श्रुतिशंबेग श्रृंखलामा शर्मिला खड्का दाहालको कथा आयामिक जिवनमा प्रेमको परिभाषा
NepaliTalim | 2:10:00 PM | 0
comments
श्रुतिशंबेग श्रृंखलामा शर्मिला खड्का (दाहाल)का कथाहरु (06-03-2012/2068-10-23) - Download
NepaliTalim | 1:16:00 PM | 0
comments
![]() |
शर्मिला खड्का (दाहाल) इटहरी, सुनसरी |
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कथाकार : शर्मिला खड्का
कथाहरूको बाचन
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे बुलबुल
स्रोत :उज्यालो ९० मेगाहर्ज
(06-03-2012/2068-10-23)
नमस्कार,उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति २०६८ साल फाल्गुन २३ गते तदनुसार २०१२ मार्च ६ मंगलबार , आजको स्रुतिशंबेगमा शर्मिला खड्का दाहालका कथा संग्रह समयको क्यानभासबाट बाट २ कथाहरु सुकन्या उर्फ निलिमा र आयामिक जिवनमा प्रेमको परिभाषा कथा बाचन हुनेछन् ।
Listen and Download
Download : Click Here to Download
Listen On YouTube
कथा : आयामिक जिवनमा प्रेमको परिभाषा
कथा : आयामिक जिवनमा प्रेमको परिभाषा
कथा : आयामिक जिवनमा प्रेमको परिभाषा
गजल-कहिले हुरी कहिले बतास यस्तै छ जिन्दगानी (गणेश प्रसाद पौडेल " बहुरुपी ")
NepaliTalim | 12:13:00 PM | 0
comments

बोकि ल्याउँछ उनकै सुवास यस्तै छ जिन्दगानी ।
,,,
काउकुती लाग्छ अचेल् कतै उनले छोइन जस्तो ,
कहिले साथ कहिले आभास यस्तै छ जिन्दगानी ।
,,,
मुस्कुराउँछ उनकै तस्बिर सिरानीमुनितिर ,
सपनाभरि छरेर मिठास यस्तै छ जिन्दगानी ।
,,,
प्रदेशमा यो प्रदेशि तड्पिएर उनकै यादमा ,
खोज्दैछ जोड्न जमिन आकाश यस्तै छ जिन्दगानी ।
,,,
बादल फाटि घाम लाएन गरिबको तक्दिरमा ,
जहिले पनि दुख र निराश यस्तै छ जिन्दगानी ।
,,,
धन खोज्नु कि माया रोज्नु दोबाटोमा दोधारे मन ,
सोच्दा सोच्दा बल बुद्धि बिनाश यस्तै छ जिन्दगानी ।
,,,
हाँसो र खुसी सुख र दुख छैन कतै एकनास
कहिले गुलाफ् कहिले पँलास यस्तै छ जिन्दगानी ।
,,,
दुख पिडा कहाँ भाग्छ साथी लामाधामि गरेपनि ,
कहिले भुत कहिले पिचास यस्तै छ जिन्दगानी ।
,,,
कहाँ प्राण खुस्किएला त्यसै मिलन नभएसम्म ,
भन्छ पागल बनेर यो सास यस्तै छ जिन्दगानी ।
- गणेश प्रसाद पौडेल " बहुरुपी "
स्याङ्जा रापाकोट-७
सङ्ग्रह "गजल इन्द्रेणी" दोस्रो अङ्कको लागि गजल अाह्वान २०७३ भाद्र १५ भित्र पठाइसक्नु पर्ने - के कस्ता प्रकृया छन् यता हेर्नुस
NepaliTalim | 12:08:00 PM | 0
comments

धन्यवाद
गजल इन्द्रेणी परिवार
...............
नेपाली भाषा साहित्यमा गजल विधाको संरक्षण र सम्बर्द्धनमा कटिवद्ध समूह गजल इन्द्रेणी आफ्नो दोस्रो अङ्क प्रकाशनको तयारीमा रहेको सहर्ष जानकारी गराउँदछौ । नेपाली गजलमा साधनारत साधकहरूको संयुक्त कृतिको रूपमा प्रकाशनको तयारीमा रहेको सङ्ग्रह "गजल इन्द्रेणी"मा सहयात्राको निम्ति सम्पूर्ण गजलानुरागी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ ।
१) गजल पूर्णतया गजलकारको मौलिक हुनुपर्नेछ।
२) कसैको गजल चोरिएको, तोडमोड गरिएको, कुनै छापा माध्यमबाट पूर्व प्रकाशित पुष्टि भएमा स्वतः रद्द हुनेछ । पुस्तक प्रकाशन पश्चात् यो कुरा जानकारीमा आएमा गजलकार स्वयं जवाफदेही हुनुपर्नेछ ।
३) एकजना गजलकारले ८ ओटा गजल पठाउनु पर्नेछ र तिनीहरूबाट छनौट भएका ५ गजल मात्र सङ्ग्रहमा छापिनेछन् ।
४) बहरवद्धता प्राथमिकतामा रहनेछ ।
५) गजलले कसैको व्यक्तिगत जीवनी, भाषा, धर्म, संस्कारप्रति प्रश्न उठाएको हुनुहुने छैन।
६) गजलकार र गजल छनौट समितिको बारेमा जानकारी गोप्य रहनेछ ।
७) गजल यही भाद्र १५ गते सम्म आई पुग्नुपर्नेछ।
८) गजल हामीले उपलब्ध गराएको ठेगाना बाहेक अन्त आएमा वा निर्धारित समय अवधि भन्दा पछाडि आएमा छनौटमा सहभागी गराइने छैन।
९) गजल देवानगरी लिपिमा लेखिएको नेपाली भाषामा हुनुपर्नेछ ।
१०) गजलकारले गजल छापिए बापत कुनै शुल्क तिर्नुपर्ने छैन, बरू गजल पठाएर/छपाएर सहयोग गरे बापत धेरै थोरै पारिश्रमिकको व्यवस्था गर्नेछौँ ।
११) गजल इन्द्रेणीको पहिलो अङ्कमा गजल छापिएका गजलकारहरूको गजललाई छनौटमा सहभागी गराइने छैन ।
१२) प्रकाशकले पनि गजल पठाउन सकिने छ ।
१३) गजल छनौट सम्बन्धी सर्वाधिकार छनौट समितिमा रहनेछ ।
१४) गजलको सम्पादन आवश्यक देखिएमा गजलकारसित छलफल गरेर सम्पादन गरिनेछ ।
१५) गजल कम्तीमा ५ शेर र बढीमा ७ शेरको हुनुपर्नेछ । ………………… गजल यसै गजल इन्द्रेणी पृष्ठमा सन्देश (message) को रूपमा पठाउनुहोला ।
https://www.facebook.com/
धन्यवाद
नेपाली गजल
श्रुतिशंबेगबाट कथा "रोमियो र जुलिएट" (Story Romeo & Juliet) -(09-11-2010/2067-07-23): Download
NepaliTalim | 5:49:00 PM | 0
comments

कृति : "रोमियो र जुलिएट"
लेखक : विलियम सेक्स्पेयर
अनुबादक : मधुसुदन पौडेल
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे बुलबुल
स्रोत :उज्यालो ९० मेगाहर्ज
नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति 2067 कार्तिक 23 गते तदनुसार 9th-Nov-2010 मंगलबारका दिन उज्यालो ९० मेगाहर्जको कार्यक्रम श्रुतिशंबगेमा विश्व चर्चित साहित्यकार विलियम सेक्सपियरको कथा रोमियो र जुटिएट लिएर प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । यो पुस्तक लाइ मधुसुदन पौडेलले अनुवाद गर्नुभएको हो । The popular story of Romeo and Juliet by William Shakespeare which is translated into Nepal by Mr. Madhusudhan Paudel is broad casted in Shrutisambeg. The program is narrated by Achyut Ghimire Bulbul on air of Ujyalo 90 Network.
Listen and Download (Right Click and Save As)
Download : Click Here to Download
Listen at YouTube
श्रुति शंबेग श्रृङ्खला "प्रतिक ढकालको नियात्रा संग्रह परिक्रमा अन्नपूर्ण बाट केही नियात्राहरु" 27-Sep-2013 :- Download
NepaliTalim | 12:51:00 AM | 0
comments

कृति : परिक्रमा अन्नपूर्ण
लेखक : प्रतिक ढकाल
विधा : नियात्रा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज
मिति : २०७० असोज ११ शुक्रवार
नमस्कार साथीहरू,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति २०७० असोज ११ गते तदनुसार 27-Sep-2013 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "नियात्राहरु" सुन्नेछौं । आज हामी प्रतिक ढकालको नियात्रा संग्रह परिक्रमा अन्नपूर्ण बाट केही नियात्राहरु सुन्नेछौं । आज सोहि नियात्रा संग्रह बाट २ नियात्राहरु चुचुरोका देवतालाई नमस्कार छ र आकाश बाटै पदयात्रा सुन्नेछौं ।
Download :Click Here to Download
Listen on YouTube
Thank you
श्रुतिशंबेगमा अमर न्यौपानेको आख्यान पानिको घामबाट आख्यान साटिएका फूलको बाचन (28-08-2015/2072-05-11): Download
NepaliTalim | 10:34:00 PM | 0
comments

कृति : पानिको घाम
लेखक : अमर न्यौपाने
विधा : आख्यान
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे बुलबुल
स्रोत :उज्यालो ९० मेगाहर्ज
नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति 2070-भाद्र-11 गते तदनुसार 28-August-2015 शुक्रबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा साहित्यकार अमर न्यौपानेको आख्यान पानिको घामबाट आख्यान साटिएका फूलको बाचन लिएर अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । (The Novel Paniko Gham is written by Amar Neupane and broad The Story Satiyeka Phool casted in Shrutisambeg . Program Narrator is Achyut Ghimire Bulbul.
Listen an Download (Right click and Save As)
Download : Click Here to Download
Listen at You-Tube
श्रृंखला 216 : वहकिने मन Bahakine Man (08-08-2016/2073-04-24) : Download
NepaliTalim | 12:05:00 AM | 0
comments

Thaha Sanchar Network Presents
DATE : (08-08-2016/2073-04-24)
Time : 9.15pm Every Monday
Host : Mahabir Biswakarma
Facebook : Bahakine Man
http://thahasanchar.com/
नमस्कार,
आज मिति 2073 साउन 08 तदनुसार 24-August-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 216 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
आज मिति 2073 साउन 08 तदनुसार 24-August-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 216 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
Listen and Download (Right and Save as)
Download : Click Here to Download
Listen at YouTube
गजलकार गणेश प्रसाद पौडेल " बहुरुपी " का ४ गजलहरू (4 Ghazals by Ganesh Prasaad Paudel Bahurupi) - 08-08-2016
NepaliTalim | 7:45:00 AM | 0
comments
![]() |
गणेश प्रसाद पौडेल " बहुरुपी " |
जिन्दगी पगालेर आकारमा बदल्छु ,
एक् छेउ कुनालाई संसारमा बदल्छु ।
युद्ध जित्नु छ यहाँ दाजुभाइ बिचमै ,
छ सियो मसँग तरवारमा बदल्छु ।
तिमी बसेर त हेर मेरो आँगनमा ,
तिमीलाई मेरो सुबिचारमा बदल्छु ।
दुनियाँ खुसी भएन भजनले यहाँ ,
यी खैजरी मुजुरा गितारमा बदल्छु ।
गरिखानेको जमना ल्याउनु छ यार ,
यी हातखुट्टा अब औजारमा बदल्छु ।
गणेश प्रसाद पौडेल " बहुरुपी "
स्याङ्जा रापाकोट-७
२.गजल
लुट्यो कसैले रवाफ देखाएर ,
बिचरा ! अबोध् गुलाव देखाएर ।
मात्तिने मान्छे त्यसै पनि मात्तिन्छ ,
कसैले तौले सराव देखाएर ।
गरिबहरुले फाले आफ्नो ईज्जत् ,
धनीको अघि अभाव देखाएर ।
आफ्नो भन्नु पनि मिथ्या हो रहेछ ,
तर्सायो यार नकाव देखाएर ।
जति उफ्रिनु छ उफ्र पाहाहरु ,
पृथ्वी डग्छ र दबाब देखाएर ।
पत्थरका पनि आँसु झारीदियो ,
प्रेम कथाको किताब देखाएर ।
धोकेबाजहरु अक्सर् निहुँ खोज्छन्
माया प्रेममा हिसाब देखाएर ।
गणेश प्रसाद पौडेल "बहुरुपी"
स्याङ्जा रापाकोट-७
३.गजल
खेर नजाओस् भन्थेँ मेरो आश तिमीसँग ,
थियो अटुट दह्रो बिस्वास तिमीसँग ।
खनेर मनको बाँझो प्रिती फूल् रोपेथ्यौँ ,
थियो प्रगाढ् नाता मधुमाश तिमीसँग ।
अब कसरी रहुँ तिम्रो वरिपरि म ,
दुर्गन्धित भयो मेरो लास तिमीसँग ।
भन्नु निष्ठुरी बन्यो यो बहुरुपी पनि ,
छर्न सकिन माया आसपास तिमीसँग ।
हजार जुनी सम्म राख्ने अठोट थियो ,
फूल झरेर पनि सुवास तिमीसँग ।
गणेश प्रसाद पौडेल "बहुरुपी"
स्याङ्जा रापाकोट-७
४.गजल
खोज्दै छु म हराएको जिन्दगी ,
साह्रै मन पराएको जिन्दगी ।
कहाँ बाँच्न पाइयो गरिबले ,
कर मुल्य बढाएको जिन्दगी ।
सबल् बनेन सधैंको अनपढ् ,
थोत्रा कथा पढाएको जिन्दगी ।
मौन छ लाटो झैं आजकल यो ,
धेरै चर्को कराएको जिन्दगी ।
चोट ब्यथा छ चिच्याहट मात्रै ,
शुलिमाथि चढाएको जिन्दगी ।
कहिलेकाहीँ यस्तो लाग्छ यार ,
के जिउनु डराएको जिन्दगी ।
आउला र ? फर्कि बहुरुपीमा ,
भिरबाट लडाएको जिन्दगी ।
श्रावण बर्षदा नि धित् मरेन ,
बर्षौंदेखि खराएको जिन्दगी ।
मैले मात्रै कहाँ हो र ? साराले ,
कति बोक्नु गनाएको जिन्दगी ।
देवता भाक्दै ठुलो हुन पाउँ ,
भन्दै फूल चराएको जिन्दगी ।
कल्पनामै सिमित हुने हो कि ,
बल्ल बल्ल बनाएको जिन्दगी ।
गणेश प्रसाद पौडेल "बहुरुपी"
स्याङ्जा रापाकोट-७
Note :
Copyright Reserved with Writer
गजलकार राकेश कार्कीकाे गजल-नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय
NepaliTalim | 5:25:00 PM | 0
comments
![]() |
राकेश कार्की |
नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय
छाति चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय
दुस्ख्दै दुस्ख्दै बगेर झर्दै झर्दै मिठा याद
खोल्सो खहरे हुँदै समुद्र नै भर्छ प्रिय
आँसु ढिका ढिकामा यसो ऐना हेर्दै आफ्नो
त्यही प्रतिबिम्बले रुन्चे हाँसो छर्छ प्रिय
गुमे पछि संगैका पाईलाका दुई डोब
एक्लो पाईला अगाडि कसोगरी सर्छ प्रिय
ढाकिएर फैलिँदै गड्याङ गुडुङ कालो मेघ
खुसी उडाई पानी दर्किएर पर्छ प्रिय
विश्वासको आधारलाई च्याम्पट्टी झैँ घुमाएर
चित् खुवाई कसैले किन सुख हर्छ प्रिय
आँसु झर्छ प्रिय
इन्जिनियर राकेश कार्की
लस एन्जेलस
Subscribe to:
Posts (Atom)