाउनलोड गरेर सुन्नुहोस ।
LISTEN AND DOWNLOAD ALL EPISODES


Episode 1 (One) - (2069-01-05/2012-04-17)

Download Link : Click Here to Download Episode 1
Episode 2 (Two) -  (2069-01-12/2012-04-24)
Download Link :  Waiting..............




लेखक नयनराज पाण्डेको ब्लगमा पाईएको लू उपन्यासको बारेमा लेखिएको कान्तिपूरको लेख यसप्रकार छ । 
Source : http://nayanrajpandey.blogspot.com
लू पश्चिम तराईको बाँके जिल्लाको सीमावर्ती क्षेत्र होलिया र जमुनाहाका सीमान्तीकृत नागरकिको बाँच्ने उपक्रममा गरिएका संघर्षको दुर्घटनाजन्य नियतिको जीवन्त औपन्यासिक आलेख हो। राज्यको वाञ्छित दृष्टिबाट अलग्याइएको त्यो कष्टमय नेपाली समाज चरम अन्धविश्वास र दुर्घटनाका कतिपय तिलस्मी लाग्ने कथा-उपकथाले भरएिको छ। उपन्यासकारद्वारा तिनै क्षेत्रका बस्तीका सामान्य लाग्ने तर असामान्य तुल्याइएको जीवनपद्धतिका जटिलतालाई विभिन्न कथावाचकका माध्यमबाट साधारणीकरण गरिएको छ।
कुनै पनि समाजमा पानीभूत प्रकारका विभिन्न खाले विश्वास जीवित हुन्छन्, जुन नेपालका तराईमा पनि छन्। सचेत नेपालीलाई थाहा छ, होलियाजस्ता गाउँ लक्ष्मणपुर बाँधले डुबानमा पाररिहने राप्ती किनारका अभिशप्त गाउँ हुन्। र, त्यहाँ राप्तीमा पानीभूत रहनु लाक्षणिक रूपमा स्वाभाविक छ। त्यस दुःखसँग लड्ने मानिसका आकांक्षाहरू पनि छन्, जुन उपन्यासमा इलैयाका आरम्भिक जीवनको माध्यमबाट सांकेतिक रूपमा प्रकट भएका छन्। उसले पानीभूतलाई मार्न राप्तीमा हाम फाल्नु, त्यहाँबाट ऊ अलप हुनु, उसको साथी रेडियोलालले उसलाई पानीभूतले खाएको ठान्नु, आफूलाई इलैया मार्‍यो भन्ने बात लाग्ला भनेर डराउनु तर इलैया भने नानपारा, बहराइच हुँदै हप्तौँपछि आफ्नो अन्तिम संस्कारका दिनको श्राद्धभोज खाइरहेका बेला अचानक घरमा प्रकट हुनु र सारा मानिसलाई चकित तुल्याउनुबाट उपन्यास अघि बढेको छ। इलैया, नुसरत, रेडियोलाल, देवकी, महेशर, बजरंगी, वृजलाल, नन्दु, हरदेई आदि पात्रको सृष्टि कसरी हुन्छ, तिनका जीवनपद्धतिको निर्धारण गर्ने कारक तत्त्व कुन हुन् भन्ने बुझ्नका लागि त्यस समाजका मूल्य, मान्यता, अर्थतन्त्र, न्यायपद्धति बुझ्नु र समग्रमा त्यस समाजको परविेशको सूक्ष्म पर्यवेक्षण गर्नु आवश्यक हुन्छ। इलैयाको अराजक र उद्दण्ड चरत्रिको निर्माण गर्ने त्यसै समाजले उसका हृदयमा आमाप्रतिको उत्कट प्रेमभाव, नुसरतप्रतिको अनहत आकर्षण र सर्पदंशले मरेकी आफ्नी आमाको क्षतिपूर्तिका लागि अर्की स्वास्नी ल्याउने बाबु नन्दुप्रतिको घृणाभावको बीज पनि सुरक्षित राखेको छ। प्रचण्ड गरबिीको महाकालबाट जोगिनका लागि सर्कसमा ससाना छोरी बेच्न विवश आमाबाबु, स्वार्थी नेताहरूको प्रपञ्चमा परेर ससाना असहमतिलाई साम्प्रदायिक रंग दिने शठहरू र तिनले अँध्यारो गर्तमा छिराइदिएको बस्तीको दुर्भाग्यको प्रभावशाली औपन्यासिक प्रस्तुति हो, लू। आफ्नो अस्तित्वरक्षाका लागि देहाती विश्वासलाई भजेर जीवन धानिरहेको टुटे पण्डित हाम्रो समाजको त्यस्तै एक जिउँदो यथार्थ हो। त्यस यथार्थलाई नजिकैबाट अनुभूत गर्न लू पढ्नैपर्ने कृति हो।
लूमा पश्चिम नेपालको देहाती समाजमा विद्यमान सामाजिक मूल्य, तिनले निर्देशित गरेका व्यवहार, तिनले सायास वा अनायास सिर्जित गरेका घटना, दुर्घटना र त्यसका परण्िााम र सामाजिक जटिलतालाई निकै कुशलतापूर्वक उत्खनन गरएिको छ। उसो त काठमाडौँका, काँठका वा पूर्वेली नेपाली समाजका पाठकलाई यहाँका पात्र र परघिटना अलि नाटकीय लाग्न सक्छन्। तर, त्यो समस्या उपन्यासकार वा त्यस समाजको होइन, पाठकभित्र घर गररिाखेको तिनका आफ्नै विशिष्ट सामाजिक मूल्य, तिनले बनाइदिएको दृष्टिकोण र ज्ञानको सीमाको समस्या हो। उपन्यासकारले स्थानीय सांस्कृतिक विम्ब र प्रतीकहरूलाई तिनका आफ्नै विशिष्ट सोच, शैली र संवादमार्फत नेपाली भाषामा 'ब्लेन्ड' गरेर भिन्नै स्वादको सृष्टि गरेका छन्। यस वर्णसङ्कर भाषाले नेपालगन्ज सहर र त्यसका देहातको सजीवतालाई अझ बढी निखारििदएको छ र नयनराज पाण्डे पश्चिम तराईको जनजीवनलाई आधिकारकि तवरले उपन्यास कलामा प्रवेश गराउन सफल भएका छन्।

सीमाक्षेत्रका बासिन्दाले भारतीय सीमा सुरक्षा बलको अत्याचार कतिसम्म खप्नुपर्छ भन्ने दृष्टान्त दसगजापारबिाट पत्थरपुरवामाथि गरएिको हेपाहा व्यवहार र कमलाले अवाञ्छित शिशु बेहोर्नुपर्ने बाध्यताजस्ता उपकथाबाट मार्मिक ढंगले प्रस्तुत भएको छ। हाम्रो आफ्नै सामाजिक मूल्य कतिविघ्न कृतघ्न र अमानवीय चरत्रिको छ भन्ने कुरा कमला र उसकी अबोध छोरी जानकीको बलात् निर्वासनबाट व्यक्त भएको छ। इलैयाहरू तिनै सामाजिक विश्वास र अमानवीय मूल्यबाट निर्देशित भएर केकस्ता कृत्यसम्म गर्न सक्छन् र समाजको भयले जीवनलाई कतिसम्म नारकीय कष्टमा पुर्‍याउँछ भन्ने दृष्टान्त 'प्रेमको शत्रु इलैया....' शीर्षक अध्यायले दिएको छ।
प्रेम र सौन्दर्यले जातीय र धार्मिक सीमालाई कसरी अस्वीकार गर्छ र नेपाली समाजलाई अन्तरजातीय र अन्तरधार्मिक सद्भावको दिशातिर जान संकेत गर्छ भन्ने यथार्थबोधका लागि रामललवा र इलैया, अजय र देवकीका प्रेमप्रकरण नै पर्याप्त छन्। यस प्रकारका विद्रूपताका बीच उनीहरूमा जीवित मानवीय मूल्यको शक्ति यस उपन्यासबाट झन् प्रखर भएर देखा पर्छ।
पाण्डेका आख्यानका भाषाको सबैभन्दा आकर्षक पक्ष सरल र छोटा वाक्यमा कथ्यलाई प्रस्तुत गर्नु हो। यस प्रकारको शिल्पले पाठकलाई पाठको अन्तिमसम्म पुग्न आकषिर्त गररिहने क्षमता राख्छ। आफ्नो समयका स-साना घटना र प्रपञ्चलाई पाण्डे बडो सूक्ष्म दृष्टिले पर्यवेक्षण गर्छन्, स्पर्श गर्छन् र तिनलाई आधिकारकि तवरले प्रस्तुत गर्छन्। उनले यस उपन्यासमा तराईका सीमावर्ती क्षेत्रका सामाजिक मनोविज्ञानको सूक्ष्म पर्यवेक्षण गरेका छन्, जसले पाठकलाई त्यस क्षेत्रको अत्यासलाग्दो र कष्टकर जनजीवनलाई नजिकबाट बुझ्न प्रेरति गर्छ।
उलार प्रकाशनको १३ वर्षपछि पाण्डेको पाँचौँ उपन्यास लू आकर्षक कलेवर र प्रवाहमय भाषाका साथ नेपाली पुस्तक बजारको शीर्ष भागमा देखिएको छ। एक-दुई वर्षको मात्र अनुभव सँगाल्न पाएको सांगि्रला प्रकाशन व्यावसायिक दृष्टिले अब सफलतातिर उक्लँदैछ भन्ने कुराको संकेत पनि हुन सक्छ, यो पुस्तक। आवरण तथा पाठसज्जा, कागजको गुणवत्ता र मुद्रणका दृष्टिले यो पुस्तक नेपालको किताबी दुनियाँको उच्च कोटिको संस्करण बन्न पुगेको छ। उपन्यासको अन्त्यतिर पाठकको मनमा सहसा प्रश्न उठ्छ, दयासिंहलाई पत्थरपुरवावासीले चिनेझैँ हाम्रो राजनीतिक वृत्तले कहिले चिन्ला ?

(कान्तिपुर पब्लिकेशन्सको  "नेपाल"( राष्ट्रिय साप्ताहिकमा मिति २०६९ बैसाख ३ आइतवार प्रकाशित)
- श्यामल

Note :

उपन्यास उत्पादकले यो उपन्यास बाचन नगर्न दवाव दिएको हुँदा हामी दुःखका साथ आगामि भागहरु प्रकाशन गर्न असमर्थ छौं ।


प्रस्तोता अच्युत घिमिरे ज्यूले राख्नुभएको फेसबुक स्टाटस 
DEAR LISTENERS, I'M EXTREMELY SORRY !!!
सांग्रीला प्रकाशनका जिम्मेवार व्यक्तिले लू उपन्यास लिन बोलाउनुभयो । बागबजारदेखि फोनबाट निर्देशन गर्दै पुस्तक पसलसम्मको बाटो उहाँले नै देखाउनुभयो । त्यहाँ पुगेपछि उहाँले लू उपन्यास रेडियोमा वाचन गर्न उपहार स्वरुप निःशुल्क प्रदान गर्नुभयो । लेखक नयनराज पाण्डको मोबाइल पत्ता लगाएर फोन गरें र भनें – म “श्रुति संवेगमा तपाईंको उपन्यास वाचन गर्दैछु ।” उहाँले पनि खुशीसाथ आत्मीयता प्रकट गर्दै स्वीकृति प्रदान गर्नुभयो । एक हप्ता अघिदेखि प्रोमो बजाएं, फेसबुक लगायत बलबुताले भ्याएसम्मका माध्यमबाट प्रचार गरें । सारा श्रोताले अगाध खुशी प्रकट गरेको मात्रै पाएं । कसैले विरोध गर्नुभएन ।
बज्ने ४ घण्टा अघिसम्म पनि फेरि लेखकलाई फोन गरेर सुन्न आग्रह गरेको थिएं । उहाँले खशी नै प्रकट गर्नुभएको थियो । हिजो श्रुति संवेगमा पहिलो श्रृंखला वाचन भयो । चारैतिरबाट राम्रो भन्ने प्रतिक्रिया आयो । राम्रो पुस्तक छानें भनेर आफैंलाई गौरव लागिरहेको थियो । आज बिहान १०ः१० बजे साँग्रीला प्रकाशनको नम्बरबाट फोन आयो । सोचें – स्याबासी दिन फोन गर्नुभएको होला । तर मलाई पुस्तक दिएर पठाउनुहुने महानुभावले नै भन्नुभयो – “अच्युतजी, हाम्रो पुस्तक वाचन नगरिदिनुहोला । मार्केटिङ, शुभचिन्तक र लेखकले नै भने अनुसार तपाईंले पढेपछि बिक्रीमा असर पर्ने भयो । त्यसकारण यो रोक्नुपर्ने भयो ।”
मैंले इन्टरनेटमा डाउनलोड गर्न नमिल्ने गरिदिन्छु बरु । तर रोक्नलाई नभन्नुस् । रेडियोमा पहिलो श्रृंखला बजिसकेपछि फेरि बजाउँदिन भन्नु बेइमानी हुनेछ मेरो । यसो गर्न अप्ठेरो हुन्छ । कृपया त्यसो नभन्नुस् । कि तपाईंले हिजो नबज्दै रोक्नुपथ्र्यो । अब त मिल्दैन । तर उहाँले – “मलाई माफ गरिदिनुहोला । म आफ्नो वचन फिर्ता लिनुपरेकोमा क्षमा याचना गर्छु तर वाचन नगरिदिनुस्” नै भनेपछि अन्ततः म बाध्य भएं । अब मैंले यो पुस्तक वाचन गरेर सुनाउने अधिकार छैन । यसपछि मैंले लेखकलाई पुनः फोन गरेर सोध्नुको औचित्य देखिन र गरेको छैन । न म यसको लेखक हो न यो प्रकाशन गर्ने धनवान व्यक्ति । एउटा सामान्य प्रस्तोता तपाईं समस्त श्रोतामाझ क्षमा याचना गर्दछ ।
लू निःसन्देह राम्रो उपन्यास हो । नारायण वाग्लेको “पल्पसा क्याफे ”, कृष्ण धराबासीको “राधा र आधा बाटो ”, आनी छोइङको “फूलको आँखामा ”, झमककुमारीको “जीवन काँडा कि फूल ”, जगदीश घिमिरेको “अन्तरमनको यात्रा” लगायतका पुस्तकहरुका एकाध कोणमा आलोचनाका विश्लेषण देखिए पनि अत्यन्त बिक्री भएका पुस्तकहरुमा पर्छन् । ती सबै पुस्तक मैंले चरम चर्चामा भएका बेला वाचन गर्दा पनि लेखक वा प्रकाशकले बिक्रीमा असर परेको नबताई बिक्रीलाई थप टेवा दिएको भन्ने प्रतिक्रिया पाएको थिएँ । १३ वर्षको वाचनको इतिहासमा मैंले पहिलो पुस्तक यसरी बिक्री घट्ने डरले बीचमै रोक्नुपरेको छ । यसर्थ म सबै श्रोता, पाठकलाई “लू" किनेर पढ्न आग्रह गर्दछु ।
Articles Source : https://www.facebook.com/ghimireachyut/posts/219427614833488



Chisapani Nepal Would like to say so sorry to all listeners
Thank you,
Chisapani Nepal

 

Episode - 22 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 4:19:00 PM | 0 comments
यो साँझ यो सुबाश   ( Yo Sanjh Yo Subash Episode 22  - Listen & Download)


उत्पादक : रान्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि 


आज मिति 2069 साल बैशाख महिनाको  5  गते तदनुसार 2012-April- 17 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 22 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 


A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.

उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप शुक्रबार
बेलुकी  ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ मा प्रसारण हुन्छन् ।

आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । ।  ।

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।  


यो साँझ यो सुबाशको २५ औं अंक बिशेष रहने छ जसमा हामी पहिला प्रशारण भैसकेका रचनाहरु तपाईहरुले पठाउनुभएको प्रतिक्रृयालाई आधार मानेर उत्कृष्ट रचना छान्ने छौ कृपया विगतका कार्यक्रमहरु तपाईलाई कुन राम्रो लाग्यो हामीलाई मोवाईलमा म्यसेज मार्फत, त्यस्तै फेसबुक पेज वा ईमेल मार्फत आफ्नो प्रतिकृया पठाईदिनु होला ।

Listen

Download Link : Click Here to Download Episode 22


Thank you,
Chisapani Nepal

Muktak Madhurima- 2068-12-30 (New Year 2069 Special Episode-Download)

NepaliTalim | 8:52:00 AM | 4comments
Muktak Madhurima Episode of 12-04-2012 (2068-12-30) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
(NEW YEAR 2069 SPECIAL EPISODE  )
(आजको मुक्तम मधुरिमा नयाँ वर्ष २०६९ विशेष रहनेछ ।)
आज मिति 2068 चैत्र 30 गते तदनुसार 2012 April 12  तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । 

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
आजको मुक्तम मधुरिमा नयाँ वर्ष २०६९ विशेष रहनेछ । 
नयाँ वर्ष २०६९ सालको सुषद उपलक्षमा मुक्तक मधुरिमा परिवार तथा चिसापानी नेपाल ब्लग तपाई सम्पूर्ण नेपाली दाजुभाई दिदिवहिनी स्रोताहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
 
Listen

Download Link : Click Here to Download - 2068-12-30
 नोट
यो भागमा बाचन भएका मेरा मुक्तक
मुक्तक
न त यहाँ पत्रकार सुरक्षित छ ।।
न त उस्को विचार सुरक्षित छ ।।

कलमहरु भाँच्ने होडबाजी देख्दा
लाग्छ बढी तरवार सुरक्षित छ ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 

BULBUL : EPISODE 137 (नयाँ वर्ष २०६९ विशेष)

NepaliTalim | 12:19:00 PM | 0 comments
RADIO UJYALO 90MHZ PRESENTS
NEW YEAR 2069 SPECIAL BULBUL EPISODE - 137
(11-April-2012/ 29-12--2068)


 (आजको बुलबुल नयाँ वर्ष २०६९ विशेष रहनेछ
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 
 
आज मिति 2068 चैत्र महिनाको 29  गते बुधवार तदनुसार April 11th, 2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 137  भाग लिएर (BULBUL EPISODE - 137,  11th, April 2012) 
नयाँ वर्ष २०६९ विशेष बुलबुल लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

  
नयाँ वर्ष २०६९ सालको सुषद उपलक्षमा सम्पूर्ण नेपाली दाजुभाईहरुमा चिसापानी नेपाल ब्लग तथा बुलबुल परिवार  उक्तरोत्तर प्रगति, शुख शान्ति र सबृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
(राम शरण श्रेष्ठ, चिसापानी–६, रामेछाप )


Listen Bulbul

Download Link : Click Here to Download Bulbul Episode 137 ( New Year 2069 Special)

यो श्रृंखलाबा बाचन भएको मेरो गजल 9.12 minute ma
शुख शान्ति घर घरमा, आओस नयाँ सालमा ।।
चिताएको कुरा सबैले, पाओस नयाँ सालमा ।।

भोकै कोही बस्नु नपरोस, परिश्रम गर्दापनि
भकारी दिनदिनै भरिँदै, जाओस नयाँ सालमा ।।

जन जनका ईक्छा, हितकारी नयाँ संबिधान
मिलेर सबै दलहरु, बनाओस नयाँ सालमा ।।

कानुन मजबुत बनाएर, शान्ति शुरक्षा सरकारले
जनमुखी राहत पनि, ल्याओस नयाँ सालमा ।।

उत्तरोत्तर प्रगति र, सबको ईक्छा पुरा भई
देशैभरि खुसियाली, छाओस नयाँ सालमा ।।
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ६, रामेछाप
April 2012

Episode - 21 ( यो साँझ यो सुबाश) नयाँ वर्ष २०६९ विशेष - Download

NepaliTalim | 3:43:00 PM | 0 comments
यो साँझ यो सुबाश   ( Yo Sanjh Yo Subash Episode 21  - Listen & Download)



आजको कार्यक्रम नयाँ बर्ष २०६९ साल विशेष रहनेछ
(New Year 2069 Special Episode - 21)
Yo Sanjh Yo Subash

उत्पादक : रान्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि
 

आज मिति 2068 साल चैत्र महिनाको  29  गते तदनुसार 2012-April- 11 बुधवार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 21 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि साथमा रेडियो अभियान १०७.४ मा तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।

A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.

उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु 
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ मा प्रसारण हुन्छन् ।

यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । ।  ।

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।  


नयाँ बर्ष २०६९ सालको सुषद उपलक्षमा तपाई सम्पूर्ण स्रोताहरुलाई रान्सिमेडिया, यो साँझ यो सुवास कार्यक्रम टिम र चिसापानी नेपाल ब्लगको तर्फबाट उत्तरोक्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना । 

Listen


Download Link : Click Here to Download Episode 21 - New Year Special

Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal


Note:
मेरो तर्फबाट तपाई सबै साथीहरुलाई नयाँ वर्षको शुभकामना गजल  

शुख शान्ति घर घरमा, आओस नयाँ सालमा ।।
चिताएको कुरा सबैले, पाओस नयाँ सालमा ।।

भोकै कोही बस्नु नपरोस, परिश्रम गर्दापनि
भकारी दिनदिनै भरिँदै, जाओस नयाँ सालमा ।।

जन जनका ईक्छा, हितकारी नयाँ संबिधान
मिलेर सबै दलहरु, बनाओस नयाँ सालमा ।।

कानुन मजबुत बनाएर, शान्ति शुरक्षा सरकारले
जनमुखी राहत पनि, ल्याओस नयाँ सालमा ।।

उत्तरोत्तर प्रगति र, सबको ईक्छा पुरा भई
देशैभरि खुसियाली, छाओस नयाँ सालमा ।।



नयाँ बर्ष 2069 सालको उपलक्षमा सम्पूर्ण साथीहरुलाई सुख सान्ति र संवृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना


डा. बानिरा गिरिको उपन्यास "र्निबन्ध" - Download

NepaliTalim | 1:57:00 PM | 0 comments
Download Novel - "NIRBANDHA" written by Dr. Banira Giri

SHRUTISAMBEG
NOVEL : NIRBANDHA
AUTHOR : DR. BANIRA GIRI
आज मिति २०६८ चैत्र महिनाको ७ गते तदनुसार २०१२ मार्च २०, आज देखि श्रुतिशंबेगमा डा. बानिरा गिरिको उपन्यास र्निबन्ध लिएर अच्युत घिमिरे आउनुभएको छ । रेडियो उज्यालो ९० मेगाहर्जबाट हरेक मंगलबार ९.१५ बाट १० बजेसम्म बाचन हुने श्रुतिशंबेग बाट देशभरिका विभिन्न एफ एम हरुबाट सबै भागहरु बाचन हुनेछन् ।

Listen and Download All Episodes

Episode 1 - ( 20-03-2012)
Episode 2 - (27-03-2012)
Episode 3 - (2-04-2012)

आज २०६८ चैत्र २८ गते देखि डा. बानिरा गिरिको उपन्यास निबन्धको बाचन समाप्त भएको छ । 
Episode 4 - (10-04-2012)


Thank you,
Chisapani Nepal


गजल-खोजेकै हो ....

NepaliTalim | 1:14:00 PM | 0 comments

हारलाई जितमा, बदल्नत खोजेकै हो ।।
ढुङ्गालाई प्रितमा, बदल्नत खोजेकै हो ।।

समयले सबैलाई, सिकाउँछ जिन्दगीमा
समयलाई हितमा, बदल्नत खोजेकै हो ।।

धोकालाई विर्सिएर, नयाँ यात्रा सुरुगर्न
पिडाहरु अतितमा, बदल्नत खोजेकै हो ।।

देबकै आँखालाग्यो, उजाडियो खुसिहरु
खुसियाली गीतमा, बदल्नछ खोजेकैहो ।।

पछिबाट छुरा रोप्ने, मान्छेहरु भेट्दापनि
दुस्मनलाई मितमा, बदल्नछ खोजेकै हो ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

नयाँ वर्ष विशेष गजल

NepaliTalim | 12:45:00 PM | 1comments
 शुख शान्ति घर घरमा, आओस नयाँ सालमा ।।
चिताएको कुरा सबैले, पाओस नयाँ सालमा ।।

भोकै कोही बस्नु नपरोस, परिश्रम गर्दापनि
भकारी दिनदिनै भरिँदै, जाओस नयाँ सालमा ।।

जन जनका ईक्छा, हितकारी नयाँ संबिधान
मिलेर सबै दलहरु, बनाओस नयाँ सालमा ।।

कानुन मजबुत बनाएर, शान्ति शुरक्षा सरकारले
जनमुखी राहत पनि, ल्याओस नयाँ सालमा ।।

उत्तरोत्तर प्रगति र, सबको ईक्छा पुरा भई
देशैभरि खुसियाली, छाओस नयाँ सालमा ।।



नयाँ बर्ष 2069 सालको उपलक्षमा सम्पूर्ण साथीहरुलाई सुख सान्ति र संवृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger